सुकुम्बासी शिल्पाको घरमा

बलिउड अभिनेत्री शिल्पा शेट्टीलगायत अरू कलाकारको अधिनमा रहेको बेलायतस्थित घर सुकुम्बासीहरूको एक समूहले कब्जा गरेका छन्। सर्रे, वेब्रिजस्थित सेन्ट जर्जस् हिलमा अवस्थित निवासस्थानमा बस्न थालेका मानिसहरूलाई घुसपैठको रूपमा शंका गरिएको डेली मेल पत्रिकाले जनाएको छ।शिल्पाको उक्त निवास यसअघि एल्टन जोन, रिंगो स्टार र केट विन्स्लेटको अधिनमा रहिसकेको थियो। ३० लाख पाउन्ड पर्ने ६ वटा बेडरुम भएको उक्त घरमा ६ जना सुकुम्बासीहरू एक महिनादेखि बस्दै आएका छन्। आफूहरूले कुनै गैरकानुनी काम नगरेको दावी उनीहरूको छ।
उक्त घर ६ वर्षदेखि त्यतिकै छाडिएको थियो र घर लथालिंग अवस्थामा थियो। सम्भव भएसम्म लामो अवधि बस्ने योजना सुकुम्बासीहरूको छ।
‘म यहाँ बस्दा गैरकानुनी हुन्छ जस्तो लाग्दैन, मैले यो ठाउँ गुगल म्यापमा भेटाएको हुँ, यहाँ आउँदा सबै भताभुंग र घर पनि खुल्ला थियो,' एक सुकुम्बासी स्टेफन साइबल्स्कीले भने।मिडियाले आफूसँग सोध्दै नसोधी गर्भवती भएको समाचार लेखेपछि तनावमा रहेकी शिल्पाले केही दिनअघि आफू गर्भवती नभएको खण्डन गरिसकेकी छिन्।