![]() |
| Rajesh P.Rai |
आफूलाई स्टेज किंग जस्तो लाग्न थालेको बताउने गायक राजेश पायल राई नोबेम्बर महिनामा बेलायतमा रहेका आफ्ना शुभ चिन्तक हरुलाई नचाउन बेलायत भ्रमणमा रहने भएका छन् । बेलायत भ्रमणमा उनले चार स्थानमा कन्सर्ट गर्ने भएका छन् । हाल सम्म तय भएको तालिका अनुसार उनको नोबेम्बर ११ मा निएटन, नोबेम्बर ११ मा योर्क, नोबेम्बर १३ मा क्याट्रिकमा र नोबेम्बर १९ मा एल्डसर्ट मा अतिथी कलाकार मिस युके को साथमा सांगीतिक कार्यक्रम आयोजना तय गरिएको बेलायतबाट उनका कार्यक्रम संयोजकले जनाएका छन् ।
प्राय बिदेशका बिभिन्न स्थानहरुमा कार्यक्रमहरु सफलता पूर्बक सम्पन्न गरेका गायक राईले बेलायतमा रहेका नेपाली संगीत प्रेमी दर्शक र शुभ चिन्तक श्रोताहरुले आफ्नो कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुनेछ भन्ने बिस्बस्त आफू रहेको जनाएका छन् ।
