आइफोन 4S को ४ दिनमा ४० लाख बिक्री

गत शुक्रबार बजारमा ल्याइएको आइफोन 4S को बिक्री ४ दिनको अवधिमा ४० लाख वटा बिक्री भएको छ। शुक्रबारदेखी बजारमा ल्याइएको आइफोन फोरएसको बिक्री सोमबारसम्म भएको एप्पल कम्पनीले जनाएको छ। गत वर्षको जुन महिनामा ल्याइएको आइफोन फोर भन्दा यसमा राम्रो हार्डवयर ,सिरियल ,नयाँ भर्चुअल असिस्टेन्स फिचर लगायत विशेषता रहेको छ। गत वर्ष यस अवधिमा १७ लाख आइफोन फोरको बिक्री भएको कम्पनीले जनाएको छ।थप तथा राम्रो विशेषता सहित ल्याइएको आइफोन फोरएसको बिक्री अहिले दोब्बरले बढेको जनाइएको छ।कम्पनीले पहिलो सातामा ३०लाख सेट बिक्री गर्ने लक्ष्य लिएको थियो । एप्पलको नाफा ५ अर्ब ९० करोड डलर एप्पल कम्पनीले गत वर्षको नाफाको विवरण हालै सार्वजनिक गरेको छ ।कम्पनीले गत वर्षको नाफा ८५ प्रतिशतले बढेर २५ अर्ब ९० करोड डलर पुगेको जनाएको छ। कम्पनीले आफ्नो विवरणमा नाफा बढेको जनाएपनि यसको सेयर मुल्यमा कमी आएको छ। विश्लेषकहरुले बजारमा ल्याएको आइफोन फोरको अपेक्षा गरेभन्दा पनि कम बिक्री भएकोले लगानीकर्ता मा ह्रास पैदा भएको जनाएका छन्। दुई करोडको बिक्री हुने अपेक्षा गरेपनी एप्पलले पछिल्लो तिन महिनामा १ करोड ७१ लाख आइफोन बिक्री गरेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आइफोनको नयाँ भर्सन आउदैँछ भन्ने हल्लाले यसको बिक्रिमा ह्रास आएको बताए।उनले आइफोन फोर एस आएपछि हालसम्मका सबै रेर्कडहरु तोडिने विश्वास व्यक्त गरेका छन् ।