पूनम फेरी आफ्नो पूरानै अवतारमा प्रकट

हालै भ्यालेन्टाइन डे को अवसरमा किंगफिशर मोडेल पूनम पाण्डेले टि्वटरमार्फत साडी लगाएको फोटो अपलोड गरेपनि उनका धेरै प्रसंसक निरास बने । पूनम पाण्डेले ग्लामरको दुनियाबाट सन्यास लिइछन् की ? भन्ने अनुमान धेरैले गरे । तर यस्तो अनुमानलाई गलत सावित गर्दै पूनम फेरी आफ्नो पूरानै अवतारमा प्रकट भएकी छिन् ।

पूनमले पछिल्लोपटक सेतो बिकिनीमा खिचिएको हट तस्वीर टि्वटरमा अपलोड गरी प्रसंसकको छटपटीलाई शान्त पारेकी छिन् । यतिमात्र होइन उनले आफ्नो प्रतिस्पर्धामा उत्रिन खोजेकी शर्लिन चोपडालाई समेत माथ दिएकी छिन् । पछिल्लो समय चोपडा र पूनमबीच बोल्डनेसका मामिलामा प्रतिस्पर्धा नै हुने अड्कल काटिएकोमा पूनमको पछिल्लो अवतारले त्यसलाई पुष्टि गरेको छ । बलिउड पारखीहरु अब शर्लिनले कस्तो एक्स्पोज गर्नेहुन् भन्ने कुरा हेर्न लालायित छन् ।

पूनमले पछिल्लोपटक टि्वटरमा कामुक पोज अपलोड गर्दै लेखेकी छिन्, “टि्वटहार्ट… जब म तपाइँहरुको बारेमा सोँच्छु तब मेरो नजरमा तपाइँहरुको मुस्काइरहेको अनुहार आउँछ… लभ यु अल…..।”