ग्लोबल समिट अन चेन्जिङ बिहार कार्यक्रममा भाग लिन प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भारतको पटना जाँदैछ ।नेपाली सेनाको बिमानबाट प्रधानमन्त्री भट्टराई नेतृत्वको १६ सदस्यीय टोली विहान १० बजे त्यसतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्री भट्टराईले दिउँसो दुई बजे पटनामा सम्मेलनको उद्घाटन गर्नुहुने छ ।
कार्यक्रम अघि विहारका मुख्यमन्त्री नितिश कुमारले प्रधानमन्त्री भट्टराईसंग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री भट्टराईले विहारको मुहार फेरिएको राजबारे मुख्यमन्त्री नितिशकुमारसँग जानकारी लिने बताइएको छ । प्रधानमन्त्री भट्टराई आजै स्वदेश फर्किने कार्यक्रम भए पनि नेपाली प्रतिनिधिहरु भने आइतबार हुने समापन कार्यक्रमसम्म रहने छन् । श्रममन्त्री सरिता गिरी, प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार रामेश्वर खनाल, प्रेस सल्लाहाकार रामरिझन यादव, सभाषद् हरि रोका, जीतेन्द्र सोनाल, माओवादी नेता लीलामाणि पोख्र्रेल पनि बिहार जाने कार्यक्रम छ ।
विभिन्न सकारात्मक कामले सन् २००५ यता विहारको मुहार फेरिएको बारे जानकारी गराउन ग्लोबल समिटको आयोजना गरिएको हो ।
तीन दिनसम्म चल्ने सम्मेलनमा २४ देशका राजनीतिज्ञ, अर्थशास्त्री, नागरिक अधिकारकर्मी, नीति निर्माता लगायत १ सय ८५ जनाले भाग लिने बताइएको छ । नितिश कुमार मुख्य मन्त्रीमा चुनिए पछि विहारमा परिवर्तन भएको मनिन्छ । नेपालसंग सीमा जोडिएको भएकाले पनि विहारको कार्यक्रमले नेपालमा महत्व राख्ने छ ।




.jpg)









