संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न व्यवस्थापिका संसदको बैठक राति सवा ११ बजे सुरु भएको छ। बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेका छन्। संसद बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुखले घोषणा गरे पनि अहिलेसम्म बस्न सकेको छैन।
यसअघि संसदमा संविधान सभाको म्याद थप गर्ने उद्देश्यले संविधान संशोधन गर्न सरकारले ल्याएको विधेयकको विरोधकोराप्रपा नेपालका सभासद चन्द्रबहादुर गुरुङले सूचना प्रस्तुत गरेका थिए। त्यसको जवाफ कानुन मन्त्री प्रभु साहले दिएपछि बहुमतले सो प्रस्ताव अस्वीकृत भएको थियो। त्यसपछि कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि संसद राति ११४४ बजे १५ मिनेटका लागि स्थगित भएको थियो।