बलिउडकी चल्तीकी नायिका प्रियंका चोपडा सफलताको शिखर चढिरहेकी छिन् । हालै प्रदर्शनमा आएको चलचित्र अग्नीपथ हिट भएपछि उनको भाउ झनै बढेको छ । चोपडाको सफलताको यात्रामा फेरी अर्को खुटि्कलो थपिएको छ । अर्थात् उनको हलिउडमा प्रवेश हुने भएको छ । चोपडा लस एन्जल्समा रहेको मनोरञ्जन तथा खेलसम्बन्धि चर्चित संस्था क्रियटिभ आर्टिस्ट एजेन्सीमा आवद्ध हुने पहिलो बलिउड नायिका समेत बनेकी छिन् । हलिउडका चर्चित हस्तीहरु जर्ज क्लूनी, मेरील स्ट्रीप, ब्राड पिट, जुलिया रोबर्टस् तथा विल स्मिथ लगायतका कलाकारहरु यो एजेन्सीसँग आवद्ध छन् ।
अब सीएए सँगको आबद्धतासँगै प्रियंकाले हलिउडमा आफ्नो ठाउँ पक्का गरेकी छिन् । हैदराबादमा फिल्म क्रिस ३ को शुटिङमा व्यस्त रहेकी प्रियंकाले आफु हलिउडमा जाने समाचारको पुष्टि गर्दै सीएएले आफुलाई स्थान दिएकोमा खुसी व्यक्त गरेकी छिन् ।
.jpg)