एलबममा सुगम पोखरेल,बासुदेब मुनाल, बिकाश र मोहित मुनाल का शब्दहरु रहेका छन् भने गीतमा संगीत एलिस,सुगम पोखरेल र मोहित मुनालले गरेका छन् । संगीत संयोजन मोहित मुनाल र सुलिल कर्माचार्यले गरेका छन् ।
गीतहरुको रेकर्डिंग ओपस स्टुडियो र म्यूजिक ओर्कमा सम्पन्न भएका छन् भने एल्बमलाई राइज म्यूजिकले बजारमा ल्याएको छ। एल्बमका गीतहरुमा गीतार गोपाल रासाइली, मोहित मुनालले बजाएका छन् भने वाँसुरी गोपाल घतानीले बजाएका छन् ।
