तान्त्रिक बिद्या पढ्न थाले बिधार्थी

ओखलढुंगाको बिलन्दु गाविसस्थित कल्पेश्वर माविका सातजना छात्रा विद्यालय छाडेर चार महिनादेखि धामीझाँक्री विद्या पढ्न थालेका छन् । विद्यालयको पढाइभन्दा धामीझाँक्री विद्या प्रभावकारी हुने भन्दै उनीहरूले झाँक्री विद्या सिक्न थालेका हुन् ।
बिलन्दु १ र २ का १२ देखि १६ वर्ष उमेरका छात्राले विगत चार महिनादेखि धामीझाँक्री विद्या सिक्न थालेका छन् । कक्षा ५ मा अध्ययनरत संगीता गुरुङ, कक्षा ७ की सुनिता गुरुङ, रुकमाया गुरुङ, शिवमाया गुरुङ, गोमा गुरुङ, तुलसा गुरुङ र कक्षा १० की मिना गुरुङले विद्यालय छोडेर धामीझाँक्री विद्या सिकिरहेको विद्यालयका प्रधानाध्यापक रामजी दाहालले बताए ।गुरुङ समुदायका यी सबै छात्रा धामी बनेपछि ३ महिनासम्म विद्यालयको पठनपाठन अवरोध भएको प्रधानाध्यापक दाहाल
ले बताए । 'गत वर्ष विद्यालयमा  अचानक बिरामी परेका छात्रा अभिभावकले कुलपूजा गरेपछि ठीक भएका थिए । त्यही समयदेखि उनीहरू धामीझाँक्रीको विद्यातिर आकषिर्त भएका हुन्,' उनले भने, 'गाउँमा धामीझाँक्री विद्या सिक्ने लहर चलेपछि विद्यायलको पढाइमा असर परेको छ ।'

बिरामी परेका किशोरीलाई स्थानीय धामी दीलिप गुरुङले झारफुक गरेर ठीक बनाएको स्थानीय कमला मगरले बताइन् । अहिले पनि उनीहरूलाई दीलिपले झाँक्री विद्या सिकाउँदै आएका छन् । 'पोहोर साल कसैले निको नपारेको समस्या धामीले ठीक पार्‍यो, त्यसपछि हामीले धामी विद्या सिक्न थालेका हौँ,' किशोरी धामी सुनिता गुरुङले भनिन् ।
ती किशोरीमा छुट्टाछुट्टै देवी, जंगली देवी र वन झाँक्री उत्पन्न भएको र सोहीअनुसारको विद्या आफूले सिकाइरहेको धामी दीलिपले बताए । किशोरी धामीहरू अहिले धान्यपूणिर्मा, हरिवोधनी एकादशी, शिवरात्री, बालाचतुर्दशीलगायत चाडपर्वको अवसर पारेर नजिकैको देवीस्थानमा मेला लाग्दा आफ्ना गुरु दीलिप गुरुङका साथमा सामूहिक रूपमा नाच्दै दर्शन गर्न जाने गरेका छन् । गाउँमा कोही बिरामी भएर झारफुकका लागि बोलाउन आउँदा किशोरी धामीहरू गुरुसँगै गएर झारफुक गर्ने गरेको शिक्षिका ताराकुमारी खतिवडाले बताइन् । 'उनीहरूले आफ्नो गुरुसँगै गएर सिक्ने गरेका छन्,' उनले भनिन् ।

एसएलसीको नतिजा मा हुनुहुन्छ जानी राखे राम्रो

एसएलसी परीक्षाको नतिजामा चित्त नबुझाउनेहरूले नतिजा प्रकाशित भएको १५ दिनभित्र नै पुनर्योग  गर्नुपर्ने भएको छ । विगतमा नतिजा प्रकाशित भएको ३५ दिनभित्र पुनर्योग  गर्न सक्ने प्रावधान थियो ।
परीक्षा नियन्त्रक सूर्य गौतमले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकालाई संशोधन गरी नयाँ व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । उहाँले एसएलसी पूरक परीक्षा सुरु हुनुअघि नै पुनर्योग  नतिजा विद्यार्थीले प्राप्त गर्न सकून् भनेर यस्तो व्यवस्था गरिएको बताउनुभयो

विगतमा परीक्षार्थीहरूले पूरक परीक्षा दिएपछि पुनर्योग  नतिजा प्राप्त गर्ने गर्दथे र कतिपय परीक्षार्थीहरू पुनरयोग बाट नै उत्तीर्ण हुने गरेका थिए । त्यस्तै, निर्देशिकाले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको नियुक्तिमा राजनीतिक भागबण्डालाई अन्त्य गर्न नयाँ व्यवस्था लागू गरेको छ ।
परीक्षा नियन्त्रक गौतमले परीक्षा केन्द्र तोकिएको विद्यालयका प्रधानाध्यापक स्वतः त्यस केन्द्रको केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको जानकारी दिनुभयो । "अब यस्तो व्यवस्थाबाट राजनीतिक भागबण्डाको अन्त्य हुनेछ", उहाँले भन्नुभयो ।
यसैगरी, सहायक केन्द्राध्यक्ष हुन माध्यमिक तहको शिक्षक र निरीक्षक हुन निम्नमाध्यमिक तहको वा प्राथमिक तहको शिक्षक हुनै पर्ने व्यवस्था गरिएको छ । विगतमा जिल्ला शिक्षा कार्यालयसितको पहुँचका आधारमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकमा अन्य व्यक्तिहरू पनि नियुक्त हुने गर्दथे ।

सुकुम्बासी शिल्पाको घरमा

बलिउड अभिनेत्री शिल्पा शेट्टीलगायत अरू कलाकारको अधिनमा रहेको बेलायतस्थित घर सुकुम्बासीहरूको एक समूहले कब्जा गरेका छन्। सर्रे, वेब्रिजस्थित सेन्ट जर्जस् हिलमा अवस्थित निवासस्थानमा बस्न थालेका मानिसहरूलाई घुसपैठको रूपमा शंका गरिएको डेली मेल पत्रिकाले जनाएको छ।शिल्पाको उक्त निवास यसअघि एल्टन जोन, रिंगो स्टार र केट विन्स्लेटको अधिनमा रहिसकेको थियो। ३० लाख पाउन्ड पर्ने ६ वटा बेडरुम भएको उक्त घरमा ६ जना सुकुम्बासीहरू एक महिनादेखि बस्दै आएका छन्। आफूहरूले कुनै गैरकानुनी काम नगरेको दावी उनीहरूको छ।
उक्त घर ६ वर्षदेखि त्यतिकै छाडिएको थियो र घर लथालिंग अवस्थामा थियो। सम्भव भएसम्म लामो अवधि बस्ने योजना सुकुम्बासीहरूको छ।
‘म यहाँ बस्दा गैरकानुनी हुन्छ जस्तो लाग्दैन, मैले यो ठाउँ गुगल म्यापमा भेटाएको हुँ, यहाँ आउँदा सबै भताभुंग र घर पनि खुल्ला थियो,' एक सुकुम्बासी स्टेफन साइबल्स्कीले भने।मिडियाले आफूसँग सोध्दै नसोधी गर्भवती भएको समाचार लेखेपछि तनावमा रहेकी शिल्पाले केही दिनअघि आफू गर्भवती नभएको खण्डन गरिसकेकी छिन्।

छोडी गए पाप लाग्ला अब काठमाडौँ मा लाग्ने भयो

गत वर्ष चलचित्र विकास बोर्डबाट ‘राष्ट्रिय फिल्म अवार्ड' पाउन सफल ‘छाडी गए पाप लाग्ला' शुक्र रिलिज हुने भएको छ।  रिलिजको पालो पाए पनि राजनीतिक अन्यौलका कारण प्रदर्शन मिति सारेको निर्माता केशव भट्टराईले बताए।


‘स्थिति नाजुक देख्दादेख्दै फिल्म चलाउन मन लागेन। अब त केही दिनलाई राजनीति गर्नेहरू पनि थाक्छन् कि,' काठमाडौंका १५ हलमा फिल्म चलाउने निश्चत गरेपछि उनले  भने। विशेष फिल्मको कोटामा समेत परेको ‘छोडी गए पाप लाग्ला' सुशील पोखरेलको फिल्म ‘जय शिब शंकर' पछि रिलिज गर्न निर्माता संघले निर्णय गरेको थियो।


त्यसैले फिल्मले सन्तोषजनक व्यापार गर्न नसकिरहेको अवस्थामा पनि भट्टराई फिल्म चलाउन तम्सिएका छन्।
‘स्थिति त राम्रो छैन। तर, राम्रो फिल्म चल्छ कि भन्ने आश बोकेर कम्मर कसेको हुँ,' उनले भने। उज्ज्वल घिमिरेद्वारा निर्देशित यो फिल्मले निर्देशनसहित सात विधामा अवार्ड पाएको थियो।फिल्मका कलाकार लाखापाखा लागेकाले प्रचार/प्रसारमा कठिनाइ भएको उनले गुनासो गरे।
‘बिराज भट्ट मुम्बई, ऋचा घिमिरे आफ्नै फिल्मको सुटिङमा, सञ्चिता मिडियामा त्यति आउन चाहँदिनन्।
त्यसैले अलिक समस्या नै परेको छ,' भट्टराईले भने। तर, कलाकारलाई हल हलमा लैजाँदा व्यापार बढ्छ भन्नेमा चाहिँ उनलाई विश्वास छैन।

‘फिल्मको गीत पहिलादेखि नै चर्चित छ। विभिन्न अवार्ड पाएको फिल्म हो। त्यसैले राम्रै होला भन्ने आश गरेको छु,' काठमाडौं बाहिरका हलहरूमा करिब डेढ वर्षअघि रिलिज भएको फिल्मका निर्माताले भने।

श्रीमती मनीषा संग सम्राट को बिग्रदो सम्बन्धले प्रश्न उठाएको छ

 नेपालमा मनीषा कोइराला र सम्राट दाहालको वैवाहिक सम्बन्धमा समस्या आएको हल्ला चलिरहेका बेला भारतीय सञ्चारमाध्यमले पनि दुइको सम्बन्धका बारेमा प्रश्न उठाएका छन्। 
सञ्चारमाध्यमको सो समाचारलाई विश्वास गर्ने हो भने यो दम्पतीले आफनो सम्बन्धलाई बिर्सन चाहेको छ। बैङ्लोर टाइम्सका अनुसार सम्राटले भारतमा रहेकी श्रीमती मनीषालाई लिएर काठमाडौं र्फकन चाहेका छन्। यो जोडी कलकत्तामा सँगै देखिएको र केही समयपछि नाम नखुलाइएको स्थानमा छलफल गर्न गएको बताइएको छ।
मनीषाले सामाजिक सञ्जाल फेसबुकमा सम्बन्धविच्छेद कार्डमा छ’ भन्ने वाक्य लेखेपछि यी दुइबीचको समस्याग्रस्त सम्बन्धका बारेमा र्सार्वजनिक भएको थियो। बलिउडलाई बाइबाई गरेर विवाह गरेकी मनीषा विवाहको ५ महिनापछि पुनः मुर्म्बई नै र्फकंदा यो कुरालाई कसैले आर्श्चर्य नमानेको सञ्चारमाध्यमले जनाएका छन्। दम्पतीको समस्यालाई मनीषाले अस्वीकार गरे पनि कुरा बिग्रिइसकेको छ’, पत्रिकाले लेखेको छ- तर सम्राट विवाहलाई अन्त्य नगरी श्रीमतीसँग बसेर समस्याको निकास निकाल्न चाहन्छन्।’

स्रोतका अनुसार त्यही कामका लागि सम्राट मुर्म्बई पुगेका हुन्। सामाजिक सञ्जालको भेट, विस्तृत डेटिङ र छिटो विवाहका कारण मनीषाले सम्राटलाई चिन्न सकिनन्’, स्रोतले भन्यो- त्यस कारण सम्राट आफूबाट टाढा रहून् भन्ने मनीषाको चाहना छ।’ पत्रिकाका अनुसार मनीषाका परिवार र साथी उनलाई खुसी देख्न चाहन्छन्। तर मनीषाका केही व्यक्तिसँगको विवादास्पद सम्बन्धले उनले गरेका प्रतिबद्धतामा शंका उब्जेको स्रोतले दाबी गर्यो। 
२०६७ असार ५ गते सम्राटसँग काठमाडौंमा परम्परागत समारोहबीच विवाह गरेकी मनीषाको बलिउडमा रहँदा व्यक्तिगत जीवन चर्चामै र³यो। बलिउडका कलाकार नाना पाटेकर, नेपालका लागि अस्ट्रेलियाका पर्वराजदुत क्रिस्पिन कोनरोय, अमेरिकी लेखक क्रिस्टोफर डोरिस र अमेरिकाका होटल व्यवसायी विक्रम चटवालसँगको सम्बन्धले पनि उनी चर्चामा आइरहन्थिन्

अब इडीभी को बिज्ञापनमा राजेश हमाल

नेपाली कलाकारलाई अमेरिका प्रवेशको सर्न्दर्भमा पछिल्लो समयमा कडाइ गर्दै आएको नेपालस्थित अमेरिकी दूतावासले आफनो देशले दिँदै आएकोर् इडीभीका सम्बन्धमा निर्माण गरेको भिडियो विज्ञापनमा नायक राजेश हमाललाई खेलाएको छ।
नक्कली इडीभी बनाउने गिरोहले हैरान पारेपछि यसका बारेमा तथ्य जानकारी गराउन र सन्देश प्रवाह गर्न बनाएको विज्ञापनमा नायक हमाललाई खेलाएको हो। सो विज्ञापनको सुटिङसमेत गरिसकिएको छ। अमेरिका ममार्फ नेपाली नागरिकसँग चेतना विस्तार गर्न चाहन्छ’ -हमालले भने। विज्ञापनको निर्देशन अभय पाण्डेले गरेका छन्।
दूतावासले सो विज्ञापन आफनो वेबसाइट र नेपाली सञ्चारमाध्यममार्फ प्रकाशन-प्रसारण्ँ गर्ने योजना बनँएको स्रोतले जानकारी गराएको छ। केही वर्षघि अमेरिकामा चलचित्र विषको प्रिमियरमा सरिक हुन भिसा माग्दा अमेरिकी दूतावासले उनलाई समेत सरी फर दिस टाइम, प्लिज ट्राई एगेन’ भन्दै भिसा दिएको थिएन। तर गत वर्षमात्र उनी निजी भ्रमणका सिलसिलामा अमेरिका पुगेका थिए।

केही दिनअघि मात्र गायक राजेशपायल र्राईलाई पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो। नेपाली कलाकारहरू कार्यक्रमको बहाना बनाएर अमेरिका जाने र उतै लुकेर बस्ने गर्न थालेपछि अमेरिकी दूतावासले नेपाली कलाकारलाई भिसा दिनमा कडाइ गर्न थालेको हो। पछिल्लो समयमा पनि भीम तुलाधर, नलिना चित्रकारलगायत केही संगीतकर्मी कार्यक्रमको बहाना बनाएर अमेरिका गई उतै बसेका छन्। त्यसयता दूतावासले कुनै पनि कलाकारलाई आफनो देशको भिसा दिएको छैन।

अमेरिकन आइडल 2011

 अमेरिकन आइडल सारै नै लोकप्रियताका साथ आगाडी बढी को छ अहिले आएर सबै को मन मा नै छुने गरेको बिसेष सुत्र ले जनाएको छ सोहि आइडल मा आफ्नो प्रतिभा को विशेष प्रस्तुती देखाउँदै जोनिफर लोपेज र अन्य ???



मोडलहरूको मूल्य १० हजारदेखि ६० हजार सम्म












एल्बमको प्रवर्द्धनमा म्युजिक भिडियोको प्रयोग बढेपछि मोडलहरूले मोटो पारिश्रमिक पाउन थालेका छन्। हिजोआज हरेक गीतको एउटा भिडियो अनिवार्य जस्तै भइसकेको छ। जसले गर्दा नाम चलेका कलाकार तथा मोडलको कमाइ सुध्रिएको छ।

गीत जतिसुकै स्तरीय भए पनि भिडियोबिना रिलिज गर्ने चलन छैन। भर्खरै नयाँ एल्बम ‘रंगाउँ कि म' रिलिज गरेका गायक निमा रूम्बाका अनुसार भिडियो हेरेकै भरमा दर्शकले गीत सुन्ने गर्छन्।
‘आजकल गीत सुन्ने भन्दा पनि हेर्न प्रचलन बढेको छ। त्यसैले एल्बम रिलिज गर्नुअघि भिडियो अनिवार्य भएको हो,' निमाले भने। गायक राजेशपायल राई पनि निमासँग सहमत छन्। ‘ भिडियो राम्रो भएन भने गीत चल्दैन। भिडियो राम्रो भयो भने ठिकठिकै गीत पनि चल्नसक्छ,' राजेशले भने।
आर्यन सिग्देल ६० हजार
झरना बज्राचार्य ४० हजार
नम्रता श्रेष्ठ ४० हजार
केकी अधिकारी ३५ हजार
नन्दिता केसी ३० हजार
निशा अधिकारी ३० हजार
ऋचा शर्मा १५ हजार
शंकर बिसी १० हजार
राम्रो बनाउने होडले गर्दा भिडियोको लगानीमा वृद्धि भएको छ। कुनै बेला ६० हजारमा तयार हुने भिडियो बन्न अहिले डेढ लाख रुपैयाँ लाग्छ।



भिडियोको बजेट चुलेपछि मोडलहरूको पनि पारिश्रमिक बढेको छ। तर, सबैका पारिश्रमिक फरकफरक छन्। निर्देशक आलोक नेम्बाङका अनुसार मोडलको प्रतिभा र क्रेजका आधारमा मूल्य तोकिन्छ। ‘नाम चलेका मोडलहरूले ६० हजारसम्म लिन्छन्,' उनले भने।

चर्चामा रहेका मोडलहरूको मूल्य १० हजारदेखि ६० हजार सम्म छ। अधिकांश मोडल निर्देशक हेरेरै काम गर्छन्।
‘राम्रो निर्देशकसँग काम गर्दा सजिलो हुन्छ। त्यस्तै गीतमा भन्न खोजेको कुराबारे निर्देशकले राम्ररी प्रस्तुत गर्न सक्छन्,' नम्रता श्रेष्ठले भनिन्। कमाइकै कुरा गर्ने हो भने अभिनेता आर्यन सिग्देलको पारिश्रमिक सर्वाधिक छ। उनी एउटा भिडियोमा अभिनय गरेवापत कम्तीमा ६० हजार लिन्छन्।
‘काम गरेअनुसार डिमान्ड हुने हुँदा उनलाई ६० हजार नै दिएको छु,' आलोकले भने। आर्यनपछि भने अभिनेत्री नम्रता श्रेष्ठ र झरना बज्रचार्यको मूल्य चर्को छ। उनीहरू दुवैले म्युजिक भिडियो खेल्दा ४० हजार लिने गरेका छन्। ‘म पहिला गीतको भाव नै सुन्छ। त्यसमा कलाकार को भन्ने प्रश्न गर्दिन। बरू निर्देशकको काम चाहिँ हेर्छु,' नम्रताले भनिन्।

अभिनेत्री झरना बज्राचार्य भने मेहनत अनुसार यतिको पारिश्रमिकमा सन्तुष्ट छैनन्। ‘काम गरेअनुसार रकम पाए, काम गर्नु पनि आनन्द हुन्छ,' झरनाले भनिन्। पछिल्लोपटक उनी गीतकार वसन्त चौधरीको एल्बमको गीतम देखिएकी थिइन्।

अभिनेत्री केकी अधिकारी भने ३५ हजार लिन्छिन्। विभिन्न भिडियोमा देखिइसकेकी केकीले शिव परियारको ‘क्या दामी भो' गीतबाट एक्कासी मूल्य बढाएकी हुन्। अभिनेत्री नन्दिता केसी र निशा अधिकारी भने ३० हजार लिने गर्छन्। ‘अनुभव र कामअनुसार ३० हजार लिने गरेको छु,' नन्दिताले भनिन्। निशा चाँडै नै आफ्नो पारिश्रमिक बढाउने सोचमा छिन्। ‘कलाकार भन्दा पनि गीतको अर्थलाई प्राथमिकतामा राख्छु,' निशाले भनिन्।

अर्की अभिनेत्रीहरू ऋचा शर्मा र रिमा विश्वकर्माले भने १५ हजारसम्म लिएका छन्। ‘अर्को पटक मूल्य बढाउँछु,' ऋचाले भनिन्। लोकदोहोरीमा चर्चित मानिने सम्झना बुढाथोकीले अहिलेसम्म १० हजार लिएकी छिन्।

‘गीत सुन्छु। अनि बल्ल काम गर्छु,' उनले भनिन्। लोक दोहोरीमै चर्चामा रहेका शंकर बिसीले पनि १० हजार नै लिने गरेका छन्। लोकदोहोरी ६० देखि ९० हजारमा तयार हुन्छ। ‘आजसम्म करिब ४ सय म्युजिक भिडियोमा अभिनय गरिसकेको छु,' उनले भने।

प्रायः सबैले चर्चामा रहेका निर्देशक आलोक नेम्बाङ, भूषण दाहाल र प्रसन्न पौडेलसँग काम गर्दा धेरै मूल्य लिने गरेका छन्।

म हक्की स्वभावकी "नन्दिता केसी"

                                                                                                
नन्दिता केसी नेपाली रजतपटको छवर्षे यात्रामा इन्द्रेणी, हामी तीन भाइ, बाटोमुनिको फूल जस्ता फिल्ममा देखिइसकेकी छन् । सपना, मालतीको भट्टी, मृगतृष्णा, भनिदेऊ न माया गर्छु उनका आउन लागेका फिल्म हुन् । उनी म्युजिक भिडियोहरूमा पनि उति नै आइरहेकी हुन्छिन् । अर्घाखाँचीको नरपानीमा जन्मेहुर्केकी उनले दर्शन जिन्दगीको, परिचय जस्ता टेली सिरियलमा पनि खेलेकी छन् ।
भमराहरूले कत्तिको दुःख दिन्छन् ?
घुम्दा होलान्, तर मलाई थाहा छैन । मलाई फिल गराउने गरी कसैले पछ्याए जस्तो लाग्दैन । म सानैदेखि केटा जस्तो व्यवहार गर्ने खालकी हुँ । मलाई बुवाआमाले अझै पनि साइँली छोरी होइन, कान्छो छोरो भन्नुहुन्छ । म दादाकै पाइला पछ्याउँदै हुर्केकी हुँ । उहाँले मलाई भलिबल र क्यारम खेल्न सिकाउनुभएको छ । नरपानीमा  देउसीभैलो खेल्दा, सांस्कृतिक कार्यक्रम गर्दा दादा लिडर भएर हिँड्नुहुन्थ्यो, म उहाँसँगसँगै हुन्थें ।
दादाले नरपानीका केटाहरूलाई भेला पारेर कराते सिकाउनुहुन्थ्यो, मलाई पनि सँगसँगै सिकाउनुहुन्थ्यो । म हक्की स्वभावकी भएर पनि होला, भमराहरू मैले थाहा पाउने गरी अघि परेका छैनन् ।केटीहरू बढी बुझ पचाउने स्वभावका हुन्छन् ।म त एकदम स्पष्टवादी छु । मनमा जे कुरा छ बाहिर त्यही भनिदिन्छु । म मनमा कुरा गुम्साएर राख्न सक्दिनँ । स्कुलमा पढ्दा केटहरूले चिठी पठाउने, कोहीमार्फत कुरा पठाउने त गर्थे तर मेरो ध्यान त्यता गएन ।पहिलो चिठी कति कक्षामा पढ्दा पाउनुभएको थियो ?  म सात कक्षा पढ्दा मभन्दा सिनियर केटाले मेरी एउटी साथीमार्फत चिठी पठाएको थियो । तर मैले पढेपछि च्यातेर फ्याँकिदिएकी थिएँ । 
तपाईं अहिलेसम्म सिंगल हो ?एकदमै । यसमा शंका नगर्नुभए हुन्छ । मलाई अहिलेसम्म सिंगल लाइफ नै रमाइलो भइरहेको छ ।
छोरी साधु हुन्छे कि क्या हो भनेर घरपरिवारमा चिन्ता होला नि ?

त्यस्तो छैन । 'बिहे गर्नुपर्ने होइन ?' भनेर आमाबुवा कहिलेकाहीं कुरा गर्नुहुन्छ । जन्म, विवाह र मृत्युको डेट अलरेडी फिक्स्ड भइसकेको हुन्छ । मैले उहाँहरूलाई 'समय आएपछि गरौंला नि, किन आत्तिनुहुन्छ ?' भनिदिने गरेकी छु । साधु नै चाहिँ बन्दिनँ म पनि ।  
तपाईंलाई मान्छेहरूले किन मन पराउँछन् होला ?
मेरा आँखाको कारण होला । सबैले मेरा आँखाकै तारिफ गर्छन् । मेरो हँसाइको पनि कुरा गर्छन् ।
जीउडालको ?
जीउडालको कुरा गर्ने मान्छे चाहिं अझसम्म भेटेकी छैन ।

तपाईंलाई चाहिँ कुन अंग मन पर्छ ?

आँखा ।

कुनै कुरा सुधार्ने वरदान पाए ?

हाइट अलि बढाउँथें होला ।

मन पर्ने नेपाली हिरो ?

सबैजना आपmनो ठाउँमा राम्रो हुनुहुन्छ । तर ह्यान्डसम, डयासिङको हिसाबले राजेश हमाल ।

उहाँ अविवाहित भएकाले हो ?

होइन होइन । उहाँले अब चाँडै विवाह गर्दै हुनुहुन्छ ।

उहाँले केटी रोजिसकेको छु, मभन्दा आधी उमेरकी छ भन्नुभएको छ ।

हो, उहाँले केटी रोजिसक्नुभएको छ तर त्यो म होइन । मैले सुनेअनुसार उहाँले रोजेकी केटी विराटनगरकी हुन् ।

आखिर मा तीन महिना म्याद त थपियो के हुन्छ हेरौ?

आखिर मा म्याद त थपियो ?तर यो थपिएको समय मा पनि सत्ता को तानालुछी मा न बितोस जनता लाई संबिधान देउ यही नै शुभकामना छ ६०१ जनालाई?  संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको छ। मतदानमा सहभागी ५०८ मध्ये ५०४ ले पक्षमा मत दिएका थिए भने विपक्षमा चार मत मात्रै परेको थियो।
 दुई तिहाइ बहुमतले विधेयक पारित भएको घोषणा सभामुख सुवास नेम्वाङले गर्दा बिहानको साढे पाँच बजेको थियो।  आजै बिहान राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गरेका छन्।व्यवस्थापिका-संसद्को आज बिहानको बैठकमा सभामुख सुवास नेम्वाङले अन्तरिम संविधानको नवौं संशोधन पारित गरिएको विषयको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए। संसद्को अर्को बैठक यही जेठ २० गते शुक्रबार अपराह्न ३ बजे बस्ने कार्यक्रम छ।

राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले विधेयकको विरोध सूचना प्रस्तुत गरेका थिए सो प्रस्ताव बहुमतले अस्वीकृत

संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न  व्यवस्थापिका संसदको बैठक राति सवा ११ बजे सुरु भएको छ। बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेका  छन्।  स‍ंसद बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुखले घोषणा गरे पनि अहिलेसम्म बस्न सकेको छैन।
  यसअघि  संसदमा संविधान सभाको म्याद थप गर्ने उद्देश्यले संविधान संशोधन गर्न सरकारले ल्याएको विधेयकको विरोधकोराप्रपा नेपालका सभासद चन्द्रबहादुर गुरुङले  सूचना प्रस्तुत गरेका थिए। त्यसको जवाफ कानुन मन्त्री प्रभु साहले दिएपछि बहुमतले सो प्रस्ताव अस्वीकृत भएको थियो। त्यसपछि कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि सं‍सद राति ११४४ बजे १५ मिनेटका लागि स्थगित भएको थियो।

हतियार सजिलै बुझाइन्नँ : प्रचण्ड


माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रगतसँग साटेका हतियार सजिलै राज्यलाई बुझाउन नसकिने स्पष्ट पारेका छन् । 'रगतसँग साटिएका हतियार सजिलै माओवादीले बुझाउँछ भन्ने कसैलाई लागेको छ भने त्यो सत्य हुनेछैन,' प्रचण्डले लडाइँ जारी रहेको उल्लेख गर्दै भनेका छन्, 'लडाइँको मोर्चामा बीचमै पीठ फर्काएर हिडिन्नँ, बरु छाती थापेर सहिद भइन्छ ।'
कृष्णसेन इच्छुकको स्मृति प्रतिष्ठानले उनको स्मृति दिवसमा शुक्रबार गरेको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको म्याद थप्न हतियार राज्यलाई बुझाउनुपर्ने कांग्रेसको सर्त मान्न नसकिने बताए । सर्तमाथि सर्त तेर्साएर कांग्रेसले माओवादीलाई आत्मसमर्पण गराउन खोजेको उनको भनाइ थियो ।



संविधानसभाको म्याद थप्ने वा नथप्ने विषयमा राजनीतिक दलहरूबीच मतभेद रहेकै वेला प्रचण्डले पेचिलो लडाइँ जितेरै छाड्ने पनि बताएका छन् । 'राष्ट्रिय स्वाधीनता र मुक्तिका निम्ति लडाइँ जित्नैपर्छ र हामी जित्छौँ,' उनले भने, 'अहिले निकै पेचिलो ढंगले लडाइँ चलिरहेको छ, नेपाली जनताप्रति घात गरिने छैन, अन्तिम समयसम्म इमानदार भएर लडछौँ ।'
माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्तिप्रक्रिया, संविधान निर्माण र सत्ता साझेदारीमा प्याकेजमा सहमति गरेर संविधानसभाको म्याद थप्नुपर्ने बताएका छन् । उनले संविधानसभा विघटन भए ६० वर्षसम्मका आन्दोलनका उपलब्धिहरू गुम्ने भएकाले म्याद थप्नुपर्ने बताए । 
नवौँ कृष्णसेन 'इच्छुक' स्मृति दिवसका अवसरमा शुक्रबार क्रान्तिकारी पत्रकार संघले राजधानीमा गरेको कार्यक्रममा नेता भट्टराईले संविधानसभाको म्याद ६ महिनासम्म बढाउनुको विकल्प नभएकाले दलहरू आ-आप\mनो ढिपी छाडेर कुनै न कुनै सहमतिमा आउनैपर्ने औँल्याए । 'संविधानसभा अहिलेसम्मकै राजनीतिक आन्दोलनका सबैभन्दा ठूलो राजनीतिक उपलब्धि हो, यसलाई बचाउनुपर्छ,' नेता डा. भट्टराईले भने, 'केही राजनीतिक दलको कडा र अनावश्यक अडानले सहमति हुन गाह्रो भइरहेको छ, छलफल गरेर समाधानको उपाय खोजिनुपर्छ, यसका लागि शान्तिप्रक्रिया, संविधान निर्माण र सत्ता साझेदारीमा प्याकेजमा समाधान खोजिनुपर्छ ।' 
माओवादी सचिव सिपी गजुरेल गौरवले सेना समायोजनको मोडालिटीमा सहमति नबनुन्जेलसम्म सरकारलाई हतियार नबुझाउने बताए । हतियार सेना समायोजनको प्रक्रियासँग जोडिएकाले प्रक्रिया अगाडि नबढेसम्म कुनै पनि हालतमा हतियार नबुझाइने उनको तर्क थियो । 
'जसको सरकार भए पनि प्रक्रिया नपुर्‍याई कुनै पनि हालतमा हतियार बुझाउँदैनौँ । हतियार नै बुझाएपछि सेनासँग के बाँकी रहन्छ ? अनि समायोजन को सँग हुन्छ ?' गौरवले भने, 'समायोजन प्रक्रियामा गएपछि लडाकुको हतियार सरकारले लिने र आवश्यकताअनुसार हतियार दिने काम हुनुपर्छ । तत्काल हतियार बुझाउ भन्ने कुरा स्विकार्य छैन ।' 
सेना समयोजन प्रक्रियापूर्व हतियार बुझाउनुपर्छ भन्ने तर्क वृहत् शान्ति सम्झौताविपरीत हुने पनि नेता गौरवको दाबी छ । हतियार बुझाउने सर्तमा माओवादी संविधानसभाको म्याद थप्ने पक्षमा नरहेको र बरु म्याद नथपिए आउने दुर्घटनाको सामना गर्न आफ्नो पार्टी तयार रहेको उनले बताए । 'हामी जटिल समस्याको सामना गर्दै आएका हौँ, अब पनि सामना गर्न तयार छौँ ।'
माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल सुनिलले अराजकता, हिंसा र प्रतिगमनबाट मुलुकलाई बचाउन राष्ट्रिय सहमतिको सरकारसहित प्योकजमा सहमति खोज्न आवश्यक रहेको बताएका छन् । उनले जनमुक्ति सेनासँग भएका हतियारको व्यवस्थापन गर्न सकिने, तर राज्यलाई बुझाउन नसकिने पनि बताए । 
'हतियारबारे मध्यमार्गी बाटो अपनाउन सकिन्छ, माओवादीलाई पनि नहारेजस्तो र कांग्रेसलाई पनि नझुके जस्तो हुने गरी बीचको बाटो अपनाउन सकिन्छ,' शुक्रबार सञ्चारक्रर्मीसँगको भेटमा नेता पौडेलले भने, 'उच्चस्तरीय संयन्त्र बनाएर त्यस मातहत राख्न सकिन्छ, हतियार व्यवस्थापन गर्न सकिने कुरा हो, तर तत्काल बुझाउन सकिँदैन ।' 
संविधानसभाको म्याद थप र उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्माण गरेर त्यसको मातहत जनसेनाका हतियार राख्ने तथा राष्ट्रिय संयुक्त सरकारले नै देशलाई बर्बादीबाट बचाउने पौडेलको भनाइ थियो । राष्ट्रिय सहमति बन्यो भने सरकारले राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खोल्नुपर्ने उनको तर्क छ । माओवादीले प्रधानमन्त्रीमा उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई अघि सारे राष्ट्रिय सहमतिका लागि सम्भावना बलियो हुने दाबीसमेत उनको थियो । 
संविधानसभाको म्याद थप नभए मुलुक अन्त्यहीन द्वन्द्वतिर जाने उल्लेख गर्दै नेता पौडेलले संविधासभा नरहे कांग्रेस, माओवादी, राष्ट्रपति कसैसँगै पनि मुलुकलाई नियन्त्रण राख्ने हैसियत नहुने बताए । उनले त्यस्तो अवस्था आउँदा १२ बुँदे यताको राजनीतिक यात्रा सकिने र त्यसपछि जनसेना पनि ब्यारेकमा बस्न नसक्ने भन्दै त्यसपछि अवस्था झनै जटिल हुने बताए  

परेवा लाँदै हुनुहुन्छ मनकामना खबरदार





मनकामना दर्शनका लागि आउँदै हुनुहुन्छ ? परेवा लिएरचाहिँ नआउनुहोला । परेवासहित आउनुभयो भने तपाईंलाई केबलकारबाट ओर्लनेबित्तिकै प्रहरी र मनकामना क्ष्ाेत्र विकास समितिका कर्मचारीले फर्काइदिने छन् । र्फकन नमाने तपाइर्ंले परेवा केबलकारको माथिल्लो स्टेसनमा राखेपछि मात्र मन्दिर दर्शन गर्न पाउनुहुने छ ।

 लामो समयदेखि भक्तजनले उडाएका परेवा मर्ने गरेको र तिनको सुलीले मन्दिर वरपर दुर्गन्ध फैलेपछि उडाउन नपाइने पुरानो नियममा कडाइ गरिएको हो ।


मनकामना क्षेत्र विकास समिति, प्रशासन कार्यालय र मनकामना गाविसले परेवा उडाउन रोक्दै २०६५ सालमा गरेको निर्णयमा कडाइ गरेको समितिकी कार्यकारी अधिकृत खिलमाया थापाले बताइन् ।


तर परेवाको फोहोरले मन्दिर वरपर हैजा नै आउने खालको वातावरण सिर्जना भएपछि पूरै चेकजाँच गरेर मात्र भक्तजनलाई मन्दिर प्रवेश गराउन थालिएको छ ।' परेवा ल्याए/नल्याएको जाँच गर्न पैदल यात्रा गर्ने नाका र केबलकारबाट उत्रने ठाउँमा प्रहरी र कर्मचारी खटाइएको छ ।

मन्दिर आसपासका क्ष्ाेत्रमा परेवाको व्यापार गर्नसमेत रोक लगाएको समितिले जनाएको छ ।


दैनिक उडाइने परेवा मन्दिरमा बनाएको खोरमा अट्दैनन्, करिब सय जोर मात्र अट्छन् । तर मन्दिर वरपर अहिलेसम्म तीन सय जोरभन्दा बढी परेवा छन् । शुक्रबार र शनिबारबाहेक मन्दिरमा दैनिक पचास जोरभन्दा बढी परेवा आउने गरेको थापाले बताइन् । 'शुक्रबार र शनिबार त्यसको तुलनामा दोब्बर हुन्छ । जसले गर्दा रोग भित्रिन नदिन परेवा उडाउन नपाइने नियम राख्नुको अर्को विकल्प हामीसँग थिएन,' उनले भनिन् ।
कतिपय भक्तजनले प्वाँखै उम्रन सुरु नभएका परेवासमेत ल्याएर छाड्ने गरेकाले मरेर दुर्गन्ध फैलेको गाविस सचिव नारायण सापकोटाले बताए । 'उड्न सुरु गरेका कतिपय परेवा पनि तराईका हुँदा रहेछन् । तिनलाई यहाँको हावापानी नमिलेर मर्ने गरेका छन्,' सापकोटाले भने, 'दैनिक दस जोरभन्दा बढी परेवा मर्ने गरेकाले मन्दिर क्ष्ाेत्र दुर्गन्धित हुने गरेको छ ।'

समितिले परेवा उडाउन नपाइने नियमबारे चितवन, धादिङ र गोरखाका प्रशासन तथा मन्दिर छिर्ने नाकामा रहेका संघसंस्थालाई पत्राचार गरेको छ । परेवाको व्यापार गर्ने र लुकिछिपी मन्दिरमा उडाउनेलाई कारबाही गर्नेसमेत निर्णय गरिएको समितिले जनाएको छ ।

मोबाइल को दुनिया मा सगरमाथाको चुचुरोमा एनसेलको थ्रिजी

सगरमाथाको चुचुरोमा एनसेलको थ्रिजी (थर्ड जेनेरसन)   मोबाइलबाट कुरा गर्न सकिने प्रमाणित भएको छ । हालै बेलायती पर्वतारोही केन्टन कुलले सगरमाथाको टुप्पोबाट कुरा गरेका छन् ।
“एनसेलले सगरमाथामा थ्रिजी सेवा उपलव्ध गराएको सुनेर मलाई संसारको सबैभन्दा अग्लो चुचुरोबाट आफ्नी श्रीमतीलाई ट्विट गर्ने रहर लागेपछि आरोहण गरेको हुँ,” बेलायती पर्वतारोही केन्टनले भने “पूरै संसारलाई ३६० डिग्रीको कोणमा म जसरी देखिरहेको छु, त्यसको रोमाञ्चलाई वर्णन गर्न म असम्भव छु ।”
एनसेलको सिग्नल खुम्बु क्षेत्रमा प्रभावकारी भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यहाँका शेर्पा समुदायले आफूलाई विश्वसँग जोड्न निकै सजिलो महसुस गरेको विज्ञप्तिमा जनाइएको छ । “सञ्चारको क्षेत्रमा भएको विकासको अभिन्न अंग हुन पाएकोमा हामी खुसी छौं,” एनसेलका कार्यकारी अधिकृत पासी कोइस्टेननले भने ।

डिसहोम को सनसनी नेपालमा

डाइरेक्ट टु होम (डीटीएच) सेवाप्रदायक कम्पनी डिस टिभी र होम टिभी प्रालि मर्ज भइसकेपछि एउटै स्याटेलाइटबाट च्यानल प्रसारण हुने भएको छ । एउटै कम्पनीले दुईवटा स्याटेलाइट प्रयोगमा ल्याउनु आवश्यक नभएको भन्दै डिस–होमले भैंसीपाटीस्थित अर्थस्टेसनबाट सेवा दिने भएको हो । कम्पनीले एउटै स्याटेलाइटमा रुपान्तरण गर्न लागेकाले करिब १५ दिनयता सेवामा समस्या देखिएको छ ।
सुरुमा भिन्दाभिन्दै अर्थस्टेसनबाट सेवा लिएका ग्राहकले अब एउटै अर्थस्टेसनबाट सेवा पाउने भएका छन् । “दुईवटा अर्थस्टेसन राख्दा धेरै आर्थिक भार पर्छ,” डिस–होम प्रालिका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, “एउटै कम्पनीका लागि दुईवटा आवश्यक छैन, त्यसैले बिस्तारै दरबारमार्गको अर्थस्टेसन बन्द गरी भैंसीपाटीबाट मात्रै सेवा दिन लागेका छौं ।” उनका अनुसार ग्राहकले एम्पेग–४ प्रविधिमा आधारित सेवा पाउँछन्

होम टिभीले भैंसीपाटी र डिस टिभीले दरबारमार्गबाट च्यानल प्रसारण गरेका थिए । अब डिस–होमले ‘रिसिभिङ लुक एंगल’ ६४.२ डिग्रीबाट सेवा दिनेछ । यसअघि डिस टिभीले ५०ं डिग्री एंगल बनाई स्याटेलाइट राखेको थियो । डीटीएच सेवाका लागि ४५ डिग्रीभन्दा माथिको लुक एंगल राम्रो मानिने प्राविधिकहरूले बताएका छन् । जति लुक एंगल कम भयो, त्यति नै होचो भवन वा अन्य चिजले असर पार्छ ।

पछिल्लो समय टेलिभिजनको पर्दामा एकपछि अर्को च्यालन परिवर्तन हुँदा समय लाग्ने, सेटिङ गरिएको स्थानमा अन्य च्यानल आउने र तस्बिरको गुणस्तर कम हुँदै जाने समस्या देखिएको सीतापाइलाका डीटीएच प्रयोगकर्ता मनोज श्रेष्ठले कारोबारलाई बताए । “मैले होम टिभीबाट लिएको हो, पहिला छिटो चल्थ्यो, अहिले धेरै कम गतिमा चल्छ,” उनले भने, “शुल्क तिरेर पनि राम्रो सेवा पाउन सकिएन ।”
डिसले ७२ मेघाहर्ज स्यास्टेलाइट स्पेस लिएको छ । यसबाट ८० वटासम्म गुणस्तरीय च्यानल देखाउन सकिन्छ । ७० च्यानलका लागि ८ हजार ५ सय ४५ (भ्याटसहित) रुपैयाँ शुल्क तय गरिएको छ । कम्पनीले उपभोक्तालाई मासिक किस्ताबन्दीमा सेवा उपलब्ध गराएकोे छ । सुरूमा नगद २ हजार तिरेपछि मासिक ४ सय ५० रुपैयाँ दुई वर्षसम्म तिर्नुपर्छ ।
डीटीएच सेवा सञ्चालनका लागि प्रसारण अनुमतिपत्र र अर्थस्टेसनको अनुमति सूचना तथा सञ्चार मन्त्रालयले दिने गरेको छ । प्रसारण इजाजत अनुमतिपत्रका लागि २५ हजार रुपैयाँ र अर्थस्टेसन लाइसेन्सका लागि १ लाख रुपैयाँ प्रतिच्यानल धरौटी राख्नुपर्छ ।
ठूलो लगानीमा भित्रिएका यी दुई कम्पनीले अहिले डिस–होम ब्रान्डको नाममा सेवा विस्तार गरेका छन् । एउटै व्यक्तिले धेरै डीटीएच सेवा लिएमा विशेष छुटको व्यवस्था गरिएको समेत कम्पनीले जनाएको छ ।
नेपाली डीटीएच बजारमा आए पनि ग्रामीण क्षेत्रसम्म पर्याप्त बजारीकरण हुनले पनि अवैध डीटीएचले स्थान लिएका छन् । अवैध रूपमा सञ्चालमा आएका डीटीएचले बर्सेनि अर्बाैं रुपैयाँ राजस्व छली गरी आफूखुसी च्यानल प्रसारण गरिरहेका छन् 

गम्भीर र पठान आईपीएलका महँगा खेलाडी,


छोटो स्वरूपको क्रिकेटमा इन्डियन पि्रमियर लिग -आईपीएल) ले खुबै चर्चा पायो । यसको स्वरूप जति छोटो छ, खेलाडीले पनि कम समयमै सर्वाधिक कमाउने अवसर पाए । रातारात खेलाडीको पोल्टामा लाखौं डलर भित्रियो ।यो वर्ष -सन् २०११) मा आई पीएलको चौथो संकरण भारतमा आयोजना हुँदै छ । खेलाडीको बोलकबोल-अक्सन) भर्खरै समाप्त भयो ।दस टिमले खेलाडीको स्तरअनुसार रकम लगाए ।भारतीय प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भीर यस वर्ष आईपीएलमा सबैभन्दा बढी रकममा बिक्री भए ।


कीर्तिमानी रकम पाएका गम्भीर २४ लाख अमेरिकी डलरमा बिक्री भए ।
लगातार तीन सिजन दिल्ली डेयरडेभिल्समा खेलेका गम्भीरलाई चौथो संकरणमा भारतीय चर्चित कलाकार साहरूख खानको कोलकता नाइट राइडर्सले ठूलो रकम खर्च गर्‍यो । उनी तेस्रो संस्करणमा दिल्लीका कप्तानसमेत बनेका थिए । गम्भीरले पछिल्लो समय दिल्लीबाट खेल्दाभन्दा १२ गुणा बढी रकम पाएका हुन् ।युसुफ पठान कीर्तिमानी रकम पाउने खेलाडीको दोस्रो नम्बरमा रहे । राजस्थान रोयल्सबाट खेल्दै आएका पठानलाई पनि कोलकाता नाइट राइडर्सले २१ लाख डलरमा भित्रायो ।यस्तै रोविन उथप्पा, रोहित शर्मा, इरफान पठान र युवराज सिंहले आईपीएफको चौथो संस्करणमा ठूलो रकम पाएकाछन् । रोविन उथप्पालाई नयाँ टिम साहारा पुने वारियर्सले २१ लाख डलरमा किनेको छ । रोहित शर्मा २० लाख डलरमा मुम्बई इन्डियन्समा प्रवेश गरे । भारतीय खेलाडीले अघिल्ला तीन संस्करणको भन्दा धेरै बढी रकम पाएका हुन् ।
भारतीय टिमबाट लामो समय बाहिर रहेका इरफान पठानलाई दिल्ली डेयरडेभिल्सले १९ लाख डलरमा किन्यो । पठानले अघिल्ला तीन संस्करण किंग्स-११ पञ्जाबबाट खेलेका थिए । पञ्जाबकै अर्का खेलाडी युवराज सिंहलाई साहारा पुने वारियर्सले १८ लाख डलरमा भित्रायो ।विदेशी खेलाडीमा सबैभन्दा मोटो रकम श्रीलंकाली खेलाडी महेला जयबर्द्धनेले पाए । अघिल्ला तीन संस्करण किंग्स-११ पञ्जाबमा खेलेका उनलाई नयाँ टिम डीएफएफ कोचीले १५ लाख डलर खर्च गर्‍यो । अस्टे्रलियाली खेलाडी डेबिड हसीलाई पञ्जाबले १४ लाख डलर तिर्‍यो ।पुराना केही चर्चित खेलाडीका लागि यो सिजनको आईपीएलले खुसी बनाउन सकेन् । कोलकाता नाइट राइडर्सका कप्तान रहेका सौरभ गांगुलीलाई कसैले किनेनन् । उनी भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान समेत हुन् । उनकै सूचीमा क्रिस गायल, ब्रायन लारा तथा मार्क बाउचर पनि परे ।आईपीएलको पहिलो संकरण सन् २००८ मा भएको थियो । त्यसमा राजस्थान रोयल्सले उपाधि जितेको थियो । दोस्रो संकरण २००९ मा दक्षिण अपि|mकामा भयो । भारतमा विधानसभा निर्वाचनका कारण सरकारले सुरक्षा दिन नसक्ने भएपछि भारतीय क्रिकेट बोर्डले प्रतियोगिता दक्षिण अपि|mकामा सारेको हो । त्यसमा डेक्कन चार्जर्स च्याम्पियन बन्यो । सन् २०१० मा महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किङ्सले बाजी मार्‍यो ।

एनसेलले ५० लाख ग्राहक भएको घोषणा गरेको छ

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ५० लाख ग्राहक भएको घोषणा गरेको छ एनसेल’ ब्रान्डसँगै तीव्र रूपमा ग्राहक वृद्धि भएपछि कम्पनीले मंगलबार ५० लाख पुगेको जनाएको छ एक वर्षको अन्तरालमा कम्पनीका ग्राहक शतप्रतिशतभन्दा धेरै वृद्धि भएका छन् । गत जेठमा ‘एनसेल’ ब्रान्ड घोषणा गर्दा कम्पनीका ग्राहक २२ लाख थिए । एक वर्षमा कम्पनीका २३ लाख ग्रहाक भएका छन् ।
अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय सेवा र नयाँ योजनाले मोबाइल प्रयोगकर्ताको रोजाइ भएको कम्पनीले जनाएको छ“यो अवस्थामा आउँदा हामी धेरै खुसी हुनुका साथै थप उत्तरदायित्व थपिएको अनुभूति भएको छ,”
कम्पनीका कार्यकारी अधिकृत पासी कोइस्टेनन्ले भने, “लोडसेडिङ ठूलो चुनौती थपिएकाले ५० प्रतिशत ग्रिन साइटबाट सोलार पावरबाट सञ्चालन गर्न सुरु गरेका छौं ।” बर्सेनि लोडसेडिङको चाप बढ्दै गएपछि सोलारमार्फत कार्बन बीटीएसबाटै बाटो र बिजुलीको पहुँच नपुगेका क्षेत्रमा मोबाइल सेवा दिएको हो ।

नेपालमा मोबाइलको पहँुच कुल जनसंख्याको ३५ प्रतिशतभन्दा धेरैकमा पुगेको छ । एनसेल ग्लोबल सिस्टम मोबाइल (जीएसएम) सेवामा पहिलो स्थानमा आउन सफल भएको छ । प्रतिस्पर्धी कम्पनी टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ता ४९ लाख ग्राहक नागेका छन् ।
५० औँ लाख नम्बरमा पर्ने नुवाकोटकी सुमित्रा पाण्डे क्षेत्रीलाई कम्पनीले मोटरसाइकल उपहार दिएको छ । “भविष्यमा पनि ग्राहकलाई यसरीनै योजना र सुविधाका साथै सेवालाई गुणस्तरीय बनाउन पहल गरिनेछ,” कम्पनीका कार्यकारी अधिकृत कोइस्टेनन्ले भने । 

भुवन केसीले बीच सडकमा वास्तविक 'धुलाइ' भेटे"

शर्मिलाका पतिले बीच सडकमा कुटिरहँदा भुवन भनिरहेका थिए, 'यो पागल हो, यो बेकुब हो’
फिल्मको पर्दामा गुन्डाहरूलाई 'रामधुलाइ' गर्दै आएका अभिनेता भुवन केसीले शनिबार बीच सडकमा वास्तविक 'धुलाइ' भेटेका छन् । 'रिल लाइफ'मा झगडापछि कुर्सीमा आराम गर्ने भुवनले 'रियल लाइफ'मा कुटाइ खाएर भाग्नुपर्‍यो । 
भुवनलाई बाटो छेकेर, गाडीबाट तानेर कुट्ने व्यक्ति उनकै नयाँ 'गर्लफ्रेन्ड' का पति हुन् । सम्पत्तिका लागि आफ्नी श्रीमती शर्मिला डंगोललाई बरालेको भन्दै उनका पतिले भुवनलाई हातपात गरेका हुन् । 
दोस्री श्रीमती सुस्मितासँग सम्बन्ध तोडेको घोषणापछि भुवनले २ वैशाखमा वरदान फिल्मको मुहूर्तमा ललितपुर कुपन्डोलमा बुटिक चलाउँदै आएकी शर्मिलालाई आपनी 'लेटेस्ट गर्लफ्रेन्ड' भनेर चिनाएका थिए । उनैै 'लेटेस्ट गर्लफ्रेन्ड' का पतिले भुवनलाई शनिबार दिउँसो ११:४५ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका हुन् । 
भुवन र शर्मिला गाडीमा कोटेश्वरबाट भक्तपुरतिर गइरहेका थिए । गाडी शर्मिलाले हाँकिरहेकी थिइन्, छेउमा भुवन थिए । तर, उनीहरूको गाडीलाई एउटा मोटरसाइकलले पिछा गरिरहेको थियो ।

मोटरसाइकलमा सवार पुरुषले आक्रोशित स्वरमा शर्मिला र भुवनलाई 'गाडी रोक' भन्दै कराइरहेका थिए । शर्मिलाले ती पुरुषको आदेशको वास्ता नगरी गाडी हाँकिरहेकी थिइन् । 
केही बेरपछि ती पुरुषले गाडी अगाडि लगेर मोटरसाइकल तेस्र्याए । शर्मिलाले बाध्य भएर गाडी रोकिन् । मोटरबाइकबाट झरेर ती पुरुषले हेल्मेटले भुवन बसेको गाडीको सिसा फुटाउन थाले । आत्तिएका भुवनले सिसा खोले । यही मौकामा उनले गाडीभित्र हात छिराए र भुवनको कपाल भुत्ल्याउँदै चिच्याए, 'साले झर, तँसँग हिसाबकिताब गर्नु छ ।' 
भुवन पनि 'नायक' हुन्, झट्ट किन मान्थे ? शर्मिलाले मोटरबाइक तर्काएर गाडी हाँक्न खोजिन् । तर, ती पुरुषले दिएनन् । उनी भुवनलाई समातेको समात्यै भए । त्यसपछि भुवन गाडीबाट झरे । ती पुरुषले भुवनको टाउकोमा लगातार हेल्मेटले हाने । एक, दुई, तीन । प्रत्यक्षदर्शीले ६ गन्न भ्याएका थिए, भुवन भाग्न सफल भए । 
तर, यतिन्जेल शर्मिलाका पतिले भुवनलाई हेल्मेटले मात्रै होइन, चार-पाँच मुक्का र दुई-तीन लात्ता पनि हानिसकेका थिए । 
घटनाका प्रत्यक्षदर्शी बालकोटनिवासी राजन ढुंगानाका अनुसार शर्मिलाका पतिले भुवनलाई तथानाम गाली गर्दै पिटेका थिए । भुवन भने 'यो बेबकुफ हो, यो पागल हो' भन्दै कराइरहेका थिए । 
शर्मिलाका पतिले भुवनलाई हेल्मेटले टाउकोमा हानिरहँदा भुवनले हातले छेक्ने कोसिस गरेका थिए । तर, उम्कन उनलाई झन्डै पन्ध्र मिनेट लागेको थियो । त्यसैबीच सडकछेउ रहेका ट्राफिक प्रहरी पनि 'द्वन्द्वस्थल' मा आइपुगे । ट्राफिक प्रहरीलाई भुवनले यो साले बेबकुफ हो, यो बहुलाएको छ भन्दै भागेका थिए । 'भुवन भीडबाट निस्किएर कोटेश्वर चोकतिर भागे,' प्रत्यक्षदर्शी राजनले भने । 
भुवन भाग्नुअघिसम्म भीडले के भएको हो भन्ने ठम्याउनै सकेको थिएन, गाडीले कतै दुर्घटना गराएर भागेकाले झगडा भएको होला भन्ने अनुमान मात्र थियो । तर, शर्मिलाका पतिले नै सबै कुरा बताएपछि भीड छक्क परेको थियो । 
भुवन भागेपछि शर्मिलाका पति हेल्मेट बोकेर गाडीमा चढेका थिए । उनले पत्नी शर्मिलालाई सम्झाउने कोसिस गरेका थिए । तर, शर्मिला सुन्न तयार थिइनन् । सार्वजनिक स्थलमा झगडा भएको भन्दै ट्राफिकले सो गाडी महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वर लगेको थियो । 
'पछि पनि गाडी शर्मिलाले चलाइन् । उनका पति पहिला अभिनेता भुवन बसेको सिटमा बसे । ट्राफिक प्रहरी पछाडिको सिटमा बसे,' प्रहरी वृत्तसम्म पुगेका प्रत्यक्षदर्शी राजनले भने, 'ट्राफिक प्र्रहरीमा पुगेपछि ट्राफिकले डंगोल दम्पतीको लाइसेन्स लिए । शर्मिलाको लाइसेन्सबाट ती पुरुष उनका पति हुन् भन्ने पुष्टि भएपछि प्रहरीले तत्कालै छाडिदियो ।' केही बेरपछि दुवैजना प्रहरीबाट बिदा भए । 
महानगरीय ट्राफिक प्रहरी वृत्त, कोटेश्वरका प्रहरी निरीक्षक प्रेमराज जोशीले भने घटनाको विस्तृत विवरण दिन चाहेनन् । 'पति-पत्नीको झगडा रहेछ । पछि मान्छे पठाएर गाडी लगे,' उनले भने, 'हामी पुग्दा पिटाइ खाने मान्छे भागिसकेको थियो । हामीले देख्न पाएनौँ । तर, प्रत्यक्षदर्शीले अभिनेता भुवन केसी हुन् भन्दै थिए ।' यससम्बन्धमा अभिनेता भुवनसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।

अमेरिकामा नेपाली कलाकारहरु नृत्य गर्दै

capital hill building dancers nepal tourism year 2011अमेरिकाको राजधानी वासिङट डिसीमा आयोजित अन्तराष्ट्रिय एसियाली हेरिटेज फेस्टिवलमा शनिबार नृत्य प्रस्तुत गर्दै नेपाली कलाकारहरु । पृष्ठभूमिमा अमेरिकी संसद भवन क्यापिटल हिल । नेपाल पर्यटन बर्ष २०११ लाई लक्षितगरी अमेरिकाको विभिन्न शहरमा यस्ता कार्यक्रम गरिएको छ ।

निर्माता बनेपछिको तनाव "ऋचा घिमिरेले"



फिल्म सुटिङ गर्न सुदूरपश्चिमको महेन्द्रनगर पुगेको ‘ब्रेक फेल' युनिट तनावमा छ। ‘भर्जिन लोकेसन'मा सुटिङ गर्न त्यता गएको टोलीलाई केही स्थानीय युवाले दुःख दिए। 

निर्माता समेत रहेकी हिरोइन ऋचा घिमिरेले यो घटना सह्य भएन। ‘पुलिस लगाएर ठिक पारेँ। त्यसपछिको सुटिङमा पुलिसको सहयोग टुटेन,' उनले भनिन्। हिरो हिरोइन भागेर जाने ठाउँको दृश्य खिच्न उनले शुक्लाफाँटा वन्यजन्तु आरक्षको सेरोफेरो रोजेकी थिइन्। अभिनेता राजेश हमालको अस्वस्थताले फेरि पिरोल्यो। ‘दुई सिन सुटिङ गरेपछि राजेश दाइ बिरामी हुनुभयो। हामी चितवन फर्कियौं,' रोकिएको सुटिङ बुधबारदेखि सुचारु हुने उनले जानकारी दिइन्।
फिल्मको करिब ८० प्रतिशत सुटिङ सकिएको ऋचाले बताइन्। फिल्म निर्देशन उनकै पति शंकरले गरेका हुन्। यसअघिको फिल्म ‘तुलसी' सुटिङ गर्न कास्की गएको बेला पनि स्थानीयले सहयोग नगरेको गुनासो गर्दै फर्किएकी थिइन् उनी। ‘फिल्म निर्माण गर्न साँच्चै गाह्रो रहेछ,' निर्माता बनेपछिको तनाव सुनाइन् उनले।

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी नायिका बन्ने

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी नायिका बन्ने भएकी छन् । शोभित बस्नेत निर्देशित चलचित्र ७प्लान'मा उनी नायिका बन्न लागेकी हुन् । 
७म त एकदमै आशावादी छु,' रागिनीले भनिन् । विषय मन परेकाले अभिनय गर्न लागेको धारणा राख्ने रागिनीको यस चलचित्रमा प्रशस्त मेहनत गर्ने योजना छ ।
  बिहीबार राजधानीमा आयोजित एक समारोहमा सो चलचित्रको मुहर्ूत सम्पन्न भयो । ७मैले बनाएका मध्ये यो चलचित्र अलि भिन्न शैलीको छ,' कार्यक्रममा निर्देशक बस्नेतले चलचित्रबारे भने । मुकेश ढकाल, शोभित बस्नेत र रागिनी खड्गी, रुष्मा र्राईलगायतले मुख्य भूमिका निर्वाह गर्ने यस चलचित्रमा डीजेहरूको अन्तरद्वन्द्वलाई प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी गराए ।



नेपालको अतिरिक्त सिक्किममा समेत छायांकन गरिने यस चलचित्रमा तन्नेरी पुस्ताका प्रेम गर्ने शैलीलाई विशेष रूपमा प्रस्तुत गरिने धारणा राख्छन्, निर्देशक बस्नेत । कविता फिल्मस् र सलोन फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी रहेका छन् भने छायांकन कृष्ण श्रेष्ठको रहनेछ । बिहीबारदेखि यसको सुटिङ सुरु भएको छ ।

मल्लिका को भेट अमेरिकन राष्ट्र पति बाराक ओबामा संग

मर्डर गर्ल मल्ल्िाका शेरावतको चर्चा उनको अभिनयभन्दा ग्ल्यामरका कारण हुने गरेको छ। यसपटक बलिउड बजारमा उनको चर्चा फेरि चलेको छ। हालै अभिनेत्री मल्लिकाले अमेरिकी राष्ट्रपति बाराक ओबामासित चिया खाने अवसर जुराएकी छिन्। लस एन्जेल्समा अभिनेत्री मल्लिकालाई अमेरिकी राष्ट्रपतिले चिया खान निमन्त्रणा गरेको कुरा स्रोतले उल्लेख गरेको छ। उक्त चिया भेटमा अमेरिकी राष्ट्रपतिले मल्ल्िाकालाई उनी अभिनीत हलिउड चलचित्र 'पोलिटिक्स अफ लव, बाराक' को पि्रमियरमा आफूलाई पनि निम्तो दिन आग्रह गरेको बताइन्छ।

पूजाले दोस्रो विवाह गर्ने निर्णय

छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले...' चर्चित लोकगीत पूर्वनायिका तथा वर्तमान गीतकार पूजा चन्दको जीवनसाग मेल खान सक्छ। विवाह गर्ने उमेरकी छोरी -१९) की आमा पूजाले दोस्रो विवाह गर्ने निर्णय गरेपछि त्यस्तो अवसर जुर्न लागेको हो। विवाहको पूर्वतयारीस्वरूप गत शुक्रबार उनले सांगीतिक समूह द एञ्जल्सका संगीतकर्मी राजु लामासँग 'इन्गेजमेन्ट' गरेकी छिन्।

विवाहपछि उनी पूजा लामा बन्नेछिन्। विगत सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी पूजाले उत्तिकै अवधिदेखि अमेरिकामा बस्दै आएका लामासँग दोस्रो विवाह गर्न लागेकी हुन्।
यसअघि पूजाले चलचित्रकर्मी सुरज चन्दसँग पहिलो विवाहपछि पारपाचुके गरेकी थिइन्। उनीहरूकी छोरी अहिले पूजासँगै अमेरिकामा छिन्। सांगीतिक समूहमा गायक तथा गिटारिस्टका रूपमा सक्रिय राजु लामा पनि विवाहित हुन्। लामासँग निकट एक संगीतकर्मीका अनुसार राजुले करिब १५ वर्षअघि नै निजगढकी एक युवतीसँग भागी विवाह गरेका थिए। 'एउटा छोरा र एउटी छोरी पनि छन्,' ती संगीतकर्मी भन्छन्— 'अहिले दुवै हुर्किसकेका छन्।' राजुले पनि आफ्नी जेठी श्रीमतीसँग पारपाचुके गरिसकेका छन्।

नेपाली हिरोइन का असली हिरो हरु


ऋचा र शंकर घिमिरे।
सिनेमाको पर्दामा देखिने चञ्चल र वाचाल रमणीहरूको सौन्दर्यमा मोहित भएर तिनको पछिलाग्ने युवकहरूको कुनै कमी छैन। कतिपय हिरो नै सुटिङ बाहेकको समयमा पनि हिरोइनका पछाडि लागिरहेका हुन्छन्। निर्देशकहरूसँग आगामी फिल्ममा आफू र फलानीलाई नै खेलाउन अनुनयविनय गरिरहेका हुन्छन्।
तर, फिल्ममा अनेकन् हिरो फेर्दै कहिले डाँडापाखामा कम्मर मर्काउँदै त कहिले एकान्तमा मस्कँदै दर्शकको दिल हर्ने हिरोइनहरू भने आफ्नै रुचिको जीवनसाथीको खोजीमा हुन्छन्। र, जब तिनले वास्तविक जीवनको हिरो पाउँछन्, तिनैमा हराउँछन्। कतिपय हिरोइनले जीवनको त्यो हिरोका निम्ति रजतपटलाई नै त्यागिदिएका छन्।
अहिले चाहिँ ती हिरोइनहरूको चर्चा गरौं जो सिनेमामा छाएर अनगिन्ती युवादर्शकको धुकधुकी बढाउँदै आफ्ना घरको हिरोलाई रिझ्ाइरहेका छन्। यस्ता हिरोइनहरूमा सिने संसारकै व्यक्तिहरूसँग घरजम गर्ने धेरै छन्। उनीहरू आफ्नो वास्तविक जीवनको हिरोबारे के भन्छन् त? नेपाली फिल्म उद्योगमा नम्बर एक मानिने रेखा थापा भन्छिन्, “मेरा लागि श्रीमान नै संसारका सबभन्दा सुन्दर पुरुष हुन्।”
रेखा थापा र छवि झा।
सिनेमा निर्माणकै क्रममा निर्माता तथा वितरक छवि झ्ासँग १० वर्षअघि भेट र विवाह गरेकी रेखाका लागि उनी एउटा सामाजिक प्राणी र नागरिकका रूपमा पनि पर्फेक्ट छन्। रेखाको विचारमा उनी पत्नी, परिवार, पेशा र समाजप्रति सजग अनि जिम्मेवार किसिमका मानिस हुन्। यी सबैप्रति उनी दायित्वपूर्ण भएको रेखाको मूल्याङ्कन छ। राजेश हमाल, विराज भट्टलगायतलाई सिनेमा बजारमा पुराना बनाएर अहिलेका ताजा हिरोहरूसँग धमाका मच्चाइरहेकी रेखाले एउटी नारीका रूपमा आफ्ना इच्छाहरू पूरा गर्न छवि सक्षम भएको सगर्व बताइन्। उनी भन्छिन्, “मेरो जीवनमा ऊ नआएको भए शायद म आजको ठाउँमा हुने थिइनँ।”
लामो समयसम्म नेपाली रिलमा नम्बर एक रहेकी करिश्मा केसीको रियल हिरोबारेको अनुभव पनि रेखाको जस्तै छ। उनले चलचित्र कस्तुरी को छायाङ्कनको क्रममा लण्डनमा भेटिएका विनोद मानन्धरसँगको प्रेम, रोमान्स र विवाहमा दुई दशक बिताइसकिन्। र, पनि उनका लागि विनोद पहिलाको जस्तै छन्- नयाँ, मायालु र प्रेरणादायी।
केही फिल्मका निर्माता तथा कलाकार विनोदसँग समय बितेको थाहै नभएको बताउने करिश्मा पनि आफ्नो सफलताको एउटा कारण उनी नै भएको ठान्छिन्। “फिल्मको हिरो र जीवनको हिरो तुलना हुनै नसक्ने कुरा हुन्”, विनोदबारे उनी निकै गम्भीर भइन्।
विनोद र करिश्मा मानन्धर।
झ्रना थापा र ऋचा घिमिरे फिल्मको हिरोलाई पेशाको र घरको हिरोलाई जीवनको मेसो भन्छन्। झ्रनाले फिल्म निर्माताका साथै व्यापारी सुनिलकुमार थापासँग विवाह गरेको १४ वर्ष पुग्न लाग्यो। सुनिल उनलाई सुन्दर, जवान, बुझ्की र साँच्चै सुनिल लाग्छ। “उहाँसँग विवाह भएपछि नै मेरो फिल्म करिअर पनि चम्किएको हो”, उनी भन्छिन्। पाँच वर्षअघि अमित अर्यालसँग प्रेम विवाह गरेकी अरुणिमा लम्सालले पनि आफ्ना ब्याङ्कर हिरोमा अहिलेसम्म कुनै खोट पत्ता लगाउन सकेकी छैनन्।
उता चलचित्र निर्देशक शङ्कर घिमिरेसँग डेढ वर्षअघि घरजम गरेकी ऋचाले यो मागी विवाह साँच्चै फापेको बताइन्। ऋचा शङ्करको व्यक्तित्वमा अरूसँग नभएको सिम्प्लिसिटी देख्छिन् र त्यो नै उनलाई सबभन्दा मन पर्छ। एकै पेशामा रहेका घिमिरे दम्पती चलचित्र पनि सँगसँगै बनाइरहेका छन। “पेशामा पहिलाभन्दा अहिले सहजता आएको छ”, ऋचा भन्छिन्।
त्यसो त, नेपाली फिल्म उद्योगमा जगजगी पनि विवाहित हिरोइनहरूकै देखिन्छ। उनीहरूले सिनेमा भनेको विवाह नहुन्जेललाई मात्र हो भन्ने कथनीलाई गलत साबित गरिदिएका छन्। विपना थापा, सनी रौनियार, जल शाह, लगायतका नायिकाहरू विवाहपछि फिल्मबाट पलायन भए पनि सञ्चिता लुईंटेल, रेखा, झ्रना, अरुणिमा, ऋचा, करिश्मा आदिले विवाह पछि नै बढी करिश्मा देखाएका छन्

प्रियंका सँग विहे गर्नलाई कुनै वर छैन???


हिराका गहना मन पराउने प्रियंका चोपडासँग विहे गर्न चाहनेहरुको सूचि लामै बन्छ होला। तर प्रिंका जसको पर्खाइमा छिन त्यो उनले अझै भेटेकै छैनन्।  भन्छिन्- ‘म त आजै बिहे गर्न चाहन्छु; केटो त भेटौं।' बलिउडकी बोल्ड हिरोइनलाई कस्तो वर चाहिएको होला ? ‘त्यस्तो खास केही पर्दैन', पूर्व मिस वर्ल्डले भनिन्- ‘जसले दिल र ज्यानले चाहन्छ। बस्।' प्रियंकाको माग सामान्य भए पनि उनीसँग विहे गर्नलाई कुनै वर छैन। तै पनि उनी गहनाका कुरा गर्न रुचाउँछिन्। ‘हर केटीहरु जस्तै म पनि हिरा मन पराउँछु।'

एक गहनाको ब्रान्डको प्रवर्द्धनका लागि दिल्ली आएकी उनले आफ्नो गहना रोजाइ खुलस्त सुनाइन्। जहाँ प्रियंका छिन् त्यहाँ फिल्मको कुरा नउठ्ने त कुरै भएन। ‘धेरै फिल्ममा व्यस्त छु एउटा हो डन-२' उनले सुनाइन्। डन २ को सुटिङ सकाएर भर्खरै प्रियंका बर्लिनबाट फर्किएकी हुन्। शाहरुख खान, फरहान अख्तरका साथ काम गर्दा रमाइलो लागेको उनको अनुभव छ। डन २ का साथ अनुराक बसुको फिल्म बर्फीमा पनि उनले काम गरिरहेकी छन्

के म गिरिजाबाबु जस्तै प्रधानमन्त्री हुन सक्दिनँ

के म गिरिजाबाबु जस्तै प्रधानमन्त्री हुन सक्दिनँ?' एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोधे। प्रधानमन्त्री निवास बालुवाटारको एउटा पालमुनि उनी मोहन वैद्य, बाबुराम भट्टराई लगायतसँग बसिरहेका थिए।तीन वर्षअघिको दिन हो। संविधान सभाको पहिलो बैठकले राष्ट्रपतिको व्यवस्था गरी विधिवत् रुपमा गणतन्त्र घोषणा गर्न लागेको थियो। जेठ १५ गतेको त्यो ऐतिहासिक मोडमा प्रसन्न मुद्रा र उत्साही चेतनाका नवनिर्वाचित सभासद्हरू बिहानदेखि नयाँ बानेश्वरस्थित संविधान सभा भवनमा उपस्थित भएका थिए।  प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भने बालुवाटार निवासबाट निस्किन सकिरहेका थिएनन्। साँझतिर सभा भवनबाहिर गणतन्त्र घोषणा हुन नदिन एकाध बम विष्फोट हुँदै थिए र एकीकृत माओवादीको नेतृत्व मण्डली बालुवाटारमा घुँडा धस्दै राष्ट्रपतिको व्यवस्था गर्ने घोषणालाई रोक्न खोज्दै थिए।
सानो कोठामा आराम गरिरहेका प्रधानमन्त्री कोइराला र बाहिर पालमुनि बसिरहेका माओवादी शीर्ष नेताहरूबीच खबर आदान प्रदान गरिरहेका थिए गृहमन्त्री कृष्णप्रसाद सिटौला। गणतन्त्र कार्यान्वयन गर्ने संविधान सभाको पहिलो बैठक किन ढिलो गर्ने, अब केले रोक्यो भन्दै कोइरालाको सन्देश लिएर कोठाबाहिर पालमुनि माओवादी नेतृत्वलाई भेट्न सिटौला पुगेका थिए।

दाहालले थपे, ‘आखिर चुनावले हामीलाई नै सबभन्दा ठूलो दल बनाएको छ।' उनी कोइरालाजस्तै राष्ट्राध्यक्षसहितको प्रधानमन्त्री बन्न चाहन्थे।

सिटौलाले जवाफ दिए, ‘राष्ट्रपतिको व्यवस्था नगरी मुलुक कसरी गणतन्त्र भएको मानिन्छ? तपाईंहरू मान्नुहुन्न भने हामी त बैठकमा जान्छौं, म आफैं राष्ट्रपतिको व्यवस्था गर्ने विधेयक प्रस्तुत गर्छु, तपाईंहरू त्यसको विरोध गर्न सक्नुहुन्छ तर अब बैठक रोक्न सकिँदैन।'
कोइरालाको मनमा माओवादीहरू कुनै न कुनै रुपमा राजालाई ठाउँ दिन चाहन्छन् भन्ने परिरहेको थियो। माओवादीलाई भने राष्ट्रपतिको व्यवस्था गरेपछि कोइरालालाई त्यो ऐतिहासिक अभिभावकत्वले सम्मानित गरिहाल्नुपर्छ भन्ने थियो। कोइराला राष्ट्रपति भएको अवस्थामा जतिसुकै कार्यकारी प्रमुख मानिए पनि प्रधानमन्त्री पद कोइरालाको छायाँ बन्न पुग्छ भन्ने डर दाहालमा थियो। त्यहीँबाट सहमतिको राजनीतिक प्रबन्ध खल्बलियो, परिणामस्वरुप माओवादीले राष्ट्रपतिको उम्मेदवार अर्कैलाई बनाउन हिँडे। त्यसलाई रोक्न कोइरालाले एमाले र मधेसी दलहरूको समर्थन जुटाएर आफ्नो पार्टीका महामन्त्री रामवरण यादवलाई उठाए।
कोइरालालाई राष्ट्रपति नबनाउनु गल्ती थियो भन्ने स्वीकार उनको निधनको दिन अघिल्लो चैतमा मात्र दाहालले नागरिकमार्फत गरेका थिए। उनले भनेका थिए, त्यहीँबाट सहमतिको राजनीति बिग्रन पुग्यो।
कोइरालाको व्यक्तित्व र कार्यशैलीका कारण दाहालले आफू प्रधानमन्त्री बने पनि वास्तविक कार्यकारी प्रमुख नहुन सक्छु भन्ने शंका गर्नु पनि अस्वाभाविक थिएन। ‘प्रधानमन्त्री र राष्ट्रपतिको समानान्तर सत्ता हुन्छ' भन्ने दाहालको दलिल थियो।
श्रीलंकामा हुन लागेको सार्क शिखर सम्मेलन नजीक आउँदै थियो र राष्ट्रपति कोइराला र प्रधानमन्त्री दाहाल बन्ने लगभग प्रष्ट भइसकेको थियो। त्यतिबेला कोइरालाले केही सम्पादकहरूसँग अन्तरंग गर्दा ‘सार्कमा प्रधानमन्त्री जान्छ कि राष्ट्रपति' भन्ने प्रश्नमा आफ्नो आशय नलुकाइकन एकै वाक्यमा भनेका थिए, ‘जो शक्तिशाली छ उही जान्छ।'

शान्ति प्रक्रिया नसकिएको, माओवादी हतियार र लडाकुको अस्तित्व रहेको, लोकतान्त्रिक अभ्यासमा उसको विश्वसनीयता स्थापित नभएको अवस्थामा उसको सत्ता एकत्र पार्ने प्रयत्न व्यावहारिक र सम्भव हुन सक्थेन।
कोइरालाले कोलम्बोबाट दिल्ली हुँदै सोनिया गान्धी र मनमोहन सिंहसँग भेटेर फर्केपछि पनि सहमतिको सरकारको आवश्यकतामाथि जोड दिइरहेका थिए। राष्ट्रपति बन्न नसकेपछि प्रधानमन्त्री कायम रहने उनको चाहना थियो। त्यो सम्भव थिएन। त्यसपछि पनि उनले लत्तो छाडेनन्। दाहालको नेतृत्वमा बन्ने सरकारलाई पनि सहमतिको स्वरुप दिन उनले खोजेकै थिए। तर दाहालले कांग्रेसलाई रक्षा मन्त्रालय समेत दिन चाहेनन्। माओवादीको नियतप्रति कोइरालाको शंका जाग्नाले संविधान संशोधन गरी बहुमतीय प्रणाली अवलम्बन गरियो र दाहाल प्रधानमन्त्री बन्ने व्यवस्था गरियो।
दाहालले प्रधानमन्त्री बनेपछि प्रधान सेनापति रुकमांगत कटवालसँग एउटै टेबलमा जतिसुकै ह्वीस्की र डिनरले आत्मियता बाँध्न खोजे पनि सकेनन्। उनले कटवाललाई राजदूत बनाइदिने अफर समेत गरे। उनको उद्धेश्य थियो आफ्नो अनुकूल लडाकु समायोजन गर्ने। त्यसपछि उनले दोस्रो नम्बरका जर्नेल कुलबहादुर खड्कालाई सेनापति बनाउने चाँचो मिलाए। त्यसपछि कोइरालालाई भेट्न महाराजगञ्ज पुगे। प्रधान सेनापतिलाई कारवाही गर्ने चाहना खुलाउँदै आफूलाई सहयोग गरिदिन फकाउन खोजे। कोइरालाले भने, ‘तीन चार महिनामा यिनले अवकाश पाउँदैछन्, किन अहिल्यै हटाउनु हुन्छ?'
प्रधानमन्त्रीलाई समेत टेरेन, यो यो गर्‍यो ऊ गर्‍यो भन्दै उनले कारण खुलाए।
कोइरालाले सम्झाए, ‘बढीमा स्पष्टीकरण माग्नुस् र सफाइ दिनुस्। दुई तीन महिनापछि (क्षत्रमानसिंह) गुरूङ सेनापति हुन्छन्, आफ्नो काम गर्नुस्। अहिले खोस्नु भनेको तपाईंहरुको नियत सफा छैन भन्ने हो। खोस्न तपाईं सक्नुहुन्न। यसमा तपाईं प्रष्ट हुनुस्।'

दाहालले सोधे, ‘किन बर्खास्त गर्न नसक्ने? कसले रोक्छ?'
‘राष्ट्रपतिले,' कोइरालाले जवाफ दिए, ‘तपाईंको सिफारिश त राष्ट्रपतिकहाँ जानुपर्छ नि।'

‘त्यसो भए मैले नै बर्खास्त गरिदिन सक्छु नि,' भन्दै उठ्न खोजेका दाहाललाई कोइरालाले फेरि सम्झाए। ‘तपाईं सक्नुहुन्न, नगर्नुस्,' उनले थपे।
त्यसो त संविधानमा राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपति बनाउने र प्रधान सेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले गर्ने भन्ने व्यवस्था गर्न माओवादीले नमानेको कोइरालालाई कण्ठ थियो। सरकार भनेको कार्यकारी प्रमुख हो तर अन्तिममा हस्ताक्षर गर्ने राष्ट्राध्यक्षको संस्था हुन्छ त्यसले औपचारिकता पुर्‍याउन अनुमोदन, स्वीकृत गर्छ, राष्ट्रपति त्यसैका लागि राख्ने हो भन्दै कोइरालाले दाहाललाई मनाएका थिए।
भोलिपल्ट दाहाल अर्थ मन्त्री बाबुराम भट्टराई र रक्षा मन्त्री रामबहादुर थापालाई समेत लिएर कोइराला निवास पुगे। त्यही सवाल जवाफ दोहोरियो। कोइरालाका तर्फबाट सिटौलाले चेतावनीकै शैलीमा धेरै बोले, ‘तपाईंहरूले सेनापति निकाल्नुभयो भने सत्ताबाट बाहिर पुग्नुहुनेछ।'
कोइरालासँग ‘लौ त' भनेर निस्केका प्रधानमन्त्री दाहालले अर्को दिन मन्त्रिपरिषद् बैठक राखेर बर्खास्त गर्न लागेको सूचना महाराजगञ्ज पुग्यो। कोइरालाले तुरुन्त प्रधानमन्त्रीलाई फोन लगाउन भने। ‘प्रचण्डजी, तपाईं एक घन्टालाई बैठक रोकेर तुरुन्त मकहाँ आउनुस्,' कोइरालाले भने। दाहालको जवाफ थियो, ‘गिरिजाबाबु मैले निर्णय गरिसकेँ, अब रोक्न गाह्रो हुने भयो।'
दाहालले कोइरालाको निधनको दिन आफ्ना ‘अभिभावक'लाई सम्भि्कँदा कटवाल प्रकरणमा दिएको सुझाव पनि स्मरण गरेका थिए र आफूबाट गल्ती भएको सन्देश पनि दिएका थिए। त्यति गर्दा पनि प्रधानमन्त्रीले राजीनामा गरिहाल्नु पर्दैन भन्नेमा कोइराला थिए। तर दाहाल त्यसपछि सिंहदरवारबाट बाहिरको बाहिरै हुन पुगे।
माओवादी अध्यक्ष दाहालले संविधान सभाको म्याद एक वर्ष थप्ने गत वर्ष जेठ १४ गते निर्णय गर्दा पहिलो बुँदा शान्ति प्रक्रिया अविलम्ब अघि बढाउनेमा हस्ताक्षर गरेका थिए। अहिले एक वर्षपछि पनि फेरि अर्को हस्ताक्षरमात्र गर्न खोज्दा तिनै कोइरालाका अनुयायीहरू मान्न तयार छैनन्। ‘गिरिजाबाबुले गरेका गल्ती हामी दोहोर्‍उनौं' भन्ने मन्त्र लिइरहेका कांग्रेस नेताहरूले कोइरालाको जीवनकालमा सल्टिन नसकेको मुद्धा अहिले पनि नछिन्ने हो भने माओवादीहरूले चुनावसम्मै हतियार र लडाकु लगिरहने अनुमान गरिरहेका छन्।
कांग्रेसजनको तर्क छ- हामीले हतियार र लडाकुसहितको पार्टीलाई चुनावमा जान दिएका हौं। शान्ति प्रक्रिया सम्पन्न नगरी माओवादीसँग चुनावी प्रतिस्पर्धा गरेका हौं।
संक्रमणकालको सहमतिको नेतृत्व गरी पहिलो राष्ट्रपति बन्ने लक्ष्यसाथ प्रधानमन्त्री कोइरालाले चुनावी सभाहरूमा समेत सहभागी भएनन्। जबकि मधेस आन्दोलनपछि नयाँ मधेसी पार्टीहरू जन्मेर थुप्रै नेता-कार्यकर्ता अलग भएपछि कांग्रेसले चुनावमा पहिलो स्थान ल्याउँदैन भन्ने जान्दाजान्दै पनि कोइरालाले संविधान सभाको प्रक्रिया अघि बढाएका हुन्।
अर्को सत्य के हो भने अन्तरिम संसदबाटै गणतन्त्र घोषणा गर्ने हो भने कोइरालालाई राष्ट्रपति बनाउने र लडाकु समायोजन गर्ने प्रस्ताव गरेकै हुन्। तर कोइरालाले विधिमा जोड दिए। जनादेश लिएर विश्वासिलो ढंगमा गणतन्त्रमा जाने नीति लिएका हुन्। अझ केही अघिसम्म त राजाले मान्छन् भने ‘बेबी किङ'का लागि पहल पनि गरेका हुन्।
‘माओवादीको समेत गुह्य चाहना बुझेर' त्यसो गर्नुपरेको समेत उनी बताउने गर्थे। तर राजाबाट हुनसक्ने ‘उपद्रव' रोक्न र शान्तिपूर्ण रुपमा राजतन्त्रलाई विस्थापित गर्न माओवादी लडाकुलाई शिविरमा राख्ने निर्णय उनले गरेका हुन्।
गणतन्त्र कार्यान्वयन भइसकेको तीन वर्षपछिसम्म पनि लडाकु समायोजन र पुनर्स्थापना तथा हतियार बुझाउने प्रक्रियालाई माओवादीले प्रतिष्ठाको विषय बनाउनु कांग्रेसका लागि सबभन्दा विष्मयकारी हुन पुगेको छ। दाहालले प्रधानमन्त्री चाहेका छन् र पार्टीमा कुनै असन्तुष्टी नआउने गरी लडाकुलाई बढी संख्या र बढी पदमा समायोजन गर्न खोजेका छन्।
कांग्रेसले भने आफूले राखेका दस बुँदे सर्तमध्ये सात वटा त माओवादीले पटक-पटक हस्ताक्षर गरिसकेका विषय भएको र तत्कालका लागि हतियार बुझाए मात्र पनि पुग्ने अडान राखेको छ। माओवादीको ‘शान्ति र विद्रोहको फ्युजन' कांग्रेसलाई मुख्य त्रासको कडी हो भने दाहाललाई सत्ताबाट पुनः वञ्चित पार्ने ‘षडयन्त्र'को सन्त्रास गाँठी कडि हो।
त्यसकारण तीन वर्षअघि जेठ १५ गते जसरी बालुवाटारको बगैंचाबाट कांग्रेसले माओवादी नेतृत्वलाई संविधान सभा बैठकमा लगेर राष्ट्रपतिको व्यवस्थासाथ गणतन्त्र कार्यान्वयन गर्‍यो, त्यसैगरी अहिले पनि बालुवाटार वा गोकर्णस्थित वार्तास्थलबाट यही जेठ १४ गते माओवादी नेतृत्वलाई सहमतिको प्रधानमन्त्री दिने सर्तमा हतियारबाट अलग बनाउने अर्को ऐतिहासिक निर्णयमात्र सबभन्दा उपयुक्त विकल्प हुनेछ।
कोइरालालाई अभिभावक माने पनि उनको जीवनको आखिरी सन्देश भने ग्रहण गर्न दाहाल हिच्किचाइरहेका छन्। कोइरालाले उनको हात समाउँदै भनेका थिए, ‘तपाईं अब शान्ति प्रक्रिया टुंग्याउनुस् र नेतृत्व लिनुस्।'
खासमा दाहालले जेठ १४ गते राज्यलाई हतियार बुझाएपछि प्रधानमन्त्री बनेर ‘शान्ति प्रक्रियाको नेतृत्व' लिनसक्ने अवसर भने छ