म हक्की स्वभावकी "नन्दिता केसी"

                                                                                                
नन्दिता केसी नेपाली रजतपटको छवर्षे यात्रामा इन्द्रेणी, हामी तीन भाइ, बाटोमुनिको फूल जस्ता फिल्ममा देखिइसकेकी छन् । सपना, मालतीको भट्टी, मृगतृष्णा, भनिदेऊ न माया गर्छु उनका आउन लागेका फिल्म हुन् । उनी म्युजिक भिडियोहरूमा पनि उति नै आइरहेकी हुन्छिन् । अर्घाखाँचीको नरपानीमा जन्मेहुर्केकी उनले दर्शन जिन्दगीको, परिचय जस्ता टेली सिरियलमा पनि खेलेकी छन् ।
भमराहरूले कत्तिको दुःख दिन्छन् ?
घुम्दा होलान्, तर मलाई थाहा छैन । मलाई फिल गराउने गरी कसैले पछ्याए जस्तो लाग्दैन । म सानैदेखि केटा जस्तो व्यवहार गर्ने खालकी हुँ । मलाई बुवाआमाले अझै पनि साइँली छोरी होइन, कान्छो छोरो भन्नुहुन्छ । म दादाकै पाइला पछ्याउँदै हुर्केकी हुँ । उहाँले मलाई भलिबल र क्यारम खेल्न सिकाउनुभएको छ । नरपानीमा  देउसीभैलो खेल्दा, सांस्कृतिक कार्यक्रम गर्दा दादा लिडर भएर हिँड्नुहुन्थ्यो, म उहाँसँगसँगै हुन्थें ।
दादाले नरपानीका केटाहरूलाई भेला पारेर कराते सिकाउनुहुन्थ्यो, मलाई पनि सँगसँगै सिकाउनुहुन्थ्यो । म हक्की स्वभावकी भएर पनि होला, भमराहरू मैले थाहा पाउने गरी अघि परेका छैनन् ।केटीहरू बढी बुझ पचाउने स्वभावका हुन्छन् ।म त एकदम स्पष्टवादी छु । मनमा जे कुरा छ बाहिर त्यही भनिदिन्छु । म मनमा कुरा गुम्साएर राख्न सक्दिनँ । स्कुलमा पढ्दा केटहरूले चिठी पठाउने, कोहीमार्फत कुरा पठाउने त गर्थे तर मेरो ध्यान त्यता गएन ।पहिलो चिठी कति कक्षामा पढ्दा पाउनुभएको थियो ?  म सात कक्षा पढ्दा मभन्दा सिनियर केटाले मेरी एउटी साथीमार्फत चिठी पठाएको थियो । तर मैले पढेपछि च्यातेर फ्याँकिदिएकी थिएँ । 
तपाईं अहिलेसम्म सिंगल हो ?एकदमै । यसमा शंका नगर्नुभए हुन्छ । मलाई अहिलेसम्म सिंगल लाइफ नै रमाइलो भइरहेको छ ।
छोरी साधु हुन्छे कि क्या हो भनेर घरपरिवारमा चिन्ता होला नि ?

त्यस्तो छैन । 'बिहे गर्नुपर्ने होइन ?' भनेर आमाबुवा कहिलेकाहीं कुरा गर्नुहुन्छ । जन्म, विवाह र मृत्युको डेट अलरेडी फिक्स्ड भइसकेको हुन्छ । मैले उहाँहरूलाई 'समय आएपछि गरौंला नि, किन आत्तिनुहुन्छ ?' भनिदिने गरेकी छु । साधु नै चाहिँ बन्दिनँ म पनि ।  
तपाईंलाई मान्छेहरूले किन मन पराउँछन् होला ?
मेरा आँखाको कारण होला । सबैले मेरा आँखाकै तारिफ गर्छन् । मेरो हँसाइको पनि कुरा गर्छन् ।
जीउडालको ?
जीउडालको कुरा गर्ने मान्छे चाहिं अझसम्म भेटेकी छैन ।

तपाईंलाई चाहिँ कुन अंग मन पर्छ ?

आँखा ।

कुनै कुरा सुधार्ने वरदान पाए ?

हाइट अलि बढाउँथें होला ।

मन पर्ने नेपाली हिरो ?

सबैजना आपmनो ठाउँमा राम्रो हुनुहुन्छ । तर ह्यान्डसम, डयासिङको हिसाबले राजेश हमाल ।

उहाँ अविवाहित भएकाले हो ?

होइन होइन । उहाँले अब चाँडै विवाह गर्दै हुनुहुन्छ ।

उहाँले केटी रोजिसकेको छु, मभन्दा आधी उमेरकी छ भन्नुभएको छ ।

हो, उहाँले केटी रोजिसक्नुभएको छ तर त्यो म होइन । मैले सुनेअनुसार उहाँले रोजेकी केटी विराटनगरकी हुन् ।