फेसबुकले हालै गोप्यता कायम गर्ने नयाँ सेवा सुरु गर्दै


फेसबुकमा कसैले अश्लिल फोटो ट्याग गरेर हैरान हुनुभएको छ ? वा कसैले आफ्नो अकाउन्ट ह्याक गर्ला की भनेर डराइरहनुभएको छ । कतिलाई आफुले पोष्ट गरेका कुराहरु सबैलाई नदेखाउने इच्छा होला । यदि त्यसो हो भने तपाइँको त्यो चिन्ता हट्न अब समय लाग्नेछैन । सामाजिक संजाल फेसबुकले हालै प्रयोगकर्तालाई आफ्नो गोप्यता कायम गर्ने नयाँ सेवा सुरु गर्दै छ ।फेसबुकले थप्न लागेको नयाँ सेवा अन्तरगत अब आफुले सेयर गरेका कुराहरु आफुले चाहेका व्यक्तिलाई मात्र देखाउन सकिनेछ । अब आफ्नो नाममा ट्याग गरिएका कुनैपनि फोटो, भिडियो वा लिंकहरु चित्त नबुझेमा प्रोफाइलमा देखिनुअघि नै तपाइँले आफ्नो नाम हटाउन सक्नुहुन्छ ।अब फेसबुकको पेजको हरेक आइटममा व्यक्तिगत प्राइभेसी अप्सन हुनेछ जसका कारण आफुले सेयर गरेको कुरा पब्लिक हो की, फ्रेन्ड्स लिष्टमा आवद्धहरुको लागि मात्र हेर्न सक्ने हो सोही अनुसार वालमा देखाउन सकिनेछ । साथै अब आफ्नो नाममा ट्याग गरिदिएका कुरालाई हटाउने वा ट्याग गरिदिनेलाई हटाउन लगाउने वा ट्यागरलाई ब्लक गर्नेसम्मको अधिकार तपाइँसामु रहनेछ । थपिएको अर्को सेवा भनेको तपाइँले फेसबुकमा साथी नबनेकाहरुलाई पनि ट्याग गर्न सक्नुहुन्छ र अरुले तपाइँले गरेको ट्यागिङ अस्विकार पनि गर्न सक्छन् ।


आफ्नो नयाँ सेवाको बारेमा प्रतिक्रिया दिँदै फेसबुक सेवाका उपाध्यक्ष क्रिस कक्सले व्यक्तिगत गोप्यता सम्बन्धि नयाँ सेवा फेसबुक प्रयोगकर्ताका थप मागको सम्बोधन गर्नका लागि ल्याइएको भन्दै यसको अर्थ पूरानो सेवा काम नलाग्ने भएको भन्ने चाहीँ नरहेको बताएका छन् । पूराना फेसबुक प्रयोगकर्ताको डिफल्ट सेटिङ यथावत रहने र नयाँ प्रयोगकर्ताको लागि डिफल्ट सेटिङमा everyone को साटो public भन्ने अप्सन रहने । त्यस्तै त्यहाँ रहने अरु अप्सन जुन छान्यो सोही नै डिफल्टको रुपमा रहने बताइउको छ । फेसबुकको नयाँ सेवा भोलि अगष्ट २५ देखि लागु हुने छ ।