बलिउड अभिनेता शाहरुख खानले अब आफ्नो जीवनलाई पुस्तकमार्फत सार्वजनिक गर्ने यो पुस्तक ३७ किलो तौल र ८ सय पेजको हुनेछ

बलिउड अभिनेता शाहरुख खानले अब आफ्नो जीवनलाई पुस्तकमार्फत सार्वजनिक गर्ने भएका छन् । ‘द अफिसिएल ओपस अफ शाहरुख खान’ नामक यो पुस्तक आगामी वर्ष प्रकाशित हुनेछ । पुस्तकमा अधिकांश उनका तस्विर र डायरीका अंशहरू समेटिनेछन् । 

आफ्नो पुस्तकका बारे जानकारी दिँदै शाहरुखले भनेका छन् –‘म विगत धेरैवर्षदेखि नियमित डायरी लेखिरहेको छु । हरेकवर्ष मसँग केही यस्ता स्मरणीय क्षण छन् जसलाई म सबैको सामु राख्न चाहन्छु । जब म एक्लै हुन्छु वा कहिलेकाहिँ निराशा आउँछ, तब म कलमको सहारा लिएर केही लेख्न थाल्छु ।’ पुस्तकले आफ्नो जीवनका विभिन्न आयामहरूबारे जानकारी दिने शाहरुखले बताएका छन् । 

शाहरुखको यो पुस्तक ३७ किलो तौल र ८ सय पेजको हुनेछ । यस्तैगरि आफ्नो महत्वाकाङ्क्षी सिनेमा ‘रा.वान’बाट अपेक्षित सफलता हात पार्न नसकेपछि अब झनै मिहनेतको सिनेमाको अर्को सिक्वेल बनाउने घोषणा गरिसकेका उनले फिल्म समिक्षकबाट पनि आफूले सहयोग नपाएको गुनासो गरेका छन् । उनले समिक्षकलाई फिल्म निर्माता बनेर हेर्न सुझाव दिए । 

बैंकक बाट आधुनिक मेसिन मगाएर अर्काको नामको एटिएम बनाउने र धमाधम पैसा थुत्ने पक्राउ

नेपाली फिल्मका नायक जीवन लुइँटेलकी सासु रुपा शर्मा बैंक खाताबाट 'पैसा चोरी भयो' भन्दै पाँच महिनाअघि महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। बेलाबेला उनको एटिएम चलाउने गरेकाले प्रहरीको पहिलो शंका ज्वाइँ लुइँटेलमाथि नै गयो। पुष्टि भएन। कात्तिक २७ गते भिक्षु राजु लामा र त्यसलगत्तै रम्देल लामा पनि यस्तै उजुरी दिन प्रहरीकहाँ गए। सबै उजुरीमा एउटा कुरा समान थियो- पैसा चोरिएका सबै खाता नबिल बैंकका थिए। 
 यही आधारमा अनुसन्धान गरिरहेको महाशाखा टोलीले सोमबार सविन रिमाल र रितेश रिमाललाई पक्राउ गरेपछि चोरीको रहस्य खुल्यो। रिमाल दाजुभाइले बैंककबाट आधुनिक मेसिन मगाएर अर्काको नामको एटिएम बनाउने र धमाधम पैसा थुत्ने गरिरहेका रहेछन्। 
उनीहरूले पाँच महिनायता नबिल बैंकका खाताबाट ८० लाख रुपैयाँ थुतिसकेको प्रहरीलाई बयान दिएका छन्। यसमध्ये अहिलेसम्म १२ जनाका खाताबाट ४८ लाख चोरिएको विवरण प्रहरीले भेटिसकेको छ। अन्य खातावालालाई आफ्नो पैसा हराएको पत्तै नहुनसक्ने छानबिनमा संलग्न प्रहरी अधिकारीले बताए।
'सुरुमा त हामीले नेपालमा यस्तो प्रविधि प्रयोग गरेर ठगी भइरहेको छ भन्ने अनुमानै लाउन सकेनौं,' अपराध महाशाखा प्रमुख देवेन्द्र सुवेदीले मंगलबार नागरिकसँग भने, 'अनुसन्धान नतिजा देखेर छक्क पर्‍यौं।'

प्रहरीमात्र होइन, बैंकले पनि सुरुमा ग्राहकहरू 'खातामा एक्कासि पैसा घट्यो' भन्दै गुनासो गर्न आउँदा वास्तै गरेन। बैंकले नटेरेपछि नै उनीहरू प्रहरीकहाँ गएका हुन्। लगातार उस्तै खालका उजुरी आएपछि एक महिनाको अनुसन्धानबाट 'नक्कली एटिएम बनाएर अर्काको खाताको पैसा चोर्ने' गिरोहसम्म पुग्न सकेको एसएसपी सुवेदीले जानकारी दिए।
पक्राउ परेका २६ वर्षीय सविन नबिल बैंककै पूर्व कर्मचारी हुन्। बिबिएसम्म पढेका र राम्रो पारिवारिक पृष्ठभूमिका उनले एकै विषय पढेका साख्खै भाइ रितेशलाई पनि यो ठगीमा सक्रिय बनाएको प्रहरीले जनाएको छ।

अभिनयबाट सदाका लागि सन्यास घोषणा गरेकी नायिका अनुष्का ढकाल विवाह बन्धनमा बाधिएकी छिन् ।

एक महिना अघि फिल्मीखबर मार्फत अभिनयबाट सदाका लागि सन्यास घोषणा गरेकी नायिका अनुष्का ढकाल विवाह बन्धनमा बाधिएकी छिन् ।  धरानकी रैथानै अनुष्काले बुटवल स्थायी घर भएका र पछिल्लो समय अमेरिका बस्दै आएका युवकसंग गत मंसिर २२ गते  पारिवारिक सहमतिमा लगनगाठो  कसेको बुझिएको छ । मिडियाको सम्पर्क भन्दा बाहिर रहेकी अनुष्काले इन्गेजमेन्ट र विहेका तस्बिरहरू फेसवुकमा सार्बजनिक  गरेकी छिन् । तर उनका पति को हुन्,  के गर्छन् भन्ने बारे खुलाईएको छैन ।   
करिब तीन दर्जन  म्यूजिक भिडियो खेले पश्चात तीन वटा चलचित्र समेत खेलेकी अनुष्काको तीनै चलचित्र प्रदर्शनको तयारी छ । उनलाई दीपक श्रेष्ठले  चलचित्र मजबुरबाट हिरोइनमा डेब्यू गराएका थिए । तर जति काम गर्दापनि मिहिनेत अनुसारको दाम नपाएको प्रति असन्तुष्टी जनाउदै उनले बाकी समय पढाईमा विताउने भन्दै अकस्मात सन्यास घोषणा गरेकी थिईन् ।सन्यासको पछाडी केही  कारण रहेको भन्ने फिल्मी माहोलमा विभिन्न अनुमान चलिरहेका बेला उनी दुहली भएको खबर सार्बजनिक भएपश्चात   उनको सन्यासको प्रमुख कारण बिबाह नै  रहेको अनुमान लगाउन सकिन्छ । खैर अनुमान जेसुकैहोस विवाह बन्धनमा बाधिएकी अनुष्कालाई दाम्पत्य जिवनको शुभकामना !

रुसको साइबेरियामा हिन्दुको पबित्र धर्मग्रन्थ भागवत गितालाई उग्रवादी साहित्यको उपनाम

रुसको साइबेरियामा हिन्दुको पबित्र धर्मग्रन्थ भागवत गितालाई उग्रवादी साहित्यको उपनाम दिदै त्यसमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरिएपछि भारतमा त्यसको कडा विरोध भएको छ ।
रुसमा भएको सो घटनाको विरोधमा भारतको संसदमा हंगामा मच्चिएको छ । संसदको तल्लो सदन लोकसभामा संसद, विधायक र राजनीतिक नेताहरुले सरकारले यो घटनालाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । 
रुसमा गीता विरुद्ध भैरहेको कृयाकलापले हिन्दुधर्ममाथि नै ठाढो हस्तछेप भएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले रुसमा गितामाथि प्रतिबन्ध लगाउन नहुने भन्दै सरकारलाई समयमै यसका लागि पहल थाल्न आग्रह समेत गरेका छन् । रुसको साइबेरियामा गीतामाथि भइरहेको टिका टिप्पण्ँीप्रति धामिर्क नेता एवं सन्तहरुले पनि कडा आक्रोश पोखेका छन् । यसैबीच रुसले भागवत गीतामाथि उठेको विवादप्रति अफसोच प्रकट गरेको छ । साइबेरियामा गीताले भेदभाव बढाएको र युद्धलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ । साइबेरियाका गीता विरोधी समुहले रुसी अदालतमा गीतामाथि प्रतिबन्ध लगाउनूपर्ने माग गरेपछि यो विवाद भारतको संसदको पनि मुख्य बहसको विसय बनेको हो । गीतालाई नैतिक, मानिसको आचरण्ँ असल बनाउने र हिंसालाइ निरुत्साहित पार्ने महान धर्मग्रन्थको रुपमा लिने गरिन्छ ।

सर्वाधिक गुगलमा खोजिने सेलिब्रिटीको सूचीमा "सनी लिओन"

पोर्न स्टार सनी लिओन बलिउडमा सर्वाधिक गुगलमा खोजिने सेलिब्रिटीको सूचीमा परेकी छन् । सन्नी लियोन भारतमा सर्वाधिक गुगल खोजी सेलिब्रिटी ‘most googled celebrity’ बनेकी छिन् । उनले भारतीय अभिनेत्रीहरु क्याट्रिना कैफ, करिना कपुर र ऐश्वर्य राय बच्चनलाई पछि छोडेकी छिन् । भारतीय टेलिभिजन च्यानल विगबोसको पाचौ संसकरणमा सहभागी भएकी क्यानेडेली पोर्न स्टार सनी लिओन गुगलमा खोजिने सेलिब्रेटिको सूचिमा भारतकी चर्चीत अभिनेत्रीहरु ऐश्वर्या राय, कट्रिना कैफ र करिना कपुरलाई समेत उछिनेकि छिन ।
भारतीय सन्चारमाध्यमहरुका अनुसार गुगलमा उनको तस्वीर कट्रिना कैफ भन्दा पाच गुणा बढी, ऐश्वर्या भन्दा दुई गुणा र करिना भनदा नौ गुण बढी खोजिएको र हेरिएको छ ।

एक्सन नायक राजेश हमाललाई एक्लो महसुस

लामो समय देखि चलचित्र क्षेत्रमा एकछत्र राज गरिरहेका महानायक राजेश हमाललाई एक्लो महसुस भएको बुझिएको छ । आफ्ना समकक्षी नायकहरू बिस्तारै नेपाली चलचित्र क्षेत्रबाट टाढा हुँदा उनलाई एक्लो महसुस भएको  छ । आईतवार मात्र एक चलचित्रको सुटिङमा  हमालले आफ्ना सहकर्मी नायक बिराज भट्टको बारेमा निकै चासो  छ ।' चलचित्र मैदानमा पहिलो पटक एकसाथ पर्दामा अभिनय गरेका हमाल र भट्टलाई केही   चलचित्रमा मात्र एकसाथ देख्न पाईन्छ । पहिलो पटक सुसिल पोखरेलले मैदानमा यि दुईलाई भिडाए पछि पुन: उनैले जीवनदातामा दोहोर्‍याए । त्यसपछि बाटुली, प्रहार, खलनायक लगायतका केहि सिनेमामा मात्र उनीहरूलाई एकसाथ देख्न पाईयो । अब भने दुबै एक्सन नायकलाई एकसाथ पर्दामा देख्न मुस्किल पर्ने छ ।दुबै एक्सन नायक हुनु र दुबैको इमेज चलचित्र क्षेत्रमा राम्रो हुनुले पनि होला राजेशले बिराज प्रति चासो देखाए।

केहि समय अगाडी बिराज र निखिलले गर्दा राजेश केहि ओझेलमा परेको देखिन्थ्यो तर अहिले ति दुबै नायक हराउँदै गएपछि हमालले पुन: एकलौटी राज गरिरहेका छन् । राजेशले बिराजलाई बिर्सन भने सकेका  रहेनछन्

लौ हेर्नुस त लेडीज ब्रा को मूल्य कति

तपाईँले सोच्नुभएको छ या थाहा पाउनुभएको छ, तपाईकि प्रेमिका वा तपाईँकी श्रीमतिले लगाएको ब्राको मुल्य कति होला ? एक छिन सोच्नुहोस्, कहाँ पुग्नुभयो ? एक सय, दुई सय, हजार, २ हजार ?? अहुँ,,यो तस्बिरमा देखिएकी मोडेलले लगाएको ब्राको मुल्य थाहा पाउनुभयो भने तपाईको आँखा एकछिन खुलेको खुलेकै हुने छ ।

मुल्य छ जम्मा १३ करोड, हो १३ करोड । अब तपाईँलाई शंका लागिरेहेको होला, यसमा कतै सुन हिरामोती जडान भएको त छैन ? सहि कुरा, उनले लगाएको ब्रामा हिरामोती जडान गरिएको छ । ३४ सय शानदार र महंगो जेम्सका साथै यसमा १४२ केरेटको हिरा जडित छ । यो ब्राको प्रदर्शन भिक्टोरिया सेक्रेट फेसनमा देखाइएको हो । यी मोडेलको नाम मिरान्डा हो । 

अभिनेत्री तथा मोडल रुपाले बिकिनी लगाएर फोटोसुट नगर्ने

अमेरिकी युवकसाग बिहे गरेपछि उतैतिर लागेकी अभिनेत्री तथा मोडल रुपा उपाध्यायले सानफ्रान्सिस्कोमा बिकिनी लगाएर फोटो गरिन् । रुपाका उत्तेजक तस्वीरहरु मिडियामा खुवै छाए । 
अहिले रुपा फेरिएकी छन धेरै अर्थमा । अमेरिकी युवकसाग डिभोर्स गरेर उनी नेपाल फिरेकी छन् । नेपालमै करियर बनाउने धाउन्नमा लागेकी रुपाले अहिले एउटा रियालीटी सोमा निर्णायकका रुपमा काम गरिरहेकी छन् ।
हालै ‘शुक्रबार’लाई अन्र्तवार्ता दिंदै रुपाले नेपालमा बिकिनी लगाएर फोटोसुट नगर्ने बताएकी छन् । ‘यो नेपाल हो, युरोप-अमेरिका हैन- रुपाले भनिन- ‘म बिकिनी गर्लका रुपमा स्थापित हुन चाहान्न ।’ उनको गजबको सर्त छ- बिकिनी लगाउन नेपालमा बिच-समुद्रीकिनार) पनि त हुनुपर्‍यो ।
अन्र्तवार्तामा रुपाले आफु मोडर्न सोंच भएको केटाको खोजीमा रहेको बताएकी छन् । मोर्डन सोंच भएको र परिवारलाई महत्व दिने केटा भेटें भने फेरि बिहे गर्छु- रुपाले भनिन् ।
अमेरिका गएरमात्र आफुले मेकअप गर्न जानेको बताउने रुपाले काठमाण्डौंको धुलोले गर्दा मेकअप गरेर हिड्न नसकिने बताइन् । भारतीय अभिनेत्री करिना कपुरको जिरो साइज फिगर भएपनि अमेरिकामा साथीहरुले आफुलाई ‘डबल जिरो साइज’ भन्ने गरेको रुपाले सुनाइन् ।

नेपाली चलचित्रमा कन्टेम्पोररी र ब्यालेट डान्स भित्रिने भएका छन्

कुनैबेला थियो –राजेश हमाल र कृष्टि मैनालीको कम्मर मर्काइमा दर्शकहरू मनोरन्जन लिन्थे । तर, बदलिँदो सिनेमा प्यार्टनले नृत्यका शैलीहरूमा जसै परिवर्तन ल्याउँदै गयो, उति नै दर्शकहरू नृत्यका आधुनिक शैलीहरूको पारखी बन्न थाले । नेपाली सिनेमामा हिपहप, बी–बोइङ र बलिउड ढर्राका डान्सबाट वाक्क भैसकेका दर्शकका लागि खुशिको खबर –अर्को महिनादेखि नेपाली चलचित्रमा कन्टेम्पोररी र ब्यालेट डान्स भित्रिने भएका छन् ।चलचित्र निर्देशक र दर्शकको माग थाम्नै कठिन भएपछि समकालिन नेपाली चलचित्रकी व्यस्त कोरियोग्राफर रिनासा राई आगामी विहिबार डान्स ल्याउन थाइल्यान्ड बैंकक उड्दैछिन् ।

डान्स ल्याउनुको अर्थ डान्स ट्रेनिङ लिने । तीनमहिनासम्म उनले बैंककस्थित रुमपुरी वल्र्ड डान्स स्टुडियोमा फ्रेन्च कोरियोग्राफर प्याट्रिक लरेन्ससँग नृत्यका विधाबारे कौशलता सिक्नेछिन् । ‘बढ्दो माग र नयाँ भित्राउनुपर्ने आवश्यकताले ट्रेनिङ लिन जान लागेकी हुँ’ बैंकक यात्राबारे रिनासाले भनिन् ।के हो कन्टेम्पोररी डान्स ? स्लो वीटका सेन्टिमेन्टल गीतहरूमा लचकता र जिम्नास्टिकका कला प्रदर्शन गर्दै नाचिने आधुनिक नृत्य कन्टेम्पोररी हो । यो सन्दर्भमा कन्टेम्पोररीको अर्थ (समकालिन) भन्ने होइन । खासगरी लभसङमा यो नाच प्रभावकारी हुन्छ । ब्यालेट विशुद्ध पश्चिमेली नृत्य हो जुन पनि स्लो वीटका लभसङमा नाचिन्छ । यो स्लो र स्मुथ हुन्छ । स्याड सङलाई पनि ब्यालेट नृत्यले दर्शाउन सकिन्छ । ‘पहिले अंगहरू देखाउने र कम्मर मर्काउने मात्र गरिन्थ्यो’ राई भन्छिन्, ‘अब दर्शकले हरेक नृत्यमा विविधता र डाइभर्सिटी खोज्न थाले ।’ रिनासाले रुमपुरीमा तीनमहिने कोर्स लिनेछिन् । 

बुढेसकालको संघारमा कोमल ओली चलचित्रकी नायिका बन्ने भएकी छिन्

‘झ्वाँक तन्नेरी’ र ‘पोइला जान पाम’ गायिका कोमल ओलीको परिचय बदलिने क्रममा छ । रेडियोकर्मी र लोकगायिकाको परिचय बनाएकी कोमल अब भने चलचित्र नायिका बन्ने भएकी छिन् । बुढेसकालको संघारमा कोमल हिरोइनका रुपमा सिनेमा डेब्यु गर्न लागेकी हुन् । कोमल हिरोइन बन्ने सिनेमा ‘दबदबा’लाई आइतबार रिपोटर्स क्लवमा आयोजित समारोहमा मुहूर्त गरियो । 
लागुपदार्थ दुब्र्यसनबारे बन्न लागेको सिनेमालाई अग्रज केसीले लेखन र निर्देशन गर्नेछन् । चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी र निर्देशक लक्ष्मीनाथ शर्माले संयुक्तरुपमा सिनेमा शुभारम्भ गरे । पदमप्रसाद सापकोटा, शम्भु थापा र कल्याण शाहले मिलेर निर्माण गर्न लागेको चलचित्रमा गणेश उप्रेती, कोमल ओली, विशाल पोखरेल, आर्जु अधिकारी लगायतको अभिनय रहनेछ । 
सो अवसरमा बोल्दै अध्यक्ष भण्डारी, निर्देशक शर्मा र रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलाले नेपाली युवाको वर्तमान समस्यालाई चित्रण गर्न लागिएको सिनेमाको प्रशंसा गरे । यसअघि थुप्रै सिनेमा लागुपदार्थ दुब्र्यसनबारे बनेपनि ‘दबदबा’को प्रस्तुतिकरण पृथक हुने निर्देशक केसी बताउँछन् । चलचित्रका अधिकांश कलाकार नयाँ छन् । 

नेपाली मिडिया पुरै सुन्दरीमय नेपाली सुन्दरीहरु पनि टु पिसमा

नेपालमा  नेपाली सुन्दरीहरु पनि टु पिसमा खुल्न थालेका छन् । बितेका महिना नेपाली मिडिया पुरै सुन्दरीमय भए, खासगरि दुई अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली सुन्दरीको प्रतिनिधित्वका कारण । मिस नेपाल २०११ मलिना जोसीले लण्डनमा आयोजित मिस वल्र्डमा भाग लिएकी थिइन् भनेभने सोही प्रतियोगिताकी सेकेन्ड रनरअप सरिना मास्केले चीनमा आयोजित मिस इन्टरनेशनल २०११ मा भाग लिइन् । भलै, दुवै रित्तो हात फर्के । मिस नेपाल २०११ की फष्ट रनरअप अनुपमा गुरुङ अर्को अन्तराष्ट्रिय प्रतियोगिता मिस अर्थ २०११ मा भाग लिदैछिन् । आगामी डिसेम्बर ३ तारिखमा आयोजना हुन लागेको प्रतियोगितामा अन्य मुलुकका सुन्दरीहरुले पनि भाग लिंदै छन् ।


हाल मिस अर्थको प्रतियोगिताको तयारीमा रहेकी गुरुङका‘टु पिस’वाला तस्वीर सार्वजनिक भएका छन् । उनको सुन्दरताको कमालले मिस अर्थका निर्णायक को मन पगाल्छ कि पगाल्दैन त्यो त हेर्न बाँकी नै छ ।

मलाई मन पर्‍योको प्रिमियर शो मा हिन्दी चलचित्रको गीत पर्दामा हेर्नु पर्दा मन चसक्क

सवै कुरा राम्रो गर्न खोजिरहँदा कहिले काही केही न केही कुराले धोका दिने गर्छ नेपाली फिल्मको प्रिमियर शोहरुमा । कहिले प्रविधिले त कहिले प्रविधिलाई ह्याण्डल गरेर बस्ने प्राविधिकले ।  यस्तै त्रुटी आज बिहिबार साँझ भएको चलचित्र मलाई मन पर्‍योको प्रिमियर शो पनि हुन गयो ।  जसकारण राष्ट्रियताको बारेमा छाति फूलाउने नेपाली चलचित्रकर्मीको आफ्नो  प्रिमियरमा हिन्दी चलचित्रको गीत पर्दामा हेर्नु पर्दा मनमा चसक्क काँडा बिझ्नु स्वाभाविक पनि हो । केही महिना अघि नयाँ ब्यवस्थापनले हल सञ्चालनको जिम्मा लिएको हिरारत्नमा आज भएको प्रिमियरको माहोल निकै राम्रो थियो । सञ्चारकर्मी, चलचित्रकर्मी  र उनीहरुका आफन्तले भरिएको सिनेमा हलको पृष्ठभूमिमा सोही चलचित्रको अडियो गीतले गुञ्जायमान भएकाले सुरु देखि नै प्रिमियरको माहोल राम्रै देखिएको थियो  । तर जव उपस्थित सवै पाहुना सिनेमा हल भित्र प्रवेश गरे तव सेतो पर्दामा मलाई मन पर्‍योका दुई बेहुला जीवन लुईटेल र राजबल्लभ कोईराला देखिनुको साटो जोन अब्रराहम र उनको प्रेमिकाकाले परिचित विपासा बसुले  पर्दामा कम्मर मर्काउदै 'बिल्लो रानी' भन्दाको पिडा सायद जीवन र राजलाई भन्दा अरुलाई ज्यादा नहुन सक्छ 
त्यसैले त सो गीत पर्दामा चलिरहदा मलाई मन पर्‍योका एक बेहुला राजबल्लभ कोईरालाले रिसको मुदामा भन्दै थिए, 'खडुसहरुकै कारण यसरी हामी हेपिएका हौ ।' यस्तै राजबल्लभ मात्र हैन सञ्चारकर्मीहरुले पनि सिनेमा हलको प्राविधिकले हिन्दी चलचित्रको गीत बजाई दिदा प्रिमियरको शोभा घटेको भन्दै आपत्ती जनाएका थिए । जस अनुरुप गीत सकिन लाग्दा प्राविधिकले बीचमै रोकेर चलचित्र प्रदर्शन सुरु गरेका थिए ।

हिमालयन फिल्मसको ब्यानरमा रमेशजंग रायमाझीले निर्माण गरेको उक्त चलचित्र भोलि शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शन हुदैछ । जहाँ राज र जीवनको साथमा अभिनेत्री निरुता सिंह प्रमुख भूमिकामा छिन् । सफल निर्देशकले परिचित शिव रेग्मीका चेला भद्र भुजलेले डेब्यू फिल्मको रुपमा निर्देशन गरेको उक्त चलचित्रको प्रिमियर शो पश्चात उनलाई अधिकाशंले भविष्य उज्जवल देखियो भन्दै बधाई दिएका थिए । फर्मूला शैलीमा निर्माण गरिएको मलाई मन पर्‍यो प्रेमकथामा आधारित चलचित्र हो जसलाई विकास आचार्यले लेखेका हुन् ।

भुवन केसीले सुस्मितासंग दुई पटक डिभोर्स गरेको फण्डा यति बेला आएर पूर्ण रुपमा सत्य सावित भयो

भुवन केसीले सुस्मिता केसीसंग दुई पटक डिभोर्स गरेको  खबरले फिल्मी बजार केही समय निकै तात्यो । स्क्याण्डलमा पर्न रुचाउने भूवनको सो डिभोर्स काण्ड फिल्म चलाउने अर्को बहाना पनि भनियो तर भुवनको दोस्रो पटकको भुवन फण्डा यति बेला आएर पूर्ण रुपमा सत्य सावित भएको छ ।

मंसिर पाँच गते भारतीय नागरिक पुनित रायसँग छोरी काजोलको विवाह गरिदिने तयारी गरेका भुवनले विवाहका लागि तयार गरेको निम्तो पत्रमा कहिं कतै सुस्मिताको नाम उल्लेख गरेका छैनन् । यति सम्मकी सौतेनी आमा पट्टीको छोरा रोशनको  नाम लेख्न उनले भ्याएका छन् तर सुस्मिताको नाम सो कार्डमा नअटाएको पाईएपछी सुस्मितासँग भुवनको सम्बन्ध सधैको लागि अन्त्य भएको पुष्टी भएको छ । तर निम्तो पत्रमा सुस्मिता तिरका छोरा अनमोलको नाम भने भुवनले लेख्न बिर्सिएका छैनन् । हुन त डिभोर्स गरिसेककी श्रीमतीलाई सौतेनी पट्टीकी छोरीको विवाहमा निम्तो दिनु आवश्यक छैन । तर विश्वब्यापी सेलिब्रेटीको हकमा यस्ता कुराहरुलाई ठूलो रुपमा नहेरिने प्रचलनले पनि होला सायद नेपाली चलचित्रकर्मीले पनि छोरीको विवाहमा भुवनले सुस्मितालाई बोलाउने अडकल काटेका थिए तर जव हातमा निम्तो पत्र पर्‍यो तव देखियो सुस्मिताको नाम कहि कतै छैन । यस्तै निम्तो प्रसंगमा भुवन निकट एक चलचित्रकर्मीले घरको भित्ताको कुनामा समेत सुस्मिताको तस्बिर नरहेको बताउँदै निमन्त्रणा दिने त सम्भावना नै नरहेको बताए ।
सोल्टी होटलमा भब्यताका साथ छोरीको रिसेप्सन पार्टी गर्ने तयारी गरेका भुवनको सोच अकस्मात परिवर्तन भै सो रिसेप्सन पार्टी पनि उनले सिनामंगल स्थित निजी निवासमा आयोजना  तय गरेका छन् । जस अनुरुप तीन दिने बैबाहिक कार्यक्रमको अन्तिम दिन मंसिर ६ गते चलचित्रकर्मी, राजनीतिककर्मी र संगीतकर्मी बीच उनले छोरी ज्वाईको परिचय गराउने कार्यक्रम छ ।रिसेप्सन पार्टीमा भुवनको रिलिजको तयारीमा रहेको चलचित्र 'साथी म  तिम्रो' को सवै गितहरु, प्रोमोहरु पनि सार्वजनिक गरिदैछ भने केही संगीतकर्मीहरुले गीत समेत गाउने कार्यक्रम राखिएको छ ।

मोडल तथा नायिका अनुष्का ढकालले अभियनको क्षेत्रबाट सदाका लागि सन्यास लिने घोषणा

दुई  बर्ष अघि प्रशन्न पौडेलले निर्देशन गरेको एक म्यूजिक भिडियोबाट करिअर सुरू गरेकी मोडल तथा नायिका अनुष्का ढकालले अभियनको क्षेत्रबाट  सदाका लागि सन्यास घोषणा गरेकी छिन् । 

आफू अभिनित पछिल्लो चलचित्र प्लानको डविङ सके लगत्तै  यो फिल्डमा टच नै हुन मन छैन । मिहिनेत अनुसारको पारिश्रमिक पनि छैन त्यसैले फ्यूचरका लागि टाईम वेष्ट गर्नु भन्दा पढाई तिर ध्यान दिने  निर्णय गरेको छु ।'  यस्तै आफुलाई  परिवारले पनि अभिनयमा नलाग्न पटक-पटक गरेको आग्रहलाई अहिले आएर बुझेको भन्दै अनुष्काले परिवारको निर्देशन अनुरूप आगामी भविष्य कस्तो बनाउने निर्णय गरेको बताईन् । उनले सर्वप्रथम दीपक श्रेष्ठको निर्देशनमा बनेको चलचित्र मजबुरमा ब्रेक पाएकी थिईन् । त्यसपछी उनले सन्त्रास चलचित्रमा अभिनय गरिन् र तत्काल शोभित बस्नेतले निर्देशन  गरेको चलचित्र  प्लानमा अभिनय गरेपछी उनले यो क्षेत्रबाट सन्यास घोषणा गरेकी हुन्  ।  उनि अभिनित उक्त तिनै चलचित्र रिलिजको लिष्टमा छन् । 
यस्तै  अनुष्काले करिब तीन दर्जन म्यूजिक भिडियोमा र केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । तर बचन दिईसकेकाले  एक म्यूजिक भिडियोमा भने आगामी शनिबार अन्तिम अभिनय गर्ने उनले जानकारी दिईन् । 'त्यसपछी मलाई यो क्षेत्रमा तपाईहरूले देख्न पाउनु हुने छैन',  फ्रष्टेड  मुद्रामा  उनले भनिन् ।

घाइते, सुत्केरी, अशक्त, घर बिदामा बसेका लडाकुहरु बर्गीकरणका लागि शिविर फर्कदै

बाहिर रहेका लडाकु बर्गीकरणमा सहभागी हुन शिविर फर्कन थालेका छन् । डिभिजनले उनीहरुलाई आवश्यकताको आधारमा घरमा बस्न, उपचार गर्न र अन्य बाध्यकारी अवस्था बमोजिम शिविर बाहिर बस्न सुविधा दिँदै आएको हो । फर्कनेमा घाइते, सुत्केरी, अशक्त, घर बिदामा बसेकाहरु छन् ।
उनीहरुलाई शिविर बाहिर बस्ने अधिकार तत्कालिन अनमिन, लडाकु समायोजन विशेष समिति, माओवादी र सरकारका तर्फबाट प्रदान भएको थियो । शिविर फर्कने मध्ये घाइते विष्णु गायक पनि एक हुन् । ०५६ सालदेखि माओवादी युद्धका मोर्चामा रहेर काम गर्दा उनी घाइते भए । तर उनलाई अनमिनले योग्य लडाकुको दर्जा दिएकले सरकारी तलब घरमा बसेर बुझिरहेका छन् ।
चितवन अयोध्यापुरी–६ माडी घर भएका ४२ वर्षीय गायक बुधबार शक्तिखोर शिविरको मुख्यालय गेटमा भेटिए । ‘पर्सीदेखि वर्गीकरण छ भनेर बोलाएपछि आएको हुँ,’ बैशाखीको सहारामा उभिँदै उनले भने, ‘ढिलै भएपनि समायोजन र पुनर्स्थापना हुने भएको छ, खुसी लागेको छ ।’ आफू घाइते र अशक्त भएकले रकम लिएर अवकासमा जाने उनले बताए ।
गायकले युद्धमा जति लडिए पनि अब भने शान्ति कायम हुनुपर्ने चाहना व्यक्त गरे । ०५९ सालमा रोल्पाको खारा भीरबाट लडेर उनी घाइते भएका थिए । उनी जस्ता लडाकु समायोजन तथा पुनर्स्थापनाका लागि वर्गीकरणको दिन तोकिएकाले घर जानेहरु शिविर फर्कने क्रम अघिल्लो सातादेखि सुरु भएको छ । अनमिनसँग भएको सम्झौता बमोजिम १२ प्रतिशत लडाकुले एकैचोटि बिदा पाउँछन् । बिदामा बसेका झण्डै ५० प्रतिशत भन्दा बढी लडाकु शिविर फर्किसकेको डिभिजन मुख्यालयले जनाएको छ ।

चर्चा वलिुउडको ऐश्वर्या रायले छोरी जन्माइन बच्चन परिवार खुशीले गदगद

चर्चा वलिुउडको यति बेला बच्चन परिवार खुशीले गदगद  भएका छन् । बलिउड अभिनेता अमिताभ  बच्चन नातिनीको हजुरबुबा बानेका छन् । बलिउड अभिनेत्री तथा पूर्वविश्व सुन्दरी ऐश्वर्या रायले बुधबार बिहान छोरीलाई जन्म दिएकी छिन् ।
पश्चिम मुम्बइको अँधेरीस्थित सेभेन हिल्स अस्पतालमा उनले छोरी जन्माएकी हुन् । अमिताभ  बच्चनले ट्वीटरमा आफ्नो स्टाटसमा  भने म सुन्दरी नातिनीको हजुरबुबा बनेँ लेखेका छन् ।
छोरी जन्मिएलगत्तै पिता अभिषेक बच्चनले छोरी जन्मिइन भनेर लेखेका छन् ।
ऐश्वर्याको स्याहारमा यतिबेला बच्चन परिवार जुटेको छ । सूत्रका अनुसार अस्पतालमा सबै बन्दोबस्तको व्यवस्था मिलाइएको छ । अस्पतालबाहिर बच्चन परिवारको शुभेच्छुक र प्रशंसकको भीड जुटेको छ ।

प्रधानमन्त्रि बाबुराम भट्टराईको जम्बो मन्त्रिमण्डलका लागि मासिक १ करोड रुपैयाँभन्दा बढी खर्च

हालसम्मकै सवैभन्दा ठूलो मन्त्रिपरिषद्का लागि राज्यले तलब, भत्ता, गाडी र स्वकीय सचिवालयका लागि मासिक १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने भएको छ ।
यसबाहेक एक मन्त्रीको जिल्ला भ्रमणमा एक दिनमा एक लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्री, दुई जना उपप्रधानमन्त्री, २४ जना मन्त्री र २२ जना राज्यमन्त्री छन् ।
उनीहरुका लागि तलबका लागि मात्रै राज्यले मासिक १८ लाख १४ हजार ७ सय ६० रुपैयाँ खर्च गर्नुपर्छ । प्रधानमन्त्रीले मासिक रुपमा ४७ हजार ६ सय २०, उपप्रधानमन्त्रीले ४० हजार १ सय ७०, मन्त्रीले ३७ हजार ५ सय ६० र राज्यमन्त्रीहरुले ३५ हजार ६ सय रुपैयाँ पाउँछन् ।
यसबाहेक तेल खर्च, स्वकीय सचिवालय खर्च आदिका लागि पनि राज्यले मन्त्रिपरिषद् सदस्यका लागि लगानी गर्नुपर्छ । ४५ सदस्यीय प्रधानमन्त्री सचिवालयका लागि ७ लाख ५८ हजार २ सय ५० रुपैयाँ खर्च हुन्छ भने उपप्रधानमन्त्रीका लागि १ लाख २१ हजार ६ सय ७० रुपैयाँ खर्च हुन्छ । यसबाहेक मन्त्रीहरुको निवासमा जडान हुने टेलिफोनको खर्च पनि राज्यले नै बेहोर्दै आएको छ ।

मनीषा कोइरालालाई एक्टिङ भन्दापनि सिनेमा बनाउने रहर

मनीषा कोइराला पछिल्लो समय सामाजिक कामहरूमा सक्रिय छिन् । सोमबार उनले दुईदर्जन सडक बालबालिकालाई न्याना ज्याकेट र स्लिपिङ ब्यागहरू वितरण गरिन् । हट्विट नामक बालकल्याण फाउन्डेसनले आश्रय दिएका ती बालबालिका लुगा पाएपछि खुशि देखिन्थे । मनीषा सामु उनीहरू दिल खोलेर नाचे, गाए अनि बी–बोइङमा रमाए । ‘काठमाण्डूमा स्ट्रिट चिल्ड्रेन नहोस भनेर अभियान थालेकी मनीषा ‘लागुऔषधले बिग्रिएको स्वास्थ्य र शिक्षा नहुँदा अपराधमा समेत संलग्न भएको देखेपछि सहयोग गर्नुपर्छ भन्ने लागेको हो ।’ तीमध्ये १२ बालबालिकालाई आफ्नो सहयोगमा पठनपाठनको व्यवस्था समेत गर्ने उनले बताइन् । फाउन्डेसन संस्थापक जुजुकाजी महर्जनले मनीषाको कामलाई सह्रानिय भने । फाउन्डेसनले २००६ देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।आफू सिनेमा प्रोडक्सन हाउस स्थापनाको तयारीमा रहेको   र ‘तत्काल सिनेमा भने खेल्दिँन मनीषा भन्छिन्। बलिउडबाट पनि तीनवटा अफर आएका छन् । सबैलाई होल्डमा राखेकी छु’ मनीषा भन्छिन्, ‘अब नेपालमै रहेर कलाको क्षेत्रमा केही काम गर्न चाहन्छु ।’ अब आफूलाई एक्टिङ भन्दापनि सिनेमा बनाउने रहर जागेको उनले सुनाइन् । वैवाहिक सम्बन्धबारेको जिज्ञासामा उनले नो कमेन्ट भनिन् ।

मन्त्रीहरुको सम्पत्ति विवरण्ँ सूचना तथा सञ्चार मन्त्रालयले र्सार्वजनिक गरेको छ

उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारसहित मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण्ँ आज सूचना तथा सञ्चार मन्त्रालयले र्सार्वजनिक गरेको छ ।
  • गृहमन्त्री गच्छदारको :-सम्पत्ति विवरण्ँ
सुनसरीको भलुवा-८ मा २ कठ्ठा ७ धुरमा निर्मित दुइकोठे टिनको छाना भएको घर र चार कोठाको भूइतलेले पक्की घर तथा श्रीमती निर्मला गच्छदारको नाउ“मा मोरङको विराटनगर-१५ मा १७ कठ्ठा २ धुरमा पा“च कोठाको पक्की घर बन्दै गरेको अवस्थामा रहेको छ ।मन्त्री गच्छदारको सुनसरीको भलुवा-८ मा २ कठ्ठा ७ धुर जग्गा, भलुवा, सिमरिया, तनमुना गाविसमा सगोलमा ७ बिघा १४ कठ्ठा ६ धुर पुख्र्यौली जग्गा रहेको छ । त्यसैगरी श्रीमती निर्मलाको नाउ“मा मोरङ विराटनगर- १५ मा १७.२ धुर जग्गा र विराटनगर-७ मा ७ धुर जग्गा तथा छोरा सुभाष गच्छदारले अमेरिकामा कमाएको रु २० लाखबाट ललितपुरको बुङमती-७ मा १३ आना जग्गा रहेको छ । यसैगरी उहा“को पुख्र्यौली, दाइजो तथा स्वआर्जनबाट सुन ९१ तोला, चा“दी ३०० तोला सञ्चित रहेको छ । यसैगरी ट्रक व्यवसाय एवम् बिक्री, कृषि टोयटा गाडीको भाडा, तलबभत्ता आम्दानीबाट सिन्सियर सेभिङ कोअपरेटिभमा रु २  लाख ७७ हजार र रावा बैंक भोटाहिटीमा रु आठ लाख १७ हजार रहेको छ । त्यस्तै श्रीमती निर्मलाको नाउ“मा रावा बैंक विराटनगरमा रु ७१ हजार, नेपाल बङगलादेश बैंकमा रु एक लाख ९६ हजार, स्टयार्ण्र्डड चार्र्टर्ड बैंकमा रु चार लाख ७९ हजार तथा सिन्सियर सेभिङ कोअपरेटिभमा रु एक लाख ५६ हजार रहेको छ ।
श्रीमती निर्मलाको नाउ“मा माछापुच्छरे बैंकमा १०० कित्ता र एनएसएलएमडीमा ७० कित्ता सेयर रहेको छ । छोरा सुमन गच्छदार र सुभाष गच्छदारको नाउ“मा विराट इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी दर्ता गरी परामर्शदातृको काम गरेको तथा सुभाष गच्छदारको नाउ“मा विराट इनर्जी कम्पनी दर्ता गरेको छ । हाल मन्त्री गच्छदारको नाउ“मा बा६प ६०८० नम्बरको सवारीसाधन एक र बा२प ९६५६ नम्बरको सांसद सुविधाबाट खरिद गरेको सवारीसाधन एक रहेको तथा पुरानो टिभी, भिसिडी, भिडियो क्यामरा, अडियो, राइफल एक र बाह्रबोरको बन्दुक एक थान रहेको छ ।
  • अर्थमन्त्री वर्षमान पुनको :-सम्पत्ति विवरण्ँ
र्इखाराम पुनमगरको नाउ“मा रोल्पा जंकोट-१ मा सगोलमा रहेको तीनवटा घर, तर्ीथमाली पुनको नाउ“मा सगोलको दाङ हरिद्वार गाविस-६ मा रु २ लाख तीन हजारमा किनेको ६७४.२३ वर्गमिटर जग्गा र र्इखाराम पुनमगर तथा तर्ीथमाली पुन -मातापिता) को नाउ“मा रहेको सगोलको ७५ हजार ४२५ वर्गमिटर जग्गा रहेको छ । सुन १५ तोला, चा“दी आधा केजी सगोलको पुख्र्यौली र नगद बुबाआमासंग  रु सात लाख जग्गा बिक्रीबाट प्राप्त रहेको छ ।मन्त्री पुनको एभरेष्ट बैंकमा रु ४० हजार र श्रीमती ओनसरी र्घर्तीको नाउ“मा सोही बैंकमा रु ३५ हजार तलबबाट प्राप्त सञ्चित रकम रहेको छ । उहा“लाई पार्टर्ीी दिएको एक हलुका सवारीसाधन र आफै“ले पारिश्रमिकबाट रु २ लाखमा खरिद गरेको मोटरसाइकल एक थान रहेको छ । मन्त्री पुनको घरमा भै“सी २ र गोरु चार रहेको छ । यसैगरी उहा“स“ग कम्प्युटर डेस्कटप एक, ल्यापटप एक, पार्टर्ीीट प्राप्त ल्यापटप एक र नोटबुक एक उपहारबाट प्राप्त रहेको छ ।
  • स्वास्थ्य तथा जनसङख्यामन्त्री राजेन्द्र महतोको:- सम्पत्ति विवरण्ँ
शैलकुमारी देवीको नाउ“मा काठमाडौ“ महानगरपालिका-९ मा पा“च आना र र्सलाही विष्नुपुर -६ मा एक कठ्ठा १८ धुर जग्गामा घर रहेको छ । मन्त्री महतोको र्सलाही ववरगन्ज गाविसमा चार बिघा १२ धुर र बेला गाविसमा १४ कठ्ठा जग्गा रहेको छ । शैलकुमारी देवीको नाउ“मा धनुषा, वेगासिपुर गाविसमा एक बिघा १३ कठ्ठा १८ धुर र काठमाडौं मच्छेगाउ“मा एक रोपनी ६ आना २ पैसा जग्गा र राघवेन्द्र महतोको नाउ“मा काठमाडौ“ बाडभञ्याङ गाविसमा २ रोपनी नौ आना जग्गा रहेको छ । मन्त्री महतोको ९५ तोला सुन, ३ किलो चा“दी र नगद एभरेष्ट बैंकमा रु चार लाख २ हजार, नेपाल बैंक मलङगवामा रु २ लाख ५८ हजार रहेको छ । त्यसैगरी शैलकुमारी देवीको नाउ“मा कृष विकास बैंक गौशालामा रु ७४ हजार रहेको छ । सवारीसाधनमा बोलेरो जीप १  भै“सी ५  र गाई ३  रहेको छ । 
  • बार्णीज्य तथा आपूतिर् मन्त्री लेखराज भट्टको:-सम्पत्ति विवरण्ँ 
सम्पत्ति विवरण्ँमा निर्मला भट्टको नाउ“मा कैलाली जिल्ला गेटा गाविस-३ मा दर्ुइवटा पक्की घर तथा २  बिघा पैतृक जग्गा रहेको छ । त्यसैगरी उहा“स“ग पार्टर्ीीट प्राप्त महिन्द्रा स्करपियो बा००१अ२१ नम्बरको जीप रहेको छ ।
  • वातावरण्ँमन्त्री हेमराज तातेडको -सम्पत्ति विवरण्ँ
धर्मचन्द तातेडको नाउ“मा सप्तरीमा १२ कठ्ठा पैतृक जग्गा, सप्तरीको जगतपुर-२ र ६ मा २  बिघा चार कठ्ठा ५ धुर पैतृक र पत्नी जयश्री तातेडको नाउ“मा सप्तरीमा एक बिघा १० कठ्ठा रहेको छ । मन्त्री तातेडको पैतृक तथा दाइजोबाट प्राप्त सुन १२ तोला, चा“दी २५० तोला रहेको तथा एभरेष्ट बैंकमा रु २  हजार, एसविआई बैंकमा रु २ हजार, सनराइज बैंक राजविराजमा रु ११ हजार तथा नेपाल बैंकमा रु ११ हजार नगद रहेको छ । उहा“स“ग कृषी  विकास बैंकको ८५ कित्ता सेयर रहेको छ । सप्तरी जिल्ला कञ्चनपुर गाविसमा सगोलको तातेड राइस, आयल एण्ड ङ्खलोर मिल एक रहेको छ ।

नेपाली हस्तलिखित पासपोर्ट लाइ साउदी अरबले मान्यता दिएन

Nepal Passport
साउदी अरबले नेपाललाई जानकारी नदिई हस्तलिखित राहदानीमा भिसा लगाउन आइतबारदेखि रोक लगाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको हस्तलिखित राहदानी बोकेर बंगलादेश पुगेका म्यानपावर कम्पनीका प्रतिनिधिहरू भिसा नलगाइदिएपछि फर्किएका छन् । साउदी जाने कामदारको भिसा लगाउन म्यानपावर कम्पनी बंगलादेशस्थित साउदी दूतावास पुग्नुपर्ने बाध्यता छ ।
फरेन इम्प्लोइमेन्ट एसोसियसनका अध्यक्ष प्रेम कटुवालले भिसा लगाउन गएको ६० वटा म्यानपावर कम्पनीका प्रतिनिधि फर्किएको बताए । साउदी दूतावासले आफ्नो सरकारको सर्कुलरअनुसार एमआरपीबाहेक हस्तलिखित राहदानीलाई मान्यता नदिएको जनाएको छ । यसबारे बंगलादेशस्थित दूतावासले साउदी राजदूतसँग छलफल गरेको छ

चौडा छाति भएका महिलाहरुको लागि एक कम्पनीले ठुलो ब्रा उत्पादन गरेको छ

सरीरका दाग धब्बा हटाउने खालका विभिन्न प्रडक्ट उत्पादन गर्दै आएको एक बेलायती कम्पनी भेनिसले स्तन क्यान्सर विरुद्धको अभियानमा विभिन्न तरिकाले सघाउ पुराउँदै आएको छ । तर अब भेनिसको परिचय यतिमा मात्र सिमित छैन । कम्पनीले हालै विश्वकै सबैभन्दा ठूलो ब्रा उत्पादन गरेको छ ।गुलाबी रंगको यो ब्रालाई केही दिन अघि कम्पनीले सार्वजनिक गरेको थियो र यसलाई आइटीवी साउथबैंक टावरमा प्रदर्शनीका लागि टाँगिएको छ । यो ब्रा को साइज १२२२बी छ । जुन १ सय २ फिट चौडा छाति भएका महिलाहरुको लागि ठिक्क हुन्छ । उपयुक्त साइजका ब्रा नियमित लगाएमा स्तन क्यान्सरको खतरा कम हुन्छ भन्ने चेतना जगाउन विश्वकै ठूलो ब्रा उत्पादन गरेको कम्पनीको भनाइ छ ।

नायिका सुष्मा कार्की र निर्देशक सुदर्शन थापा यो प्रेम जोडीको अहिले ब्रेकअप भएको छ

नायिका सुष्मा कार्की र निर्देशक सुदर्शन थापा बिचको प्रेम प्रसङका बारेमा थाहा नपाउने सायदै होलान् ।  ६ बर्ष देखिको आफ्नो प्रेमलाई खुल्ला रूपमा नै दर्शाउँदै आएको यो जोडीको अहिले ब्रेकअप भएको छ ।पछिल्लो एक बर्ष देखि सुदर्शनको ब्यबहारका कारण आफू वाक्क भएको भन्दै सुष्माले फिल्मीखबरसँग केही दिन अघि रुदै फोनमा भनेकी थिईन्, 'मेरो मायालाई उसले कहिले बुझेन त्यसैले आजदेखि मेरो मुखबाट बिर्सिएर पनि उसको नाम निस्किने छैन ।' पछिल्लो समयको भेटमा पनि सुष्माले सुदर्शनको आनीबानी प्रति असन्तुष्ट पोख्ने गरेकी थिईन् । केही दिन अघि आफ्नो ब्रेकअपभएको  खबर सार्वजनिक गर्न आग्रह गर्दै  उनले भनेकी थिईन्,मेरो ब्रेकअप भयो कसरी  लेख्ने हो तपाईको जिम्मा । यता सुदर्शनसँग प्रतिक्रिया लिन खोज्दा उनले यो खबर तत्काल सार्वजनिक नगर्न अनुरोध गरेका थिए ।  तर सुदर्शनले सो खबर जति रोक्न चाहे पनि अन्तत: सुष्माले फेसबुक वालमै आफ्नो सम्बन्ध अन्त्य भएको सार्वजनिक गरेकी छिन् । आईतबार बिहान दश बजेको समयमा सुष्माको सो स्टाटसमा 'मेरो सम्बन्ध ज्यादै जटिल र भ्रमित भएकाले आजबाट यो सम्बन्ध तोड्दै छु र आजदेखि म एक्लो छु' भन्ने कुरा सार्वजनिक गरेकी छिन् ।
सुष्मा र सुदर्शनको पहिलो भेट 'मेरो एउटा साथी छ' को सुटिङको शिलशिलामा भएको थियो । त्यपपछी सुदर्शनले सुष्मालाई 'के यो माया हो' मा लिड रोल दिएका थिए । तर समयको बदलाव संगै सुदर्शनको मन बदलिएको भन्दै सुष्माले उ भविष्यका लागि राम्रो हजबेण्ड नभएको समेत भन्न भ्याएकी छिन् । सुष्माको र सुदर्शनको परिवार बीच पनि यि दुईको चाडै विवाह गर्ने सहमति भएको थियो । जस अनुरुप हुनेवाला ज्वाईको रुपमा सुदर्शन यो बर्षको दशैको टीका थाप्न सुष्माको घर गएका थिए ।

यस्तै पछिल्लो पटक बिनिता बरालसंगको गसिपका कारण सुष्मा र सुदर्शन बीच दुरी बढेको बुझिएको छ । जसकारण सुष्माले विनितालाई सुदर्शनको गर्लफ्रेण्ड हो भनी आरोप पनि लगाएकी छिन् ।  तर सो कुरालाई न सुदर्शन स्विकार्छन् न त बिनिता नै ।  फेसबुक मार्फत आफ्नो ब्रेकअप भएको खबर  सार्वजनिक गरेपनि सुष्माको फेसबुक फ्रेण्ड लिस्टबाट सुदर्शन रिमुभ भएका छैनन् । यस्तै सुष्माले ब्रेकअप गरेको खबरको सम्बन्धमा सुदर्शनलाई सोधिएको विविध प्रश्नमा उनले नो कमेन्ट भनेका छन् ।

7 Reasons the World will end in 2012

Scientific experts from around the world 2012 all life on Earth could well finish. Some are saying it'll be humans that set it off. Others believe that a natural phenomenon will be the cause. And the religious folks are saying it'll be God himself who presses the stop button...

1. Mayan Calendar

The first mob to predict 2012 as the end of the world were the Mayans, a bloodthirsty race that were good at two things:
Building highly accurate astrological equipment out of stone and Sacrificing Virgins.Thousands of years ago they managed to calculate the length of the lunar moon as 329.53020 days, only 34 seconds out. The Mayan calendar predicts that the Earth will end on December 21, 2012. Given that they were pretty close to the mark with the lunar cycle, it's likely they've got the end of the world right as well.

2. Sun Storms

Solar experts from around the world monitoring the sun have made a startling discovery: our sun is in a bit of strife. The energy output of the sun is, like most things in nature, cyclic, and it's supposed to be in the middle of a period of relative stability. However, recent solar storms have been bombarding the Earth with so much radiation energy, it's been knocking out power grids and destroying satellites. This activity is predicted to get worse, and calculations suggest it'll reach its deadly peak sometime in 2012

3. The Atom Smasher

Scientists in Europe have been building the world's largest particle accelerator. Basically its a 27km tunnel designed to smash atoms together to find out what makes the Universe tick. However, the mega-gadget has caused serious concern, with some scientists suggesting that it's properly even a bad idea to turn it on in the first place. They're predicting all manner of deadly results, including mini black holes. So when this machine is fired up for its first serious experiment in 2012, the world could be crushed into a super-dense blob the size of a basketball.

4. The Bible says.

If having scientists warning us about the end of the world isn't bad enough,religious folks are getting in on the act aswell. Interpretations of the Christian Bible reveal that the date for Armageddon, the final battle between Good an Evil, has been set down for 2012. The I Ching, also known as the Chinese book of Changes, says the same thing, as do various sections of the Hindu teachings.

5. Super Volcano

Yellowstone National Park in the United States is famous for its thermal springs and Old Faithful geyser. The reason for this is simple - it's sitting on top of the world's biggest volcano, and geological experts are beginning to get nervous sweats. The Yellowstone volcano has a pattern of erupting every 650,000 years or so, and we're many years overdue for an explosion that will fill the atmosphere with ash, blocking the sun and plunging the Earth into a frozen winter that could last up to 15,000 years. The pressure under the Yellowstone is building steadily, and geologists have set 2012 as a likely date for the big bang.

6. The Physicists

This one's case of bog-simple maths mathematics. Physicists at Berekely Uni have been crunching the numbers. and they've determined that the Earth is well overdue for a major catastrophic event. Even worse, they're claiming their calculations prove, that we're all going to die, very soon - while also saying their prediction comes with a certainty of 99 percent- and 2012 just happens to be the best guess as to when it occurs.

7. Slip-Slop-Slap-BANG!

We all know the Earth is surrounded by a magnetic field that sheilds us from most of the sun's radiation. What you might not know is that the magnetic poles we call north and south have a nasty habit of swapping places every 750,000 years or so - and right now we're about 30,000 years overdue. Scientists have noted that the poles are drifting apart roughly 20-30kms each year, much faster than ever before, which points to a pole-shift being right around the corner. While the pole shift is underway, the magnetic field is disrupted and will eventually disappear, sometimes for up to 100 years. The result is enough UV outdoors to crisp your skin in seconds, killing everything it touches.

भारतीय स्टार अक्षय कुमार नेपाल आएको खबर प्राप्त भएको छ

पछिल्लो समय बलिउड र हलिउडका कलाकारहरू नेपाल आउने लहर नै चलेको छ । तर उनीहरूको नेपाल यात्रा आउनका लागि आएको र जानका लागि गएको मात्र भएको  छ  । यसै बीच भारतीय स्टार अक्षय कुमार नेपाल आएको खबर प्राप्त भएको छ ।

उनी शुक्रबार अपरान्ह आफू निकट भारतीय चलचित्रकर्मीको साथमा काठमाण्डू आएको बुझिएको छ । उनी काठमाण्डू ओर्लिए लगत्तै बौद्धमा रहेको हायात होटलमा बसेको बताईएको छ । तर उनी के कामका  लागि र किन  नेपाल आएको भन्ने कुरा  खुल्न सकेको छैन । पछिल्लो समय एक टेलिभिजन च्यानलमा स्टण्डमा आधारित कार्यक्रम 'खतरोका खेलाडी' सञ्चालन गरिरहेका अक्षयले  सो कार्यक्रमको नयाँ सिजनको लागि  छायाकंन स्थल नेपाल बनाउने बुझिएको छ ।  बुझिए अनुसार खतरोका खेलाडीका लागि उनी बन्जी जम्पको स्टण्ड नेपालमा गर्न चाहान्छन ।  जसका लागि उनी एक साता नेपाल बस्ने बुझिएको छ ।

माल्दिभ्समा कार्यरत नेपालीले दूतावास खोल्न प्रधानमन्त्री डा बाबुराम भट्टर्राईसंग आग्रह गरेका छन्

Dr-Baburam bhattarai in Maldives

माल्दिभ्समा रहेका नेपालीहरुले नेपाल-माल्दिभ्सवीच सिधा हवाई उडान थाल्न र माल्दिभ्समा दूतावास खोल्न प्रधानमन्त्री डा बाबुराम भट्टर्राईसंग आग्रह गरेका छन् ।  
र्सार्क शिखर सम्मेलन माल्दिभ्समा सहभागी हुनु भएका प्रधानमन्त्री डा. भट्टर्राईलाई आज बिहान त्यहा रहेका नेपालीहरुको संगठन नेपाल-माल्दिभ्स मैत्री समाजले आफ्ना समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउर्दै सिधा हवाई उडान र दुतावास खोल्न आग्रह गरेको हो ।
समाजले माल्दिभ्समा दूतावास नहु“दा नेपालीले अनेकौं कानुनी झण्झट व्यहोर्नु परेको गुनासो गर्दै तत्काल दूतावास खोल्न प्रधानमन्त्री भट्टराइएको ध्यानाकर्षा गराएको हो । समाजले नेपालमा पर्यटनको विकास र नेपाली दक्ष कामदारलाई माल्दिभ्समा रोजगारीका लागी सहज अवस्था बनाउन पनि प्रधानमन्त्री डा भट्टर्राईसंग भनेको छ । ज्वाफमा माल्दिभ्समा दूतावास खोल्ने र हिमाल र समुद्रबीच पर्यटकीय सम्बन्ध स्थापित हुन सक्ने भन्दै प्रधानमन्त्री डा भट्टर्राईले माल्दिभ्सबाट नेपाल पर्यटक लैजान सिधा हवाई उडानको व्यवस्था गरिने आश्वासन दिनुभयो । हाल माल्दिभ्समा होटल र घरेलु कामदारका रुपमा करिब ५ हजारको संख्यामा नेपालीहरु रहेको मैत्री समाजले दाबी गरेकेा छ ।

सांगितिक कार्यक्रमका लागि कतार पुगेकी नन्दिता कार्यक्रम सकेर रोमान्स तिर लागेकी छिन्


नायिका नन्दिता केसी अहिले कतार को समुन्द्री किनार मा रोमान्स गर्नमा व्यस्त छिन् । गत ५ तारिखका दिन सांगितिक कार्यक्रमका लागि कतार पुगेकी नन्दिता कार्यक्रम सकेर रोमान्स तिर लागेकी हुन् ।नन्दिताले मोडल बिष्णु कार्कीसँग समुन्द्री छालसँगै मरूभुमिमा पनि रोमान्स गरिन् । गायक हिमाल सागरको पछिल्लो एल्बम 'टेल मि' मा रहेको 'मेरो आयु तिम्रो भन्दा छोटो होस्...' भन्ने बोलको गीतको म्युजिक भिडियोमा नन्दिताले बिष्णुलाई साथ दिएकी हुन् । भिडियोको सुटिङ लगत्तै फिल्मीखबरसँग कुरा गर्दै नन्दिताले पहिलो पटक बिदेशमा भिडियोको सुटिङ गर्दा निकै रमाईलो अनुभव भएको सुनाईन् । उनले भनिन्, 'डेजर्ट बाईक र मोटर बोटको मज्जा लिईरहेकी छु ।' शुक्रबार सुटिङ नसकिए पछि शनिबार पनि सुटिङ गर्ने बताउँदै नन्दिताले आईतवार नेपाल फर्कने जानकारी गराइन् ।रक स्टाइलको सो गीतको भिडियो निर्देशक शंकर बिसी हुन् । उनले हिमाल सागरकै स्वर तथा संगीत अनि श्याम पराजुलीको शब्दमा नन्दिता र बिष्णुलाई अनस्क्रिन रोमान्स गराएका हुन् । यसका साथै सोही स्थानमा हिमाल सागरकै अर्को गीत 'भन्थ्यौ मायाको सिमा हुँदैन...' बोलको गीतको म्युजिक भिडियो पनि छायाँकन गरिएको छ । सो गीतमा प्रकाश थपलिया, सरू वन, बिशाल श्रेष्ठले अभिनय गरेका छन् ।

कतारमा दुईवटा स्टेज कार्यक्रम गरेको बताउने नन्दिताले सो कार्यक्रममा लागि कतार पुगेको जम्बो टोलीमा गायक सुगम पोखरेल, हिमाल सागर, रेश्मा सुनुवार, सुजाता सिटौला, सरू वन, जमुना राना, शैलेन्द्र सिंखडा, शंकर बिसी लगायतका रहेको बताईन् ।

श्रीमति वा प्रेमिकाले रातो कपडा लगाएको बेला उसको व्यहोरा बुझ्ने गर्नुभएको छ

तपाईँ आफ्नी श्रीमति वा प्रेमिकाले रातो कपडा लगाएको बेला उसको व्यहोरा बुझ्ने गर्नुभएको छ ? तपाईँलाई पत्तै नभई उनीहरु रातो कपडा लगाएको बेला यौनका मामलामा बढी उर्जावान भैरहेका हुन्छन्
रातो कपडा लगाएको दिन उनीहरुमा अन्य दिनको तुलनामा यौन क्षमता बढी हुन्छ । रातो रंगले यौन क्षमतालाई पनि संकेत गर्ने निश्कर्ष खोजकर्ताहरुको छ । र यो पनि पत्ता लागेको छ, महिलाहरुले रातो कपडा लगाएको दिन पुरुषमा पनि यौन उत्तेजना बढी हुन्छ ।हालसम्म रातो रंग प्राणी मात्रलाई क्रुद्ध बनाउने, उत्तेजित पार्ने रंग मानिन्छ । तर सधैँ यस्तो हुँदैन भन्ने पनि प्रमाणित भएको छ । पछिल्लो अनुसन्धान अनुसार रातो रंगले मानिसलाई उर्जावान, तागतिले र बलियो पनि बनाउँछ ।युनिभर्सिटी अफ रोचेस्टरका प्रा. एन्ड्रयु एलियट भन्छन्, ‘रातो रंगको आभास मात्रैले पनि हामीलाई हरेक विषयमा तीव्रता साथ लाग्न प्रेरित गर्छ, शक्तिशाली बनाउँछ ।’रातो रंगले खतराको संकेत गर्छ, त्यसैले यो सिधै हाम्रो शारीरिक प्रक्रियासँग जोडिएको छ । रातो रंग खेलाडीको लागि पनि सहयोगी हुन्छ । किनभने खेलाडीहरुलाई शक्ति प्रदर्शन गर्नुपर्ने हुन्छ । एलिटले आफ्नो अध्ययनमा के सम्म पाएका रहेछन् भने फुटबल म्याचमा अहिलेसम्म जति पनि टिम विजयी भएका छन्, तीमध्ये अधिकाँशको जर्सीमा रातो रंगको मात्रा बढी थियो ।कतै यहि विशेषताका कारण विहेको दिन हाम्रो संस्कारमा दुलहीले रातो रंगको सारी, चुरा र अन्य कुरा लगाएका त होइनन् ? उर्जाले भरिएको सुहागरात मनाउन त होइन ?


अमेरिकी रियालिटी टिभी स्टार हेदी मोन्टागको सामुद्रिक सामान्य छालले उनको ब्रा नै खुस्काइदियो

अमेरिकी रियालिटी टिभी स्टार हेदी मोन्टाग केही समयअघि स्तन प्रत्यारोपणका कारण चर्चामा आएकी थिइन् । आफ्ना स्तनको आकार बढाउन प्रत्यारोपण गरेकी हेदीका स्तन आवश्यकता भन्दा बढि नै ठूला भएछन् क्यारे ।

हालै कोस्टारिका सामुद्रिक किनारमा मस्ती गरिरहादा पानीको सामान्य छालले उनको ब्रा नै खुस्काइदियो र एउटा स्तन अकस्मात बाहिर निस्कियो । बिकिनी फलको सिकार भएकी हेदीले त्यसपछि हतार-हतार हातले स्तन छोप्दै ब्रा मुनि लुकाइन् । उनको यस्तो हालत देख्नेले सायद भन्दै थिए होलान् ‘ठूला चाहिएपछि यस्तै हुन्छ’ ।

आजदेखि मुलुकका ७५ वटै जिल्लाबाट एमआरपी वितरण्ँ प्रक्रिया सुरु

सरकारले आजदेखि मुलुकका ७५ वटै जिल्ला प्रशासन कार्यालयबाट मेशिन रिडेबल पासपोर्ट एमआरपी वितरण्ँ प्रक्रिया सुरु गरेको छ ।
परराष्ट्र मन्त्रलायअन्तर्गतको केन्द्रीय राहदानी कार्यालयले सर्वसाधारण्ँको सुविधालाई ध्यानमाराखेर सबै जिल्ला प्रशासन कार्यालयमार्फत राहदानी उपलब्ध गराउन सुरु गरेको हो ।
एक वर्Èअघि हस्तलिखित राहदानी विस्थापित गरी मेशिनबाट पढ्न मिल्ने एमआरपी वितरण्ँ थालेको केन्द्रीय राहदानी कार्यलयले त्यसको केही समयपछि  एक ठाउबाट मात्र राहदानी बितरण गर्दा सेवाग्राही मर्कामा परेको भन्दै उपत्यकाका काठमाडौ“, ललितपुर र झक्तपुरबाट पनि राहदानी वितरण्ँको व्यवस्था मिलाएको थियो ।
परराष्ट्रले गएको साउन ३१ बाट ३८ वटा जिल्ला प्रशासन कार्यालयबाट रादानी उपलब्ध गराउन थालेको थियो । सर्वसाधारण्ँले साधारण्ँ प्रक्रियाबाट ५ हजार र द्रुत सेवामार्फत १० हजार राजश्व बुझाएर राहदानी लिनुपर्नेछ । तत्काल राहदानी आवश्यक परे १० हजार रपैया“ तिरेर एक साताभित्र राहदानी लिन सकिने छ तर, त्यसका लागि भने केन्द्रीय रादानी कार्यालयमै आउनुपर्ने छ ।

नब्बे लाख नेपाली फेसबुकमा नेपाली सिनेमा 'फेसबुक बन्दै


नब्बे लाख नेपाली फेसबुकमा अटाएका छन् । जसमध्ये दुई तिहाइ संख्या त तन्नेरी मात्रै छन् । न्यूयोर्कको वालस्ट्रिट, मध्यपूर्वको कलर रिभोलुसन हुँदै काठमाण्डूको नेपाल युनाइट्सजस्ता हलचल बनाउन इन्टरनेटको यो जालोको भूमिका अद्धितिय छँदै छ । तर, हामी यहाँ नेपाली समाजका बाँकी पाटोको कुरा गरिरहेका छौं । जहाँ प्रेमदेखि क्राइमसम्म फेसबुकले आफूलाई स्थापित गरिरहेको छ । यी कुरालाई सिल्भर स्क्रिनमा उतार्न नेपाली सिनेमा 'फेसबुक बन्दैछ । 

'फेसबुक' खिच्न कलाकार, प्राविधिक र मेकरसहितको टोली प्रशान्त क्षेत्रीय राष्ट्र सिंगापुर उड्दैछ । 'फेसबुक' खिच्ने यो जम्बो टोली मंसिर एक गते त्यसतर्फ जाँदैछ । निर्माता सुनिलकुमार थापा, निर्देशक सुरज सुब्बा, अभिनेत्री (निर्मात्री पनि) झरना थापा, सिनेम्याट्रोग्राफर संजय लामासहित एघार जनाको टोली सिंगापुर लाग्नेछ । टोलीमा हिरो पनि सहभागि हुनेछन् तर उनको नाम उल्लेख छैन । यही सिनेमाबाट उनी चलचित्र अभिनय थाल्दैछन् । सिंगापुरमा एकसाता सुटिङ हुनेछ । 

निर्माता थापाले गीत र नौवटा दृश्य सिक्वेन्स खिच्ने बताए । सन्दर्भअनुसार, चलचित्रका नायक गैरआवसिय नेपाल (एनआरएन) हुन्छन् र 'फेसबुक'मार्फत नेपालमा रहेकी हिरोइनसँग उनी प्रेममा पर्छन् । ‘प्रेममात्र होइन, फेसबुक राम्रा र नराम्रा दुवै पक्षलाई उठान गर्नेछौं’ थापाले मेरोसिनेमासँग भने, ‘फेसबुकबाट हुने अपराध पनि चित्रण गरिनेछ ।’ आफ्नो सिनेमाले मुलुकमा साइवर कानुन बनाउन दबाब दिने आशा थापाले लिएका छन् । चलचित्रमा महानायक राजेश हमाल प्रहरी अधिकृतको केमियो भूमिकामा छन् । पहिलोपटक प्रविधिमा आधारित नेपाली सिनेमा बन्न लागेको हो । 

हरेकको मन जित्न सफल बनेकी नायिका केकी अभिनयमा मात्र हैन अध्यनमा पनि सफलता हात पारेकी छिन्

पछिल्लो समय हरेकको मन जित्न सफल बनेकी नायिका केकी अधिकारीले अभिनयमा मात्र हैन अध्यनमा पनि सफलता हात पारेकी छिन् । उनी त्रिभुवन बिश्वबिधालय अर्न्तगतको BIM (व्याचलर इन इनफरमेसन म्यानेजमेण्ट) संकायमा युनिभर्सिटी थर्ड भएकी छिन् । उनले उक्त संकायको अन्तिम सेमेस्टरको परिक्षामा ४ पूर्णाङमा ३.८८ ल्याएर युनिभर्सिटी थर्ड भएकी हुन् ।

हरेक छ/छ महिनामा लिईने परिक्षामा केकीले अन्य सेमेस्टरमा पनि यस्तै अनुपातमा मार्कस् आएको बताईन् । ८ वटा सेमेस्टरको अंक जोड्दा प्रतिशत अझ बढ्ने केकीको भनाई छ । कार्यव्यस्तताले गर्दा पढाईलाई सोचे अनुरूपले अगाडी बढाउन नसकिरहेको अवस्थामा पनि युनिभर्सिटी थर्ड हुँदा आफू निकै खुसी भएको केकीले बताईन् । उनले भनिन्, 'यति धेरै मार्कस् आउला भनेर सोचेकी पनि थिईन् तर परिक्षा राम्रै गरेकी रहिछु । म निकै खुसी छु ।' करिब दुई साता अगाडी रिजल्ट आउट भए पनि मंगलबार मात्र मार्कसिट आए पछि आफू युनिभर्सिटी थर्ड भएको कुरा थाहा पाएको केकीले फिल्मीखबरलाई बताईन् ।
 
केकी स्नातकमा मात्र हैन सानै देखि पढ्नमा तेज रहेको उनका पिता बद्रि अधिकारी बताउँछन् । केकीले एसएलसीमा ८६ % अंक ल्याएको र +२ साईन्स बिषयमा पनि डिस्टिङसन ल्याएको पिता अधिकारीको भनाई छ । अभिनयसँगै पढाईमा पनि सफलता हात पारेपछि छोरी प्रति गर्व लागेको अधिकारी बताउँछन् । केकीका पिता बद्रि अधिकारी चलचित्र निर्देशक हुन् ।

अभिनय सँगसँगै पढाईलाई पनि निरन्तरा दिंदै केकीले अब MBA मा भर्ना हुने बताईन् । ACE या APEX कलेज मध्ये कुनै एकमा भर्ना भएर अध्यनलाई अगाडी बढाउने उनको भनाई छ । नेपालमा MIM बिषय नभएको र त्यसका लागि बिदेश जानु पर्ने भएकाले अभिनयलाई पनि सँगसँगै लैजानु पर्ने भएपछि MBA मा भर्ना हुन लागेको केकी बताउँछिन् । 'बाबाले पनि नै पढ्न आग्रह गर्नु भयो त्यसैले यहि बिषयमा मास्टर्स गर्छु होला', केकीले भनिन्

ज्यान मुद्दामा जन्मकैद सुनाइएका सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिए आफ्न्तहरु अन्तर्राष्ट्रिय अदालतमा जाने

ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिए मृतकका आफ्न्तहरुले न्यायका लागि अन्तर्राष्ट्रिय अदालतमा जाने बताएका छन् ।
मिडिया भिजन नेपालद्धारा आज राजधानीमा आयोजित ‘जन्मकैद पाएका सभासद्लाई माफीको सिफारिस गर्ने निर्णय कति जायज ?’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रपतिले ढुङ्गेललाई माफी दिन नहुने भन्दै त्यसो गरिए न्यायका लागि अन्तर्राष्ट्रिय अदालतसम्म जाने आफ्न्तले बताएका हुन् ।
सभासद् ढुङ्गेलले ओखलढुङ्गाका उज्जलकुमार श्रेष्ठको ०५५ असार १० गते गोली हानी हत्या गरेको ठहर गर्दै सर्वोच्चले ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उज्जलकी दिदी सावित्रा श्रेष्ठले सरकारले ढुङ्गेललाई माफी दिन राष्ट्रपति कहाँ सिफारिस गरे पनि राष्ट्रपतिले माफी नदिने दाबी गर्दै अपराधीलाई राजनीतिक दलले संरक्षण दिएकोप्रति गुनासो व्यक्त गर्नुभयो ।
उहाँले ढुङ्गेलको आफ्न्त पर्ने काहुनी जातकी बैनी पर्ने विवाह गरेको व्यक्तिगत रिसइबीका कारण आफ्नो भाइको हत्या गरिएको भन्दै ओखलढुङ्गास्थित आफ्नो घर जग्गा सबै माओवादीले कब्जा गरेको बताउनुभयो 
मानवअधिकारकर्मी सुशील प्याकुरेलले देशमा दण्डहीनता बढ्दै गएको भन्दै ढुङ्गेललाई माफी दिनु कानुन, संविधान र लोकतन्त्रको हस्तक्षेप हुने बताउनुभयो ।

महानायक राजेश हमाल निर्दोष भएको पुष्टी र बालकुमारी मानसिक रोगी भएको भनाई

अकस्मात एक महिलाले आफू राजेश हमालको श्रीमती भनी प्रहरीमा उजुरी दिएपछी डिसर्टव देखिएका महानायक राजेश हमाल निर्दोष भएको पुष्टी भएको छ । 


गत आईतबारको दिन देखि चितवनकी प्रहरी हब्लदार बालकुमारी अधिकारीको फण्डामा रोमलिएको सिने छेत्र आज आएर पूर्ण रूपमा र्छलङ्ग भएको छ । यस्तै बारम्बार आफू महानायकको श्रीमती र आफूबाट जन्मिएको तीन सन्तान हमालकै हो भनी दावी गर्दै आएकी बालकुमारीको सो आरोपलाई उनकै परिवारले गलत भनी प्रमाणित गरेको छ । बुधबार बिहान हनुमान ढोका परिसरमा भएको दुइ पक्ष छलफलमा बालकुमारीका भाई ढाकाराम अधिकारीले दीदी मानसिक रोगी भएको र उहाँबाट महानायक प्रति लागेको आक्षेप गलत भएको भन्दै मिडिया सामू माफी समेत मागेका थिए । उनी दीदी बालकुमारीलाई डाक्टरले मानसिक रोगी भनी प्रामाणित गरेको पुर्जी सहित हनुमानढोकामा उपस्थित भएका थिए । उनले भने ' बिगत तीन बर्षदेखी उहाँ मानसिक रोगी हुनुहुन्छ त्यसैले उहाँले महानायकज्यू लाई यस्तो आरोप लगाउनु भएको हो ।' यस्तै ढाकारामका अनुसार उनको दिदीको विवाह हाल मुस्ताङमा कार्यरत असही कृष्ण बहादुर रानासंग भएको र उनीबाटै तीन छोरीहरू भएको जानकारी पनि दिए । ढाकाकारमले समय-समयमा बालकुमारीलाई प्रहरी अस्पतालमा चेकअपका लागि काठमाण्डू ल्याउने गरेको जानकारी पनि दिए । तर पछिल्लो केही महिना यता औषधी खान छाडेकाले दीदीले यस्तो कदम चालेको उनको भनाई थियो ।

यस्तै मिडियाको सामू घेरिएका महानायक हमालले मानसिक रोगी बालकुमारीलाई आफ्नो तर्फबाट माफी दिएको बताए । उनले भने 'उहाँ मानसिक रोगी हुनुहुन्छ त्यसैले उहाँको भाईलेनै म माथि लागेको ओरोप निराधार भएको भनिसकेपछी म उहाँ प्रति एक्सन लिन जरूरी ठान्दिन बरू उहाँको स्वास्थ्य लाभको कामना गर्छु ' तर राजेशले यो घटनाबाट अरू सेलीब्रेटी सजग रहनु पर्ने धारणा ब्यक्त गरे । उनले भने 'यस्तो घटना कपि क्याट हुन सक्छ भोली फेरी मलाई यस्तो आरोप लाग्न सक्छ र अरू सेलीब्रेटी लाई पनि त्यसैले प्रहरी र मिडियाले पनि यस्ता कुरालाई कसरी महत्व दिने भन्ने हुन्छ । ' प्राय सिनेमाको सुटिङ्गमा निर्देशकले आग्रह गरेको समय भन्दा निकै ढिला पुग्ने हमाल हनुमानढोकामा भने तोकिएकै समयमा पुगेका थिए । उनलाई मंगलबार हनुमानढोकाले बुधबार बिहान ११ बजे उपस्थित हुनका लागि आग्रह गरेको थियो । जस अनुरूप उनी सहयोगी चिरञ्जीवी आचार्य, भाई राकेश हमाल लगायतका केही आफन्तसहित हनुमान ढोका पुगेका थिए ।

हनुमानढोका पुग्नसाथ उनले बालकुमारीलाई सभ्य भएर गाली समेत गरेका थिए । उनले बालकुमारीलाई देख्न साथ भने 'म जिम्मेबार मान्छे भएर मात्र यहाँ आएको ।' यस्तै हमालले सो प्रश्न गरेलगत्तै बालकुमारीले पनि 'अलि उता गएर कुरा गरौन यहाँ पत्रकारहरूले घेरिरहेका छन्' भन्दै हमालको हात समाउन खोजेकी थिईन तर हमालले उनको कुरालाई वास्ता गरेनन । चार दिन सम्म गरम बनेको बालकुमारी काण्ड सिने सेलीब्रेटीलाई लिएर हलिउड शैलीमा भएको यस्तो प्रकृतिको घटना नेपालकै पहिलो हो ।

स्मरण रहोस जानकारहरूका अनुसार नेपाली चलचित्र पत्रकारिताको इतिहासमा पहिलो गसिप राजेश हमालकै छापिएको थियो । जतिबेला उनी पहिलो चलचित्र भाग्यरेखामा कृष्टी मैनालीसंग अभिनय गर्न ब्यस्त थिए तर त्यतिबेला कृष्टी मैनालीसंग उनको हट गसिप प्रकाशित भएपछी उनका मामा दीपक रायमाझीले सो चलचित्रबाट उनलाई आउट गरेका थिए । र त्यो खबरनै नेपाली चलचित्र पत्रकारिताको पहिलो गसिप भएको भन्ने गरिन्छ । भाग्यरेखामा हमाल आउट भएपछी संगीतकार शम्भुजीत बास्कोटाको दवावमा राजेशलाई दीपक रायमाझीले युगदेखि युग सम्ममा पुनः लिएका थिए । जुन उनको पहिलो चलचित्रको रूपमा परिचित छ,

डाक्टरले मंसिर १० गतेको डेलिभरी डेट दिएको तर हिजो बेलुकी अरूणिमा छोरीलाई जन्म दिएकी छिन्

Arunima
डाक्टरले मंसिर १० गतेको डेलिभरी डेट दिएको थिए तर अकस्मात हिजो बेलुकी पेट दुखेपछी अस्पताल भर्ना भएकी अभिनेत्री अरूणिमा लम्सालले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छिन् ।

भिडियो एक्सरे गरेका कारण डेलिभरी हुनु अघि नै छोरी जन्माउने जानकारी पाएकी लम्सालले मंगलबार राति पौने आठ बजे पहिलो सन्तानलाई जन्म दिएकी हुन् । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उनको नर्मल डेलिभरी भएको थियो । उनको छोरी २.१ केजीको रहेको जानकारी दिईएको छ । अहिले उनका साथमा अस्पताल परिसरमा परिवार रहेका छन् ।
स्मरण होस संचिता लुइटेल बाहेक प्राय चलचित्रकर्मीहरूको पहिलो सन्तान छोरी नै भैरहेको अवस्थामा अरूणिमाले पनि त्यो निरन्तरता दिएकी हुन् । यस अघि करिश्मा मानन्धर, मौसमी मल्ल, झरना थापा, जल शाह, पूजा चन्द, बीना बुढाथोकी, सुशीला रायमाझी, निर्देशक तुलसी घिमिरे, शम्भु प्रधान, आकाश अधिकारी, शिव श्रेष्ठ, दीलिप रायमाझी तथा नेपालकी प्रथम नायिका भुवन चन्दको पनि पहिलो सन्तान छोरी नै भएको हो ।अहिले अरूणिमालाई उनका सहकर्मी साथीभाई तथा आफन्तहरूको बधाई तथा शुभकामनाको ओईरो लागिरहेको खबर प्राप्त भएको छ । पहिलो सन्तानको रूपमा छोरी जन्माएकी अरूणिमालाई बधाई छ अरूणिमा !

केकी अधिकारी को धमाका अति नै प्रसंसित नीर शाह को फिल्म "मसान" मा

Keki Adhikari
सिनेमा :"मसान" यस चलचित्रको प्रथम प्रदर्शनी (प्रिमियर)को मञ्चमा निर्माता तथा निर्देशक नीर शाहले भनेका थिए –प्रायः नेपाली सिनेमा ‘सी’बाट सुरु हुन्छन् तर ‘म’सम्म आइनपुग्दै बीचमै सकिन्छन् । यो सिनेमा ‘सी’बाट सुरु भएर ‘म’ सम्म पुग्नेछ र नेपाली चलचित्रको इतिहास लेखिँदा यो चलचित्रले आफ्नो स्थान सुरक्षित गर्नेछ ।’

समिक्षाको प्रश्नमा शाहको भनाईलाई यसकारण उध्दृत गरिएको हो कि उनी नितान्त सहि बोल्दै थिए । हाम्रो यथार्थ यही वाक्यांशभित्र सीमित छ । ‘सी’बाट सुरु भएको सिनेमा बीचमै सकिन्छ, हराउँछ अनि दर्शक रिक्तताको अनुभूति बोकेर हलबाट बाहिरिन बाध्य हुन्छन् । जसको उपज, नेपाली चलचित्र आज घिटिघिटिको अवस्थामा आइपुगेको छ । यस्तो कहालीलाग्दो परिस्थितीबीच ‘सी’बाट सुरु भएर ‘म’सम्म पुग्ने भनेर दावी गरिएको सिनेमाप्रति ठूलो आशा खडा भएको थियो । एकतिर नेपाली साहित्यको एउटा उत्कृष्ट नाटकलाई चलचित्र बनाउने प्रयास र अर्कोतिर शाहजस्तो अनुभवी निर्देशकबाट यस्तो प्रयत्न भैरहेको अवस्थामा ‘मसान’ले एक ऐतिहासिक चलचित्ररुपी दस्तावेज बन्न सक्ने सम्भावना बोकेको थियो । रिमालद्वारा लिखित यो कृति पढेका थुप्रैका लागि र नपढेका तर सुनेका अरु थुप्रैका लागि यो सिनेमा एउटा अवसरको रुपमा थियो । पर्दामा सशक्त द्वन्द्व बोकेको नाटकको चलचित्रात्मक रुपान्तरण हेर्ने र यस्तो अवसर नेपाली चलचित्र घरहरूको पर्दामा विरलै पाइन्छ –व्यावसयिकताको नाममा बलिउड र कोरियन चलचित्रको अनुवादको विगविगी भैरहेको वर्तमान यथार्थमा ।

Keki Adhikari
दुर्भाग्यवश, यो सिनेमा ‘सी’बाट सुरु हुँदा–हुँदै ‘सी’मै सकिन्छ । ‘मा’सम्म पुग्ने त कल्पना पनि गर्न सकिन्न । पटकथाकार तथा निर्देशक शाहले भनेजस्तै यो चलचित्र नेपाली रजतपटको इतिहासमा स्थान सुरक्षित गर्न लायक त छ तर साहित्यिक कृतिबाट असफल चलचित्र बनाइएको श्रृङ्खलाभित्र । स्वदेशी रजतपटको लागि यो चलचित्र वर्षकै ठूलो दुर्भाग्य हो । कारण –सृजनात्मक दृष्टिकोणले प्रशस्त सम्भावना रहेको चलचित्रको सृजनात्मक पक्षमै पूर्णतः असफल बन्यो र साहित्यिक कृतिमाथि चलचित्र बनाउने अभियानमा कहिँ–कतै नैराश्य स्थापित गराइदियो । ‘मसान’ दुर्घटनालाई गहनताका साथ विश्लेषण गर्दा एउटा महत्वपूर्ण प्रश्न उजागर हुन्छ –नेपाली सिनेमाले चलचित्रको भाषालाई किन यति धेरै उपेक्षा गरेको हो ?

के हामीले चलचित्रको भाषा सिकेका छैनौं या जानेका छैनौं ? अथवा जानेर पनि बेवास्ता गरेका छौं ? के चिनमा गएर चिनियाँसँग हामीले नेपाली भाषामात्र बोलेर हुन्छ ? चिनमा चिनियाँसँग घुलमिल हुन चिनियाँ भाषा नै जान्नुपर्छ भनेजस्तै चलचित्रको देशमा नाटकको भाषा बोलेर हुन्छ ? चलचित्रकै भाषामा बोलिनुपर्छ अनि मात्र चलचित्र देशका खुला नागरिक (जसलाई हामी दर्शक भन्दछौं), उनीहरूले हामीलाई बुझ्न सक्छन् र आत्मसात गर्न सक्छन् । यसर्थ यस चलचित्र भनिएको ‘मसान’ भाषागत दृष्टिकोणले चलचित्र नभएर नाटकलाई क्यामेराले खिचेर काट्ने र जोड्ने सम्पादन गरेर देखाइएको नाटक मात्र हो भनेर श्रेणीगत गर्दा धेरैलाई तीतो महसुस होला तर यथार्थ त्यही हो । मुटुमाथि ढुङ्गा राखेर नेपाली सिनेमा उद्योगले बरिष्ठ भनेर सम्बोधन गरिने निर्देशक शाहको यस पटकको प्रयासलाई यसरी मूल्यांकन गर्नुपर्दा हामीपनि मर्माहत भएका छौं ।

प्रधानमन्त्री बन्नुअघि बाबुराम भट्टराईले अनिल कपुरको हिन्दी फिल्म 'नायक' हेरेका थिए रे

तपाईँले यदि सिनेमा बनाउने कथा र पात्र पाइरहनुभएको छैन भने मान्नुस –वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई त्यसका फिट पात्र हुन् । 'बायोपिक जनर'का सिनेमा रुचाउने दर्शकका लागि भट्टराईको जीवनकथा राम्रो स्क्रिप्ट बन्न सक्छ । प्रधानमन्त्री बनेयता बाबुरामका लोकप्रिय कामहरू हेर्दा लाग्छ –उनी हिन्दी सिनेमा 'नायक'का हिरो अनिल कपुर हुन् । बरु, कपुर त रिलका मात्र हिरो बने, बाबुराम त रिएलका हिरो बनिरहेका छन् । 

उनी बालुवाटार छिरेदेखिको कामलाई फिक्सन तुल्याउने हो भने मज्जाको कथा बन्छ । सपथदेखि नै नेपालमै बनेको गाडी मुस्ताङ म्याक्स चढेर वाहीवाही कमाएका बाबुरामले त्यसपछि न्यूरोडमा किरा परेको गुदपाकमा ताला लगाए । बालुवाटारमा चियापान गरेर चलचित्रकर्मीलाई खुशी पार्ने प्रयत्न गरे । जेपिटी बोल्ने दुई मन्त्रीलाई तह लगाए ।
रेडियो नेपाल र नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाए । माइती नेपालमा पिङ खेले । यतिबेला, उनै बाबुरामले स्थापना गरेको 'हेलो सरकार' हटलाइन चर्चा र प्रशंसाको विषय बनेको छ । जनताका प्रत्यक्ष गुनासा सुन्न बाबुरामले डिजाइन गरेको यो आइडियाले धेरैजनालाई राहत दियो र दिइरहेको छ । यतिबेला उनै बाबुरामलाई लिएर एउटा हल्ला चलेको छ –प्रधानमन्त्री बन्नुअघि उनले अनिल कपुरको हिन्दी फिल्म 'नायक' हेरेका थिए रे ! 
यही फिल्मले बाबुरामलाई राम्रो काम गर्ने ऊर्जा दिएको हो रे ! के साँच्चिकै उनी 'नायक' हेरेरै प्रधानमन्त्री बनेका हुन् ? यदि, यस्तो हो भने चलचित्रकर्मीका लागि योभन्दा खुशिको कुरा अरु हुनैसक्दैन । 

बालकुमारी अधिकारीले राजेश हमाल आफ्नो श्रीमान भएको आरोप गर्लफ्रेण्ड मधुले हमालसँग मिटिङ

प्रहरी हबल्दार बालकुमारी अधिकारीले राजेश हमाल आफ्नो श्रीमान भएको भन्दै  हनुमान ढोकामा उजुरी दर्ता गर्न गएको बिषयलाई फिल्मखबरले ब्रेकिङ न्यूज सार्वजनिक गरे लगत्तै महानायक राजेश हमाल गर्लफ्रेण्डसँग मिटिङ बसेको खबर प्राप्त भएको छ ।

आईतबार दिउसो एक बजे सार्वजनिक भएको उक्त खबर थाहा पाएको दुई घण्टा  पश्चात हमाल गर्लफ्रेण्ड मधु र एक सहयोगीको साथ लजिम्पाटमा रहेको  होटल एम्बेसडरमा मिटिङ बसेको होटल स्रोतले जानकारी दिएको छ । राजेश हमाल एक सुन्दर महिला र पातलो शरिर भएको एक युवकसंग होटलको दोस्रो तल्लामा गएर करिब डेढ घण्टा मिटिङ बसेको स्रॊत भन्छ  ।स्रोत को भनाईबाट यो प्रष्ट हुन्छ कि बालकुमारीले लगाएको आरोपलाई ब्रिफिङ गर्न हमाल सहयोगीका साथ  गर्लफ्रेण्ड भेट्न सो होटल पुगेका हुन् ।
दुब्लो पातलो शरिर भएको उनको सहयोगी चिराजीवी आचार्य हुन् ।यस्तै मिटिङ पश्चातसंगै रहेको कफी सपमा उनीहरुले कफि पनि पिएको स्रोत भन्छ  । बुझ्नमा आएको खबर अनुसार हमाललाई बालकुमारीले तीन सन्तानको पिता भनी आरोप लगाएको खबर थाहा पाए लगत्तै मधुले हमालसँग मिटिङ गरेकी हुन रे !