मोबाइल को दुनिया मा सगरमाथाको चुचुरोमा एनसेलको थ्रिजी

सगरमाथाको चुचुरोमा एनसेलको थ्रिजी (थर्ड जेनेरसन)   मोबाइलबाट कुरा गर्न सकिने प्रमाणित भएको छ । हालै बेलायती पर्वतारोही केन्टन कुलले सगरमाथाको टुप्पोबाट कुरा गरेका छन् ।
“एनसेलले सगरमाथामा थ्रिजी सेवा उपलव्ध गराएको सुनेर मलाई संसारको सबैभन्दा अग्लो चुचुरोबाट आफ्नी श्रीमतीलाई ट्विट गर्ने रहर लागेपछि आरोहण गरेको हुँ,” बेलायती पर्वतारोही केन्टनले भने “पूरै संसारलाई ३६० डिग्रीको कोणमा म जसरी देखिरहेको छु, त्यसको रोमाञ्चलाई वर्णन गर्न म असम्भव छु ।”
एनसेलको सिग्नल खुम्बु क्षेत्रमा प्रभावकारी भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यहाँका शेर्पा समुदायले आफूलाई विश्वसँग जोड्न निकै सजिलो महसुस गरेको विज्ञप्तिमा जनाइएको छ । “सञ्चारको क्षेत्रमा भएको विकासको अभिन्न अंग हुन पाएकोमा हामी खुसी छौं,” एनसेलका कार्यकारी अधिकृत पासी कोइस्टेननले भने ।