विद्याले ओठ जोडेर दिएका सेक्सी हट चुम्बनले प्रेमी भए दुखि

मुम्बई यतिखेर विद्या बालनलाई रिलिजको क्रममा रहेको फिल्म ‘द डर्टी पिक्चर’ मा दिएका उत्तेजक हाउभाउले चर्चामा ल्याएको छ । तर सबै चर्चा विद्याका लागि फाइदाजनक मात्रै छैनन् । विद्याले फिल्मका लागि ओठ जोडेर दिएका चुम्बनले उनका प्रेमी सिद्धार्थ रोयलाई भने असजिलो बनाएछ




सिरियल किसरका रूपमा चिनिएका इमरान हासमी र तुषार कपुरलाई विद्याले दिएका चुम्बनका ‘डर्टी पिक्चर’ ले दुईको सम्बन्धमै खटपट आउने देखाएको छ । सुपर मोडल सिल्क स्मिताको जीवनीमा आधारित बताइएको उक्त फिल्मका दृश्य हेरिसकेपछि बेखुसी देखिएका सिद्धार्थले आश्चर्य व्यक्त गरे, ‘कसरी उनले त्यस्ता दृश्य दिनका लागि राजी भइन् होला ?’

तर पनि प्रेमीले फिल्मका दृश्यमा हस्तक्षेप भने गरेका छैनन् । उनले विद्याको करिअरलाई समेत प्रभाव नपरोस् भनेर लामो समय उनको निर्णयमा मुख खोलेका थिएनन् । तर आखिर प्रेमीमन न हो, कहाँ मान्थ्यो र ? उनले प्रेमिकालाई गुनासो गरे, ‘यदि त्यस्ता दृश्यलाई कम महत्त्व दिन पनि त सकिन्थ्यो होला ?’ तर फिल्मकी निर्मात्री एकता कपुरले भने उनको जिज्ञासामा असहमत हुँदै फिल्मका कुनै पनि दृश्य न्यूनीकरण नगर्ने अभिव्यक्ति दिएकी छन् । उनले स्मिताको चरित्र नै त्यस्तै रोमान्टिक भएकाले विद्याले खेल्ने चरित्रलाई हल्का बनाउन नसकिने तर्क गर्दै भनिन्, ‘यो फिल्म नै रोमान्टिक केटी स्मिताको जीवनीका बारेमा हो । तर पनि यसमा घतलाग्दा विषयवस्तु र नाटकीयता पनि छ । त्यसैले यसमा विद्याले जेजस्तो गरेकी छन्, सबै विषयवस्तु र स्मिताको चरित्रकै माग बमोजिम छन् ।’

निर्देशक मिलान लुथि्रयाले पनि त्यस खालका दृश्य खिच्नु चानचुने काम नभएको जिकिर गर्दै सबै कामप्रति इमान्दार रहेकैले सोचेजस्तो कठिनाइ नभएकोमा खुसी मानेका छन् । ‘यदि विद्यालाई उनका प्रेमीले चुम्बनका उक्त दृश्यहरूलाई कम गर्न भनेका भए हामीलाई उनको व्यक्तिगत जीवन थाहा हुने कुरा भएन । यत्ति हो, हामीले कामका लागि गरेका थियौं ।’

आइफोन 4S को ४ दिनमा ४० लाख बिक्री

गत शुक्रबार बजारमा ल्याइएको आइफोन 4S को बिक्री ४ दिनको अवधिमा ४० लाख वटा बिक्री भएको छ। शुक्रबारदेखी बजारमा ल्याइएको आइफोन फोरएसको बिक्री सोमबारसम्म भएको एप्पल कम्पनीले जनाएको छ। गत वर्षको जुन महिनामा ल्याइएको आइफोन फोर भन्दा यसमा राम्रो हार्डवयर ,सिरियल ,नयाँ भर्चुअल असिस्टेन्स फिचर लगायत विशेषता रहेको छ। गत वर्ष यस अवधिमा १७ लाख आइफोन फोरको बिक्री भएको कम्पनीले जनाएको छ।थप तथा राम्रो विशेषता सहित ल्याइएको आइफोन फोरएसको बिक्री अहिले दोब्बरले बढेको जनाइएको छ।कम्पनीले पहिलो सातामा ३०लाख सेट बिक्री गर्ने लक्ष्य लिएको थियो । एप्पलको नाफा ५ अर्ब ९० करोड डलर एप्पल कम्पनीले गत वर्षको नाफाको विवरण हालै सार्वजनिक गरेको छ ।कम्पनीले गत वर्षको नाफा ८५ प्रतिशतले बढेर २५ अर्ब ९० करोड डलर पुगेको जनाएको छ। कम्पनीले आफ्नो विवरणमा नाफा बढेको जनाएपनि यसको सेयर मुल्यमा कमी आएको छ। विश्लेषकहरुले बजारमा ल्याएको आइफोन फोरको अपेक्षा गरेभन्दा पनि कम बिक्री भएकोले लगानीकर्ता मा ह्रास पैदा भएको जनाएका छन्। दुई करोडको बिक्री हुने अपेक्षा गरेपनी एप्पलले पछिल्लो तिन महिनामा १ करोड ७१ लाख आइफोन बिक्री गरेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आइफोनको नयाँ भर्सन आउदैँछ भन्ने हल्लाले यसको बिक्रिमा ह्रास आएको बताए।उनले आइफोन फोर एस आएपछि हालसम्मका सबै रेर्कडहरु तोडिने विश्वास व्यक्त गरेका छन् ।

महानायक राजेश हमालको प्रेमिका धरानकी मधु भट्टराई


नेपाली चलचित्र क्षेत्रमा महानायक भनेर चिनिएका राजेश हमालको प्रेमिकको नयाँ रहस्य खुलेको छ । हमालको धरानकी मधु भट्टराई नाम गरेकी युवतीसंग अफएयर छ । मधु हाल काठमाडौं बाँसबारीमा बस्छिन् । स्रोतका अनुसार राजेशले आफ्नी प्रेमिकालाई बाँसबारीमा फल्याट र स्कुटी पनि किनिदिएका छन् ।

हमाल हाल नेपाल बाहिर छन्, उनी  एस  वर्षो दशैँ एक महिना अमेरिका आएर विभिन्न शहर घुम्दै  तिहार मनाउने सुर कसेका सुपर स्टार राजेश हमालले सुटिँगको कारण त्यति लामो विदा पाएनन् । पाए दर्इ हप्तामात्र जुन उनकोलागी अपुग थियो । फिल्ममा जे जस्तोपनि गर्न सक्ने उनि वास्तविक जीवनमा भने उनकोर् इक्षा अधुरो रह्यो । तरपनि पाएको दर्इहप्ताको सदुपयोग गर्ने उनले निधो गरेका छन् । हिरो न ठहरे । जसो तसो विदा पाएको यो दर्इ हप्ता थाईलैण्ड र भियतनामको भ्रमण गर्दै कहिँ योगाभ्यास त कहिँ रोमाञ्चक भ्रमण गरेर यसपटकको दशैँ मनाउँदै छन्

उनी  दीदी र बहिनीको को हातबाट भाई टीका लगाउन अमेरिका जान पयेनाने  । विदेश जानु केही दिन अघि एक कार्यक्रमका लागि दुबई गएका हमालले त्यहाँ आईफोन किनेका थिए । उनले मोबाईल बोक्न छाडेको झण्डै एक दशक भएको थियो । तर विदेशमा रहदा प्रेमिका मधुसँग नजिक रहन उनले सो आईफोन किनेको बुझिएको छ ।

भ्याकेशनमा रहेका हमालले नयाँ आईफोनबाट हरेक दिन मधुलाई फोन समेत गर्ने गरेका छन् । मधु दशै तिहार मनाउनका लागि हाल गृहनगर धरानमा छिन् । उनी तिहार लगत्तै काठमाडौं फर्कने बताईएको छ । थाईलैण्ड र भियतनामको भ्रमणबाट  हमाल कार्तिक १४ गते फर्कने सेड्वील छ जसको स्वागतका लागि उनी स्वयम त्रिभुवन अर्न्तराष्टिय विमनास्थल पुग्ने बुझिएको छ

गुगल प्लसका सदस्य २ करोड ५० लाख धेरै जना साग एकैचोटी भिडियो च्याट गर्न सक्ने सुविधा

दुइ महिनाको बन्द परिक्षण पछि सामाजिक संजाल गुगल प्लस नयाँ रुपमा आएको छ । परिक्षणको रुपमा पत्रकार र प्राविधिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सामाजिक संजालमा जोड्ने सेवा उपलब्ध गराएको गुगल प्लसले साढे २ महिनाको अवधिमा ठूलो संख्यामा सदस्यहरु बनाउन सफल भएपछि सबैको लागि खुल्ला गरेको हो ।अहिलेसम्म गुगल प्लसका सदस्य २ करोड ५० लाख पुगिसकेका वेभ विश्लेषण गर्ने सस्था कमस्कोरले जनाएको छ ।धेरै जना साग एकैचोटी भिडियो च्याट गर्न सक्ने सुविधा उपलब्ध गराएपछि गुगल प्लसले लोकपृयता कमाएको छ । साथै गुगल प्लसमार्फत प्रयोगकर्ताले आफ्नो कम्प्युटर स्कृनमा भएका सामाग्री आफुले कुरा गरिरहेको साथीसाग सेयर गर्न सक्नेछन् । साथै अब गुगल प्लसमार्फत नै प्रयोगकर्ताहरुले गुगल इन्जिनमा जस्तै सेयर गरिएका कुराहरुको खोजी गर्न सक्ने व्यवस्था समेत गरिएको छ । यस्तो खोजी व्यवस्था व्यापारिक व्यक्तिहरुको लागि निकै लाभदायक हुने विश्वास गरिएको छ ।
गुगल प्लसका सक्रिय प्रयोग कर्ता समेत रहेका अर्को सोसियल साइट माइस्पेसका सस्थापन टम एन्डरसनले दीर्घकालीन रुपमा गुगल प्लसले कस्तो सेवा पूराउन सक्छ भन्ने कुरामा उसको सफलता निर्भर गर्ने बताएका छन् ।
यसैबीच गुगल प्लसको आगमन सागै फेसबुकले समेत आफ्नो सेवामा नयाँपन ल्याउने कोसिस गरेको छ । यहीँ हप्ता फेसबुकले आफ्ना प्रयोगकर्ताले आफ्नो स्टाटस अपडेट सिधै टि्वटर सँग जोड्न सक्ने सुविधा उपलब्ध गराएको छ ।
अहिले फेसबुकका ७५ करोड तथा टि्वटरका २० करोड प्रयोगकर्ता छन् । यदि गुगल प्लसले थप सेवा दिनेहो भने यो सिमा पार गर्न गाह्राे हुनेछैन ।

चलचित्र मेरो राजेश दाइ हाल राजधानीका हलहरुमा प्रदर्शन

नायक राजेश हामाल दोहोरो भुमिका रहेको चलचित्र मेरो राजेश दाइ हाल राजधानीका हलहरुमा प्रदर्शन शुरु भएको छ । चलचित्रमा मुख्य नायकको भूमिकामा राजेश हमाललाई देख्न सकिन्छ भने यस चलचित्रको कथा बस्तु केहि हद सम्म नायक हमालको जीबनी संग पनी मिल्न गाएको छ । चलचित्रकी नायीकामा अरुणिमा लम्साल रहेकि छिन् । चलचित्रमा शित्तल के.सी हरीहर शर्मा लगायतका कलाकारहरुको पनी अभिनय देख्न सकिन्छ ।
चलचित्रको कार्यकारी निर्माता द्वय दिलिप सुनार र राजाराम आचार्य रहेका छन् भने निर्माता अर्जुन केशी रहेका चलचित्र मेरो राजेश दाईलाई ऋषि न्यौपाने ले निर्देशन गरेका छन् । चलचित्रमा तिन गित समावेश गरीएको छ । जसमा वसन्त सापकोटा, ऋषि न्यौपाने र उत्तम गौडेलले शब्द भरेका छन् । चलचित्रमा समावेश गितमा राजेश पायल राई, दिपक लिम्बु, स्वरुप राज आचार्य, रजिना रिमालको आवाज रहेको छ । चलचित्रमा द्वन्द एन बी महर्जनको रहेको छ ।

चलचित्र "हाम्रो माया जुनी जुनीलाइ" र "म छु नि तिम्रो" चलचित्र भिडन्त हुने


प्रदिप उदयको चलचित्र "हाम्रो माया जुनी जुनी लाइ" र रोज राणको चलचित्र "म छु नि तिम्रो" विच उपत्यका वाहिर भिडन्त हुने भएको छ । आगामी कार्तिक ११ गते वाट उपत्यका वाहिर पर्रदशन हुन लागे को यी दुवै चलचित्र का निर्माताहरु को विगतमा निर्माण गरिएको चलचित्र पहिलो पहिलो माया र टक्कर दर दुइ मुटुको पनि यसरी नै भिडन्त भएको थियो । चलचित्र हाम्रो माया जुनी जुनीलाइ रीसी लामिछानेले निर्देशन गरेको छन भने चलचित्रमा श्रीकृष्ण श्रेष्ठ,रेखा थापा,मुकेश ढकाल ,निता ढुंगानाको मुख्य अभिनय रहेको छ त्यस्तै गरेर "म छु नि तिम्रो" लाई मदन घिमस्रेले निर्देशन गरेको छन भने चलचित्रमा रोज राणा आयुष रिजाल सौजन्य शुव्वा आदिको मुख्य अभिनय रहेको छ । पहिलो पहिलो माया र टक्कर दुइ  मुटुको दुवै चलचित्र सफल भएको थियो भने हाम्रो माया जुनी जुनीलाइ र  "म छु नि तिम्रो" के हुने हो यो आगामी साता मा थाहा हुने छ ।

क्रिकेटमा भारतीय टीमले बाजी मारेमा आफु नाङ्गिने घोषणा पूरा गरिनन्

भारतीय मोडेल पूनम पाण्डेले गएको वल्र्डकप क्रिकेटमा भारतीय टीमले बाजी मारेमा आफु नाङ्गिने घोषणा गरेपनि बाचा पूरा गरिनन् । तर केही समय पहिले भारतीय टोलीको हौसला बढाउन भन्दै उनले हट फोटो सुट गरिन् । त्यसपछि पूनमका लीला एकपछि अर्को गर्दै बाहिरन थालेका छन् ।
टि्वटरमा कामोत्तेजक फोटो पोष्ट गरेर अरुलाई बेहोस गराउछु भन्ने दाबी गरेकी पूनमले बाथरुममा नुहाउन लागेको भिडियो आफ्नो वेभसाइट मार्फत सार्वजनिक गरेर फेरी हंगामा मच्चाएकी छिन् ।
माइ बाथरुप सेक्रेट्स नाम दिएर आफ्नो वेभसाइटमा पूनमले लोड गरेको उत्तेजक भिडियोलाई यु ट्युवले प्रतिबन्धित गरेपनि कोही व्यक्तिले यो भिडियोलाई अर्को ठाउँमा अपलोड गरेपछि हट भिडियो सबैले हेर्नसक्ने भएको छ । पूनमले बाथरुम सिनको यो भिडियोमा निकै उत्तेजक दृश्य दिँदै भनेकी थिइन् यो ट्रेलर मात्र हो अब निरन्तर अझै उत्तेजक भिडियो लञ्च गर्नेछु । त्यसपछि पूनमले अर्को भिडियो पनि पोष्ट गरेकी थिइन् । द मीरर एक्ट शिर्षकको त्यो भिडियोलाई पनि यु ट्युबले प्रतिबन्धित गरेको पूनम आफैले स्विकार गरेकी छिन् ।
यु ट्युबले पूनमका भिडियो आफ्नो नीति विपरित रहेकाले प्रतिबन्धित गरिएको बताएको छ । पूनम पाण्डेको बाथिङ भिडियो जबर्जस्ती हिट भएको छ । पूनमकै दाबी अनुसार दुइ दिनमै यो भिडियो ७० लाखले हेरेका छन् । भिडियो हेर्ने धेरै भएपछि आफ्नो वेभसाइट समेत केहीबेर क्र्यास भएको पूनमले बताएकी छिन् ।

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। कात्तिककृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया सम्म तिहार मनाइन्छ । यसपटक कात्तिक ७ गते सोमबार साँझदेखि त्रयोदशी अर्थात् यमपञ्चक सुरु हुने भएकाले साँझ यमराजको आह्वान, पूजा तथा यमदीपदान गरिन्छ। यमपञ्चकको दोस्रो दिन कात्तिक ८ गते बुधबार त्रयोदशी थोरै बाँकी भएकाले कागपूजा बिहान ७ घडी ३ पलाभित्र गर्नुपर्ने हुन्छ । उप्रान्त चतुदर्शी लाग्ने भएकाले कुकुरतिहार तथा नरक चतुर्दशी स्नान, दीपदान पनि बुधबार नै गरिन्छ । आयुर्वेदका प्रणेता धन्वन्तति जयन्ती पनि सोही दिन मनाइन्छ । तेस्रो दिन कात्तिक ९ गते साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन कात्तिक १० गते बिहान गोवद्र्धन पूजा, गाईपूजा तथा गोरु तिहार र बलिराजाको पूजा गरिन्छ भने साँझ नेवार समुदायमा म्हँ (आत्मपूजा) गरिन्छ । अन्तिम दिन कात्तिक ११ गते बिहान ११:५५ मिनेटमा भाइटीकाको शुभसाइत रहेको भए तापनि भाइटीका मध्याह्न तथा अपराह्न पनि गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा.माधव भट्टराईले जानकारी दिनुभयो ।
पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

कति जना संग गरे गिन्ती नै भुली सके (स्मिता थापा)

पुरुष आफ्नो स्तन हेरेर लोभिने गरेको
अबिवाहित भए पनि उनले अनेकौ पुरुषसँग यौन सम्पर्क राखिसकेको,पाको मानिस अनुभबी
कति पुरुषसँग सङगत गरियो आफुले गन्ती नै भुलेको
उनका अनुसार उनी महिनाको ४-५ लाख खर्च गर्न सक्छिन र चाडै करोडौ रुपया लगाएर एउटा बिजनेस सुरु गर्दै
१६ बर्षमा पहिलो चोटि Oral sex,१७ बर्ष हुदा ३१ बर्षको पुरुषसँग सम्पर्क,४० बर्षको पाको सँग कारमा , सञ्चारकर्मीसँग प्रेम र सम्बन्ध
नेपाली मोडेल स्मिता थापा बेला बेला मा बोल्ड फोटो खिचेर चर्चामा आउने गर्थिन,उत्तेजक लुगा लगाएर फोटो खिचाउन माहिर थापाले पछ्छिलो समय आफ्नो स्तन सबै भन्दा राम्रो रहेको र पुरुष आफ्नो स्तन हेरेर लोभिने गरेको अभिब्यक्ति दिएकी थिईन र अरुले पुरुषहरुले पनि आफ्नो स्तन राम्रो रहेको बताउने गरेको कुरा बताएकी थिईन।त्यस बेला त्यो कुरालाई निकै बोल्ड कुरा रुपमा लिईएको थियो।
तर सो भनाई कास्टिड मात्र रहेको कुरा सिद्द गर्दै स्मिताले पछ्छिलो समय नेपालको राष्ट्रिय साप्ताहिकलाई अन्तर्वार्ता दिदै बिभिन्न कुराहरु खुलासा गरेकी छिन्।थापाका अनुसार अबिवाहित भए पनि उनले अनेकौ पुरुषसँग यौन सम्पर्क राखेर सेक्स भनेको ‘जति खाए पनि नअघाइने अमृत फल रहेछ’ भन्ने निषकर्षमा पुगेको बताउछिन।
(उक्त राष्ट्रिय सप्ताहिकलाई दिएको अन्तर्वार्तालाई आधारमा)
सेक्स भनेको जति खाए पनि नअघाइने अमृत फल रहेछ,भोलि समाजसेवा पनि गर्ने सोच रहेको बताएकी थापाले दुइटी धर्मपुत्री पाल्न लागेको कुरा बताईन।
उनले पुरुषहरु आफ्नो लागि खेलौना जस्तो भएको र आफु उनिहरुलाई ‘Use and throw’ गर्नमा बिश्वास राख्ने कुरा बताईन।१६ बर्षमा पुरुष सँग सङगत गरेको बताउने थापाको अनुसार कति पुरुषसँग सङगत गरियो आफुले गन्ती नै भुलेको बताईन।पुरुषलाई बढी स्वार्थी मान्ने थापाका अनुसार पहिले शरीरको आवश्यकता पूरा गर्न सम्बन्ध राखेकी थिईन।
बी टेक गरेकी थापा,आफु सम्पन्न घरकी खुला विचारका युवती भएको र खुला बिचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउने गरेको दुखेसो पोखिन।सम्पन्न घरकी भएको बताउने थापाले आफ्नो फेमिली ब्याकग्राउन्डको बारेमा भने कुरा गर्न चाहिन्न।तर उनका अनुसार उनी महिनाको ४-५ लाख खर्च गर्न सक्छिन र चाडै करोडौ रुपया लगाएर एउटा बिजनेस सुरु गर्दै छिन।
उनी निरधक्क रुपमा पहिलो पल्ट १६ बर्षमा पहिलो चोटि डान्समा भेटको केटासँग सम्बन्ध (Oral sex) राखेको र उ अनुभबी भएर उनलाई सेक्सको महत्व बुझाए पनि सुन्तुष्ठ चै गर्न नसकेको कुरा बताएकी थिईन।१७ बर्ष हुदा ३१ बर्षको पुरुषसँग सम्पर्क राखेको कुरा पनि उनले बताईन।पाको मानिस अनुभबी भएको कारण मन पर्ने बताउने थापाका अनुसार पाको मानिससँग सङगत गर्दा सेफ साईटमा हुने बताईन।साथै उनले एक ४० बर्षको पाको सँग कारमा शारिरिक भोक मेटाएको कुरा पनि बताईन।तर पछि उसको घर बिग्रने लागेकोले आफुले उसलाई परित्याग गरेको बताईन।
साथै उनले एक सञ्चारकर्मीसँग चै प्रेमसँगको सम्बनध भएको खुलासा गरिन।तर पछि सञ्चारकर्मीले आफु सानी भएको भन्दै बिबाह चै नगरेको बताईन।
पुरुषको भावनामा बग्नु नहुने र पुरुषलाई युज गर्नुपर्छ भन्ने कुरा बुझेंको र आफुलाई लोग्ने होइन, लोग्नेमानिस चाहिएको बताईन ।

अब प्रियंका चोपडाले पनि गीत गाउने भइन् (गीति एल्बम निकाल्दै)

केही महिनाअघि अभिनेत्री प्रियंका चोपडाले गीति एल्बम निकाल्दै गायनमा पाइला चाल्ने घोषणा गरेकी थिइन्। उनी लेडी गागादेखि जे सिनजस्ता अन्तर्राष्ट्रिय रूपमा चर्चित कलाकारसँग नियमित सम्पर्कमा छिन्। आफ्नो एल्बममा यी नामुद कलाकारसँग सहकार्य हुनसक्ने सम्भावना पनि उनले व्यक्त गरिसकेकी छिन्।
प्रियंकाले शुक्रबार अनुराग बसुको ‘बर्फी’ फिल्मको सुटिङ सिध्याएकी छिन्, जसमा रणवीर कपुर उनको जोडी छन्। सुटिङ लगत्तै एल्बमको तयारी गर्न उनी अमेरिकाको लसएन्जल्सतर्फ प्रस्थान गरिसकेकी छिन्। ‘प्याकिङ प्याकिङ, आज राति लस एन्जल्स जाँदैछु, संगीत सिर्जनु भनेको जादु गर्नु हो, घरको सम्झना आइरहनेछ तर नयाँ चुनौतीतर्फ अग्रसर छु,’ प्रियंकाले शुक्रबार टि्वट गरेकी छिन्। एल्बमका केही गीत प्रियंका आफैले लेख्दैछिन्। एल्बममा प्रियंकाले सिर्फ र्‍याप मात्र गर्ने भन्ने चर्चा चलेको थियो। तर, प्रियंकाले दाबी गरिन्, ‘मैले र्‍याप होइन गाउनै लागेको हुँ। सबै गीत अंग्रेजी र पप हुनेछन्।’ पाश्चात्य शास्त्रीय गायन सिकेकी प्रियंकाले एल्बममा अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता रहने पुष्टि गरिन्। अर्को वर्षको कुनै दिन एल्बम निक्लिने उनको अनुमान छ। प्रियंकाले पछिल्लो समय ‘डन २’, ‘अग्निपथ’, ‘तेरी मेरी कहानी’, ‘बर्फी’ र ‘क्रिश २’ मा अभिनय गरिसकेकी छिन्। सबै फिल्ममा फरक फरक खाले भूमिका रहेको उनले बताइन्।