काठमाण्डौं मेट्रो रेलको प्रारम्भिक खाका यस्तो छ

अस्तब्यस्त काठमाडौंको यातायातलाई ब्यबस्थित बनाउन ल्याउने भनिएको काठमाण्डौं मेट्रो रेलको प्रारम्भिक खाका तयार भएको छ ।

रिङ रोडभित्र चार र रिङरोडको चक्कर लगाउने गरि एक गरि ५ वटा लाइन प्रस्ताव गरिएको रेलवे संजालले काठमाडौंका सवै मुख्य स्थानलाई जोड्ने छ । ६६ दशमलव १ किलोमिटर लामो रेलसंजालको मुख्य टर्मिनल रत्नपार्कलाई बनाउने प्रस्ताव गरिएको छ । कुल ३१ स्टेशन रहने काठमाडौं मेट्रो रेल्वेमा रिङरोडका ९ ठाउँ र रिङरोडभित्र शहिदगेड, जमल र नारायणहिटी गरि कुल १२ ठाउँमा रेल्वे लाइन परिवर्तन गर्ने ट्रान्सफर स्टेसन बनाउने प्रस्ताव गरिएको छ । अन्य २१ ठाउँमा यात्रु चढने र ओर्लने स्टेशन बनाउने प्रस्ताव गरिएको छ ।

काठमाडौं मेट्रो बनाउन सम्भाब्यता अध्ययन गर्ने जिम्मा पाएको कम्पनीले प्रारम्भिक रिपोर्ट बनाई रेल बिभागलाई पेश गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाले अनलाइनखबरसँग भन्नुभयो- विभागले प्रारम्भिक रिपोर्ट तयार पारेको छ, आगामी साता पत्रकार सम्मेलन गरि यसलाई सार्वजनिक गर्ने छौं ।’चार कोरियाली र दुई स्थानीय कम्पनीको संलग्नतामा करिव साढे ६ करोड रुपैयाँको लागतमा तयार पारिएको प्रारम्भिक प्रतिबेदनअनुसार यो रेल जमिनमुनी, जमिनमाथि र जमिनको सतहमा कुद्ने छ । रेल बिभागका इन्जिनियर राजेश्वरमा सिंहका अनुसार कुन कुन ठाउँमा कस्तो संरचना बन्ने भन्ने जानकारी विस्तृत अध्ययन प्रतिबेदनमा मात्र खुल्ने छ । रेल बिभागले सन् २०१२ को नोभेम्बरसम्म विस्तृत प्रतिबेदन तयार पार्ने समय दिएको छ ।

प्रतिबेदन अनुसार सवैभन्दा लामो रेल्वे लाइन हुनेछ रिङ रोडमा । २७ दशमलव ३५ किलोमिटर लामो यो रेल लाइनले रिङरोडका सवै चोकलाई जोडने छ । सवैजसो चोकमा यात्रु चढ्ने र झर्ने स्टेशन हुनेछन भने ९ मुख्य चोकमा रेल्वे लाइन परिवर्तन गर्न मिल्ने स्टेशन हुनेछन् ।

दोस्रो रेलवे कलंकीबाट सुरु भई सिनामंगलमा गएर टुंगिने छ । यस्तै लाइन नम्बर ३ गोंगोवुबाट सुरु भई तीनकुने पुगेर टुंगिने छ भने चौथो लाइन सात दोबाटोबाट सुरु भई शहरका भित्रि भाग छिचोल्दै नारायणगोपाल चोक पुगेर अन्त्य हुने छ । यस्तै पाँचौ लाइन बल्खुबाट सुरु भई चावहिल पुगेर अन्त्य हुने छ ।


यसैबीच बानेश्वरमा यसैवर्ष फ्लाइओभर बन्दैछ । फ्लाइओभरको डिजाइन स्वीकृत भइसकेको छ भने डिपिआर बन्द गरेको छ । सचिव सिटौलाका अनुसार आगामी वर्षसम्मका काम सक्ने गरी फ्लाइओभर निर्माणको तयारी भइरहेको छ ।फ्लाइओभर ३ सय ४० मिटरको हुनेछ । सरकारी योजना अनुसार फ्लाइओभर बनेपछि माइतिघर तीनकुने सडकमा गुढ्ने ५५ प्रतिशतभन्दा बढी सवारी ओभरपास हुँदै बनेश्वर चोक कपार गर्छन् भने बाँकी सवारी मुनिबाटै बानेश्वर र शंखमूलतिर मोडिन्छन् ।

प्रधानमन्त्री भट्टराई ग्लोबल समिट अन चेन्जिङ बिहार कार्यक्रममा

ग्लोबल समिट अन चेन्जिङ बिहार कार्यक्रममा भाग लिन प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भारतको पटना जाँदैछ ।नेपाली सेनाको बिमानबाट प्रधानमन्त्री भट्टराई नेतृत्वको १६ सदस्यीय टोली विहान १० बजे त्यसतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्री भट्टराईले दिउँसो दुई बजे पटनामा सम्मेलनको उद्घाटन गर्नुहुने छ ।
कार्यक्रम अघि विहारका मुख्यमन्त्री नितिश कुमारले प्रधानमन्त्री भट्टराईसंग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री भट्टराईले विहारको मुहार फेरिएको राजबारे मुख्यमन्त्री नितिशकुमारसँग जानकारी लिने बताइएको छ । प्रधानमन्त्री भट्टराई आजै स्वदेश फर्किने कार्यक्रम भए पनि नेपाली प्रतिनिधिहरु भने आइतबार हुने समापन कार्यक्रमसम्म रहने छन् । श्रममन्त्री सरिता गिरी, प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार रामेश्वर खनाल, प्रेस सल्लाहाकार रामरिझन यादव, सभाषद् हरि रोका, जीतेन्द्र सोनाल, माओवादी नेता लीलामाणि पोख्र्रेल पनि बिहार जाने कार्यक्रम छ ।
विभिन्न सकारात्मक कामले सन् २००५ यता विहारको मुहार फेरिएको बारे जानकारी गराउन ग्लोबल समिटको आयोजना गरिएको हो ।
तीन दिनसम्म चल्ने सम्मेलनमा २४ देशका राजनीतिज्ञ, अर्थशास्त्री, नागरिक अधिकारकर्मी, नीति निर्माता लगायत १ सय ८५ जनाले भाग लिने बताइएको छ । नितिश कुमार मुख्य मन्त्रीमा चुनिए पछि विहारमा परिवर्तन भएको मनिन्छ । नेपालसंग सीमा जोडिएको भएकाले पनि विहारको कार्यक्रमले नेपालमा महत्व राख्ने छ ।

म बिल्कुल कुमारी केटी हुँ, देयर इज नो डाउट - कोमल वली

उत्ताउला गीत गाएर जोसिला युवालाई जुरुक्क उठाउने सांगीतिक ‘तरुनी’ कोमल वलीले आफु अहिलेसम्म कुमारी नै भएको दावी गरेकी छन् । गीतमार्फत नै गाँठ आँट भएको तन्नेरीको खोजी गरिरहेकी कोमलले आफु अबिबाहितमात्र नभएर कुमारी नै भएको र त्यसमा कुनै शंका नगर्न आग्रह गरेकी छन् । शुक्रबार साप्ताहिकसँग अन्तरंग कुराकानी गर्दै कोमलले भनेकी छन-’म बिल्कुल कुमारी केटी हुँ, देयर इज नो डाउट-कुनै शंका छैन) ।’

आफु कुमारी हो कि हैन भन्ने कुरा नितान्त निजी बिषय भएकाले त्यसबारे धेरै नबोल्ने भन्दै कोमल कुराको बिट मार्न खोज्छिन- ‘कुमारीको सेन्समा मेरो नाम कोमल कुमारी वली हो, म यतिमै सकाउन चाहान्छु ।’

कोमलले आफु अझै बुढी नभएको र तन्नेरी खोज्नु कुनै अनौठो नभएको बताएकी छन् । कोमल भन्छिन- ‘म कहाँ बुढी भएकी छु र ? बुढी हुन त अझै २०/२५ बर्ष लाग्छ ।’ आफुले इन्टर पढ्दा नै साथीहरुको भटाभट बिहे भएको र त्यही बेला आफुलाई पनि बिहे गरेर श्रीमानको हात समातेर हिड्ने रहर लागेको बताउने कोमलले त्यसपछि आफुलाई एउटा केटा मन परेको र बिबाहको कुरा पनि चलेको खुलासा गरेकी छन् । तर बुबाले कोमल वली बन्न चाहान्छौ कि कसैको श्रीमती भएर चिनिन चाहान्छौ भनेर सोधेपछि आफ्नो सोंच परिवर्तन भएको र अहिलेसम्म बिबाह नजुरेको कोमलले बताइन् । त्यसपछि पनि आफुलाई धेरै जना मन परेको तर हाहु गरेरै टारिदिएको तर बिबाहका बारेमा गम्भीर नभएको कोमल बताउंछिन् ।

हरेक मान्छेको बिबाह हुनुपर्छ नत्र समाज वैरागी हुन्छ भन्ने मान्यता राख्ने कोमलले प्रश्न गरिन- ‘बिहे गर्न केटा पनि चाहियो नी, मैले अहिल्यै बिहे गर्छु भनेर कोसँग गरुँ ?’

नेताहरुसँगको सम्बन्धबारे कोमल खुल्नै चाहिनन् । भन्छिन- ‘यस्ता कुरै नसोध्नुस् ।’ आफुले अहिलेसम्म रक्सी नपिएको दावी गर्दै कोमलले भन्छिन- ‘मैले आजसम्म नखाएको चीज केही छ भने त्यो रक्सी हो ।’

अहिलेसम्म आफुले कसैलाई धोका नदिएको कोमलको जिकिर छ । अनुहारमा खुवै लिपपोत गर्नुहुन्छ कि क्या हो भन्ने प्रश्नमा कोमल भन्छिन- ‘मलाई थाहा छ मेरो शरिरमा कहाँ कहाँ रेखा परिसके । कति हतोत्साहित बनाउनुहुन्छ ?’

पूनम फेरी आफ्नो पूरानै अवतारमा प्रकट

हालै भ्यालेन्टाइन डे को अवसरमा किंगफिशर मोडेल पूनम पाण्डेले टि्वटरमार्फत साडी लगाएको फोटो अपलोड गरेपनि उनका धेरै प्रसंसक निरास बने । पूनम पाण्डेले ग्लामरको दुनियाबाट सन्यास लिइछन् की ? भन्ने अनुमान धेरैले गरे । तर यस्तो अनुमानलाई गलत सावित गर्दै पूनम फेरी आफ्नो पूरानै अवतारमा प्रकट भएकी छिन् ।

पूनमले पछिल्लोपटक सेतो बिकिनीमा खिचिएको हट तस्वीर टि्वटरमा अपलोड गरी प्रसंसकको छटपटीलाई शान्त पारेकी छिन् । यतिमात्र होइन उनले आफ्नो प्रतिस्पर्धामा उत्रिन खोजेकी शर्लिन चोपडालाई समेत माथ दिएकी छिन् । पछिल्लो समय चोपडा र पूनमबीच बोल्डनेसका मामिलामा प्रतिस्पर्धा नै हुने अड्कल काटिएकोमा पूनमको पछिल्लो अवतारले त्यसलाई पुष्टि गरेको छ । बलिउड पारखीहरु अब शर्लिनले कस्तो एक्स्पोज गर्नेहुन् भन्ने कुरा हेर्न लालायित छन् ।

पूनमले पछिल्लोपटक टि्वटरमा कामुक पोज अपलोड गर्दै लेखेकी छिन्, “टि्वटहार्ट… जब म तपाइँहरुको बारेमा सोँच्छु तब मेरो नजरमा तपाइँहरुको मुस्काइरहेको अनुहार आउँछ… लभ यु अल…..।”

संतोष पन्तकी नयाँ छोरि (छोरा प्रतीक नामबाट केटलिन) बनेकी छिन

सन्तोष पन्तका छोरा लिंग परिवर्तन गरेर छोरी भएको खबरले धेरैलाई धेरैथरीको प्रश्न उब्जायो । आधुनिक चिकित्सा पद्दतिले केटालाई केटी र केटीलाई केटा बनाउन त सजिलो होला । तर पहिले केटा भएको मान्छे केटी भएपछि आनीबानी, स्वभाव र रहनसहन कस्तो होला ? अरु युवती जस्तै केटाबाट केटी भएकीलाई शारिरीक सम्पर्कको चाहना हुन्छ की हुँदैन ? कहिलेसम्म सन्तान जन्माउन योग्य होलिन् उनी ? लिंग परिवर्तन हुँदा शारिरीक स्वरुपमा के कस्तो परिवर्तन र अप्ठेरो महसुस होला ? घरपरिवार र साथीभाइले राख्ने जिज्ञासा तथा व्यवहार कस्तो हुन्छ ?

प्रतीक नामबाट केटलिन भएकी सन्तोष पन्तकी छोरीबाट धेरैले यस्तै प्रश्नका जिज्ञासा खोजेका छन् । हामीले पनि यही जिज्ञासाको खोजीमा सन्तोष पन्तको मोबाइलमा घण्टी हान्यौं ।

‘खै बोल्न मान्दैन, अहिले पनि औषधि नै गरेर बस्नुपर्छ । भेट्न त मुश्किल छ ।’ पन्तले जवाफ दिए । भेट्न नमिल्ने भए टेलिफोनबाटै भएपनि सञ्चोबिसञ्चोबारे कुराकानी गरौं न भन्दा पन्तले घरको ल्याण्डलाईन फोन दिएर सम्पर्क गर्न भने ।

पन्तले दिएको नम्बरमा धेरैपटक फोन गर्दा पनि घण्टी मात्रै गयो । फोन उठेन । बल्लतल्ल एकजना बच्चाले फोन उठाए । उनले सोधीखोजी गरे । घरमा ठूला मान्छे कोही छन् भने बोलाईदिनुस् न भन्दा निकैबेरपछि एउटा महिला स्वर सुनियो -’हेलो, को बोल्नुभयो ?’

‘म अनलाइनखबरबाट बोलेको, हजुर भाउजु हो ?’ भन्ने बित्तिकै ‘म केटलिन हो, तपाईंले नै हो मेरो बारेमा जे पायो त्यही लेखेको ?’ भन्दै उनी झर्किन् ।

‘ए नमस्कार, मैले तपाईंलाई नै खोजेको । तर तपाईंले भनेजस्तो तपाईंकोबारेमा अनलाईन खबरले केही लेखेको छैन, तपाईंलाई सोधेर लेख्न भनेर फोन गरेको ।’ भन्दा उनले पत्रकारले जे पायो त्यही लेख्ने भएकाले आफू अब कोहीसित नबोल्ने बताईन् ।

प्रियंका चोपडा हलिउडमा प्रवेश हुने

बलिउडकी चल्तीकी नायिका प्रियंका चोपडा सफलताको शिखर चढिरहेकी छिन् । हालै प्रदर्शनमा आएको चलचित्र अग्नीपथ हिट भएपछि उनको भाउ झनै बढेको छ । चोपडाको सफलताको यात्रामा फेरी अर्को खुटि्कलो थपिएको छ । अर्थात् उनको हलिउडमा प्रवेश हुने भएको छ । चोपडा लस एन्जल्समा रहेको मनोरञ्जन तथा खेलसम्बन्धि चर्चित संस्था क्रियटिभ आर्टिस्ट एजेन्सीमा आवद्ध हुने पहिलो बलिउड नायिका समेत बनेकी छिन् । हलिउडका चर्चित हस्तीहरु जर्ज क्लूनी, मेरील स्ट्रीप, ब्राड पिट, जुलिया रोबर्टस् तथा विल स्मिथ लगायतका कलाकारहरु यो एजेन्सीसँग आवद्ध छन् ।

अब सीएए सँगको आबद्धतासँगै प्रियंकाले हलिउडमा आफ्नो ठाउँ पक्का गरेकी छिन् । हैदराबादमा फिल्म क्रिस ३ को शुटिङमा व्यस्त रहेकी प्रियंकाले आफु हलिउडमा जाने समाचारको पुष्टि गर्दै सीएएले आफुलाई स्थान दिएकोमा खुसी व्यक्त गरेकी छिन् ।

शुष्मा कार्की को चोली उघ्रिएपछि के देखियो

क्वालालम्पुर । नेपाली दर्शक माझ चर्चा बटुलिरहेको शुष्माको उध्रेको चोलीले मलेसियामा पनि उत्तिकै चर्चा बटुलेको छ । चाईनिज नयाँ वर्षको अवसरमा मलेसियाको क्वालालम्पुरमा भएको रिमिक्स धमाका– ४, कार्यक्रममा मलेसिया पुगेकी नायिका शुष्मा कार्कीले नेपालीहरुलाई निकै नृत्य प्रस्तुत गरेर उत्तेजित पारिन् ।

भर्खरै नेपालमा प्रदर्शनमा आएको उनले अभिनय गरेको चलचित्र लुटमा आइटम डान्स गरेर नेपाली दर्शकलाई समेत उत्तेजित पार्दै तहल्का मच्चाएकी छिन् । धुम कार्यक्रममा पुगेका अधिकाशं दर्शकले उनको उत्तेजक नृत्यको फोटो समेत खिच्न भ्याए । क्यामरा हुनेहरुले क्यामरामा नै फोटो कैद गरे भने क्यामरा नहुनेहरुले मोवाईलवाट भएपनि फोटो खिच्न भ्याए ।

सम्झनाले सेक्सका आसनबारे खुलेर कुरा गरेकी छन् ।

लोकगीतका म्युजिक भिडियोमा मात्र हैन उनको माग बिदेशका कार्यक्रमहरुमा पनि उत्तिकै हुन्छ । श्रीमानसँगको डिभोर्सदेखि नृत्य निर्देशकसँगका सम्बन्धका हल्लाले चर्चामा आइरहने उनै सम्झनाले सेक्सका आसनबारे खुलेर कुरा गरेकी छन् ।

 शुक्रबार अन्र्तवार्ता दिंदै लोकगीतकी मोडल सम्झनाले आफुले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा सेक्स गर्दा स्वादिलो हुने बताएकी छन् ।

 सेक्सलाई दुई आत्माको मिलन र शरिरले शरिरलाई स्पर्श गर्ने मिठो प्रकृया भएको बताउने सम्झना भन्छिन- ‘मन मिलेपछि सेक्स खासै ठूलो कुरा हैन, रिलेसनलाई पछिसम्म कायम राखिन्छ भने बिहेपूर्व पनि सेक्स गरे भइहाल्यो नी ।’

 सेक्सबिनाको लाइफ कल्पना पनि गर्न नसक्ने सम्झनाले शरिरले मागेअनुसार सेक्स गर्नुपर्ने बताउँछिन् । तेस्रो लिंगीले गर्ने सेक्सलाई अप्राकृति भन्नेहरु प्रति पनि उनको गुनासो छ । भन्छिन- आत्मसन्तुष्टी ठूलो कुरा हो, अप्राकृतिक भन्न मिल्दैन् ।’

 सम्झना ओरल सेक्स अर्थात मुख मैथुनमा पनि उदार रहिछन् । भन्छिन- ‘ओरल सेक्सलाई पोजेटिभली लिन्छु, जसरी सन्तुष्ट भइन्छ त्यसरी गर्ने हो सेक्स ।’

Onlinekhabar.com

सन्तोष पन्तका कान्छा छोरा लिंग परिवर्तन गरेर प्रतिक यतिबेला केटी बनेका छन्

चर्चित हाँस्य कलाकार सन्तोष पन्तका कान्छा छोरा प्रतिक पन्तले आफ्नै रहरले आफुलाई ‘किशोरी’मा रुपान्तर गरेको सायद यो नेपालकै पहिलो घटना हुनुपर्छ ।
 उनी अहिले लगभग १९ बर्षका भएका छन् । झट्ट हेर्दा केटीको स्वरुपमा देखिने प्रतिक केटीको जस्तो कृयाकलाप गर्न रुचाउँथे । तर बिदेशमा मात्र सुनिने लिंग परिवर्तन गरेर प्रतिक यतिबेला केटी बनेका छन् ।
पहिले केटीको जस्तो हाउभाउमात्र गर्ने प्रतिक विस्तारै स्त्री अंग बिकाश गर्ने हर्मोनको प्रयोग गर्न लागेको आजको जनआह्वान साप्ताहिकले छापेको छ । हर्मोनको प्रयोगपछि अहिले उनी साँच्चै केटीजस्ता देखिन थालेका छन् । उनको छाती १६ बर्षे किशोरीको जस्तै पुष्ट देखिन थालेको छ । छातीको बायाँपट्टी स्तनको माथिल्लो भागमा नायिका करिश्मा मानन्धरले जस्तै उनले पनि ट्याटु खोपाएका छन् । स्त्री स्वरुप बन्नुअघि र अहिलेका तस्वीरसमेत फेला परेका छन् ।
हेर्दामात्र स्त्री स्वरुपमा देखिने प्रतिकको यौनाङ्ग भने अहिलेसम्म पुरुषकै छ । तर यो स्थीति पनि अब धेरै रहने छैन् । किनभने अहिले उनी पुरुष अंगको सट्टा महिला अंग प्रत्यारोपण गर्न अहिले वैंककतिर लागिसकेका छन् । पारिवारिक स्रोतका अनुसार पहिलोपटक वैंकक जाँदा केटाको पासपोर्टमा केटी जान लागेको भन्दै काठमाण्डौंस्थित थाई दूतावासले भिषा दिन अस्वीकार गरेको थियो । दोस्रोपटकको प्रयासमा भिषा पाएर अहिले वैंकक रहेका प्रतिकको अप्रेसन सफल भयो र नेपाल फर्किए भने सम्भवत उनी नै पहिलो लिंग परिवर्तन गर्ने नेपाली हुनेछन् ।
बिश्वमा अप्रेसनको माध्यमबाट लिंग परिवर्तन गर्ने गरेको पाइन्छ । सन्तोष पन्तका कान्छा छोराले पनि आफुलाई पुरुष भन्दा महिला हुनुनै उचित ठानेर होला महंगो अप्रेशनमार्फत नै महिला बन्न लागेका छन् ।

दीपाश्री मोटाएर धिरेन शाक्य चिन्ता

सहकर्मीको बिषयमा सामान्य चिन्ता गर्नु  स्वाभाविक हो तर चाहिने भन्दा बढी चिन्ता गरियो भन्ने त्यो बिषयलाई कसरी हेर्ने ? र, यस्तै चिन्ताको भूमरिमा धिरेन शाक्य परेका छन् ।
 एभरग्रिन धिरेन सोमबार एक कार्यक्रममा भेटिए जहाँ थिईन दीपाश्री निरौला पनि । करिब दुई घण्टा एउटै स्थानमा रहेका उनीहरू सुरूमा बोलेनन तर जव कार्यक्रम सकियो त्यसको केही मिनेटमै धिरेन दीपाको छेउ पुगे अनि अकस्मात भने, ‘कस्तो मोटाएको तिमि अलि मेन्टेन्ट गर है ।’ धिरेनले त्यसो भनेपछी मोटी दीपाश्रीले लामो खित्का छोडिन् र भनिन्, ‘मोटाउदा तपाईलाई के को टाउको दुखाई ?’ पोलाईट शैलीमा दीपाले त्यसो भनेपछी धिरेनले पुनः जवाफ फर्काए, ‘तिमि राम्रै भएनौ भने त बबार्द भैहाल्यो नि ! ‘ त्यसपछी  फेरी एक पटक दीपाले खित्का छोडिन् ।
केही समय अघि फिल्मीखबरले १३ किलो घटे हिरोईन भन्ने खबर सार्वजनिक गरे यता आफ्नो बढी मेन्टन गर्न प्रयासरत दीपा चाहेर पनि दुब्लाउन सकेकी छैनन् । तितो सत्यकी दीपककी श्रीमती दीपा तितो सत्य यूनिटले निर्माण गर्न लागेको फिचर फिल्ममा हिरोईन बन्ने कुरा थियो तर ठूलो द्धारकी दीपा दुब्लाउन नसक्दा उक्त प्रोजेक्ट अलपत्र परेको छ ।

माओवादीका एघार नेतामाथि भारतिय अदालतमा परेको मुद्धा फिर्ता

तत्कालिन विद्रोही एकिकृत माओवादीका एघार नेतामाथि भारतिय अदालतमा परेको मुद्धा फिर्ता भएको छ । भारतको विहारस्थित पटना अदालत ले एकीकृत नेकपा माओवादीका ११ नेतालाई सफाइ दिएको छ । विहार राज्य सरकारले मुद्धा फिर्ताका लागि दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश वशिष्ठनारायण सिंहको इजलासले नेपालका माओवादीका नेताहरुलाई सफाईको आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राज्य सरकारको तर्फबाट सरकारी वकिल जयप्रकाश सिंहले माओवादी नेताहरुको मुद्धा फिर्ताका लागि बुधबार अदालतमा निवेदन दिएको थियो । यसअघि विहार सरकारले दुई साताअघि माओवादी नेताहरुको मुद्धा फिर्ता लिने नितिगत निर्णय गरेको थियो । प्रधानमन्त्री एवं उपाध्यक्ष डा बाबुराम भट्टराईको विहार भ्रमणको पूर्वसंध्यामा माओवादी नेताहरुमाथिको मुद्धा फिर्ता लिइएको हो । विहारका मुख्यमन्त्री नितिसकुमारको निमन्त्रणमा भट्टराई फागुन ५ गते विहार जाने तयारीमा हुनुहुन्छ ।
माओवादी नेताहरु चित्रबहादुर श्रेष्ठ, लोकेन्द्र विष्ट, कुलबहादुर केसी, कुमार दाहाल, हितबहादुर तामाङ, अनिल शर्मा, दिलीप महर्जन, मीनप्रसाद, रञ्जु थापा, सुमन तमाङ र श्यामकिशोर प्रसाद यादवलाई केही वर्ष जेल र जरिवानाको फैसला सुनाएको थियो । सन् २००४ मा पक्राउ परेका माओवादी नेताहरुविरुद्ध भारतविरुद्ध युद्ध छेड्ने प्रयास गरेको, देशद्रोह लगायतका मुद्धा लगाइएको थियो । त्यसपछि प्रधानमन्त्री भट्टराईले माओवादी नेताहरुको मुद्धा फिर्ताको पहल गर्नु भएको थियो ।

चितवनको शक्तिखोरमा भइरहेको माओवादी लडाकूको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ

चितवनको शक्तिखोरमा भइरहेको माओवादी लडाकूको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ। लडाकूलाई ‘चेक’ हस्तान्तरण गर्ने कार्य चलिरहेको समयमा तह विभाजनमा विवाद उत्पन्न भएपछि अवकाश प्रक्रिया रोकिएको हो।
चेक लिंदै गरेका लडाकूहरुले अनमिनले तय गरेको तह नमानी आफूहरुको आन्तरिक तह अनुसार चेक दिनुपर्ने बताएपछि अवकाश प्रक्रिया तत्कालका लागि रोकिएको हो। विवाद साम्य गर्न सेना समायोजन विशेष समिति संयोजकसहित सम्बन्धित पक्षको बैठक बसिरहेको बताइएको छ। स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूहरुको शुक्रबारबाट औपचारिक बिदाई सुरु भएको हो।
सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले स्वेच्छिक अवकाश रोजेका तेस्रो डिभिजन शक्तिखोरका सहकमाण्डर उदयबहादुर चलाउनेलाई चेक हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । चलाउने आठ लाख रुपैयाँ पाउनेमध्येका एक हुनुहुन्छ । उहाँले आज चार लाख रुपैयाँको चेक प्राप्त गर्नुभएको छ ।लडाकुलाई राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमध्ये कुनै एक बैंकको चेक र बाटो खर्चबापत रकम उपलब्ध गराइएको छ । तराईका लडाकुलाई दुई हजार, पहाडका लागि पाँच हजार र हिमालका लागि आठ हजार रुपैयाँका दरले बाटो खर्च उपलब्ध गराइएको छ ।सो शिविरमा आज ४७२ जनालाई चेक हस्तान्तरण गर्ने भनिए पनि ढिलो गरी सुरु भएका कारण थोरै लडाकुलाई मात्र चेक वितरण गरिएको छ । जसका लागि केन्द्रबाट १२ जना र शिविर व्यवस्थापनलगायत गरी १४ जनाको टोली तेस्रो डिभिजन शक्तिखोरमा खटिएका छन् । टोलीले करिब १२ दिनभित्र चेक वितरणको कार्य सक्ने लक्ष्य लिएको संयोजक शर्माले जानकारी दिनुभयो । पदअनुसार लडाकुले पाँच लाखदेखि आठ लाख रुपैयाँसम्म रकम बुझ्नेछन् । चितवनको शक्तिखोर शिविरमा तीनहजार ३५० मध्ये एकहजार १३७ जना स्वेच्छिक अवकाश रोजेका लडाकु छन्

विश्वको सबैभन्दा होचा पुरुषको उपाधि नेपालमा नै फर्कने देखिएको छ

विश्वको सबैभन्दा होचा पुरुषको पाएका नेपालका खगेन्द्र थापामगरकोउपाधि ८ महिनामात्रै कायम रह्यो। फिलिपिन्सका जुन्रे बालाविङले गएको जुन महिनामा १८ वर्ष पुगेपछि उनले गिनिज बुकबाट विश्वका होचा व्यक्तिको उपाधि पाएका हुन्। खगेन्द्र २६ इञ्च अग्ला थिए, बालाविङ भने २३।५ इञ्चमात्रै। तर अब फेरि यो उपाधि नेपालमा नै फर्कने देखिएको छ। यदि दावी सही हो भने दाङ जिल्ला पुरन्धरा–८ का चन्द्रबहादुर डाँगी विश्वकै होचो ब्यक्ति बन्ने छन्। उनको उचाइ २२ इञ्च मात्रै भनिएको छ। यदि २२ इञ्च नै सही हो भने त उनी अहिलेसम्म पृथ्वीमा भेटिएका मध्येका सबैभन्दा होचा पुरुष बन्ने छन्। यो कीर्तिमान भारतका गुल मोहम्मदको नाममा छ। १९९७ मा मरेका उनको उचाइ २२।५ थियो।
चन्द्रबहादुरको बारेमा सोमबार बल्ल थाहा पाइएको हो। तर उनी त ७२ वर्षका भइसकेका रहेछन्। विक्रम संवत् १९९६ सालमा सल्यानको रामपुर गा।वि।स।मा जन्मिएका रहेछन् उनी। अहिले उनको तौल मात्र १२ किलो छ।
२०६६ सालमा सल्यान जिल्लाबाट नागरिकता लिएका डांगीले अहिले सरकारले दिने वृद्ध भत्ता पनि बुझ्दै आएका रहेछन्। उनको बिहे भने भएको रहेनछ। उनी अहिले भतिजसंग बस्दै आएका रहेछन्।
उनको उचाइ २२ इञ्चमात्रै हो भने उनी नै विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा गिनिज बुकमा दर्ता हुनसक्छन्। तर यसका लागि केही प्रयासको खाँचो भने पर्छ। खगेन्द्रको नाम लेखाउन त खगेन्द्र थापा मगर प्रतिष्ठान खोलेर उनका काका मिनबहादुर राना लागेका थिए। 



पूर्वाञ्चलमा सुकेको कम्मर मर्काउँदा चर्चा पाए राजेश हमालले

युवाअवस्थामा राजेश हमालले 'साथी' चलचित्रमा कसिलो कम्मर मर्काउँदा जति चर्चा पाएका थिए त्यो भन्दा बढि चर्चा बिहिबार पूर्वाञ्चलमा भएको दमक महोत्सवमा सुकेको कम्मर मर्काउँदा पाए ।

करिब १२ बजे नै स्टेजमा पुगेका हमाललाई दर्शकहरू हेर्न निकै आतुर थिए तर आयोजकले दर्शकलाई हमालको दर्शन भेट करिब ४ घण्टा पश्चात मात्र गरायो । सवा चार बजे तिर स्टेजमा उक्लेका हमालले शुरूमा साथी चलचित्रको 'मलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउ न' बोलको गीतमा कम्मर मर्काएर दर्शकलाई तताए । त्यसपछि केहि चलचित्रका डाईलग प्रस्तुत गरेर गायक राजेश पायल राईसँग दर्शन नमस्ते भन्दै उनले दर्शकलाई उफारे ।

राजेश हमाललाई हेर्न भनेर हजारौंको संख्यामा दर्शक उपस्थित थिए तर आयोजकले राजेशलाई समयमा स्टेजमा नबोलाउँदा मैदान आधा भन्दा बढि खाली भईसकेको थियो । समयमा राजेशको प्रस्तुती हेर्न नपाएका दर्शक निन्याउरो मुख लिएर घर फर्कन बाध्य भए भने राजेशलाई कुरेर बस्ने दर्शकहरू भरपूर मनोरञ्जन लिएर हँसिलो मुद्रामा घर फर्किएका थिए ।

आफ्ना चर्चित गीत प्रस्तुत गरेका गायक राजेश पायलले पनि हमालको खुलेर तारिफ गरे । दुई राजेशको उपस्थितीले कार्यक्रम सफल भएको आयोजकको भनाई थियो ।

Kareena wedding preparations

Though Kareena and Saif are tight lipped about their BIG day, it is heard that the wedding preparations are on in full swing.If buzz is to be believed, Bebo has placed an order for a royal neck piece, costing about 40 Lakh. The necklace is said to extend from her neck to her waist. Made with 400 gm gold with expensive gems studded on it, such kind of necklaces are generally worn by the royals.The jewelery will be designed by a Rajkot-based Jeweler, who is pretty famous for designing such royal jewelery.Ritu Kumar is said to be designing Bebo’s wedding attaire. It is also heard that Saif plans to gift Bebo a big diamond rock as her wedding gift.source: Bollywoodcelebden

रातिको एकान्तमा अफिसभित्र शाहरुख र प्रियंकाले झण्डै ४ घण्टा बिताए

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाबीचको बढ्दो हेलमेलको विषय पछिल्लो समयमा निकै चर्चाको विषय बनिरहेको छ । प्रियंकासँग लहसिन थालेपछि शाहरुखको घरबार समेत बिगि्न लागेको हल्ला समेत चल्ने गरेको छ । दुबैजनाले आफुहरुको सम्बन्ध विशुद्ध मित्रवत् रहेको बताइरहेपनि हावा नचली पात हल्लिन्न भन्ने उखान पछिल्लो घटनाले पुष्टि गरेको छ । प्रियंकालाई आधारातमा शाहरुखको अफिसमा भेटिएपछि सामान्य मान्छेले पनि उनीहरुको सम्बन्धमा औँलो ठडाउने परिस्थिति बनेको हो । घटना येहीं जनवरी  को हो । मुम्बइको खार वेस्टमा रहेको शाहरुखको प्रोडक्सन अफिस रेड चिलिज मा राति ११ बजे प्रियंकाको प्रवेश भयो । रातिको एकान्तमा अफिसभित्र शाहरुख र प्रियंकाले झण्डै ४ घण्टा बिताए । बिहान ३ बजे मात्र प्रियंका शाहरुखको अफिसबाट निस्किइन् । प्रियंका शाहरुखको खोपीमा छिरेको खबर एक कान दुइ कान मैदान हुँदै फैलिएछ ।
त्यस्तो ब्रेकिङ न्युज थाहा पाएपछि त्यहाँ केही फोटोग्राफरहरु पुगिहाले । जब प्रियंका बाहिर निस्किइन् तब उनको सातोपुत्लो उड्यो । ढुकिरहेका फोटोग्राफरले क्लिक उनको फोटो खिचे । प्रियंका फोटोग्राफरसँग नराम्ररी रिसाइन् र पछि प्रियंकाका निजि गार्डले फोटोग्राफरलाई रोके । प्रियंका र शाहरुख आधारातमा रंगेहात भेटिएपछि बलिउडमा अहिले ठूलै तहल्का मच्चिएको छ । कतिपयले निकट भविष्यमा हुने मकाउ सिने अवार्डमा ती दुइले उद्घोषण गर्ने भएकाले रातिको एकान्त र फुर्सदको समयमा उद्घोषणको अभ्यास गर्न भेट गरेको हुनसक्ने पनि बताएका छन् ।

अब आउने भयो चिनियाँ रेल नेपालमा

पूर्ण बस्नेत,  चीनले तीव्र गतिमा विस्तार भइरहेको तिब्बत रेलमार्ग तीन वर्षभित्रै ल्हासाबाट सिगात्से पुग्ने र लगत्तै नेपालतर्फ विस्तार गरिने संकेत गरेको छ।चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणको क्रममा गत शनिबार तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गरिने जनाएलगत्तै बेइजिङमा यससम्बन्धी प्रगति विवरण सार्वजनिक भएको हो।

ल्हासा-सिगात्से खण्डमा पर्ने २ सय ५३ किलोमिटर रेलमार्गको ७७ प्रतिशत र उक्त भागमा पर्ने सुरुङ मार्गको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको तिब्बत क्षेत्रीय विकास तथा सुधार आयोगले मंगलबार जनाएको छ। 

‘तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेतर्फ रेलमार्ग विस्तार कार्य तीव्र गतिमा भइरहेको छ, सन् २०१५ सम्म यो पूरा हुनेछ,’ आयोग प्रमुख जीन सिसुनलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। 
बेइजिङस्थित दक्षिण एसिया मामिला विज्ञहरूले एक दशकभित्रै नेपाललाई रेलमार्गले जोड्ने चीनको तयारी रहेको जनाएका छन्। चीनको राज्य परिषद् अन्तर्गतको संस्था सिआइसिआइआरको दक्षिण तथा दक्षिण पूर्व अध्ययन केन्द्रका निर्देशक हु शिशेङ नौ वर्षभित्र तिब्बत रेलमार्ग नेपालसँग जोडिने बताउँछन्।

‘तीन वर्षभित्र ल्हासाबाट सिगात्से र लिन्ची जोडिन्छ,’ शिशेङले नागरिकसँग भने, ‘२०२० सम्म चीनलाई कम्तीमा दुईवटा रेलमार्गले दक्षिण एसियासँग जोड्ने छ- केरुङ वा कोदारी हुँदै नेपाल र यान्दोङ नाथुला नाकाबाट गान्तोक (भारत)।’ पाँच वर्षअघि ल्हासा आइपुगेको रेलमार्ग सिगात्से जोड्ने कार्य अघिल्लो वर्ष सुरु भएको थियो। एक वर्षमै आधा काम सकिएकाले तोकिएको समयअघि नै निर्माण पूरा हुने अनुमान अधिकारीहरूले गरेका छन्। सगरमाथा फेदीमा पर्ने तिब्बतको दोस्रो ठूलो प्रशासनिक केन्द्र सिगात्से भारत, भुटान र नेपालको सिमा नजिकै पर्छ।

विश्वको सबभन्दा अग्लो भूभागमा बग्ने यार्लुङ जाङ्बो (ब्रह्मपुत्र) नदीको सबभन्दा गहिरो खोँच र अग्ला पहाड छिचोलेर रेलमार्ग सिगात्से निकाल्ने काम धमाधम भइरहेको छ। एक सय २० किलोमिटर प्रतिघन्टाका दरले दुई घन्टा दस मिनेटमा ल्हासाबाट रेल सिगात्से पुग्नेछ। ‘गो वेस्ट’ नीतिअन्तर्गत तिब्बतको विकासमा केन्द्रित भएको चीन सरकारले १२ औं पञ्चवर्षीय योजनामा यो खण्ड निर्माणका लागि करिब डेढ खर्ब रुपैयाँ छुट्टयाएको थियो।

भारत र चीनबीच सेतु बन्ने सूत्र खोज्दै आएका प्रधानमन्त्री बाबुराम भट्टराई तिब्बत रेलमार्ग काठमाडौं जोड्ने जियाबाओको भनाइबाट निकै प्रसन्न देखिन्छन्। हिमाल छिचोलेर रेल आएपछि दक्षिण र पूर्वी एसियाबीच रहेर नेपालले तीव्र आर्थिक विकास गर्न सक्ने भट्टराईको तर्क छ। जियाबाओको भ्रमणका क्रममा ‘आर्थिक लगानी र रेलमार्ग विस्तारबारे चीनले स्पष्टसँग कुरा राखेको’ भन्दै भट्टराईले ल्हासा रेलमार्ग लुम्बिनीसम्म विस्तार गरी भारत र चीनबीच नेपाल ‘भावनात्मक र भौतिक पुल’ बन्न सक्ने अर्थ्याएका थिए।

जियाबाओको भ्रमणको क्रममा तिब्बत रेलमार्ग नेपाल जोड्नेबारे निर्णायक छलफल र औपचारिक सम्झौता हुने ठानिएको थियो। आठबुँदे सम्झौतामा नपरे पनि द्विपक्षीय वार्तामा काठमाडौंसम्म रेल ल्याइदिन चीन सकारात्मक देखिएको नेपाली पक्षले जनाएको छ।

‘हामी पहिलेदेखि नै नेपालको सिमासम्म रेलमार्ग विस्तार गर्ने योजनामा छौं, नेपाल सरकारको अनुरोधअनुसार काठमाडौंसम्म विस्तार गर्नेबारे गम्भीर रूपमा विचार गर्छौं,’ जियाबाओलाई उद्धृत गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने।
डेढ महिनाअघि चीन भ्रमणबाट फर्कने क्रममा मन्त्री श्रेष्ठले काठमाडौंसम्म रेलमार्ग जोड्ने एजेन्डालाई बेइजिङले प्राथमिकतामा राखेको जनाउँदै जियाबाओको भ्रमणको क्रममा सम्झौता नै हुने बताएका थिए।

‘तिब्बतको सिगात्सेबाट रेलमार्ग केरुङ वा खासा हुँदै काठमाडौंसम्म विस्तारका लागि सर्वे गर्ने समझदारी भएको छ, यसलाई चीनले प्राथमिक एजेन्डामा राखेर टुंगो लगाउने भनेको छ,’ हङकङमा नागरिकसँगको कुराकानीमा श्रेष्ठले भनेका थिए, ‘चीनले लुम्बिनीसम्मै रेलमार्ग विस्तार गर्ने इच्छा देखाएको छ, हामीले पहिला काठमाडौं, त्यसपछि लुम्बिनीसम्म विस्तारको प्रस्ताव राखेका छौं। यसबारे चिनियाँहरू निकै सकारात्मक छन्, तर अझै निर्णायक चरणमा पुगिसकेका छैनौं।’

काठमाडौंसम्म रेलमार्ग जोड्ने चर्चा भए पनि औपचारिक सम्झौता नभएकाले यसबारे प्राविधिक अध्ययन र सर्वे हुन सकेको छैन। तर बेइजिङस्थित स्रोतहरूका अनुसार चीनले खासा भएर रेलमार्ग नेपालसम्म जोड्न कठिन भएकाले केरुङ नाका हेरिरहेको छ। उक्त क्षेत्रमा स्याफ्रुबेसी-रसुवागढी सडक निर्माण गरिरहेको चीनले रेलमार्गको सम्भाव्यता अध्ययन पनि गरिसकेको स्रोतको दाबी छ।

अहिलेसम्म दुईवटा सडक मार्गले नेपाललाई चीनको तिब्बतसँग जोड्छ। कोदारी सडकले तिब्बतको खासासँग जोड्छ भने चीनकै लगानीमा निर्माण भएको स्याफ्रुबेसी-रसुवागढी सडकले केरुङसँग। त्रिशुलीबाट करिब ८४ किलोमिटर उत्तरमा पर्ने रसुवागढीलाई चीनले तिब्बततिरबाट २२ किलोमिटर सडक निर्माण गरी केरुङसँग जोडिसकेको छ।

तिब्बतको केरुङलाई नयाँ व्यापार केन्द्रका रूपमा तीव्र विकास गरिरहेकाले चीनले सिगात्सेबाट केरुङ भएर रेलमार्ग नेपाल जोड्ने तयारी गरेको धेरैको अनुमान छ। स्याफ्रुबेसी-रसुवागढी सडक परियोजनाका पूर्वप्रमुख महेश्वरलाल श्रेष्ठका अनुसार ‘खासासम्म रेलमार्ग पुर्‍याउन सम्भव र उपयोगी छैन भन्ने चीनले बुझेको छ, तसर्थ रेलमार्ग सिगात्सेबाट केरुङतिरै मोडिन्छ।’

गणतन्त्र चीनका पहिलो राष्ट्रपति सन् यातसेनले सन् १९१९ मै तिब्बत रेलमार्ग परिकल्पना गरेका थिए। माओत्सेतुङले १९५५ मा यसको सम्भाव्यता अध्ययन गराए पनि १९८४ मा मात्र यसको पहिलो खण्डमध्ये चीनको छिङहाई प्रान्तको राजधानी सिनिङबाट गोलमुढसम्म ८ सय १५ किलोमिटर निर्माण गरिएको थियो। छिङहाई-तिब्बत दोस्रो खण्डमा पर्ने १ हजार १ सय ४२ किलोमिटर निर्माण सुरु हुन अर्को १७ वर्ष पर्खनुपर्‍यो। तिब्बत रेलमार्गको यो खण्ड विश्वकै सबभन्दा अग्लो भूभागको रेलमार्ग हो। तत्कालीन चिनियाँ प्रधानमन्त्रीले झु रोङ्जीले यसलाई ‘मानव इतिहासको एक अभूतपूर्व परियोजना’ का रूपमा अर्थ्याएका थिए।

छिङहाई-तिब्बत खण्डको १ हजार १ सय ४२ मध्ये ९ सय ६० किलोमिटर समुद्री सतहबाट चार हजार मिटर उचाइमा पर्छ भने ५ सय ५० किलोमिटर क्षेत्र पूरै हिउँले ढाकिएको हुन्छ। हिउँ जमेको ठाउँमा सय र अन्य क्षेत्रमा १ सय २० किलोमिटर प्रतिघन्टाका दरले दौडने रेल विश्वकै अग्लो भूभागमा छिटो दौडने रेल मानिन्छ।

२००६ जुलाइमा छिङहाई-तिब्बत रेलमार्ग उद्घाटन गर्ने क्रममा राष्ट्रपति हु जिन्ताओले यसलाई अर्को ‘आश्चर्य’ का रूपमा अर्थ्याउँदै ‘अन्ततः चिनियाँ जनताको सपना साकार भएको’ उद्घोष गरेका थिए। छिङहाई-तिब्बत रेलमार्ग गोलमुढ-सिनिङ हुँदै बेइजिङ जोडिन्छ। चीनको राजधानी बेइजिङबाट तिब्बतको ल्हासा पुग्ने एकमात्र स्थल मार्ग यही हो। बेइजिङबाट ४८ घन्टामा एउटै रेलबाट ल्हासा पुग्न सकिन्छ।

नेपालको सिमासम्म रेलमार्ग विस्तार गर्ने आकांक्षा माओले १९६० मै राखेका थिए। चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वमा रहेका माओका नाति पुस्ता पनि उनको सपना साकार पार्न दत्तचित्त देखिन्छन्। २००८ अप्रिलमा विदेश विभागका उपमन्त्री आई पीङको नेतृत्वमा काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग तिब्बत रेलमार्ग नेपालको सिमासम्म विस्तार गर्ने चीनको योजनाबारे औपचारिक जानकारी गराएको थियो।

प्रधानमन्त्री बनेलगत्तै बेइजिङ पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ पक्षसँग पहिलोपटक रेलमार्ग लुम्बिनीसम्म नै विस्तार गर्नेबारे छलफल गरेका थिए। ल्हासा-लुम्बिनी रेलमार्ग बन्यो भने चीन र भारतलाई जोड्ने त्यो सबभन्दा सुगम आधार बन्ने र नेपालले त्यसबाट आर्थिक लाभ लिन सक्ने दाहालको तर्क छ।
‘प्रधानमन्त्रीका रूपमा पहिलोपटक बेइजिङ जाँदा नै मैले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग ल्हासादेखि लुम्बिनीसम्म रेलमार्ग जोड्ने प्रस्ताव राखेको साँचो हो,’ दाहालले गत वर्ष सांघाई आउँदा नागरिकसँग भनेका थिए, ‘हाम्रो पर्यटन र आर्थिक जीवनमा यो रेलमार्गले नयाँ युग नै ल्याउँछ भन्ने लागेर पछि पनि मैले यो विषय निरन्तर उठाएको छु।’

तत्कालीन प्रधानमन्त्री माधव नेपाल चीन भ्रमणमा आएको बेला बेइजिङबाट प्रकाशित हुने अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले गरेको अनलाइन सर्वेमा सहभागीमध्ये ९६ प्रतिशतले नेपालसम्म रेलमार्ग विस्तार गर्नुपर्ने मत दिएका थिए। पत्रिकाले सम्पादकीयमा हिमाल छिचोल्न कठिन भए पनि चीनको राष्ट्रिय सुरक्षा रणनीतिसँग सम्बन्धित भएकाले रेलमार्ग नेपालसम्म जोड्नुपर्ने तर्क गरेको थियो।

‘जतिसुकै महँगो भए पनि चीनले यो रणनीतिक रेलमार्गलाई काठमाडौंसम्म विस्तार गर्नैपर्छ, किनकि राजनीति, अर्थतन्त्र र सुरक्षामा यसको ठूलो महत्व छ,’ ग्लोबल टाइम्सले लेखेको थियो।

बेइजिङले कहिलेसम्म काठमाडौंमा रेल पुर्‍याउँछ भन्ने कुरा हिमालय रणनीतिमा पनि भर पर्नेछ। चार हजार मिटर अग्लो हिमाल छिचोलेर काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने बेइजिङको चासो नेपाललाई ‘ट्रान्जिट’ बनाएर दक्षिण एसियामा व्यापार विस्तार गर्नेमा सीमित छैन। तिब्बतको सुरक्षासँग सम्बन्धित हिमालय रणनीतिअनुसार नेपाललाई रेल-सडक सञ्जालसँग जोडेर चीन आफ्नो सिमा सुरक्षा सुनिश्चित गर्न चाहन्छ।
‘तिब्बतमा स्थिरता र सिमा सुरक्षा दुवै महत्वपूर्ण विषय हुन्,’ शिशेङ भन्छन्, ‘द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सन्तुलनका लागि पनि रेलमार्ग अति महत्वपूर्ण छ।’
रेलमार्गसँगै विस्तार हुने व्यापारले नेपाल एसियाकै एउटा महत्वपूर्ण ‘ट्रान्जिट राष्ट्र’ र ठूलो पर्यटक गन्तव्य पनि बन्न सक्नेछ। बेइजिङ-ल्हासा-काठमाडौं रेलमार्गले नेपाललाई अन्तर्राष्ट्रिय रेल-सडक सञ्जालसँग जोड्ने छ र ठूलो बजारसम्म पुर्‍याउने छ।

Earth Ambassador Sunita Basnet

दक्षिण कोरियाको SungkongHoe Univesity मा पढ्ने सुनिता बस्नेतले केही समय अघि तपाईँहरुको सहयोगको अपेक्षा गरेकी थिइन Your Big Year नाम गरिएको बिश्वब्यापी प्रतियोगितामा आफूलाई बिजयी बनाउन । स्मलर अर्थ (Smaller Earth) नामक संस्थाले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएका थिए जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ जना छनौट भएका थिए, जसमा सुनिता पनि एक हुन।


 Smaller Earth नामक संस्थाद्धारा सञ्चालित Your Big Year को बिश्वब्यापी प्रतियोगितामा सहभागी विश्वका २१२ देशका ६० हजार युवा-युवतीबाट पहिलो चरणमा छानिएका १११ जनाबाट बिजयी १२ जनामध्येमा परेर Smaller Earth Ambassador भएकी छिन सुनिता बस्नेत । अब ग्लोबल एम्बेसडर बन्नको लागि उन्ले केही चरण पार गर्नु पर्नेछ र भबिस्यमा पुन: उन्लाई हाम्रो सहयोगको आवश्यकता पर्न सक्नेछ । यसरी विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएको प्रतियोगिताबाट जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ बाट १२ जनामा परी Smaller Earth Ambassador हुन सफल भएकीमा सुनिता बस्नेतलाई हाम्रो बधाई र आगामी चरणहरु पार गरेर ग्लोबल एम्बेसेडर बन्न सफल होस भन्ने हाम्रो शुभ-कामना छ,

अमेरिका को सत्तारुढ दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्वमा एक नेपाली पुग्न सफल भएका छन् ।

सत्तारुढ दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्वमा एक नेपाली पुग्न सफल भएका छन् । राष्ट्रपति बाराक ओबामाको दल डेमोक्रेटिक पार्टीको भर्जिनिया राज्यको लाउडन काउन्टीको स्थानीय नेतृत्वमा यसरी पहिलोपटक नेपाली मूलका हरि शर्मा सर्वसम्मतरुपमा पार्टीको कोषाध्यक्षको पदमा पुगेका हुन्। गत शनिबार भएको सोही काउन्टीको डेमोक्रेटिक पार्टीको स्थानीय तहको निर्वाचनमा शर्मासँगै प्रतिस्पर्धामा रहेका अन्य दुई उम्मेदवारले शर्माको समर्थनमा आ-आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्। उनी विगत १३ बर्षदेखि डेमोक्रेटिक पार्टीमा सकृय छन्। गत राष्ट्रपति निर्वाचनमा बाराक ओबामाको पक्षमा उनी निकै सकृयतापूर्वक चुनाब प्रचार प्रसारमा संलग्न थिए। सोही पार्टीको स्थानीय नेतृत्वमा सर्वसम्मत भएपछि ग्लोबनेपाल डट कम सँग कुरा गर्दै शर्माले भने, अवसरको यो भुमि अमेरिकामा आफुले चाहेको गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरणको पहिलो प्रयासको रुपमा मैले यो जिम्मेवारीलाई लिएको छु। यसमा म एक आप्रवासी नेपालीको नाताले गौरव महसुस गर्दछु।
२३ बर्ष अघि उच्चशिक्षा अध्ययनका लागि अमेरिका छिरेका ललितपुर झम्सीखेल पुर्ख्यौली थलो भएका शर्मा यहाँको नेपाली समुदायमा पनि सकृय छन्। पेशाले उनी पब्लिक एकाउण्टेन्ट भएता पनि सामाजिक रुपमा एएनए, एनआरएन लगायतका नेपाली सँघसंस्थामा पनि उनी उत्तिकै कृयाशील छन्। सहयोगी र मिलनसार व्यक्तित्वका धनी शर्मा अमेरिकी राजनीतिक दलको स्थानीय संगठनको कोषाध्यक्ष जस्तो जिम्मेवार पदमा पुग्ने सम्भवत: हालसम्मकै पहिलो नेपाली मूलका व्यक्ति हुन्। यसपटक स्थानीय पार्टी नेतृत्वको भूमिका आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका कारण पनि निकै महत्वपूर्ण हुनेछ। दुई बर्षे कार्यकालका लागि डेमोक्रेटिक पार्टीका रजिष्टर्ड सदस्यहरुले मात्र मतदान गर्न पाउने स्थानीय तहको निर्वाचनमा अरु मतदाता पनि कोही नेपाली थिए कि भन्ने ग्लोबनेपाल डट कम को जिज्ञासामा शर्मा भन्छन्- लाउडन काउन्टीमा एक हजार भन्दा बढी नेपाली बसोबास गरिरहेको अनुमान छ, तर यहाँको पार्टी राजनीतिमा भने मैले अहिलेसम्म एकजना पनि नेपाली भेटेको छैन।
अब शर्माको व्यस्तता अझ बढ्नेछ किनकि पार्टी नेतृत्वभित्र पनि पार्टीका काउन्टी अध्यक्षसहितका दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष रहेको पाँच सदस्यीय कार्यकारी समिति हुनेछ। जसले पार्टी संगठनका महत्वपूर्ण विषयमा र आगामी राष्ट्रपति निर्वाचनका लागि स्थानीय संगठनलाई सशक्त रुपमा परिचालन गर्नुपर्नेछ। त्यसो त संगठनका अन्य रणनीति पनि पाँच जनाको यही समितिले तय गरेर कार्यसमितिमा प्रस्तुत गर्नेछ। यसका लागि कोषाध्यक्ष शर्मालाई पार्टीले पार्टी सन्चालनका लागि लिसवर्ग भन्ने ठाउँमा छुट्टै कार्यालयको व्यबस्था गरिदिएको छ। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा भर्जिनिया राज्यका सिनेटर मार्क हेरिङ र लाउडन काउन्टीका बोर्ड
सुपरभाइजरसहित अन्य सिनियर डेमोक्र्याटहरु सहभागी थिए।
यसअघि क्यालिफोर्नियामा रहेका नेपाली मूलका रोजर अधिकारीले डेमोक्र्याट पार्टीबाट स्थानीय काउन्सिल सदस्यको उम्मेदवार भएर चुनाव लडेका थिए। अहिले नेपाली मूलका अर्का दर्शन रौनियार आगामी संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ(कँग्रेस) को लागि डेमोक्रेटिक पार्टीकै तर्फबाट वाशिंगटन राज्यबाट उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन्। तर पार्टी नेतृत्वमा पुग्ने चाहिं सम्भवत: शर्मा नै पहिलो नेपाली हुन्।

बलिउडका नायिकाहरुको कुनै इभेन्टमा आधा घण्टा उपस्थित हुन कति रकम लिन्छन त


बलिउडका स्टार नायिकाहरुले प्रत्येक कार्यक्रममा आफ्नो उपस्थिति बापत भारी रकम लिने गरेका छन् । त्यसैगरी बलिउडका स्टार नायकका पत्नीहरु पनि कार्यक्रममा उपस्थितिबापट राम्रो रकम लिने गर्दछन् । त्यसमध्य सबैभन्दा बढी लिने नायककी पत्नीमा पर्छिन बलिउड सुपरस्टार शाहरुख खानकी पत्नी गौरी खान । उनी नायिकाहरु भन्दा केही कम छैनन्। उनी इभेन्ट आयोजकको सबैभन्दा रुचाइएकी सेलिब्रेटी पत्नी हुन्। जसका कारण कुनै इभेन्टमा आधा घण्टा उपस्थित हुन उनलाई १५ देखि १७ लाख तिर्नुपर्छ। आधा घण्टाको लागि यति रकम तिर्नुपर्ने उनी पहिलो सेलिब्रेटी पत्नी हुन्।
गौरीसँग न कुनै फिल्म छ न त कुनै ठूलो उपलब्धी तर पनि इभेन्ट आयोजकको आँखामा उनी सबैभन्दा अघि पर्छिन्। शाहरुख खान सबैभन्दा ठूला ब्राण्ड नाम हुन् भने स्टाइलिस गौरी पनि के कम। शाहरुखकै पत्नी भएकी कारण पनि उनी त्यति धेरै पपुलर भएकी थुप्रै आयोजक बताउँछन्। त्यसमा पनि उनलाई शाहरुखले निर्माताको लिष्टमा पुर्याएका छन्। शाहरुखका थुप्रै चलचित्र निर्माण गरिसकेकी गौरी आफ्ना पतिको प्यासिभ पार्टनर भन्दा पनि आफैमा सेलिब्रेटी हुन्।

त्यस्तै यदि आमिर पत्नी किरण राव पनि स्पटलाइटमा आउन चाहे उनको माग पनि उत्तिकै हुने आयोजक बताउँछन्। यसैगरी बलिउड नायिकाहरु प्रति उपस्थिति कति लिन्छन  त ?

बलिउडका नायिकाहरुको प्रति उपस्थिति
करिना कपुर ५० लाख
कट्रिना केफ ५० लाख
प्रियंका चोपडा ४५ लाख
दीपिका पादूकोन २५ लाख
सोनम कपुर २५ लाख
विपाशा बासु २५ लाख
अनुष्का शर्मा १८ देखि २० लाख
विद्या वालन १५ देखि २० लाख
प्राची देसाइँ ४ देखि ५ लाख
नेहा धुपिया ५ देखि ६ लाख

नायिकाहरू साँस्कृतिक कार्यक्रमका लागि बिदेश जान्छन् एउटा न एउटा म्युजिक भिडियोमा अभिनय गरेर फर्कन्छन्

बिशेषगरी नायिकाहरू साँस्कृतिक कार्यक्रमका लागि बिदेश जान्छन् र एउटा न एउटा म्युजिक भिडियोमा अभिनय गरेर फर्कन्छन् । हट एण्ड सेक्सी नायिका शुष्मा कार्कीले पनि यहि क्रमलाई निरन्तरता दिएकी छिन् । अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा आयोजना भएको न्यू ईयर बिशेष कार्यक्रममा भाग लिन गत बुधबार कतार प्रस्थान गरेकी शुष्माले राजेश पायल राईको एल्बम 'राई इज कीङ' मा रहेको 'रित्ति सके खुसी मेरा' बोलको गीतमा अभिनय गरिन् । दोहा कतारको रमणिय स्थानहरूमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोमा थुप्रै नायिकाहरूसँग म्युजिक भिडियोमा अनुभव बटुलेका मोडल बिएस राणा र भानु शर्माको साथमा सैलेन्द्र कठायतले अभिनय गरेका छन् । भिडियोलाई भविन्द्र तामाङ र उद्दव राईले संयुक्त रूपमा निर्देशन गरे ।


नायक सुमन सिंह, गायक स्वरूपराज आचार्य, बद्री पंगेनी, गायिका जुनु रिजाल, हाँस्यकलाकार धुर्मुस सुन्तली लगायतका कलाकारको साथ कतार पुगेकी शुष्माले बिदेशमा म्युजिक भिडियोमा अभिनय गर्दा छुट्टै मज्जा आएको बताईन् । मोडल भानु शर्माका अनुसार शुष्मा काम गर्न निकै सजिलो कलाकार हुन् । फ्रेण्ड्ली वातावरणमा काम गर्दा निकै मज्जा आएको उनको भनाई छ ।

यसअघि नायिका नन्दिता केसी, युना उप्रेती, सोभिता सिंखडा लगायतका नायिकाहरू कतारको मरूभुमिमा रमाईसकेका छन् ।

स्तनको वढ्दो आकारका कारण समस्यामा परेकी छन् बलिउडकी नायिका आयशा टाकीया

मुम्बई। कतिपय नायिका आफ्नो सानो स्तनका कारण चिन्तित भएको समाचार आउँदा कतिपयलाई भने ठूलो आकारको स्तनको कारणले समस्या परेको छ। पछल्लो समयमा बलिउडकी नायिका आयशा टाकीयालाई यस्तै समस्या परेको छ।
समाचारमा जनाइए अनुसार टाकिया आफ्नो स्तनको वढ्दो आकारका कारण समस्यामा परेकी छन्। स्वास्थ्मा समेत समस्या देखिन थालेपछि उनले स्तनको आकार घटाउन चाहेकी छन्। ठूलो स्तनको वोझ काँधमा परेपछि उनले केहि समयदेखि समस्या वेहोर्दै आएकी थिइन्।
भारतीय सञ्चारमाध्यमा बताइए अनुसार यसअघि उनले आफ्नो स्तनको आकार बढाउन हार्मोनयुक्त इन्जेक्शन लिएकी थिइन्। इन्जेक्सन लिएपछि आएशा टाकियाको स्तनको आकार ‘डी’ साइजको भएको थियो। ‘डी’ साइजको स्तन धेरैजसो विवाहित महिला वा पोर्न स्टारको हुने गरेको छ। आयशालाई आफ्नो यहि ‘डी’ साइजको स्तनको कारण काँधमा समस्या झेल्नु परेको बताइएको छ। यसै कारण आयशाले आफ्नो स्तनको आकार घटाउने निर्णय लिएको उनको निकट स्रोतलाई उदधृत गर्दै समाचारमा बताइएको छ। उनले चाँडै नै स्तनको शल्यक्रिया गराउने सोच लिएकी छन्।