बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाबीचको बढ्दो हेलमेलको विषय पछिल्लो समयमा निकै चर्चाको विषय बनिरहेको छ । प्रियंकासँग लहसिन थालेपछि शाहरुखको घरबार समेत बिगि्न लागेको हल्ला समेत चल्ने गरेको छ । दुबैजनाले आफुहरुको सम्बन्ध विशुद्ध मित्रवत् रहेको बताइरहेपनि हावा नचली पात हल्लिन्न भन्ने उखान पछिल्लो घटनाले पुष्टि गरेको छ । प्रियंकालाई आधारातमा शाहरुखको अफिसमा भेटिएपछि सामान्य मान्छेले पनि उनीहरुको सम्बन्धमा औँलो ठडाउने परिस्थिति बनेको हो । घटना येहीं जनवरी को हो । मुम्बइको खार वेस्टमा रहेको शाहरुखको प्रोडक्सन अफिस रेड चिलिज मा राति ११ बजे प्रियंकाको प्रवेश भयो । रातिको एकान्तमा अफिसभित्र शाहरुख र प्रियंकाले झण्डै ४ घण्टा बिताए । बिहान ३ बजे मात्र प्रियंका शाहरुखको अफिसबाट निस्किइन् । प्रियंका शाहरुखको खोपीमा छिरेको खबर एक कान दुइ कान मैदान हुँदै फैलिएछ ।
त्यस्तो ब्रेकिङ न्युज थाहा पाएपछि त्यहाँ केही फोटोग्राफरहरु पुगिहाले । जब प्रियंका बाहिर निस्किइन् तब उनको सातोपुत्लो उड्यो । ढुकिरहेका फोटोग्राफरले क्लिक उनको फोटो खिचे । प्रियंका फोटोग्राफरसँग नराम्ररी रिसाइन् र पछि प्रियंकाका निजि गार्डले फोटोग्राफरलाई रोके । प्रियंका र शाहरुख आधारातमा रंगेहात भेटिएपछि बलिउडमा अहिले ठूलै तहल्का मच्चिएको छ । कतिपयले निकट भविष्यमा हुने मकाउ सिने अवार्डमा ती दुइले उद्घोषण गर्ने भएकाले रातिको एकान्त र फुर्सदको समयमा उद्घोषणको अभ्यास गर्न भेट गरेको हुनसक्ने पनि बताएका छन् ।
