

निर्देशक सुरज सुब्बा ‘नाल्बो’को पछिल्लो फिल्म ‘सायद’ ले परीक्षण शो प्रस्तुत गरेको छ। आइतवार अनामनगरस्थित सफ्ट टाइममा फिल्मको परीक्षण शो देखाइयो। शुक्रबारदेखि सुरू गरिएको परीक्षण शो एक सातासम्म चल्ने निर्देशकले बताए। ‘फिल्म प्रर्दशन गर्नुअघि फिल्मबारे बुझेका व्यत्तित्वहरूलाई ‘सायद’बारे सुझाव दिन यस्तो किसिमको शो गरेको हुँ,’ उनले बताए। फिल्म हेर्न पुगेका अशोक शर्माले फिल्मबारे ‘कलेज पठ्ने तन्नेरी युवा र उनको परिवारलाई प्रति सकारात्मक सन्देश दिन्छ’ भने ।‘अभिभावकलाई आफ्नो छोराछोरीप्रति मायामात्र होइन कहिलेकाही कडा रूपमा प्रस्तुत हुनुपर्छ भन्ने सन्देश यस फिल्मले दिएको छ।’ फिल्म निर्देशक नारायण पुरीले भने,’पछिल्लो समय नेपाली फिल्मको गुणस्थर सप्रेको छ।















