![]() |
| Nepal Passport |
साउदी अरबले नेपाललाई जानकारी नदिई हस्तलिखित राहदानीमा भिसा लगाउन आइतबारदेखि रोक लगाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको हस्तलिखित राहदानी बोकेर बंगलादेश पुगेका म्यानपावर कम्पनीका प्रतिनिधिहरू भिसा नलगाइदिएपछि फर्किएका छन् । साउदी जाने कामदारको भिसा लगाउन म्यानपावर कम्पनी बंगलादेशस्थित साउदी दूतावास पुग्नुपर्ने बाध्यता छ ।
फरेन इम्प्लोइमेन्ट एसोसियसनका अध्यक्ष प्रेम कटुवालले भिसा लगाउन गएको ६० वटा म्यानपावर कम्पनीका प्रतिनिधि फर्किएको बताए । साउदी दूतावासले आफ्नो सरकारको सर्कुलरअनुसार एमआरपीबाहेक हस्तलिखित राहदानीलाई मान्यता नदिएको जनाएको छ । यसबारे बंगलादेशस्थित दूतावासले साउदी राजदूतसँग छलफल गरेको छ
