गायिका देविका वन्दनाको दशौं एल्वम ‘मन चङ्गा भो’ बजारमा

गायिका देविका वन्दनाको दशौं एल्वम ‘मन चङ्गा भो’ बजारमा आएकोछ। उनको यो एल्वमको सिएनएन हिरो अनुराधा कोइरालाले विमोचन गरिन् । उक्त कार्यक्रममा गीतकार राजेन्द्र थापाले आफ्नो जन्मदिन समेत मनाए । यो एल्वममा ६ वटा गीतहरु रहेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, गीतकार राजेन्द्र थापा, दिनेश अधिकारी, नरेश भट्टराई, नरहरि प्रेमीको शब्द समावेश छन् । गीतमा चर्चित संगीतकारहरु सुरेश अधिकारी, राजु सिंह, महेश खड्का, वसन्त सापकोटा, नरहरि प्रेमीले संगीत भरेका छन् । कार्यक्रममा गायिका वन्दनाले एल्वममा समावेश २ गीत समेत गाएकी थिईन्