बलिउड अभिनेता शाहरुख खानले अब आफ्नो जीवनलाई पुस्तकमार्फत सार्वजनिक गर्ने यो पुस्तक ३७ किलो तौल र ८ सय पेजको हुनेछ

बलिउड अभिनेता शाहरुख खानले अब आफ्नो जीवनलाई पुस्तकमार्फत सार्वजनिक गर्ने भएका छन् । ‘द अफिसिएल ओपस अफ शाहरुख खान’ नामक यो पुस्तक आगामी वर्ष प्रकाशित हुनेछ । पुस्तकमा अधिकांश उनका तस्विर र डायरीका अंशहरू समेटिनेछन् । 

आफ्नो पुस्तकका बारे जानकारी दिँदै शाहरुखले भनेका छन् –‘म विगत धेरैवर्षदेखि नियमित डायरी लेखिरहेको छु । हरेकवर्ष मसँग केही यस्ता स्मरणीय क्षण छन् जसलाई म सबैको सामु राख्न चाहन्छु । जब म एक्लै हुन्छु वा कहिलेकाहिँ निराशा आउँछ, तब म कलमको सहारा लिएर केही लेख्न थाल्छु ।’ पुस्तकले आफ्नो जीवनका विभिन्न आयामहरूबारे जानकारी दिने शाहरुखले बताएका छन् । 

शाहरुखको यो पुस्तक ३७ किलो तौल र ८ सय पेजको हुनेछ । यस्तैगरि आफ्नो महत्वाकाङ्क्षी सिनेमा ‘रा.वान’बाट अपेक्षित सफलता हात पार्न नसकेपछि अब झनै मिहनेतको सिनेमाको अर्को सिक्वेल बनाउने घोषणा गरिसकेका उनले फिल्म समिक्षकबाट पनि आफूले सहयोग नपाएको गुनासो गरेका छन् । उनले समिक्षकलाई फिल्म निर्माता बनेर हेर्न सुझाव दिए । 

बैंकक बाट आधुनिक मेसिन मगाएर अर्काको नामको एटिएम बनाउने र धमाधम पैसा थुत्ने पक्राउ

नेपाली फिल्मका नायक जीवन लुइँटेलकी सासु रुपा शर्मा बैंक खाताबाट 'पैसा चोरी भयो' भन्दै पाँच महिनाअघि महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। बेलाबेला उनको एटिएम चलाउने गरेकाले प्रहरीको पहिलो शंका ज्वाइँ लुइँटेलमाथि नै गयो। पुष्टि भएन। कात्तिक २७ गते भिक्षु राजु लामा र त्यसलगत्तै रम्देल लामा पनि यस्तै उजुरी दिन प्रहरीकहाँ गए। सबै उजुरीमा एउटा कुरा समान थियो- पैसा चोरिएका सबै खाता नबिल बैंकका थिए। 
 यही आधारमा अनुसन्धान गरिरहेको महाशाखा टोलीले सोमबार सविन रिमाल र रितेश रिमाललाई पक्राउ गरेपछि चोरीको रहस्य खुल्यो। रिमाल दाजुभाइले बैंककबाट आधुनिक मेसिन मगाएर अर्काको नामको एटिएम बनाउने र धमाधम पैसा थुत्ने गरिरहेका रहेछन्। 
उनीहरूले पाँच महिनायता नबिल बैंकका खाताबाट ८० लाख रुपैयाँ थुतिसकेको प्रहरीलाई बयान दिएका छन्। यसमध्ये अहिलेसम्म १२ जनाका खाताबाट ४८ लाख चोरिएको विवरण प्रहरीले भेटिसकेको छ। अन्य खातावालालाई आफ्नो पैसा हराएको पत्तै नहुनसक्ने छानबिनमा संलग्न प्रहरी अधिकारीले बताए।
'सुरुमा त हामीले नेपालमा यस्तो प्रविधि प्रयोग गरेर ठगी भइरहेको छ भन्ने अनुमानै लाउन सकेनौं,' अपराध महाशाखा प्रमुख देवेन्द्र सुवेदीले मंगलबार नागरिकसँग भने, 'अनुसन्धान नतिजा देखेर छक्क पर्‍यौं।'

प्रहरीमात्र होइन, बैंकले पनि सुरुमा ग्राहकहरू 'खातामा एक्कासि पैसा घट्यो' भन्दै गुनासो गर्न आउँदा वास्तै गरेन। बैंकले नटेरेपछि नै उनीहरू प्रहरीकहाँ गएका हुन्। लगातार उस्तै खालका उजुरी आएपछि एक महिनाको अनुसन्धानबाट 'नक्कली एटिएम बनाएर अर्काको खाताको पैसा चोर्ने' गिरोहसम्म पुग्न सकेको एसएसपी सुवेदीले जानकारी दिए।
पक्राउ परेका २६ वर्षीय सविन नबिल बैंककै पूर्व कर्मचारी हुन्। बिबिएसम्म पढेका र राम्रो पारिवारिक पृष्ठभूमिका उनले एकै विषय पढेका साख्खै भाइ रितेशलाई पनि यो ठगीमा सक्रिय बनाएको प्रहरीले जनाएको छ।

अभिनयबाट सदाका लागि सन्यास घोषणा गरेकी नायिका अनुष्का ढकाल विवाह बन्धनमा बाधिएकी छिन् ।

एक महिना अघि फिल्मीखबर मार्फत अभिनयबाट सदाका लागि सन्यास घोषणा गरेकी नायिका अनुष्का ढकाल विवाह बन्धनमा बाधिएकी छिन् ।  धरानकी रैथानै अनुष्काले बुटवल स्थायी घर भएका र पछिल्लो समय अमेरिका बस्दै आएका युवकसंग गत मंसिर २२ गते  पारिवारिक सहमतिमा लगनगाठो  कसेको बुझिएको छ । मिडियाको सम्पर्क भन्दा बाहिर रहेकी अनुष्काले इन्गेजमेन्ट र विहेका तस्बिरहरू फेसवुकमा सार्बजनिक  गरेकी छिन् । तर उनका पति को हुन्,  के गर्छन् भन्ने बारे खुलाईएको छैन ।   
करिब तीन दर्जन  म्यूजिक भिडियो खेले पश्चात तीन वटा चलचित्र समेत खेलेकी अनुष्काको तीनै चलचित्र प्रदर्शनको तयारी छ । उनलाई दीपक श्रेष्ठले  चलचित्र मजबुरबाट हिरोइनमा डेब्यू गराएका थिए । तर जति काम गर्दापनि मिहिनेत अनुसारको दाम नपाएको प्रति असन्तुष्टी जनाउदै उनले बाकी समय पढाईमा विताउने भन्दै अकस्मात सन्यास घोषणा गरेकी थिईन् ।सन्यासको पछाडी केही  कारण रहेको भन्ने फिल्मी माहोलमा विभिन्न अनुमान चलिरहेका बेला उनी दुहली भएको खबर सार्बजनिक भएपश्चात   उनको सन्यासको प्रमुख कारण बिबाह नै  रहेको अनुमान लगाउन सकिन्छ । खैर अनुमान जेसुकैहोस विवाह बन्धनमा बाधिएकी अनुष्कालाई दाम्पत्य जिवनको शुभकामना !

रुसको साइबेरियामा हिन्दुको पबित्र धर्मग्रन्थ भागवत गितालाई उग्रवादी साहित्यको उपनाम

रुसको साइबेरियामा हिन्दुको पबित्र धर्मग्रन्थ भागवत गितालाई उग्रवादी साहित्यको उपनाम दिदै त्यसमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरिएपछि भारतमा त्यसको कडा विरोध भएको छ ।
रुसमा भएको सो घटनाको विरोधमा भारतको संसदमा हंगामा मच्चिएको छ । संसदको तल्लो सदन लोकसभामा संसद, विधायक र राजनीतिक नेताहरुले सरकारले यो घटनालाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । 
रुसमा गीता विरुद्ध भैरहेको कृयाकलापले हिन्दुधर्ममाथि नै ठाढो हस्तछेप भएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले रुसमा गितामाथि प्रतिबन्ध लगाउन नहुने भन्दै सरकारलाई समयमै यसका लागि पहल थाल्न आग्रह समेत गरेका छन् । रुसको साइबेरियामा गीतामाथि भइरहेको टिका टिप्पण्ँीप्रति धामिर्क नेता एवं सन्तहरुले पनि कडा आक्रोश पोखेका छन् । यसैबीच रुसले भागवत गीतामाथि उठेको विवादप्रति अफसोच प्रकट गरेको छ । साइबेरियामा गीताले भेदभाव बढाएको र युद्धलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ । साइबेरियाका गीता विरोधी समुहले रुसी अदालतमा गीतामाथि प्रतिबन्ध लगाउनूपर्ने माग गरेपछि यो विवाद भारतको संसदको पनि मुख्य बहसको विसय बनेको हो । गीतालाई नैतिक, मानिसको आचरण्ँ असल बनाउने र हिंसालाइ निरुत्साहित पार्ने महान धर्मग्रन्थको रुपमा लिने गरिन्छ ।

सर्वाधिक गुगलमा खोजिने सेलिब्रिटीको सूचीमा "सनी लिओन"

पोर्न स्टार सनी लिओन बलिउडमा सर्वाधिक गुगलमा खोजिने सेलिब्रिटीको सूचीमा परेकी छन् । सन्नी लियोन भारतमा सर्वाधिक गुगल खोजी सेलिब्रिटी ‘most googled celebrity’ बनेकी छिन् । उनले भारतीय अभिनेत्रीहरु क्याट्रिना कैफ, करिना कपुर र ऐश्वर्य राय बच्चनलाई पछि छोडेकी छिन् । भारतीय टेलिभिजन च्यानल विगबोसको पाचौ संसकरणमा सहभागी भएकी क्यानेडेली पोर्न स्टार सनी लिओन गुगलमा खोजिने सेलिब्रेटिको सूचिमा भारतकी चर्चीत अभिनेत्रीहरु ऐश्वर्या राय, कट्रिना कैफ र करिना कपुरलाई समेत उछिनेकि छिन ।
भारतीय सन्चारमाध्यमहरुका अनुसार गुगलमा उनको तस्वीर कट्रिना कैफ भन्दा पाच गुणा बढी, ऐश्वर्या भन्दा दुई गुणा र करिना भनदा नौ गुण बढी खोजिएको र हेरिएको छ ।