पाकिस्तानी अभिनेत्री वीना मल्लिकको स्वयम्बरको मुल्य तीन करोड

पाकिस्तानी अभिनेत्री वीना मल्लिकको स्वयम्वर  बापत तीन करोड भारतीय रुपैयाँमा अन्ततः स्वयम्वरका लागि राजी भएकी छिन् ।  भारतको इमेजिन टेलिभिजनको चर्चित रियालिटी शो स्वयम्बरको चौथो अंकमा प्रस्तुत हुनका लागि उनले ३ करोड पाउने भएकी हुन् । टेलिभिजनकै पर्दामार्फत लगन जुराइदिने उद्धेश्य बोकेको उक्त रियालिटी शोमा स्वयम्बर गर्ने वर खोज्नका लागि वीनाले ३ करोडको मागसँगै अरुपनि र्सत राखेकी थिइन् । जसमा आफ्नो विश्वव्यापी छवी बचाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्ने देखि लिएर प्रेमी अश्मित पटेललाई शोमा सहभागि गराउन नपाइने समेत छ । यसअघि राखी सावन्त र रतन राजपुतसँग स्वयम्बरका लागि भारतीय युवकहरु नै प्रतिस्पर्धामा रहेका भएपनि वीनाको लागि भने ब्राजिल, मध्यपर्ूव र बेलायतबाट समेत प्रतिस्पर्धी आउने भएका छन् । वीनालाई स्वयम्बरको चौथो अंकमा प्रस्तुत हुन पहिले १ करोडको प्रस्ताव गरिएको थियो । त्यसलाई वीनाले अस्विकार गरेपछि २ करोड पूराइएयो ।  त्यतिमा पनि वीनाले इच्छा नदेखाएपछि उनको स्वयम्बरको मुल्य तीन करोड तोकिएको हेा ।