पछिल्लो संगीतकार मनोजराजसँग पारपाचुके गरेपछि चर्चामा आएकी गायिका अन्जु पन्त हिजोआज गायनभन्दा छोरी परितोसिकालाई बढी समय दिन थालेकी छिन्। केही समय उनी बजारमा नदेखिएपछि उनको अर्को बिहे भएको हल्ला चलेको थियो। तर, त्यस कुराको खण्डन गर्दै अन्जुले भनिन्, ‘यो हल्ला कहाँबाट आयो, मलाई नै थाहा छैन। आफू संगीत क्षेत्रमै भए पनि कार्यक्रमहरूमा कम जान थालेकोमा यस्तो हल्ला चलेको उनको अनुमान छ। उनकी १० वर्षीया छोरी युनाइटेड एकेडेमीमा अध्ययनरत छिन्। ‘छोरीलाई एक्लैले हेर्नुपर्ने हुँदा जिम्मेवारी बढेको बताउदै दिनमा कम्तीमा पनि एउटा गीत रेकर्ड गरिरहेकी पन्त बताउँछिन् । आफूले संगीतमा पाएको सफलता सहन नसक्नेले बिहेको हल्ला चलाएको आरोप उनको छ । संगीतकार मनोज सिवाकोटीसँग पारपाचुके गरेपछि उनी स्वयम्भुमा बस्दै आएकी छिन्। तर यो बीचमा आफूलाई बिहेको प्रस्ताव आएको भने उनी स्विकार्छिन्। तर बिहे गरेर फेरि गल्ती नदोहोर्याउने उनको दृढता छ। नेपाली समाजमा पारपाचुके भएको सम्बन्धलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन। मलाई केही प्रस्ताव आए पनि बेवास्ता गरिदिए। छोरी हुर्काउनमै व्यस्त छु, उनले भनिन्।
