मलेसियामा तिन नेपाली बेपत्ता


वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया आएका तीन नेपाली युवा पछिल्लो चार दिनयता रहस्यमय तरिकाले बेपत्ता भएका छन् ।
जोहोरको बातुपहातमा रहेको बास फर्निचर कम्पनीमा कार्यरत वाराका रामनाथ चौधरी, विष्णु चौधरी र ठगलु चौधरी शुक्रबार रातिदेखि कम्पनी र सहकर्मीको सम्कर्प बाहिर छन् । शुक्रबार दिनभर काम गरी राति ९ बजेतिर डेराबाट १५ मिनेट टाढाको पसलमा सामान किन्न गएका उनीहरु हालसम्म सम्पर्कमा नआएपछि सहकर्मीहरु चिन्तामा परेका छन् ।
सोही कम्पनीमा कार्यरत ६ जना मिलेर एउटै कोठामा बस्दै आएकामा उनीहरु तीन जना खाद्यान्न किन्न बजार गएको बेपत्ताका सहकर्मी मनोज चौधरीले बताए । कम्पनीले भने उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ । उनीहरु सामान किन्ने पसलमा समेत नपुगेको पाइएको उनीहरुका अर्का साथी रामनाथ चौधरीले बताए । श्रोत: अनलाईन