गम्भीर र पठान आईपीएलका महँगा खेलाडी,


छोटो स्वरूपको क्रिकेटमा इन्डियन पि्रमियर लिग -आईपीएल) ले खुबै चर्चा पायो । यसको स्वरूप जति छोटो छ, खेलाडीले पनि कम समयमै सर्वाधिक कमाउने अवसर पाए । रातारात खेलाडीको पोल्टामा लाखौं डलर भित्रियो ।यो वर्ष -सन् २०११) मा आई पीएलको चौथो संकरण भारतमा आयोजना हुँदै छ । खेलाडीको बोलकबोल-अक्सन) भर्खरै समाप्त भयो ।दस टिमले खेलाडीको स्तरअनुसार रकम लगाए ।भारतीय प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भीर यस वर्ष आईपीएलमा सबैभन्दा बढी रकममा बिक्री भए ।


कीर्तिमानी रकम पाएका गम्भीर २४ लाख अमेरिकी डलरमा बिक्री भए ।
लगातार तीन सिजन दिल्ली डेयरडेभिल्समा खेलेका गम्भीरलाई चौथो संकरणमा भारतीय चर्चित कलाकार साहरूख खानको कोलकता नाइट राइडर्सले ठूलो रकम खर्च गर्‍यो । उनी तेस्रो संस्करणमा दिल्लीका कप्तानसमेत बनेका थिए । गम्भीरले पछिल्लो समय दिल्लीबाट खेल्दाभन्दा १२ गुणा बढी रकम पाएका हुन् ।युसुफ पठान कीर्तिमानी रकम पाउने खेलाडीको दोस्रो नम्बरमा रहे । राजस्थान रोयल्सबाट खेल्दै आएका पठानलाई पनि कोलकाता नाइट राइडर्सले २१ लाख डलरमा भित्रायो ।यस्तै रोविन उथप्पा, रोहित शर्मा, इरफान पठान र युवराज सिंहले आईपीएफको चौथो संस्करणमा ठूलो रकम पाएकाछन् । रोविन उथप्पालाई नयाँ टिम साहारा पुने वारियर्सले २१ लाख डलरमा किनेको छ । रोहित शर्मा २० लाख डलरमा मुम्बई इन्डियन्समा प्रवेश गरे । भारतीय खेलाडीले अघिल्ला तीन संस्करणको भन्दा धेरै बढी रकम पाएका हुन् ।
भारतीय टिमबाट लामो समय बाहिर रहेका इरफान पठानलाई दिल्ली डेयरडेभिल्सले १९ लाख डलरमा किन्यो । पठानले अघिल्ला तीन संस्करण किंग्स-११ पञ्जाबबाट खेलेका थिए । पञ्जाबकै अर्का खेलाडी युवराज सिंहलाई साहारा पुने वारियर्सले १८ लाख डलरमा भित्रायो ।विदेशी खेलाडीमा सबैभन्दा मोटो रकम श्रीलंकाली खेलाडी महेला जयबर्द्धनेले पाए । अघिल्ला तीन संस्करण किंग्स-११ पञ्जाबमा खेलेका उनलाई नयाँ टिम डीएफएफ कोचीले १५ लाख डलर खर्च गर्‍यो । अस्टे्रलियाली खेलाडी डेबिड हसीलाई पञ्जाबले १४ लाख डलर तिर्‍यो ।पुराना केही चर्चित खेलाडीका लागि यो सिजनको आईपीएलले खुसी बनाउन सकेन् । कोलकाता नाइट राइडर्सका कप्तान रहेका सौरभ गांगुलीलाई कसैले किनेनन् । उनी भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान समेत हुन् । उनकै सूचीमा क्रिस गायल, ब्रायन लारा तथा मार्क बाउचर पनि परे ।आईपीएलको पहिलो संकरण सन् २००८ मा भएको थियो । त्यसमा राजस्थान रोयल्सले उपाधि जितेको थियो । दोस्रो संकरण २००९ मा दक्षिण अपि|mकामा भयो । भारतमा विधानसभा निर्वाचनका कारण सरकारले सुरक्षा दिन नसक्ने भएपछि भारतीय क्रिकेट बोर्डले प्रतियोगिता दक्षिण अपि|mकामा सारेको हो । त्यसमा डेक्कन चार्जर्स च्याम्पियन बन्यो । सन् २०१० मा महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किङ्सले बाजी मार्‍यो ।