
न्यूजिल्याण्डको ओटागो शहर भ्रमण गर्ने जो कोहीले सडकको किनारामा अनौठो दृश्य देख्नेछन् । सडकको किनारामा लगाइएको तारको जालीमा महिलाको भित्री बस्त्र ‘ब्रा’ झुण्ड्याइएको छ । एक दुई बटा हैन त्यहाँ हजारौं ब्रा झुण्ड्याइएको छ ।
सन् २००० बाट सुरु भएको अनुमान गरिएको यो अभियान अहिलेसम्म पनि जारी छ । सुरुमा राखिएको ब्रालाई स्थानिय वासिन्दाले फालिदिए । तर, स्थानीयको प्रयास सफल भएन र त्यहाँ ब्राको संख्या थपिदै हजारौंमा पुग्यो ।