Kareena wedding preparations

Though Kareena and Saif are tight lipped about their BIG day, it is heard that the wedding preparations are on in full swing.If buzz is to be believed, Bebo has placed an order for a royal neck piece, costing about 40 Lakh. The necklace is said to extend from her neck to her waist. Made with 400 gm gold with expensive gems studded on it, such kind of necklaces are generally worn by the royals.The jewelery will be designed by a Rajkot-based Jeweler, who is pretty famous for designing such royal jewelery.Ritu Kumar is said to be designing Bebo’s wedding attaire. It is also heard that Saif plans to gift Bebo a big diamond rock as her wedding gift.source: Bollywoodcelebden

रातिको एकान्तमा अफिसभित्र शाहरुख र प्रियंकाले झण्डै ४ घण्टा बिताए

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाबीचको बढ्दो हेलमेलको विषय पछिल्लो समयमा निकै चर्चाको विषय बनिरहेको छ । प्रियंकासँग लहसिन थालेपछि शाहरुखको घरबार समेत बिगि्न लागेको हल्ला समेत चल्ने गरेको छ । दुबैजनाले आफुहरुको सम्बन्ध विशुद्ध मित्रवत् रहेको बताइरहेपनि हावा नचली पात हल्लिन्न भन्ने उखान पछिल्लो घटनाले पुष्टि गरेको छ । प्रियंकालाई आधारातमा शाहरुखको अफिसमा भेटिएपछि सामान्य मान्छेले पनि उनीहरुको सम्बन्धमा औँलो ठडाउने परिस्थिति बनेको हो । घटना येहीं जनवरी  को हो । मुम्बइको खार वेस्टमा रहेको शाहरुखको प्रोडक्सन अफिस रेड चिलिज मा राति ११ बजे प्रियंकाको प्रवेश भयो । रातिको एकान्तमा अफिसभित्र शाहरुख र प्रियंकाले झण्डै ४ घण्टा बिताए । बिहान ३ बजे मात्र प्रियंका शाहरुखको अफिसबाट निस्किइन् । प्रियंका शाहरुखको खोपीमा छिरेको खबर एक कान दुइ कान मैदान हुँदै फैलिएछ ।
त्यस्तो ब्रेकिङ न्युज थाहा पाएपछि त्यहाँ केही फोटोग्राफरहरु पुगिहाले । जब प्रियंका बाहिर निस्किइन् तब उनको सातोपुत्लो उड्यो । ढुकिरहेका फोटोग्राफरले क्लिक उनको फोटो खिचे । प्रियंका फोटोग्राफरसँग नराम्ररी रिसाइन् र पछि प्रियंकाका निजि गार्डले फोटोग्राफरलाई रोके । प्रियंका र शाहरुख आधारातमा रंगेहात भेटिएपछि बलिउडमा अहिले ठूलै तहल्का मच्चिएको छ । कतिपयले निकट भविष्यमा हुने मकाउ सिने अवार्डमा ती दुइले उद्घोषण गर्ने भएकाले रातिको एकान्त र फुर्सदको समयमा उद्घोषणको अभ्यास गर्न भेट गरेको हुनसक्ने पनि बताएका छन् ।

अब आउने भयो चिनियाँ रेल नेपालमा

पूर्ण बस्नेत,  चीनले तीव्र गतिमा विस्तार भइरहेको तिब्बत रेलमार्ग तीन वर्षभित्रै ल्हासाबाट सिगात्से पुग्ने र लगत्तै नेपालतर्फ विस्तार गरिने संकेत गरेको छ।चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणको क्रममा गत शनिबार तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गरिने जनाएलगत्तै बेइजिङमा यससम्बन्धी प्रगति विवरण सार्वजनिक भएको हो।

ल्हासा-सिगात्से खण्डमा पर्ने २ सय ५३ किलोमिटर रेलमार्गको ७७ प्रतिशत र उक्त भागमा पर्ने सुरुङ मार्गको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको तिब्बत क्षेत्रीय विकास तथा सुधार आयोगले मंगलबार जनाएको छ। 

‘तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेतर्फ रेलमार्ग विस्तार कार्य तीव्र गतिमा भइरहेको छ, सन् २०१५ सम्म यो पूरा हुनेछ,’ आयोग प्रमुख जीन सिसुनलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। 
बेइजिङस्थित दक्षिण एसिया मामिला विज्ञहरूले एक दशकभित्रै नेपाललाई रेलमार्गले जोड्ने चीनको तयारी रहेको जनाएका छन्। चीनको राज्य परिषद् अन्तर्गतको संस्था सिआइसिआइआरको दक्षिण तथा दक्षिण पूर्व अध्ययन केन्द्रका निर्देशक हु शिशेङ नौ वर्षभित्र तिब्बत रेलमार्ग नेपालसँग जोडिने बताउँछन्।

‘तीन वर्षभित्र ल्हासाबाट सिगात्से र लिन्ची जोडिन्छ,’ शिशेङले नागरिकसँग भने, ‘२०२० सम्म चीनलाई कम्तीमा दुईवटा रेलमार्गले दक्षिण एसियासँग जोड्ने छ- केरुङ वा कोदारी हुँदै नेपाल र यान्दोङ नाथुला नाकाबाट गान्तोक (भारत)।’ पाँच वर्षअघि ल्हासा आइपुगेको रेलमार्ग सिगात्से जोड्ने कार्य अघिल्लो वर्ष सुरु भएको थियो। एक वर्षमै आधा काम सकिएकाले तोकिएको समयअघि नै निर्माण पूरा हुने अनुमान अधिकारीहरूले गरेका छन्। सगरमाथा फेदीमा पर्ने तिब्बतको दोस्रो ठूलो प्रशासनिक केन्द्र सिगात्से भारत, भुटान र नेपालको सिमा नजिकै पर्छ।

विश्वको सबभन्दा अग्लो भूभागमा बग्ने यार्लुङ जाङ्बो (ब्रह्मपुत्र) नदीको सबभन्दा गहिरो खोँच र अग्ला पहाड छिचोलेर रेलमार्ग सिगात्से निकाल्ने काम धमाधम भइरहेको छ। एक सय २० किलोमिटर प्रतिघन्टाका दरले दुई घन्टा दस मिनेटमा ल्हासाबाट रेल सिगात्से पुग्नेछ। ‘गो वेस्ट’ नीतिअन्तर्गत तिब्बतको विकासमा केन्द्रित भएको चीन सरकारले १२ औं पञ्चवर्षीय योजनामा यो खण्ड निर्माणका लागि करिब डेढ खर्ब रुपैयाँ छुट्टयाएको थियो।

भारत र चीनबीच सेतु बन्ने सूत्र खोज्दै आएका प्रधानमन्त्री बाबुराम भट्टराई तिब्बत रेलमार्ग काठमाडौं जोड्ने जियाबाओको भनाइबाट निकै प्रसन्न देखिन्छन्। हिमाल छिचोलेर रेल आएपछि दक्षिण र पूर्वी एसियाबीच रहेर नेपालले तीव्र आर्थिक विकास गर्न सक्ने भट्टराईको तर्क छ। जियाबाओको भ्रमणका क्रममा ‘आर्थिक लगानी र रेलमार्ग विस्तारबारे चीनले स्पष्टसँग कुरा राखेको’ भन्दै भट्टराईले ल्हासा रेलमार्ग लुम्बिनीसम्म विस्तार गरी भारत र चीनबीच नेपाल ‘भावनात्मक र भौतिक पुल’ बन्न सक्ने अर्थ्याएका थिए।

जियाबाओको भ्रमणको क्रममा तिब्बत रेलमार्ग नेपाल जोड्नेबारे निर्णायक छलफल र औपचारिक सम्झौता हुने ठानिएको थियो। आठबुँदे सम्झौतामा नपरे पनि द्विपक्षीय वार्तामा काठमाडौंसम्म रेल ल्याइदिन चीन सकारात्मक देखिएको नेपाली पक्षले जनाएको छ।

‘हामी पहिलेदेखि नै नेपालको सिमासम्म रेलमार्ग विस्तार गर्ने योजनामा छौं, नेपाल सरकारको अनुरोधअनुसार काठमाडौंसम्म विस्तार गर्नेबारे गम्भीर रूपमा विचार गर्छौं,’ जियाबाओलाई उद्धृत गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने।
डेढ महिनाअघि चीन भ्रमणबाट फर्कने क्रममा मन्त्री श्रेष्ठले काठमाडौंसम्म रेलमार्ग जोड्ने एजेन्डालाई बेइजिङले प्राथमिकतामा राखेको जनाउँदै जियाबाओको भ्रमणको क्रममा सम्झौता नै हुने बताएका थिए।

‘तिब्बतको सिगात्सेबाट रेलमार्ग केरुङ वा खासा हुँदै काठमाडौंसम्म विस्तारका लागि सर्वे गर्ने समझदारी भएको छ, यसलाई चीनले प्राथमिक एजेन्डामा राखेर टुंगो लगाउने भनेको छ,’ हङकङमा नागरिकसँगको कुराकानीमा श्रेष्ठले भनेका थिए, ‘चीनले लुम्बिनीसम्मै रेलमार्ग विस्तार गर्ने इच्छा देखाएको छ, हामीले पहिला काठमाडौं, त्यसपछि लुम्बिनीसम्म विस्तारको प्रस्ताव राखेका छौं। यसबारे चिनियाँहरू निकै सकारात्मक छन्, तर अझै निर्णायक चरणमा पुगिसकेका छैनौं।’

काठमाडौंसम्म रेलमार्ग जोड्ने चर्चा भए पनि औपचारिक सम्झौता नभएकाले यसबारे प्राविधिक अध्ययन र सर्वे हुन सकेको छैन। तर बेइजिङस्थित स्रोतहरूका अनुसार चीनले खासा भएर रेलमार्ग नेपालसम्म जोड्न कठिन भएकाले केरुङ नाका हेरिरहेको छ। उक्त क्षेत्रमा स्याफ्रुबेसी-रसुवागढी सडक निर्माण गरिरहेको चीनले रेलमार्गको सम्भाव्यता अध्ययन पनि गरिसकेको स्रोतको दाबी छ।

अहिलेसम्म दुईवटा सडक मार्गले नेपाललाई चीनको तिब्बतसँग जोड्छ। कोदारी सडकले तिब्बतको खासासँग जोड्छ भने चीनकै लगानीमा निर्माण भएको स्याफ्रुबेसी-रसुवागढी सडकले केरुङसँग। त्रिशुलीबाट करिब ८४ किलोमिटर उत्तरमा पर्ने रसुवागढीलाई चीनले तिब्बततिरबाट २२ किलोमिटर सडक निर्माण गरी केरुङसँग जोडिसकेको छ।

तिब्बतको केरुङलाई नयाँ व्यापार केन्द्रका रूपमा तीव्र विकास गरिरहेकाले चीनले सिगात्सेबाट केरुङ भएर रेलमार्ग नेपाल जोड्ने तयारी गरेको धेरैको अनुमान छ। स्याफ्रुबेसी-रसुवागढी सडक परियोजनाका पूर्वप्रमुख महेश्वरलाल श्रेष्ठका अनुसार ‘खासासम्म रेलमार्ग पुर्‍याउन सम्भव र उपयोगी छैन भन्ने चीनले बुझेको छ, तसर्थ रेलमार्ग सिगात्सेबाट केरुङतिरै मोडिन्छ।’

गणतन्त्र चीनका पहिलो राष्ट्रपति सन् यातसेनले सन् १९१९ मै तिब्बत रेलमार्ग परिकल्पना गरेका थिए। माओत्सेतुङले १९५५ मा यसको सम्भाव्यता अध्ययन गराए पनि १९८४ मा मात्र यसको पहिलो खण्डमध्ये चीनको छिङहाई प्रान्तको राजधानी सिनिङबाट गोलमुढसम्म ८ सय १५ किलोमिटर निर्माण गरिएको थियो। छिङहाई-तिब्बत दोस्रो खण्डमा पर्ने १ हजार १ सय ४२ किलोमिटर निर्माण सुरु हुन अर्को १७ वर्ष पर्खनुपर्‍यो। तिब्बत रेलमार्गको यो खण्ड विश्वकै सबभन्दा अग्लो भूभागको रेलमार्ग हो। तत्कालीन चिनियाँ प्रधानमन्त्रीले झु रोङ्जीले यसलाई ‘मानव इतिहासको एक अभूतपूर्व परियोजना’ का रूपमा अर्थ्याएका थिए।

छिङहाई-तिब्बत खण्डको १ हजार १ सय ४२ मध्ये ९ सय ६० किलोमिटर समुद्री सतहबाट चार हजार मिटर उचाइमा पर्छ भने ५ सय ५० किलोमिटर क्षेत्र पूरै हिउँले ढाकिएको हुन्छ। हिउँ जमेको ठाउँमा सय र अन्य क्षेत्रमा १ सय २० किलोमिटर प्रतिघन्टाका दरले दौडने रेल विश्वकै अग्लो भूभागमा छिटो दौडने रेल मानिन्छ।

२००६ जुलाइमा छिङहाई-तिब्बत रेलमार्ग उद्घाटन गर्ने क्रममा राष्ट्रपति हु जिन्ताओले यसलाई अर्को ‘आश्चर्य’ का रूपमा अर्थ्याउँदै ‘अन्ततः चिनियाँ जनताको सपना साकार भएको’ उद्घोष गरेका थिए। छिङहाई-तिब्बत रेलमार्ग गोलमुढ-सिनिङ हुँदै बेइजिङ जोडिन्छ। चीनको राजधानी बेइजिङबाट तिब्बतको ल्हासा पुग्ने एकमात्र स्थल मार्ग यही हो। बेइजिङबाट ४८ घन्टामा एउटै रेलबाट ल्हासा पुग्न सकिन्छ।

नेपालको सिमासम्म रेलमार्ग विस्तार गर्ने आकांक्षा माओले १९६० मै राखेका थिए। चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वमा रहेका माओका नाति पुस्ता पनि उनको सपना साकार पार्न दत्तचित्त देखिन्छन्। २००८ अप्रिलमा विदेश विभागका उपमन्त्री आई पीङको नेतृत्वमा काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग तिब्बत रेलमार्ग नेपालको सिमासम्म विस्तार गर्ने चीनको योजनाबारे औपचारिक जानकारी गराएको थियो।

प्रधानमन्त्री बनेलगत्तै बेइजिङ पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ पक्षसँग पहिलोपटक रेलमार्ग लुम्बिनीसम्म नै विस्तार गर्नेबारे छलफल गरेका थिए। ल्हासा-लुम्बिनी रेलमार्ग बन्यो भने चीन र भारतलाई जोड्ने त्यो सबभन्दा सुगम आधार बन्ने र नेपालले त्यसबाट आर्थिक लाभ लिन सक्ने दाहालको तर्क छ।
‘प्रधानमन्त्रीका रूपमा पहिलोपटक बेइजिङ जाँदा नै मैले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग ल्हासादेखि लुम्बिनीसम्म रेलमार्ग जोड्ने प्रस्ताव राखेको साँचो हो,’ दाहालले गत वर्ष सांघाई आउँदा नागरिकसँग भनेका थिए, ‘हाम्रो पर्यटन र आर्थिक जीवनमा यो रेलमार्गले नयाँ युग नै ल्याउँछ भन्ने लागेर पछि पनि मैले यो विषय निरन्तर उठाएको छु।’

तत्कालीन प्रधानमन्त्री माधव नेपाल चीन भ्रमणमा आएको बेला बेइजिङबाट प्रकाशित हुने अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले गरेको अनलाइन सर्वेमा सहभागीमध्ये ९६ प्रतिशतले नेपालसम्म रेलमार्ग विस्तार गर्नुपर्ने मत दिएका थिए। पत्रिकाले सम्पादकीयमा हिमाल छिचोल्न कठिन भए पनि चीनको राष्ट्रिय सुरक्षा रणनीतिसँग सम्बन्धित भएकाले रेलमार्ग नेपालसम्म जोड्नुपर्ने तर्क गरेको थियो।

‘जतिसुकै महँगो भए पनि चीनले यो रणनीतिक रेलमार्गलाई काठमाडौंसम्म विस्तार गर्नैपर्छ, किनकि राजनीति, अर्थतन्त्र र सुरक्षामा यसको ठूलो महत्व छ,’ ग्लोबल टाइम्सले लेखेको थियो।

बेइजिङले कहिलेसम्म काठमाडौंमा रेल पुर्‍याउँछ भन्ने कुरा हिमालय रणनीतिमा पनि भर पर्नेछ। चार हजार मिटर अग्लो हिमाल छिचोलेर काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने बेइजिङको चासो नेपाललाई ‘ट्रान्जिट’ बनाएर दक्षिण एसियामा व्यापार विस्तार गर्नेमा सीमित छैन। तिब्बतको सुरक्षासँग सम्बन्धित हिमालय रणनीतिअनुसार नेपाललाई रेल-सडक सञ्जालसँग जोडेर चीन आफ्नो सिमा सुरक्षा सुनिश्चित गर्न चाहन्छ।
‘तिब्बतमा स्थिरता र सिमा सुरक्षा दुवै महत्वपूर्ण विषय हुन्,’ शिशेङ भन्छन्, ‘द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सन्तुलनका लागि पनि रेलमार्ग अति महत्वपूर्ण छ।’
रेलमार्गसँगै विस्तार हुने व्यापारले नेपाल एसियाकै एउटा महत्वपूर्ण ‘ट्रान्जिट राष्ट्र’ र ठूलो पर्यटक गन्तव्य पनि बन्न सक्नेछ। बेइजिङ-ल्हासा-काठमाडौं रेलमार्गले नेपाललाई अन्तर्राष्ट्रिय रेल-सडक सञ्जालसँग जोड्ने छ र ठूलो बजारसम्म पुर्‍याउने छ।

Earth Ambassador Sunita Basnet

दक्षिण कोरियाको SungkongHoe Univesity मा पढ्ने सुनिता बस्नेतले केही समय अघि तपाईँहरुको सहयोगको अपेक्षा गरेकी थिइन Your Big Year नाम गरिएको बिश्वब्यापी प्रतियोगितामा आफूलाई बिजयी बनाउन । स्मलर अर्थ (Smaller Earth) नामक संस्थाले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएका थिए जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ जना छनौट भएका थिए, जसमा सुनिता पनि एक हुन।


 Smaller Earth नामक संस्थाद्धारा सञ्चालित Your Big Year को बिश्वब्यापी प्रतियोगितामा सहभागी विश्वका २१२ देशका ६० हजार युवा-युवतीबाट पहिलो चरणमा छानिएका १११ जनाबाट बिजयी १२ जनामध्येमा परेर Smaller Earth Ambassador भएकी छिन सुनिता बस्नेत । अब ग्लोबल एम्बेसडर बन्नको लागि उन्ले केही चरण पार गर्नु पर्नेछ र भबिस्यमा पुन: उन्लाई हाम्रो सहयोगको आवश्यकता पर्न सक्नेछ । यसरी विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएको प्रतियोगिताबाट जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ बाट १२ जनामा परी Smaller Earth Ambassador हुन सफल भएकीमा सुनिता बस्नेतलाई हाम्रो बधाई र आगामी चरणहरु पार गरेर ग्लोबल एम्बेसेडर बन्न सफल होस भन्ने हाम्रो शुभ-कामना छ,

अमेरिका को सत्तारुढ दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्वमा एक नेपाली पुग्न सफल भएका छन् ।

सत्तारुढ दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्वमा एक नेपाली पुग्न सफल भएका छन् । राष्ट्रपति बाराक ओबामाको दल डेमोक्रेटिक पार्टीको भर्जिनिया राज्यको लाउडन काउन्टीको स्थानीय नेतृत्वमा यसरी पहिलोपटक नेपाली मूलका हरि शर्मा सर्वसम्मतरुपमा पार्टीको कोषाध्यक्षको पदमा पुगेका हुन्। गत शनिबार भएको सोही काउन्टीको डेमोक्रेटिक पार्टीको स्थानीय तहको निर्वाचनमा शर्मासँगै प्रतिस्पर्धामा रहेका अन्य दुई उम्मेदवारले शर्माको समर्थनमा आ-आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्। उनी विगत १३ बर्षदेखि डेमोक्रेटिक पार्टीमा सकृय छन्। गत राष्ट्रपति निर्वाचनमा बाराक ओबामाको पक्षमा उनी निकै सकृयतापूर्वक चुनाब प्रचार प्रसारमा संलग्न थिए। सोही पार्टीको स्थानीय नेतृत्वमा सर्वसम्मत भएपछि ग्लोबनेपाल डट कम सँग कुरा गर्दै शर्माले भने, अवसरको यो भुमि अमेरिकामा आफुले चाहेको गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरणको पहिलो प्रयासको रुपमा मैले यो जिम्मेवारीलाई लिएको छु। यसमा म एक आप्रवासी नेपालीको नाताले गौरव महसुस गर्दछु।
२३ बर्ष अघि उच्चशिक्षा अध्ययनका लागि अमेरिका छिरेका ललितपुर झम्सीखेल पुर्ख्यौली थलो भएका शर्मा यहाँको नेपाली समुदायमा पनि सकृय छन्। पेशाले उनी पब्लिक एकाउण्टेन्ट भएता पनि सामाजिक रुपमा एएनए, एनआरएन लगायतका नेपाली सँघसंस्थामा पनि उनी उत्तिकै कृयाशील छन्। सहयोगी र मिलनसार व्यक्तित्वका धनी शर्मा अमेरिकी राजनीतिक दलको स्थानीय संगठनको कोषाध्यक्ष जस्तो जिम्मेवार पदमा पुग्ने सम्भवत: हालसम्मकै पहिलो नेपाली मूलका व्यक्ति हुन्। यसपटक स्थानीय पार्टी नेतृत्वको भूमिका आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका कारण पनि निकै महत्वपूर्ण हुनेछ। दुई बर्षे कार्यकालका लागि डेमोक्रेटिक पार्टीका रजिष्टर्ड सदस्यहरुले मात्र मतदान गर्न पाउने स्थानीय तहको निर्वाचनमा अरु मतदाता पनि कोही नेपाली थिए कि भन्ने ग्लोबनेपाल डट कम को जिज्ञासामा शर्मा भन्छन्- लाउडन काउन्टीमा एक हजार भन्दा बढी नेपाली बसोबास गरिरहेको अनुमान छ, तर यहाँको पार्टी राजनीतिमा भने मैले अहिलेसम्म एकजना पनि नेपाली भेटेको छैन।
अब शर्माको व्यस्तता अझ बढ्नेछ किनकि पार्टी नेतृत्वभित्र पनि पार्टीका काउन्टी अध्यक्षसहितका दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष रहेको पाँच सदस्यीय कार्यकारी समिति हुनेछ। जसले पार्टी संगठनका महत्वपूर्ण विषयमा र आगामी राष्ट्रपति निर्वाचनका लागि स्थानीय संगठनलाई सशक्त रुपमा परिचालन गर्नुपर्नेछ। त्यसो त संगठनका अन्य रणनीति पनि पाँच जनाको यही समितिले तय गरेर कार्यसमितिमा प्रस्तुत गर्नेछ। यसका लागि कोषाध्यक्ष शर्मालाई पार्टीले पार्टी सन्चालनका लागि लिसवर्ग भन्ने ठाउँमा छुट्टै कार्यालयको व्यबस्था गरिदिएको छ। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा भर्जिनिया राज्यका सिनेटर मार्क हेरिङ र लाउडन काउन्टीका बोर्ड
सुपरभाइजरसहित अन्य सिनियर डेमोक्र्याटहरु सहभागी थिए।
यसअघि क्यालिफोर्नियामा रहेका नेपाली मूलका रोजर अधिकारीले डेमोक्र्याट पार्टीबाट स्थानीय काउन्सिल सदस्यको उम्मेदवार भएर चुनाव लडेका थिए। अहिले नेपाली मूलका अर्का दर्शन रौनियार आगामी संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ(कँग्रेस) को लागि डेमोक्रेटिक पार्टीकै तर्फबाट वाशिंगटन राज्यबाट उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन्। तर पार्टी नेतृत्वमा पुग्ने चाहिं सम्भवत: शर्मा नै पहिलो नेपाली हुन्।

बलिउडका नायिकाहरुको कुनै इभेन्टमा आधा घण्टा उपस्थित हुन कति रकम लिन्छन त


बलिउडका स्टार नायिकाहरुले प्रत्येक कार्यक्रममा आफ्नो उपस्थिति बापत भारी रकम लिने गरेका छन् । त्यसैगरी बलिउडका स्टार नायकका पत्नीहरु पनि कार्यक्रममा उपस्थितिबापट राम्रो रकम लिने गर्दछन् । त्यसमध्य सबैभन्दा बढी लिने नायककी पत्नीमा पर्छिन बलिउड सुपरस्टार शाहरुख खानकी पत्नी गौरी खान । उनी नायिकाहरु भन्दा केही कम छैनन्। उनी इभेन्ट आयोजकको सबैभन्दा रुचाइएकी सेलिब्रेटी पत्नी हुन्। जसका कारण कुनै इभेन्टमा आधा घण्टा उपस्थित हुन उनलाई १५ देखि १७ लाख तिर्नुपर्छ। आधा घण्टाको लागि यति रकम तिर्नुपर्ने उनी पहिलो सेलिब्रेटी पत्नी हुन्।
गौरीसँग न कुनै फिल्म छ न त कुनै ठूलो उपलब्धी तर पनि इभेन्ट आयोजकको आँखामा उनी सबैभन्दा अघि पर्छिन्। शाहरुख खान सबैभन्दा ठूला ब्राण्ड नाम हुन् भने स्टाइलिस गौरी पनि के कम। शाहरुखकै पत्नी भएकी कारण पनि उनी त्यति धेरै पपुलर भएकी थुप्रै आयोजक बताउँछन्। त्यसमा पनि उनलाई शाहरुखले निर्माताको लिष्टमा पुर्याएका छन्। शाहरुखका थुप्रै चलचित्र निर्माण गरिसकेकी गौरी आफ्ना पतिको प्यासिभ पार्टनर भन्दा पनि आफैमा सेलिब्रेटी हुन्।

त्यस्तै यदि आमिर पत्नी किरण राव पनि स्पटलाइटमा आउन चाहे उनको माग पनि उत्तिकै हुने आयोजक बताउँछन्। यसैगरी बलिउड नायिकाहरु प्रति उपस्थिति कति लिन्छन  त ?

बलिउडका नायिकाहरुको प्रति उपस्थिति
करिना कपुर ५० लाख
कट्रिना केफ ५० लाख
प्रियंका चोपडा ४५ लाख
दीपिका पादूकोन २५ लाख
सोनम कपुर २५ लाख
विपाशा बासु २५ लाख
अनुष्का शर्मा १८ देखि २० लाख
विद्या वालन १५ देखि २० लाख
प्राची देसाइँ ४ देखि ५ लाख
नेहा धुपिया ५ देखि ६ लाख

नायिकाहरू साँस्कृतिक कार्यक्रमका लागि बिदेश जान्छन् एउटा न एउटा म्युजिक भिडियोमा अभिनय गरेर फर्कन्छन्

बिशेषगरी नायिकाहरू साँस्कृतिक कार्यक्रमका लागि बिदेश जान्छन् र एउटा न एउटा म्युजिक भिडियोमा अभिनय गरेर फर्कन्छन् । हट एण्ड सेक्सी नायिका शुष्मा कार्कीले पनि यहि क्रमलाई निरन्तरता दिएकी छिन् । अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा आयोजना भएको न्यू ईयर बिशेष कार्यक्रममा भाग लिन गत बुधबार कतार प्रस्थान गरेकी शुष्माले राजेश पायल राईको एल्बम 'राई इज कीङ' मा रहेको 'रित्ति सके खुसी मेरा' बोलको गीतमा अभिनय गरिन् । दोहा कतारको रमणिय स्थानहरूमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोमा थुप्रै नायिकाहरूसँग म्युजिक भिडियोमा अनुभव बटुलेका मोडल बिएस राणा र भानु शर्माको साथमा सैलेन्द्र कठायतले अभिनय गरेका छन् । भिडियोलाई भविन्द्र तामाङ र उद्दव राईले संयुक्त रूपमा निर्देशन गरे ।


नायक सुमन सिंह, गायक स्वरूपराज आचार्य, बद्री पंगेनी, गायिका जुनु रिजाल, हाँस्यकलाकार धुर्मुस सुन्तली लगायतका कलाकारको साथ कतार पुगेकी शुष्माले बिदेशमा म्युजिक भिडियोमा अभिनय गर्दा छुट्टै मज्जा आएको बताईन् । मोडल भानु शर्माका अनुसार शुष्मा काम गर्न निकै सजिलो कलाकार हुन् । फ्रेण्ड्ली वातावरणमा काम गर्दा निकै मज्जा आएको उनको भनाई छ ।

यसअघि नायिका नन्दिता केसी, युना उप्रेती, सोभिता सिंखडा लगायतका नायिकाहरू कतारको मरूभुमिमा रमाईसकेका छन् ।

स्तनको वढ्दो आकारका कारण समस्यामा परेकी छन् बलिउडकी नायिका आयशा टाकीया

मुम्बई। कतिपय नायिका आफ्नो सानो स्तनका कारण चिन्तित भएको समाचार आउँदा कतिपयलाई भने ठूलो आकारको स्तनको कारणले समस्या परेको छ। पछल्लो समयमा बलिउडकी नायिका आयशा टाकीयालाई यस्तै समस्या परेको छ।
समाचारमा जनाइए अनुसार टाकिया आफ्नो स्तनको वढ्दो आकारका कारण समस्यामा परेकी छन्। स्वास्थ्मा समेत समस्या देखिन थालेपछि उनले स्तनको आकार घटाउन चाहेकी छन्। ठूलो स्तनको वोझ काँधमा परेपछि उनले केहि समयदेखि समस्या वेहोर्दै आएकी थिइन्।
भारतीय सञ्चारमाध्यमा बताइए अनुसार यसअघि उनले आफ्नो स्तनको आकार बढाउन हार्मोनयुक्त इन्जेक्शन लिएकी थिइन्। इन्जेक्सन लिएपछि आएशा टाकियाको स्तनको आकार ‘डी’ साइजको भएको थियो। ‘डी’ साइजको स्तन धेरैजसो विवाहित महिला वा पोर्न स्टारको हुने गरेको छ। आयशालाई आफ्नो यहि ‘डी’ साइजको स्तनको कारण काँधमा समस्या झेल्नु परेको बताइएको छ। यसै कारण आयशाले आफ्नो स्तनको आकार घटाउने निर्णय लिएको उनको निकट स्रोतलाई उदधृत गर्दै समाचारमा बताइएको छ। उनले चाँडै नै स्तनको शल्यक्रिया गराउने सोच लिएकी छन्।