यो मुद्दा उनले सोमबार न्यूयोर्कको म्यानहट्टनको सर्वोच्च अदालतमा हालेकी थिइन् ।
आफ्नो परिचयका रुपमा जेन डोको रुपमा मात्र चिनाएकी ती मोडलले गएको नोभेम्बर महिनामा जुल ज्वेलरी इन्क कम्पनीबाट प्रतिस्पर्धाको आधारमा विज्ञापनमा खेल्ने अवसर पाएकी थिइन् । यत्रो ठूलो कम्पनीले आफ्ना सामग्री बेच्ने सस्तो तरिका अपनाएकोमा उनले खेद व्यक्त गरेकी छिन् । यसले भोलिका दिनमा कुनै पुरुषले महिलालाई यसो गर्दा मात्र आनन्द आउँछ भनेर गहनाले यौन आनन्द दिलाउन खोज्ने प्रवृत्ति बढ्नसक्ने तर्फमेत उनले औँल्याएकी थिइन् ।
नमुस्कुराइकन ओछ्यानमा यताउति लडीबुडी खेल्न मात्र अह्राएको र आफूलाई पछि विज्ञापन यस्तो हुनेछ भनेर जानकारी नदिई निर्देशकले आफूलाई झुक्याएको उनले बताएकी थिइन् ।
यता यो विज्ञापन इन्टरनेटभरि छरिएपछि उनको विवाहमा धक्का लागेको समेत जानकारी दिइएको छ ।
जुल ज्वेलरी, क्यूटु इन्टरटेन्मेन्ट र क्युटु प्रिन्सिपल मिसेल गोल्डम्यानका विरुद्ध यो मुद्दा हालिएको छ । यस मुद्दाका विषयमा यता ज्वेलरी तथा विज्ञापन निर्माता कम्पनी क्यू टुले यस विषयमा कुनै पनि प्रतिक्रिया जनाउन मानेनन् ।
यता ती मोडलले आफ्नो इज्जतमा धक्का लागेको भन्दै २५ लाख डलर क्षतिपूर्ति दाबी गरेकी छिन् भने बाँकी २५ लाख डलर बराबरको तिनलाई सजाय दिइनुपर्ने माग गरेकी छिन् ।