नेपाली हिरोइन का असली हिरो हरु


ऋचा र शंकर घिमिरे।
सिनेमाको पर्दामा देखिने चञ्चल र वाचाल रमणीहरूको सौन्दर्यमा मोहित भएर तिनको पछिलाग्ने युवकहरूको कुनै कमी छैन। कतिपय हिरो नै सुटिङ बाहेकको समयमा पनि हिरोइनका पछाडि लागिरहेका हुन्छन्। निर्देशकहरूसँग आगामी फिल्ममा आफू र फलानीलाई नै खेलाउन अनुनयविनय गरिरहेका हुन्छन्।
तर, फिल्ममा अनेकन् हिरो फेर्दै कहिले डाँडापाखामा कम्मर मर्काउँदै त कहिले एकान्तमा मस्कँदै दर्शकको दिल हर्ने हिरोइनहरू भने आफ्नै रुचिको जीवनसाथीको खोजीमा हुन्छन्। र, जब तिनले वास्तविक जीवनको हिरो पाउँछन्, तिनैमा हराउँछन्। कतिपय हिरोइनले जीवनको त्यो हिरोका निम्ति रजतपटलाई नै त्यागिदिएका छन्।
अहिले चाहिँ ती हिरोइनहरूको चर्चा गरौं जो सिनेमामा छाएर अनगिन्ती युवादर्शकको धुकधुकी बढाउँदै आफ्ना घरको हिरोलाई रिझ्ाइरहेका छन्। यस्ता हिरोइनहरूमा सिने संसारकै व्यक्तिहरूसँग घरजम गर्ने धेरै छन्। उनीहरू आफ्नो वास्तविक जीवनको हिरोबारे के भन्छन् त? नेपाली फिल्म उद्योगमा नम्बर एक मानिने रेखा थापा भन्छिन्, “मेरा लागि श्रीमान नै संसारका सबभन्दा सुन्दर पुरुष हुन्।”
रेखा थापा र छवि झा।
सिनेमा निर्माणकै क्रममा निर्माता तथा वितरक छवि झ्ासँग १० वर्षअघि भेट र विवाह गरेकी रेखाका लागि उनी एउटा सामाजिक प्राणी र नागरिकका रूपमा पनि पर्फेक्ट छन्। रेखाको विचारमा उनी पत्नी, परिवार, पेशा र समाजप्रति सजग अनि जिम्मेवार किसिमका मानिस हुन्। यी सबैप्रति उनी दायित्वपूर्ण भएको रेखाको मूल्याङ्कन छ। राजेश हमाल, विराज भट्टलगायतलाई सिनेमा बजारमा पुराना बनाएर अहिलेका ताजा हिरोहरूसँग धमाका मच्चाइरहेकी रेखाले एउटी नारीका रूपमा आफ्ना इच्छाहरू पूरा गर्न छवि सक्षम भएको सगर्व बताइन्। उनी भन्छिन्, “मेरो जीवनमा ऊ नआएको भए शायद म आजको ठाउँमा हुने थिइनँ।”
लामो समयसम्म नेपाली रिलमा नम्बर एक रहेकी करिश्मा केसीको रियल हिरोबारेको अनुभव पनि रेखाको जस्तै छ। उनले चलचित्र कस्तुरी को छायाङ्कनको क्रममा लण्डनमा भेटिएका विनोद मानन्धरसँगको प्रेम, रोमान्स र विवाहमा दुई दशक बिताइसकिन्। र, पनि उनका लागि विनोद पहिलाको जस्तै छन्- नयाँ, मायालु र प्रेरणादायी।
केही फिल्मका निर्माता तथा कलाकार विनोदसँग समय बितेको थाहै नभएको बताउने करिश्मा पनि आफ्नो सफलताको एउटा कारण उनी नै भएको ठान्छिन्। “फिल्मको हिरो र जीवनको हिरो तुलना हुनै नसक्ने कुरा हुन्”, विनोदबारे उनी निकै गम्भीर भइन्।
विनोद र करिश्मा मानन्धर।
झ्रना थापा र ऋचा घिमिरे फिल्मको हिरोलाई पेशाको र घरको हिरोलाई जीवनको मेसो भन्छन्। झ्रनाले फिल्म निर्माताका साथै व्यापारी सुनिलकुमार थापासँग विवाह गरेको १४ वर्ष पुग्न लाग्यो। सुनिल उनलाई सुन्दर, जवान, बुझ्की र साँच्चै सुनिल लाग्छ। “उहाँसँग विवाह भएपछि नै मेरो फिल्म करिअर पनि चम्किएको हो”, उनी भन्छिन्। पाँच वर्षअघि अमित अर्यालसँग प्रेम विवाह गरेकी अरुणिमा लम्सालले पनि आफ्ना ब्याङ्कर हिरोमा अहिलेसम्म कुनै खोट पत्ता लगाउन सकेकी छैनन्।
उता चलचित्र निर्देशक शङ्कर घिमिरेसँग डेढ वर्षअघि घरजम गरेकी ऋचाले यो मागी विवाह साँच्चै फापेको बताइन्। ऋचा शङ्करको व्यक्तित्वमा अरूसँग नभएको सिम्प्लिसिटी देख्छिन् र त्यो नै उनलाई सबभन्दा मन पर्छ। एकै पेशामा रहेका घिमिरे दम्पती चलचित्र पनि सँगसँगै बनाइरहेका छन। “पेशामा पहिलाभन्दा अहिले सहजता आएको छ”, ऋचा भन्छिन्।
त्यसो त, नेपाली फिल्म उद्योगमा जगजगी पनि विवाहित हिरोइनहरूकै देखिन्छ। उनीहरूले सिनेमा भनेको विवाह नहुन्जेललाई मात्र हो भन्ने कथनीलाई गलत साबित गरिदिएका छन्। विपना थापा, सनी रौनियार, जल शाह, लगायतका नायिकाहरू विवाहपछि फिल्मबाट पलायन भए पनि सञ्चिता लुईंटेल, रेखा, झ्रना, अरुणिमा, ऋचा, करिश्मा आदिले विवाह पछि नै बढी करिश्मा देखाएका छन्