आखिर मा तीन महिना म्याद त थपियो के हुन्छ हेरौ?

आखिर मा म्याद त थपियो ?तर यो थपिएको समय मा पनि सत्ता को तानालुछी मा न बितोस जनता लाई संबिधान देउ यही नै शुभकामना छ ६०१ जनालाई?  संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको छ। मतदानमा सहभागी ५०८ मध्ये ५०४ ले पक्षमा मत दिएका थिए भने विपक्षमा चार मत मात्रै परेको थियो।
 दुई तिहाइ बहुमतले विधेयक पारित भएको घोषणा सभामुख सुवास नेम्वाङले गर्दा बिहानको साढे पाँच बजेको थियो।  आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गरेका छन्।व्यवस्थापिका-संसद्को आज बिहानको बैठकमा सभामुख सुवास नेम्वाङले अन्तरिम संविधानको नवौं संशोधन पारित गरिएको विषयको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए। संसद्को अर्को बैठक यही जेठ २० गते शुक्रबार अपराह्न ३ बजे बस्ने कार्यक्रम छ।