चर्चा वलिुउडको यति बेला बच्चन परिवार खुशीले गदगद भएका छन् । बलिउड अभिनेता अमिताभ बच्चन नातिनीको हजुरबुबा बानेका छन् । बलिउड अभिनेत्री तथा पूर्वविश्व सुन्दरी ऐश्वर्या रायले बुधबार बिहान छोरीलाई जन्म दिएकी छिन् ।
पश्चिम मुम्बइको अँधेरीस्थित सेभेन हिल्स अस्पतालमा उनले छोरी जन्माएकी हुन् । अमिताभ बच्चनले ट्वीटरमा आफ्नो स्टाटसमा भने म सुन्दरी नातिनीको हजुरबुबा बनेँ लेखेका छन् ।
छोरी जन्मिएलगत्तै पिता अभिषेक बच्चनले छोरी जन्मिइन भनेर लेखेका छन् ।
ऐश्वर्याको स्याहारमा यतिबेला बच्चन परिवार जुटेको छ । सूत्रका अनुसार अस्पतालमा सबै बन्दोबस्तको व्यवस्था मिलाइएको छ । अस्पतालबाहिर बच्चन परिवारको शुभेच्छुक र प्रशंसकको भीड जुटेको छ ।
