दुइ महिनाको बन्द परिक्षण पछि सामाजिक संजाल गुगल प्लस नयाँ रुपमा आएको छ । परिक्षणको रुपमा पत्रकार र प्राविधिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सामाजिक संजालमा जोड्ने सेवा उपलब्ध गराएको गुगल प्लसले साढे २ महिनाको अवधिमा ठूलो संख्यामा सदस्यहरु बनाउन सफल भएपछि सबैको लागि खुल्ला गरेको हो ।अहिलेसम्म गुगल प्लसका सदस्य २ करोड ५० लाख पुगिसकेका वेभ विश्लेषण गर्ने सस्था कमस्कोरले जनाएको छ ।धेरै जना साग एकैचोटी भिडियो च्याट गर्न सक्ने सुविधा उपलब्ध गराएपछि गुगल प्लसले लोकपृयता कमाएको छ । साथै गुगल प्लसमार्फत प्रयोगकर्ताले आफ्नो कम्प्युटर स्कृनमा भएका सामाग्री आफुले कुरा गरिरहेको साथीसाग सेयर गर्न सक्नेछन् । साथै अब गुगल प्लसमार्फत नै प्रयोगकर्ताहरुले गुगल इन्जिनमा जस्तै सेयर गरिएका कुराहरुको खोजी गर्न सक्ने व्यवस्था समेत गरिएको छ । यस्तो खोजी व्यवस्था व्यापारिक व्यक्तिहरुको लागि निकै लाभदायक हुने विश्वास गरिएको छ ।गुगल प्लसका सक्रिय प्रयोग कर्ता समेत रहेका अर्को सोसियल साइट माइस्पेसका सस्थापन टम एन्डरसनले दीर्घकालीन रुपमा गुगल प्लसले कस्तो सेवा पूराउन सक्छ भन्ने कुरामा उसको सफलता निर्भर गर्ने बताएका छन् ।
यसैबीच गुगल प्लसको आगमन सागै फेसबुकले समेत आफ्नो सेवामा नयाँपन ल्याउने कोसिस गरेको छ । यहीँ हप्ता फेसबुकले आफ्ना प्रयोगकर्ताले आफ्नो स्टाटस अपडेट सिधै टि्वटर सँग जोड्न सक्ने सुविधा उपलब्ध गराएको छ ।
अहिले फेसबुकका ७५ करोड तथा टि्वटरका २० करोड प्रयोगकर्ता छन् । यदि गुगल प्लसले थप सेवा दिनेहो भने यो सिमा पार गर्न गाह्राे हुनेछैन ।