लामो समय देखि चलचित्र क्षेत्रमा एकछत्र राज गरिरहेका महानायक राजेश हमाललाई एक्लो महसुस भएको बुझिएको छ । आफ्ना समकक्षी नायकहरू बिस्तारै नेपाली चलचित्र क्षेत्रबाट टाढा हुँदा उनलाई एक्लो महसुस भएको छ । आईतवार मात्र एक चलचित्रको सुटिङमा हमालले आफ्ना सहकर्मी नायक बिराज भट्टको बारेमा निकै चासो छ ।' चलचित्र मैदानमा पहिलो पटक एकसाथ पर्दामा अभिनय गरेका हमाल र भट्टलाई केही चलचित्रमा मात्र एकसाथ देख्न पाईन्छ । पहिलो पटक सुसिल पोखरेलले मैदानमा यि दुईलाई भिडाए पछि पुन: उनैले जीवनदातामा दोहोर्याए । त्यसपछि बाटुली, प्रहार, खलनायक लगायतका केहि सिनेमामा मात्र उनीहरूलाई एकसाथ देख्न पाईयो । अब भने दुबै एक्सन नायकलाई एकसाथ पर्दामा देख्न मुस्किल पर्ने छ ।दुबै एक्सन नायक हुनु र दुबैको इमेज चलचित्र क्षेत्रमा राम्रो हुनुले पनि होला राजेशले बिराज प्रति चासो देखाए।
केहि समय अगाडी बिराज र निखिलले गर्दा राजेश केहि ओझेलमा परेको देखिन्थ्यो तर अहिले ति दुबै नायक हराउँदै गएपछि हमालले पुन: एकलौटी राज गरिरहेका छन् । राजेशले बिराजलाई बिर्सन भने सकेका रहेनछन्
केहि समय अगाडी बिराज र निखिलले गर्दा राजेश केहि ओझेलमा परेको देखिन्थ्यो तर अहिले ति दुबै नायक हराउँदै गएपछि हमालले पुन: एकलौटी राज गरिरहेका छन् । राजेशले बिराजलाई बिर्सन भने सकेका रहेनछन्
