राष्ट्रिय पोसाकभन्दा अर्को किसिमको पोसाक लगाउँदा कर्मचारीलाई टाई र टोपी स्वैच्छिक (लगाए पनि हुनेरनलगाए पनि हुने) गरिएको छ ।महिला कर्मचारीलाई कोट पाइन्ट, सारी ब्लाउज वा कुर्ता सलवारमध्ये एक रोजेर लगाउन पाइने व्यवस्था छ । महिलालाई गाढा नीलो रङको कोट, त्यही रङको पाइन्ट, सेतो सर्ट र कालो जुत्तारस्यान्डल अथावा आकाशे गाढा नीलो रङको कुर्ता, गाढा बैजनी रङको सारी र गाढा बैजनी रङकै ब्लाउज (सारीको पारी रङको) तय गरिएको छ । महिला कर्मचारीको मागबमोजिम कुर्ता सलवार लगाउन पाउने विकल्प पनि गरिएको हो । ड्रेस कोडअनुसार महिला कर्मचारीले आकाशे गाढा नीलो रङको कुर्ता, गाढा बैजनी रङको सादा सलवार र सलसमेत पोसाकका रूपमा लगाउन पाउनेछन् ।जाडोमा कोटको सट्टामा ज्याकेट वा कोट तथा ज्याकेटभित्र स्वीटरसमेत लगाउन पाउने व्यवस्था छ । बढी जाडो हुने हिमाली जिल्लामा कोटको सट्टा सोही रङको ज्याकेट र कालो जुत्ताको सट्टा स्पोर्टस् जुत्ता लगाउन पाइनेछ । गर्मी हुने भएकाले तराईका जिल्लामा कोट अनिवार्य गरिएको छैन ।साताको एक दिन भने ‘पोसाक होलिडे’ दिएको छ । हरेक शुक्रबार कर्मचारीले आफू खुसी जस्तोसुकै पोसाक लगाउन पाउनेछन् ।
पियनदेखि सचिवसम्म ड्रेस कोड लागू गर्दै सरकार