किर्तिमान गर्दै आएको सुनको भाउले आज फेरी अर्काे किर्तिमान कायम गरेको छ । आज एकैदिन तोलामा ९ सय रुपैया“ बढेपछि सुनको भाउले नया“ कितिर्मान कायम गरेको हो । नेपाली बजारमा आज सुन तोलाको ५४ हजार २ सय रुपैया“मा कारोबार भएको सुन चा“दी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनु भयो । यसअघि गत भदौ ६ गते सुनको भाउ सबैभन्दा मह“गो तोलाको ५३ हजार ९ सय रुपैया“मा कारोबार भएको थियो । हिजो नेपाली बजारमा सुनको भाउ ५३ हजार ३ सय रुपैया“ रहेको थियो ।
एसिया, युरोप र अमेरिकाको सेयर बजार ओरालो लागेपछि सुनको भाउ यो हप्ताको सुरुवातदेखि नै बढिरहेको अध्यक्ष शाक्यले बताउनु भयो । संघले आज अन्तर्राष्ट्रिय बजारभाउ प्रतिऔंस १ हजार ९ सय १२ डलर १३ सेन्ट रहेका बेला तोकेको मुल्य हो