शेरबहादुर देउवाले आफु प्रधानमन्त्री हुने ग्यारेन्टी दिए अहिले बाबुराम भट्टराईलाई छाड्न तयार



औपचारिकरुपमै दलहरु बहमतीय सरकारको अभ्यासमा लागेपनि प्रधानमन्त्रीका मुख्य आकांक्षी माओवादी र कांग्रेसवीच सहमतीय सरकारका लागि अनौपचारिक छलफल भने भइरहेका छन् ।यसक्रममा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले चुनावी सरकारमा आफु प्रधानमन्त्री हुने ग्यारेन्टी गरिदिए अहिले बाबुराम भट्टराईलाई छाड्न तयार रहेको बताएका छन् ।श्रोतका अनुसार सोमबार दुवैपक्षवीच भएको अनौपचारिक छलफलमा देउवा पक्षले माओवादीसमक्ष यस्तो प्रस्ताव गरेका हुन् । कांग्रेस र माओवादीवीच आफुलाई चुनावी सरकारमा प्रधानमन्त्री बनाउने लिखित सहमति भए आफु छाड्न तयार रहेको भन्दै देउवा पक्षले कांग्रेसको संस्थापन पक्षसँग त्यही आधारमा वार्ता र सहमति गर्न माओवादीलाई आग्रह गरेको थियो ।

माओवादीले भने देउवालाई प्रधानमन्त्री बनाउने जेन्टिलम्यान सहमति गर्ने र औपचारिकरुपमा नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिने सम्झौता गर्न तयार रहेको जवाफ दिएको छ । पार्टीको संस्थापन पक्षले अहिले नै सहमतीय प्रधानमन्त्री बनेमात्र देउवालाई दिने नभए रामचन्द्रलाई अघि सार्ने वताएपछि देउवाले नयाँ सर्त अघि सारेका हुन् । श्रोतका अनुसार कांग्रेसको संस्थापन पक्ष तत्कालै बहुमतीय प्रधानमन्त्रीका रुपमा वा पछि सहमतीय प्रधानमन्त्रीका रुपमा पनि अघि सार्न तयार छैन् ।

बहुमतीय उम्मेदवारको विवाद चर्कियो
यसैबीच बहुमतीय प्रणालीमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्नेमा विवाद चर्किएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले सहमतीय सरकारका लागि अघि सारिएका देउवालाई नै बहुमतीय प्रणालीमा पनि उम्मेदवार बनाउन दबाव दिएको छ । देउवा पक्षको सोमबार भएको भेलाले सहमतीय सरकारका लागि अधिकतमा पहल गर्ने र नभए बहुमतीयमा पनि देउवालाई नै निरन्तरता दिनु पर्ने निर्णय गरको छ ।बहुमतीय उम्मेदवार संसदीय दलका नेता रामचन्द्र पौडेललाई बनाउनु पर्ने संसस्थाप पक्षको अडान छ । पौडेलले आफू बहुमतीय प्रणालीको उम्मेदबार हुने भन्दै दलहरुसँग लविङ थाल्नु भएको छ । पौडेलले सोमबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेटी बहुमतीय उम्मेदबार आफू हुने भन्दै सहयोग गर्न आग्रह गर्नु भएको छ । सोमबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले भने सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ