दुवै हातको दशवटा औलामा नारीले नङ्ग पाल्दा त्यो सुन्दर नै देखिन्छ किन कि प्रकृतिको नियम नै हो नारीहरूले नङ्ग पाल्छन र त्यसमा सुन्दरमा पनि देखिन्छ । तर बढ्दै गैरहेको फेसनलाई पच्छ्यादै पुरूषहरूले पनि हातका केही औलामा नङ्ग पाल्ने गरेका छन् । जुन फेसनको रूपमा हेर्दा राम्रै देखिन्छ । तर भद्र भलादमीले परिचित सुपरस्टार राजेश हमालले दुई हातको दश औलाको नङ्ग नकाटेको देख्दा फिल्मीखबर केही अचम्ममा पर्यो ।
एक महिना विदेश भ्रमण सकी बिहिबार एक फिल्मी कार्यक्रममा भेटिएका हमालको नङ्ग यति लामो थियो कि जसकारण कार्यक्रम स्थलको एक लवीमा सञ्चारकर्मीसंग गफिदै गर्दा उनले हातका औलाहरूलाई बारम्बार लुकाउन खेजिरहेका थिए । सायद कुनै सहयोगी विना एक महिने भ्रमण निस्कदा आफ्नो शरिरको केयरिङ्ग गर्न नजानेर वा अरूनै कारणले तर उनको नङ्ग निकै लामो थिए ।जसकारण सवै औलाका लामा नङ्गले उनको पर्सनालिटीको स्तर घटेको फिल्मीखबरले महसुस गरेको छ । यस अघिका विभिन्न भेटमा उनका हातका नङ्गहरू सधै काटिएका हुन्थे र सफा पनि तर हिजोको भेटमा नङ्ग लामो भएपछी उनको हात फोहर देखिएको थियो । किन कि उनका निकै लामा नङ्गका टुप्पामा पहेलो दागहरू थिए । गर्लफ्रेण्ड विनानै भ्रमणमा निस्किएको बताएका हमाललाई आखिर के को ब्यस्ता थियो जसकारण उनले नङ्ग काट्ने फुर्सद पनि पाएनन ?
