हरेकको मन जित्न सफल बनेकी नायिका केकी अभिनयमा मात्र हैन अध्यनमा पनि सफलता हात पारेकी छिन्

पछिल्लो समय हरेकको मन जित्न सफल बनेकी नायिका केकी अधिकारीले अभिनयमा मात्र हैन अध्यनमा पनि सफलता हात पारेकी छिन् । उनी त्रिभुवन बिश्वबिधालय अर्न्तगतको BIM (व्याचलर इन इनफरमेसन म्यानेजमेण्ट) संकायमा युनिभर्सिटी थर्ड भएकी छिन् । उनले उक्त संकायको अन्तिम सेमेस्टरको परिक्षामा ४ पूर्णाङमा ३.८८ ल्याएर युनिभर्सिटी थर्ड भएकी हुन् ।

हरेक छ/छ महिनामा लिईने परिक्षामा केकीले अन्य सेमेस्टरमा पनि यस्तै अनुपातमा मार्कस् आएको बताईन् । ८ वटा सेमेस्टरको अंक जोड्दा प्रतिशत अझ बढ्ने केकीको भनाई छ । कार्यव्यस्तताले गर्दा पढाईलाई सोचे अनुरूपले अगाडी बढाउन नसकिरहेको अवस्थामा पनि युनिभर्सिटी थर्ड हुँदा आफू निकै खुसी भएको केकीले बताईन् । उनले भनिन्, 'यति धेरै मार्कस् आउला भनेर सोचेकी पनि थिईन् तर परिक्षा राम्रै गरेकी रहिछु । म निकै खुसी छु ।' करिब दुई साता अगाडी रिजल्ट आउट भए पनि मंगलबार मात्र मार्कसिट आए पछि आफू युनिभर्सिटी थर्ड भएको कुरा थाहा पाएको केकीले फिल्मीखबरलाई बताईन् ।
 
केकी स्नातकमा मात्र हैन सानै देखि पढ्नमा तेज रहेको उनका पिता बद्रि अधिकारी बताउँछन् । केकीले एसएलसीमा ८६ % अंक ल्याएको र +२ साईन्स बिषयमा पनि डिस्टिङसन ल्याएको पिता अधिकारीको भनाई छ । अभिनयसँगै पढाईमा पनि सफलता हात पारेपछि छोरी प्रति गर्व लागेको अधिकारी बताउँछन् । केकीका पिता बद्रि अधिकारी चलचित्र निर्देशक हुन् ।

अभिनय सँगसँगै पढाईलाई पनि निरन्तरा दिंदै केकीले अब MBA मा भर्ना हुने बताईन् । ACE या APEX कलेज मध्ये कुनै एकमा भर्ना भएर अध्यनलाई अगाडी बढाउने उनको भनाई छ । नेपालमा MIM बिषय नभएको र त्यसका लागि बिदेश जानु पर्ने भएकाले अभिनयलाई पनि सँगसँगै लैजानु पर्ने भएपछि MBA मा भर्ना हुन लागेको केकी बताउँछिन् । 'बाबाले पनि नै पढ्न आग्रह गर्नु भयो त्यसैले यहि बिषयमा मास्टर्स गर्छु होला', केकीले भनिन्