खराब मौसमका कारण २२ सय पर्यटक लुक्लामा अलपत्र परेका छन् ८ सय पर्यटक सुरक्षित दस्थान खोज्दै पैदलै हिडेर जिरीतर्फ लागेका छन् । खराब मौसमले हवाई सेवा अवरुद्व भएर लुक्ला बस्न बाध्य विदेशी पर्यटकलाई उद्धार गर्न नेपाली सेनाको एम आई १७ हेलिकप्टर प्रयोग गरिने भएको छ ।
पर्यटन बोर्ड र पर्यटन व्यवसायीले सैनिक मुख्यालयमा अनुरोध गरेपछि सो हेलिकप्टर पर्यटकको उद्धारका लागि प्रयोग गर्न लागिएको हो ।
ट्रेकिङ एसोसिएसन अफ नेपालका कोषाध्यक्ष अञ्जानकुमार थापाले शनिबार नै मौसममा सुधार आउनासाथ सो हेलिकप्टरले लुक्ला पुगी बिरामी तथा अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने पर्यटकको प्राथमिकता हेरी उनीहरुलाई काठमाडौँ ल्याउने बताए ।
पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न पर्यटन व्यवसायीले हालसम्म सो स्थानमा हवाइजहाजमात्र नभएर हेलिकप्टर पनि उड्न नसकेकाले पर्यटकलाई सरकारले उद्धार गर्न सुझाव दिएका थिए,
