नायक राजेश हामाल दोहोरो भुमिका रहेको चलचित्र मेरो राजेश दाइ हाल राजधानीका हलहरुमा प्रदर्शन शुरु भएको छ । चलचित्रमा मुख्य नायकको भूमिकामा राजेश हमाललाई देख्न सकिन्छ भने यस चलचित्रको कथा बस्तु केहि हद सम्म नायक हमालको जीबनी संग पनी मिल्न गाएको छ । चलचित्रकी नायीकामा अरुणिमा लम्साल रहेकि छिन् । चलचित्रमा शित्तल के.सी हरीहर शर्मा लगायतका कलाकारहरुको पनी अभिनय देख्न सकिन्छ ।
चलचित्रको कार्यकारी निर्माता द्वय दिलिप सुनार र राजाराम आचार्य रहेका छन् भने निर्माता अर्जुन केशी रहेका चलचित्र मेरो राजेश दाईलाई ऋषि न्यौपाने ले निर्देशन गरेका छन् । चलचित्रमा तिन गित समावेश गरीएको छ । जसमा वसन्त सापकोटा, ऋषि न्यौपाने र उत्तम गौडेलले शब्द भरेका छन् । चलचित्रमा समावेश गितमा राजेश पायल राई, दिपक लिम्बु, स्वरुप राज आचार्य, रजिना रिमालको आवाज रहेको छ । चलचित्रमा द्वन्द एन बी महर्जनको रहेको छ ।
