एसएलसीको नतिजा मा हुनुहुन्छ जानी राखे राम्रो

एसएलसी परीक्षाको नतिजामा चित्त नबुझाउनेहरूले नतिजा प्रकाशित भएको १५ दिनभित्र नै पुनर्योग  गर्नुपर्ने भएको छ । विगतमा नतिजा प्रकाशित भएको ३५ दिनभित्र पुनर्योग  गर्न सक्ने प्रावधान थियो ।
परीक्षा नियन्त्रक सूर्य गौतमले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकालाई संशोधन गरी नयाँ व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । उहाँले एसएलसी पूरक परीक्षा सुरु हुनुअघि नै पुनर्योग  नतिजा विद्यार्थीले प्राप्त गर्न सकून् भनेर यस्तो व्यवस्था गरिएको बताउनुभयो

विगतमा परीक्षार्थीहरूले पूरक परीक्षा दिएपछि पुनर्योग  नतिजा प्राप्त गर्ने गर्दथे र कतिपय परीक्षार्थीहरू पुनरयोग बाट नै उत्तीर्ण हुने गरेका थिए । त्यस्तै, निर्देशिकाले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको नियुक्तिमा राजनीतिक भागबण्डालाई अन्त्य गर्न नयाँ व्यवस्था लागू गरेको छ ।
परीक्षा नियन्त्रक गौतमले परीक्षा केन्द्र तोकिएको विद्यालयका प्रधानाध्यापक स्वतः त्यस केन्द्रको केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको जानकारी दिनुभयो । "अब यस्तो व्यवस्थाबाट राजनीतिक भागबण्डाको अन्त्य हुनेछ", उहाँले भन्नुभयो ।
यसैगरी, सहायक केन्द्राध्यक्ष हुन माध्यमिक तहको शिक्षक र निरीक्षक हुन निम्नमाध्यमिक तहको वा प्राथमिक तहको शिक्षक हुनै पर्ने व्यवस्था गरिएको छ । विगतमा जिल्ला शिक्षा कार्यालयसितको पहुँचका आधारमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकमा अन्य व्यक्तिहरू पनि नियुक्त हुने गर्दथे ।