गायिका देविका वन्दनाको दशौं एल्वम ‘मन चङ्गा भो’ बजारमा आएकोछ। उनको यो एल्वमको सिएनएन हिरो अनुराधा कोइरालाले विमोचन गरिन् । उक्त कार्यक्रममा गीतकार राजेन्द्र थापाले आफ्नो जन्मदिन समेत मनाए । यो एल्वममा ६ वटा गीतहरु रहेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, गीतकार राजेन्द्र थापा, दिनेश अधिकारी, नरेश भट्टराई, नरहरि प्रेमीको शब्द समावेश छन् । गीतमा चर्चित संगीतकारहरु सुरेश अधिकारी, राजु सिंह, महेश खड्का, वसन्त सापकोटा, नरहरि प्रेमीले संगीत भरेका छन् । कार्यक्रममा गायिका वन्दनाले एल्वममा समावेश २ गीत समेत गाएकी थिईन्
फेसबुकले फोटो सेयरिङमा अब फोटो थप ३३ गुना चौडा हुने
फोटो सेयर लोकप्रियतालाई ध्यानमा राखेर सामाजिक सत्र्जाल फेसबुकले फोटो सेयरिङमा विग फोटो सेयरिङ सुबिधा ल्याएको छ । यो सुबिधा अन्तर्गत अब फोटो थप ३३ गुना चौडा हुने फेसबुकले जनाएको छ ।
आगमी केही दिनपछि नै फेसबुक प्रयोगकर्ताले ठुलो आकारको फोटो सेयर गर्न सक्ने छन् ।सामाजिक सञ्जालमा जथाभावी फोटो हाल्ने र ट्याग गर्ने प्रवृति रोक्न को लागी फेसबुकले अबदेखी कसैले साथीलाई फेसबुकमा ट्याग गरेको छ भने पनी उसको स्विकारोक्ती विना त्यो नदेखिने जनाएको छ ।ट्याग गरिएका फोटो वालमा त देखिन्छ तर त्यसलाई रिजेक्ट गर्यो भने त्यो न्युजफिडमा देखिदैन ।
नयाँ सामाजीक सञ्जाल ‘मेरोपोष्ट’नेपालमै
नेपालीमै टाइप गर्न र ट्विटरमा भन्दा थप सुविधाको रुपमा च्याट गर्न मिल्ने नयाँ सामाजीक सञ्जाल ‘मेरोपोष्ट’ ट्विटर जस्तै साइट नेपाली विद्यार्थी सुनिल चौलागाईले सञ्चालनमा ल्याएका छन्। कान्तिपुर इन्जिनियरिङ कलेजमा बीई अध्ययन गरिरहेका चौलागाईले डेढ वर्षसम्मको निरन्तर प्रयासपछि यो सामाजीक सञ्जाल सञ्चालनमा ल्याएका हुन्। नेपालमा फेसबुक, माइस्पेस, ट्विटर जस्ता साइटहरु युवाहरुमा लोकप्रिय भैरहेको छ। यस्ता साइट नेपालमा पनि बनाउन सकिने देखिएकोले उनी एक्लैको प्रयासले मेरोपोष्ट डटकम सञ्चालनमा ल्याएका हुन्।
मेरो पोस्टमा ग्रुप खोल्ने, फोटोहरु अपलोड गर्ने, आफूलाई मन लागेको साइड बार राख्न मिल्ने गरि बनाइएको छ। एकैपटकमा दुईलाख जनाले प्रयोग गर्न सकिने गरि ५० जिबी क्षमताको सर्भर राखिएको छ। ६ महिनाअघिदेखि परिक्षणको रुपमा चलाइएको यो साइटलाई यसै सातादेखि व्यबसायीक रुपमा प्रयोग गर्न सकिने बनाइएको छ। अहिलेसम्म एकहजार पाँचसय जनाले नियमित रुपमा मेरोपोष्टको प्रयोग गरिरहेका छन्।नेपालमा पनि सामाजीक सञ्जालका प्रयोगकर्ता बढ्दै गएपछि यसलाई तयार गरेर सञ्चालनमा ल्याइएको हो। नेपाल टेलिकमले आउँदो दशैंदेखि फेसबुक जस्तै: ‘एनटिसी चौतारी’ र नमस्तेमित्र डट कम सञ्चालनमा ल्याउँदैछ। मेरोपोष्टको सर्भर भने अमेरिकामा राखिएको छ। नेपालमा प्रविधि र पूर्वाधारले सर्भर राख्दा समस्या आउने देखेर उनले अमेरिकामा सर्भर राखेर सञ्चालनमा ल्याएका हुन्।

आज सुन तोलाको ५४ हजार २ सय रुपैया किर्तिमान गर्दै
किर्तिमान गर्दै आएको सुनको भाउले आज फेरी अर्काे किर्तिमान कायम गरेको छ । आज एकैदिन तोलामा ९ सय रुपैया“ बढेपछि सुनको भाउले नया“ कितिर्मान कायम गरेको हो । नेपाली बजारमा आज सुन तोलाको ५४ हजार २ सय रुपैया“मा कारोबार भएको सुन चा“दी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनु भयो । यसअघि गत भदौ ६ गते सुनको भाउ सबैभन्दा मह“गो तोलाको ५३ हजार ९ सय रुपैया“मा कारोबार भएको थियो । हिजो नेपाली बजारमा सुनको भाउ ५३ हजार ३ सय रुपैया“ रहेको थियो ।
एसिया, युरोप र अमेरिकाको सेयर बजार ओरालो लागेपछि सुनको भाउ यो हप्ताको सुरुवातदेखि नै बढिरहेको अध्यक्ष शाक्यले बताउनु भयो । संघले आज अन्तर्राष्ट्रिय बजारभाउ प्रतिऔंस १ हजार ९ सय १२ डलर १३ सेन्ट रहेका बेला तोकेको मुल्य हो
Subscribe to:
Comments (Atom)