फेसबुकले हालै गोप्यता कायम गर्ने नयाँ सेवा सुरु गर्दै
फेसबुकमा कसैले अश्लिल फोटो ट्याग गरेर हैरान हुनुभएको छ ? वा कसैले आफ्नो अकाउन्ट ह्याक गर्ला की भनेर डराइरहनुभएको छ । कतिलाई आफुले पोष्ट गरेका कुराहरु सबैलाई नदेखाउने इच्छा होला । यदि त्यसो हो भने तपाइँको त्यो चिन्ता हट्न अब समय लाग्नेछैन । सामाजिक संजाल फेसबुकले हालै प्रयोगकर्तालाई आफ्नो गोप्यता कायम गर्ने नयाँ सेवा सुरु गर्दै छ ।फेसबुकले थप्न लागेको नयाँ सेवा अन्तरगत अब आफुले सेयर गरेका कुराहरु आफुले चाहेका व्यक्तिलाई मात्र देखाउन सकिनेछ । अब आफ्नो नाममा ट्याग गरिएका कुनैपनि फोटो, भिडियो वा लिंकहरु चित्त नबुझेमा प्रोफाइलमा देखिनुअघि नै तपाइँले आफ्नो नाम हटाउन सक्नुहुन्छ ।अब फेसबुकको पेजको हरेक आइटममा व्यक्तिगत प्राइभेसी अप्सन हुनेछ जसका कारण आफुले सेयर गरेको कुरा पब्लिक हो की, फ्रेन्ड्स लिष्टमा आवद्धहरुको लागि मात्र हेर्न सक्ने हो सोही अनुसार वालमा देखाउन सकिनेछ । साथै अब आफ्नो नाममा ट्याग गरिदिएका कुरालाई हटाउने वा ट्याग गरिदिनेलाई हटाउन लगाउने वा ट्यागरलाई ब्लक गर्नेसम्मको अधिकार तपाइँसामु रहनेछ । थपिएको अर्को सेवा भनेको तपाइँले फेसबुकमा साथी नबनेकाहरुलाई पनि ट्याग गर्न सक्नुहुन्छ र अरुले तपाइँले गरेको ट्यागिङ अस्विकार पनि गर्न सक्छन् ।
१ सय ८१ वर्षअघिका कागजात फेला परेका छन् भद्रकालीको गोप्य कोठामा
भद्रकालीको उत्तर-पश्चिमको राणाकालदेखि बन्द रहेको एउटा गोप्य कोठा मंगलबार खोलिएको छ । कोठामा १ सय ८१ वर्षअघिका कागजातका साथै्र चारवटा काठका बाकस र झुन्ड्याएर राखिएको कपडाको पोकामा १९९० साल र त्यसअघिका गुठीका कागजातहरू फेला परेका छन् । माकुराको जालैजालाले भरिएको अन्धकारमय कोठाको चिसो भुइँमा राखिएका बाकसहरूमा गुठीकै जमिनको तिरो र अदालत सम्बन्धी कागजात भेटिएका छन् । उक्त कोठाको ढोका छेउमै रहेको भित्तामा प्रचलित नेवारी लिपिको शिलालेख अनुसार ती बाकस र कागजात १ सय ८१ वर्षअघिका हुन् । यसअघि ‘रहस्यमय’ मानिएको उक्त कोठामा के छ भन्नेबारे अन्योल थियो । इतिहास एवं संस्कृतिविद्हरूले राणाकालमा टुकुचा दोभानमा विद्रोही सेनाको हत्या गरी गोप्यरूपले उक्त कोठामा ल्याएर गाडिने गरिएको अनुमान गरेका थिए । ती सैनिकहरूले लगाएका गरगहना र बाला त्यही कोठामा राखिएकोसमेत बताइन्थ्यो ।तान्त्रिकहरूले कोठामा भद्रकालीसम्बन्धी पुस्तक र ढुंगाका मूर्ति हुनुपर्ने औंल्याएका थिए । गरगहना, हतियार वा मारिएका सैनिकको कपाल हुनुपर्ने इतिहासविद्हरूको भनाइ थियो । इतिहासविद् र बुढापाकाले त्यो कोठाबाट सुरु हुने सुरुङ मार्गबाट स्वयम्भूको शान्तिपुर पुग्ने बताउँदै आएका थिए । स्वयम्भूमा अझै पनि सुरुङमार्ग छ ।
अब अनुहारको सुन्दरताबाट धोका नखानुस्,
बेलायतको बार्सिलोना युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार व्यक्ति जति सुन्दर हुन्छ उ त्यति नै स्वार्थी हुने गर्दछ ।
यति मात्र होइन, उ कसैलाई सहयोग वा सद्भाव राख्नुमा समेत विश्वास गर्दैनन् । यही कम सुन्दर मानिस सहयोग र सद्भावका लागि सधैं अघि सर्ने गर्दछन् ।
अनुसन्धानकाअनुसार यो सबै दावी ‘प्रीजनर्स डैलीमा’ मोडलमा आधारित छ । यसमा प्रत्येक खेलाडीलाई बाज र परेवा बन्ने अवसर दिइएको थियो । अनुसन्धानमा भर्निको छ कि कतै न कतै हर कुनै व्यक्ति आफ्नो सुन्दर शरीरको कामना गर्दछ ताकि उ चुस्त रहन सकोस् । अब अनुहारको सुन्दरताबाट धोका नखानुस्, बरु अनुहारबाट मानिसको पहिचान गर्नुस् ।
यदि तपाई आफ्नो वरपर कुनै सुन्दर अनुहार छ भने मोहित हुनु आवश्यक छैन ।
सेक्सका लागि २ वर्षसम्म सलमान भन्दा व्यस्त साँढे

बलिउडमा नायक सलमान खानको चर्चासँग खानको व्यस्तता बढेको छ तर एउटा साँढेले खानको व्यस्ततालाई तोड्दै अग्रपंक्तिमा देखिएको छ । भारतको हरियाणामा भने एउटा साँढे नै विशेष काम गर्न आगामी २ वर्षका लागि बुक भएको छ । गोपाल नाम गरेको त्यो साँढे कुनै फिल्म खेल्न बुक भएको होइन । उन्नत जातका गाइलाई गर्भवती बनाउनु उसको एकमात्र काम हो । अहिले सम्म ४ सय ८६ पटक सम्भोग गरिसकेको १४ वर्षे गोपालको माग हरियाणामा मात्र नभएर गुजरात र पञ्जावमा समेत ठूलो माग छ । त्यसैले सन् २०१३ सम्मको आफ्नो व्यस्त सेड्युलमा उसले पंजाब र गुजरात सम्मका यौन साथीसँग रमाइलो गर्नुपर्नेछ । हरियाणाको सानोश्रा गौशालामा रहेको यो साढेलाई आफ्नो गौमाता सँग समागम गराउन चाहनेले पहिले नै नाम लेखाउनु पर्ने र त्यसपछि पालो कुर्नुपर्ने गौशालाका कर्मचारी परेश सिंह झाला बताउँछन् ।
गोपालको माग यतिधेरै हुनुको मुख्य कारण भनेकै उसबाट जन्मिने भाले सन्तान निकै बलिया हुने र पोथी सन्तान निकै दुधालु हुनु हो । अरु बहरसँगको समागमबाट जन्मिएका बाच्छीहरुले भन्दा गोपालका छोरीहरुले औषतमा डेढ प्रतिशत बढि दुध दिने बताइएको छ ।
एउटा सामान्य बहरले जिवनकालमा औषतमा ५० पटक सम्भोग गर्छ । तर ४ सय ८६ पटक रोमान्स गरिसकेको गोपाल भने अझै दुइ वर्षको लागि पहिले नै अनुबन्धित भैसकेको छ । गोपालले अझै ७ वर्ष यौनकार्य गर्नसक्ने गौशालाका कर्मचारीहरु बताउँछन् । वर्षमा जुन र डिसेम्बर महिनामा विश्राम गर्ने गोपालले अरु दश महिना जोडतोडका साथ आफ्नो पुरुषार्थ देखाउने गरेको छ ।
मिस नेपाल २०११ को अन्तिम प्रतिस्पर्धाको लागि १९ युवतीहरु
नेपाल २०११ को अन्तिम प्रतिस्पर्धाको लागि देशभरका १९ युवतीहरु ब्युटी अफ लेडिजको रुपमा खुल्दै छन् मिति नजिकिँदै गर्दा सन् २०१० को मिस नेपाल सदीक्षा श्रेष्ठ प्रतियोगीहरूलाई प्रोत्साहन गर्न व्यस्त छिन्। यसपटक कम समयमै धेरै प्रशिक्षण दिनुपर्ने हुँदा आयोजकले व्यस्तता बढेको जनाएको छ। साउन २१ मा सुरु भएको प्रशिक्षणमा कोरियोग्राफर रचना गुरुङ र पूर्व मिस नेपाल श्वेता सिंहले प्रशिक्षण दिइरहेका छन्। यसपटक मनीषा विष्ट, अनुपमा गुरुङ, विष्णु चेम्जोङ, नम्रता दाहाल, प्रशंसा राणा, श्रुति पाण्डे, प्रस्मिता शर्मा, निता योगी, रञ्जिता खड्का, सरिना मास्के, दिपेन्ती श्रेष्ठ, निशा जोशी, श्रेया जोशी, निशा पौडेल, सृजना श्रेष्ठ, बिकी गड्तौला, मन्दिना बेगम, अरूणा श्रेष्ठ र प्रतिभा श्रेष्ठले सहभागिता जनाएका छन्।
काठमाडौं, भक्तपुर, वीरगन्ज, झापा, धरान, पोखरा, रूपन्देही, ललितपुर, स्याङ्जा, चितवन, दाङ र धनगढीबाट उनीहरुले सहभागिता जनाएका हुन्। १९ देखि २५ वर्षका युवतीहरूको सहभागिता रहेको प्रतियोगितामा १२ वटा विभिन्न विधामा उनीहरुले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको फाइनल भदौ १३ मा हुनेछ। मिस नेपालको ताज हात पार्नुभन्दा पनि आफूभित्रको ब्युटीलाई सो गर्ने अवसरको रुपमा मिस नेपाल प्रतिस्पर्धा रहेको र त्यसको लागि आफूहरु खुलेआम प्रतिस्पर्धामा उत्रेको सहभागी अधिकांश युवतीहरुको धारणा छ । मिस नेपालमा भित्र र बाहिरको ब्युटीले बरोबर प्रश्रय पाउने गरेको प्रतियोगिताले देखाउँदै आएको छ ।
सपनाले हामीलाई धेरै सूक्ष्म कुरातर्फ संकेत गर्छ
सबै मान्छेले सपना देख्छन् । सपनामा अनुसन्धान गर्ने व्यक्तिहरू भन्छन् कि सपनाले जीवनमा कुनै न कुनै परिणामतर्फ संकेत गर्छ ।
यो सपना किन आउँछ ? यसको अर्थ के हो ? सपना हाम्रो चेतन वा अवचेतन मस्तिष्कको परिणाम हो वा स्वाभाविक ? यस्ता धेरै प्रश्न छन् जसको जवाफ बेलायतको सिंथिया रिचमन्डले खोज्ने प्रयास गरेकी छन् र यो प्रयासमा उनले विश्वभर तीन प्रकारका सपना सबैभन्दा बढी देख्ने पत्ता लाएकी छन् ।
माकुरोको सपना विश्वका हरेक कुनाका मान्छेले सपनामा माकुरा देख्छन् । सपनामा माकुरा देख्नुको पछाडि यो मानिन्छ कि त्यो व्यक्ति कुनै न कुनै काम पूरा गर्न प्रयास गरिरहेको छ । जसरी माकुरोले आपmनो जालो बनाउँछ, त्यस्तै त्यो व्यक्ति आपनो काम पूरा गर्न चलखेलमा लागिरहेको हुन्छ । यसबाट व्यक्तिको योजना सफल वा असफल हुने कुरा थाहा पाइन्छ ।
पछ्याएको सपना धेरैजसोले देखिरहेकै सपना हो- कसैले पछ्याइरहेको । सपनामा यदि कसैले पिछा गरिरहेको छ भने ‘तपाईं कुनै पनि ठूलो विषय वा व्यक्तिलाई महत्त्व दिइराख्नुभएको छैन’ भन्ने बुझ्नुपर्छ । बोस्टनस्थित साइको थेरापिस्ट रिचर्ड निकोलेटीको अनुसार यो सपनाको अर्थ ‘व्यक्ति आफ्नो ‘इमोसन’सँग भागिरहेको छ’ भन्ने लाग्छ ।
एकैसाथ रिलिज तीन फिल्म"सौभाग्य‘सपना,श्रीमान्-श्रीमती,
तीज नजिकिँदै गर्दा नेपाली फिल्म निर्माताहरु आफ्ना नयाँ फिल्म रिलिज गर्न हतारिएका छन् । सपना’, ‘श्रीमान्-श्रीमती’ तथा ‘सौभाग्य’ एकै साथ रिलिज । रिलिज हुने तीन फिल्महरु श्रीमान्-श्रीमती,‘सौभाग्य’ ‘सपना’ हो ।
श्रीमान् श्रीमतीका निर्माता मुनाल घिमिरे हुन् भने सपनाका निर्माता बसन्त कुमार श्रेष्ठ तथा हरि बराल हुन् ।ऋषि लामिछानेद्वारा निर्देशित श्रीमान् श्रीमतीमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, सरिता लामिछाने, मुकेश ढकाल आदि कलाकार ले मुख्य भूमिका निर्वाह गरेका छन् । नयां निर्देशक गोविन्द गौतम निर्देशित सौभाग्यमा राजेश हमाल, आयुष रिजाल, सुमन सिंह, झरना थापा, सोनिया केसी आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।प्रदीप कुमार श्रेष्ठद्वारा निर्देशित सपनामा भने राजेश हमाल, आर्यन सिग्देल, नन्दिता केसी आदि कलाकारले अभिनय गरे का छन् ।
श्रीमान् श्रीमतीका निर्माता मुनाल घिमिरे हुन् भने सपनाका निर्माता बसन्त कुमार श्रेष्ठ तथा हरि बराल हुन् ।ऋषि लामिछानेद्वारा निर्देशित श्रीमान् श्रीमतीमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, सरिता लामिछाने, मुकेश ढकाल आदि कलाकार ले मुख्य भूमिका निर्वाह गरेका छन् । नयां निर्देशक गोविन्द गौतम निर्देशित सौभाग्यमा राजेश हमाल, आयुष रिजाल, सुमन सिंह, झरना थापा, सोनिया केसी आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।प्रदीप कुमार श्रेष्ठद्वारा निर्देशित सपनामा भने राजेश हमाल, आर्यन सिग्देल, नन्दिता केसी आदि कलाकारले अभिनय गरे का छन् ।
शेरबहादुर देउवाले आफु प्रधानमन्त्री हुने ग्यारेन्टी दिए अहिले बाबुराम भट्टराईलाई छाड्न तयार
औपचारिकरुपमै दलहरु बहमतीय सरकारको अभ्यासमा लागेपनि प्रधानमन्त्रीका मुख्य आकांक्षी माओवादी र कांग्रेसवीच सहमतीय सरकारका लागि अनौपचारिक छलफल भने भइरहेका छन् ।यसक्रममा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले चुनावी सरकारमा आफु प्रधानमन्त्री हुने ग्यारेन्टी गरिदिए अहिले बाबुराम भट्टराईलाई छाड्न तयार रहेको बताएका छन् ।श्रोतका अनुसार सोमबार दुवैपक्षवीच भएको अनौपचारिक छलफलमा देउवा पक्षले माओवादीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् । कांग्रेस र माओवादीवीच आफुलाई चुनावी सरकारमा प्रधानमन्त्री बनाउने लिखित सहमति भए आफु छाड्न तयार रहेको भन्दै देउवा पक्षले कांग्रेसको संस्थापन पक्षसँग त्यही आधारमा वार्ता र सहमति गर्न माओवादीलाई आग्रह गरेको थियो ।
फेसबुक तथा ट्वीटर जस्ता सामाजिक नेटवर्क देखि साबधान
पछिल्लो समयमा फेसवुक ट्वीटर जस्ता समाजिक नेटवर्क निकै चर्चित भएका छन् । यी नेटवर्कहरु प्रयोग गर्न पाएनन् भने धेरै मानिस पागल सम्म हुन सक्छन् । फेसवुक र ट्वीटर अहिले आम मानिसको नशा नै बनेको छ । तर यसबाट आफू सचेत हुन सकिएन भने क्षणभरमै कंगाल बन्न सकिन्छ ।
इन्टरनेटमा पहुँच भएको जो कोही पनि फेसवुक वा ट्वीटर प्रयोग नगर्ने व्यक्ति सायदै कोही होला । दशौ वर्ष पूरानो साथीलाई खोज्नु पर्यो वा नयाँ साथी बनाउनु पर्यो भने फेसवुक खोले हुन्छ । खोजेको व्यक्तिलाई क्षणभरमै सम्पर्क गराई दिन्छ फेसबुकले ।
सावधान हुनुहोस् फेसबुकमाथि भयानक हमला हुंदैछ नोभेम्बर ५ मा
फेसबुकको अन्तिम मिति आउन लागेको संकेत देखिएको छ किनभने विश्व चर्चित ह्याकरहरुको समुहले फेसबुकलाई सिध्याउने धम्की पुष्टी गरेका छन् । जुन समुहले यसअगाडि ७० वटा वेभसाइटलाई ध्वस्त पारिसकेको छ । फेसबुकमाथि भयानक हमला हुंदैछ नोभेम्बर ५ मा । यसैसम्बन्धमा न्युयोर्कबाट किशोर पन्थीले तयार पारेको रिपोर्ट ।
सामाजिक सञ्जाल फेसबुकमाथि यस्तो आक्रमणको चेतावनी दिइएको छ, जुन आक्रमणको सामना गर्न अब फेसबुकलाई नै मुस्किल पर्नेछ । ह्याकरहरुको संगठित समुहले फेसबुकको हत्या गर्ने चेतावनी दिएको छ । उनीहरुले हत्याको मिति नै तोकेका छन् । त्यो मिति हो – नोभेम्बर ५ । फेसबुकले विश्वका नागरिकहरुको गोप्यता भंग गरेको आरोप लगाउदै ह्याकरहरुको समुहले नोभेम्बर ५ मा फेसबुक ध्वस्त पारिदिने चेतावनी दिएको हो ।
ह्याकरहरुको समुहका केही सदस्यहरुले फेसबुकमाथि आक्रमण गर्ने योजना बनाइरहेको भिडियो सार्वजनिक भइरहेकै बखत फेसबुकमाथिको आक्रमणको योजना पुष्टि गरिएको हो । बुधबारमात्रै ह्याकरहरुले ट्वीटरमार्फत यो योजना पुष्टि गरेका हुन् । फेसबुकमाथि आक्रमणको योजना बनाउने ह्याकरहरु चानचुने होइनन्, यो वर्षका हलचल मच्चाउने खालका ह्याकिङमा उनीहरुको संलग्नता भएको दावी गरिएको छ । उनीहरुले अहिलेसम्म ७० वटा ठूला ठूला वेभसाइटहरु ध्वस्त पारिसकेका छन् । त्यो मध्ये गतहप्तामात्र उनीहरुले सिरियाको रक्षामन्त्रालयकै वेभसाइट ध्वस्त पारिदिएका थिए ।
अमेरिकाको लस एन्जल्समा प्रदर्शन गर्ने यहीं अज्ञात समुहले फेसबुकमाथि आक्रमणको चेतावनी दिएको हो । तस्विर : डेलीन्यूज
विश्वभरका नागरिकहरुलाई शतर्क हुन आग्रह गर्दै ह्याकरहरुको वक्तब्यमा भनिएको छ – तपाईहरुको संचारको एउटा माध्यम बनेको फेसबुक अब सम्पूर्ण रुपमा नै ध्वस्त पारिदैछ ।
वक्तब्यमा फेसबुकले सरकारका निकायहरुलाई व्यक्तिका सुचनाहरु बेचिरहेको र मान्छेमाथि जासुसी गर्नका लागि गोप्य पहुच प्रदान गरेको आरोप लगाइएको छ । फेसबुकमा कुनै पनि व्यक्तिले गरेको गतिविधिको विवरण सुरक्षित रहने र एकपटक खाता खोलेपछि विवरण हटाउन असम्भव हुने गरेको पनि ह्याकरहरुले स्पष्ट पारेका छन् । व्यक्तिले एकाउन्ट बन्द गरेपनि व्यक्तिका सबै सुचना फेसबुकले राख्ने र कुनै पनि बेला जासुसी निकायलाई उपलब्ध गराउन सक्ने पनि वक्तयमा जनाइएको छ ।
ह्याकरहरुले दिएको चेतावनी वक्तयब्यको पूर्ण पाठ :
वक्तब्यमा भनिएको छ – प्राइभेसी सेटिङ बदलेर तपाईले आफ्नो एकान्टलाई गोप्य राखेको ठान्नु एकदम ठूलो भ्रम हो, फेसबुकले तपाईको बारेमा यति धेरै थाहा पाएको हुन्छ कि त्यती तपाईको परिवारलाई पनि तपाईको बारेमा थाहा हुंदैन ।
वक्तब्यमा भनिएको छ – तपाईले फेसबुकमा च्याट गर्दा तपाईका नजिकका मान्छेहरुसंग वास्तविकता खोल्नुभएको छ भने त्यो पनि फेसबुकले थाहा पाइरहेको हुन्छ । त्यसैले एकदिन तपाईलाई महसुस हुनेछ कि हामीले फेसबुकलाई ध्वस्त पारेको कुरा जायज हो । अनि तपाईले इन्टरनेटका शासकहरुलाई धन्यवाद दिनुहुनेछ । किनभने हामी तपाईहरुको नोक्सान गरिरहेका छैनौं बरु तपाईहरुलाई बचाइरहेका छौं ।
फेसबुकमाथिको आक्रमणबारे बिहिबार अमेरिका लगायत विश्वभरका पत्रिकामा समाचार प्रकाशित भएको छ ।
सर्वसाधारणलाई भत्ताका लागि मात्र वर्षमा करिब १० अर्ब रुपैयाँ सरकारले बाँड्छ
सामाजिक सुरक्षाको नाममा नेपालले वृद्ध- वृद्धाहरुलाई सरकारले भत्ता दिन थालेको १५ वर्ष भइसक्यो। २०४६ सालको परिवर्तनपछि कम्युनिस्टको विरोधीहरुले गाउँ गाउँमा कम्युनिस्ट शासन आए, बुढाबुढी भएपछि तिनले गोली ठोकेर मार्दिन्छन् भनेर प्रचार गर्दथे। त्यसै भएर पनि हुनसक्छ २०५१ सालमा तत्कालिन नेकपा एमालेले अल्पमतको सरकार बनाएपछि पहिलोपटक वुढाबुढीहरुलाई एक सय रुपैयाँ भत्ता दिने नीति सार्वजनिक गरेको थियो। विदेशमा वेरोजगारले भत्ता पाउँछन्, रिटार्डले भत्ता पाउँछन् भनेको सुनिन्थ्यो। त्यो बेला सुरु गरेको महिनाको एक सय रुपैयाँबाट सरकारले नेपालमा पनि सर्वसाधारणलाई भत्ता दिंदो रहेछ भनेर थाहा पाइयो।
अहिले पनि ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, लोपोन्मुख आदिवासी/जनजाति, आंशिक र पूर्ण अपांगलाई सरकारले मासिक भत्ता दिन्छ। गाविस र नगरपालिका कार्यालयले देशभर सरकारी भत्ता वितरण गर्छन्। अहिले ७० वर्ष पुगेका पुरुष र ६० वर्ष पुगेका महिलाले महिनाको पाँच सय रुपैयाँ भत्ता पाउँछन्। कर्णालीमा भने ६० वर्ष पुगेपछि नै सरकारले वृद्धभत्ता उपलब्ध गराउँछ। त्यस्तै दलित र केही जनजाति पुरुषले पनि ६० वर्ष पुगेपछि भत्ता पाउँछन्।
विधवा महिला र लोपोन्मुख जातिमा परेकालाई पनि सरकारले मासिक ५ सय रुपैयाँ दिन्छ। त्यस्तै पूर्ण अपांगलाई १ हजार र अपाङ्गता हेरी आंशिक अपाङ्गलाई मासिक ३ सय रुपैयाँ भत्ता सरकारले उपलब्ध गराउँछ। यसबाहेक गरिब र असहाय परिवार अझ कर्णालीका सबै ५ वर्षमुनिका बालबालिकालाई खाना खुवाउन मासिक २ सय भत्ता सरकारले तिनका अभिभावकलाई दिन्छ।
मलेसियामा तिन नेपाली बेपत्ता
वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया आएका तीन नेपाली युवा पछिल्लो चार दिनयता रहस्यमय तरिकाले बेपत्ता भएका छन् ।
जोहोरको बातुपहातमा रहेको बास फर्निचर कम्पनीमा कार्यरत वाराका रामनाथ चौधरी, विष्णु चौधरी र ठगलु चौधरी शुक्रबार रातिदेखि कम्पनी र सहकर्मीको सम्कर्प बाहिर छन् । शुक्रबार दिनभर काम गरी राति ९ बजेतिर डेराबाट १५ मिनेट टाढाको पसलमा सामान किन्न गएका उनीहरु हालसम्म सम्पर्कमा नआएपछि सहकर्मीहरु चिन्तामा परेका छन् ।
सोही कम्पनीमा कार्यरत ६ जना मिलेर एउटै कोठामा बस्दै आएकामा उनीहरु तीन जना खाद्यान्न किन्न बजार गएको बेपत्ताका सहकर्मी मनोज चौधरीले बताए । कम्पनीले भने उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ । उनीहरु सामान किन्ने पसलमा समेत नपुगेको पाइएको उनीहरुका अर्का साथी रामनाथ चौधरीले बताए । श्रोत: अनलाईन
लोकप्रिय बनारसी साडी बनाउन कण्डमको प्रयोग
बनारसी साडीको भारत प्रदेश र नेपालमा बेग्लै महिमा छ तर पनि यस्तो लोकप्रिय बनारसी साडी बनाउन परिवार नियोजनको अस्थायी साधन कण्डमको अबैध खपत भइरहेको खवरले साडी पारखीहरुलाई अचम्ममा पारेको छ ।राम्रा बनारसी साडीहरु निर्माणमा सिल्कका साथसाथ कण्डमको पनि प्रयोग गरिएको खुलासा भएको छ । एउटा बनासरी साडी बनाउन कम्तितमा १४ बटासम्म कण्डम लाग्ने भारतको बनारसमा गरिएको एक सर्वोक्षणले यस्तो देखाएको हो ।
आमा बन्ने सौभाग्य यो बर्ष नायीका हरुको
आमा बन्ने सौभाग्य यो बर्ष नायीका हरुको लागि निकै राम्रो बर्षहुने भयो , कलिउडका नायीका मात्र होइन बलिउडका नायीका हरुलाइ पनि । किनकि यो बर्षकलिउड र बलिउडका ४ जना नायीका हरु आमा बन्ने भएका छन् ।कलिउडमा नायीका सन्चिता लुइटेल उपे्रति र अरुणिमा लम्साल आम बन्दै छन् भने बलिउडमा भने ऐर्श्वर्य राय र लारा दत्ता आमा बन्ने भएकी छिन् । कलिउड र बलिउडका यी ४ जना नायीका हरु मध्ये संभवत पहिले आमा बन्दै छिन कलिउडकी संचिता लुइटेल नै,..नेपाली चलचित्रका पहिलेका नायीका हरुलाइ हेर्ने हो भने नायीकाको पहिलो सन्तान छोरि नै भएको देखिएको छ यो पटक भने कस्ले के के पाउने हो त्यो त भबिष्यले नै बताउने छ ।
Subscribe to:
Comments (Atom)














