द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी नायिका बन्ने भएकी छन् । शोभित बस्नेत निर्देशित चलचित्र ७प्लान'मा उनी नायिका बन्न लागेकी हुन् । ७म त एकदमै आशावादी छु,' रागिनीले भनिन् । विषय मन परेकाले अभिनय गर्न लागेको धारणा राख्ने रागिनीको यस चलचित्रमा प्रशस्त मेहनत गर्ने योजना छ ।
बिहीबार राजधानीमा आयोजित एक समारोहमा सो चलचित्रको मुहर्ूत सम्पन्न भयो । ७मैले बनाएका मध्ये यो चलचित्र अलि भिन्न शैलीको छ,' कार्यक्रममा निर्देशक बस्नेतले चलचित्रबारे भने । मुकेश ढकाल, शोभित बस्नेत र रागिनी खड्गी, रुष्मा र्राईलगायतले मुख्य भूमिका निर्वाह गर्ने यस चलचित्रमा डीजेहरूको अन्तरद्वन्द्वलाई प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी गराए ।