सामान्य जानकारी


बिश्वकै सबभन्दा लामो पुल चीनमा निर्माण

चीनमा निर्माण  गरिएको संसारको सबैभन्दा  लामो पुल सर्वसाधारणका लागि खुला गरिएको छ। यो पुलको लम्बाई ४२.४ किलोमिटर छ । चार वर्ष लगाएर यो पुल निर्माण कार्य सम्पन्न गरिएको हो । यो पुलमा हरेक दिन करिब ३० हजार  कार  चल्ने छन् यो पुलले पूर्वी तटवर्ती सहर क्विङ्गदाओको जियाजुऊलाई ह्याङ्गदाओसँग जोड्दछ । यो पुल बनेपछि यो दुई स्थानबीचको दूरी आधा घण्टा कम हुनेछ 

पियनदेखि सचिवसम्म ड्रेस कोड लागू गर्दै सरकार

सरकारले नेपाली सेना र प्रहरीमा जस्तै निजामती कर्मचारीमा पनि साउन १ देखि लागू हुने गरी अनिवार्य ‘ड्रेस कोड’ लागू गर्दैछ । मन्त्रिपरिषद्ले हालै ७८ हजार निजामती कर्मचारीका लागि लागू हुने पोसाकको किसिम र रङ तय गरेको हो । मन्त्रिपरिषद् निर्णयलगत्तै सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै सरकारी कार्यालयलाई परिपत्र गरी निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता विनोद केसीका अनुसार पुरुष र महिला कर्मचारीका लागि तय गरिएको पोसाकको किसिम र रङसमेत उल्लेख गरी परिपत्र गरिएको हो

अस्ट्रेलियाका धनी व्यक्तिमा नेपाली युवा शेष घले

नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६ औं धनी व्यक्ति बनेका छन् । उनी कुल २ सय ६९ मिलियन अस्ट्रेलियन डलर सम्पत्तिसहित अस्ट्रेलियाका धनी व्यक्तिमा पुनः दर्ज भएका छन्सन् २०११ को जुन अंकमा बीआरडब्लू पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन् । गत वर्ष घले कुल २ सय ३७ मिलियन अस्ट्रेलियन डलरका साथ १ सय ६४ औं स्थानमा रहे

एक ग्राहकको मोबाइलमा २५ लाख रुपैयाँ महसुल लाइन काटिएन.

विदेशमा कन्फरेन्स कल सुविधा लिएका एक ग्राहकको मोबाइलमा २५ लाख रुपैयाँ महसुल उठेको टेलिकमले जानएको छ र यति धेरै रकम कसरी उठ्यो भन्ने बारेमा टेलिकमले कारबाही थालेको छ।अन्तर्राष्ट्रिय कन्फरेन्स कल सुविधा लिइएका ९ वटा मोबाइलमा दुई साताबीच ५० हजारदेखि २५ लाख रुपैयाँसम्म महसुल उठ्दासमेत लाइन काटिएन।