सेक्सका लागि २ वर्षसम्म सलमान भन्दा व्यस्त साँढे


gopal
बलिउडमा नायक सलमान खानको चर्चासँग खानको व्यस्तता बढेको छ तर एउटा साँढेले खानको व्यस्ततालाई तोड्दै अग्रपंक्तिमा देखिएको छ । भारतको हरियाणामा भने एउटा साँढे नै विशेष काम गर्न आगामी २ वर्षका लागि बुक भएको छ । गोपाल नाम गरेको त्यो साँढे कुनै फिल्म खेल्न बुक भएको होइन । उन्नत जातका गाइलाई गर्भवती बनाउनु उसको एकमात्र काम हो । अहिले सम्म ४ सय ८६ पटक सम्भोग गरिसकेको १४ वर्षे गोपालको माग हरियाणामा मात्र नभएर गुजरात र पञ्जावमा समेत ठूलो माग छ । त्यसैले सन् २०१३ सम्मको आफ्नो व्यस्त सेड्युलमा उसले पंजाब र गुजरात सम्मका यौन साथीसँग रमाइलो गर्नुपर्नेछ । हरियाणाको सानोश्रा गौशालामा रहेको यो साढेलाई आफ्नो गौमाता सँग समागम गराउन चाहनेले पहिले नै नाम लेखाउनु पर्ने र त्यसपछि पालो कुर्नुपर्ने गौशालाका कर्मचारी परेश सिंह झाला बताउँछन् ।
गोपालको माग यतिधेरै हुनुको मुख्य कारण भनेकै उसबाट जन्मिने भाले सन्तान निकै बलिया हुने र पोथी सन्तान निकै दुधालु हुनु हो । अरु बहरसँगको समागमबाट जन्मिएका बाच्छीहरुले भन्दा गोपालका छोरीहरुले औषतमा डेढ प्रतिशत बढि दुध दिने बताइएको छ ।
एउटा सामान्य बहरले जिवनकालमा औषतमा ५० पटक सम्भोग गर्छ । तर ४ सय ८६ पटक रोमान्स गरिसकेको गोपाल भने अझै दुइ वर्षको लागि पहिले नै अनुबन्धित भैसकेको छ । गोपालले अझै ७ वर्ष यौनकार्य गर्नसक्ने गौशालाका कर्मचारीहरु बताउँछन् । वर्षमा जुन र डिसेम्बर महिनामा विश्राम गर्ने गोपालले अरु दश महिना जोडतोडका साथ आफ्नो पुरुषार्थ देखाउने गरेको छ ।