फेसबुकको अन्तिम मिति आउन लागेको संकेत देखिएको छ किनभने विश्व चर्चित ह्याकरहरुको समुहले फेसबुकलाई सिध्याउने धम्की पुष्टी गरेका छन् । जुन समुहले यसअगाडि ७० वटा वेभसाइटलाई ध्वस्त पारिसकेको छ । फेसबुकमाथि भयानक हमला हुंदैछ नोभेम्बर ५ मा । यसैसम्बन्धमा न्युयोर्कबाट किशोर पन्थीले तयार पारेको रिपोर्ट ।
सामाजिक सञ्जाल फेसबुकमाथि यस्तो आक्रमणको चेतावनी दिइएको छ, जुन आक्रमणको सामना गर्न अब फेसबुकलाई नै मुस्किल पर्नेछ । ह्याकरहरुको संगठित समुहले फेसबुकको हत्या गर्ने चेतावनी दिएको छ । उनीहरुले हत्याको मिति नै तोकेका छन् । त्यो मिति हो – नोभेम्बर ५ । फेसबुकले विश्वका नागरिकहरुको गोप्यता भंग गरेको आरोप लगाउदै ह्याकरहरुको समुहले नोभेम्बर ५ मा फेसबुक ध्वस्त पारिदिने चेतावनी दिएको हो ।
ह्याकरहरुको समुहका केही सदस्यहरुले फेसबुकमाथि आक्रमण गर्ने योजना बनाइरहेको भिडियो सार्वजनिक भइरहेकै बखत फेसबुकमाथिको आक्रमणको योजना पुष्टि गरिएको हो । बुधबारमात्रै ह्याकरहरुले ट्वीटरमार्फत यो योजना पुष्टि गरेका हुन् । फेसबुकमाथि आक्रमणको योजना बनाउने ह्याकरहरु चानचुने होइनन्, यो वर्षका हलचल मच्चाउने खालका ह्याकिङमा उनीहरुको संलग्नता भएको दावी गरिएको छ । उनीहरुले अहिलेसम्म ७० वटा ठूला ठूला वेभसाइटहरु ध्वस्त पारिसकेका छन् । त्यो मध्ये गतहप्तामात्र उनीहरुले सिरियाको रक्षामन्त्रालयकै वेभसाइट ध्वस्त पारिदिएका थिए ।
अमेरिकाको लस एन्जल्समा प्रदर्शन गर्ने यहीं अज्ञात समुहले फेसबुकमाथि आक्रमणको चेतावनी दिएको हो । तस्विर : डेलीन्यूज
विश्वभरका नागरिकहरुलाई शतर्क हुन आग्रह गर्दै ह्याकरहरुको वक्तब्यमा भनिएको छ – तपाईहरुको संचारको एउटा माध्यम बनेको फेसबुक अब सम्पूर्ण रुपमा नै ध्वस्त पारिदैछ ।
वक्तब्यमा फेसबुकले सरकारका निकायहरुलाई व्यक्तिका सुचनाहरु बेचिरहेको र मान्छेमाथि जासुसी गर्नका लागि गोप्य पहुच प्रदान गरेको आरोप लगाइएको छ । फेसबुकमा कुनै पनि व्यक्तिले गरेको गतिविधिको विवरण सुरक्षित रहने र एकपटक खाता खोलेपछि विवरण हटाउन असम्भव हुने गरेको पनि ह्याकरहरुले स्पष्ट पारेका छन् । व्यक्तिले एकाउन्ट बन्द गरेपनि व्यक्तिका सबै सुचना फेसबुकले राख्ने र कुनै पनि बेला जासुसी निकायलाई उपलब्ध गराउन सक्ने पनि वक्तयमा जनाइएको छ ।
ह्याकरहरुले दिएको चेतावनी वक्तयब्यको पूर्ण पाठ :
वक्तब्यमा भनिएको छ – प्राइभेसी सेटिङ बदलेर तपाईले आफ्नो एकान्टलाई गोप्य राखेको ठान्नु एकदम ठूलो भ्रम हो, फेसबुकले तपाईको बारेमा यति धेरै थाहा पाएको हुन्छ कि त्यती तपाईको परिवारलाई पनि तपाईको बारेमा थाहा हुंदैन ।
वक्तब्यमा भनिएको छ – तपाईले फेसबुकमा च्याट गर्दा तपाईका नजिकका मान्छेहरुसंग वास्तविकता खोल्नुभएको छ भने त्यो पनि फेसबुकले थाहा पाइरहेको हुन्छ । त्यसैले एकदिन तपाईलाई महसुस हुनेछ कि हामीले फेसबुकलाई ध्वस्त पारेको कुरा जायज हो । अनि तपाईले इन्टरनेटका शासकहरुलाई धन्यवाद दिनुहुनेछ । किनभने हामी तपाईहरुको नोक्सान गरिरहेका छैनौं बरु तपाईहरुलाई बचाइरहेका छौं ।
फेसबुकमाथिको आक्रमणबारे बिहिबार अमेरिका लगायत विश्वभरका पत्रिकामा समाचार प्रकाशित भएको छ ।


