तीन दलले शान्ति र संबिधानका लागि लडाकु समायोजनको बारेमा गरेको सहमति देश जनता र जनमुक्ति सेनाको हित विपरित रहेको बैद्या र बैद्य पक्षको आरोप छ । सोही सहमतिको बिरोधमा बैद्य पक्ष फेरि पार्टीभित्रै अन्तिम सर्घषमा उत्रिएको छ । मोहन वैद्यले माओवादी अध्यक्ष पुष्पकमल दाहालले मङ्गलबार गलत सम्झौता गरेर गम्भीर गल्ती गरेको बताउँदै सो सहमति तत्काल खारेज गरेर नयाँ सम्झौता नगरे देश जनतालाई क्रान्तिकारी भनेर ढाकछोप गर्नेहरुको हिसाब किताब हुने चेतावनी दिएका छन् । कात्तिक १५ गते शान्ति प्रक्रिया र संविधान निर्माणबारे मुलुकका प्रमुख दलबीच भएको सम्झौताप्रति आफ्नो विचार समूहको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन।
हामीले पहिले सम्झौता सच्याउन र नयाँ सम्झौता गर्न भन्छौं, उनले थपे- भएन भने के गर्ने भन्ने त्यसपछिमात्र निर्णय गर्छौं। यो सम्झौताको स्वागत दलाल, सामन्त र साम्राज्यवादीले मात्र गरेको बताउँदै उनले थपे- शोषित, पीडित जनता यसको स्वागत गरेका छैनन्। उनीहरु हाम्रो पक्षमा छन्।
उनले लडाकुका शिविरबाट सम्झौताको स्वागत भइरहेको भन्ने खबरहरु गलत भएको दाबी पनि गरे। हामी उनीहरुसँग निरन्तर सम्पर्कमा छौं भन्दै उनले यस्तो स्वागतको खबर सही नभएको बताए। हामी जसलाई नेता मानेर आएका छौं, जसलाई संस्थापन पक्ष भनिन्छ, उनीहरुले नै पार्टीका यावत् कार्यदिशा उल्लङ्घन गरेका छन् भन्दै उनले थपे- हामीले ती सबै निर्णय र कार्यदिशा रक्षा गर्दै आएका छौं।
कुनै पार्टीले देश र जनताप्रति धोका दिन्छ भने एकता केका लागि ?, उनले प्रष्ट पारे- यस्तो अवस्थामा पार्टीभन्दा देश र जनता प्यारो हुन्छ। एकता र फुटलाई सापेक्षरुपमा हेर्नुपर्ने भनाई पनि उनको थियो। गलत गर्नेहरुको हिसावकिताप हुन्छ, यसका लागि क्रान्तिकारीहरुले विद्रोह गर्नुपर्ने हुन्छ, उनले भने- पार्टी फुटसुटको कुरा नगरौं।
उनले पार्टी विचारमा केन्द्रित हुनुपर्ने बताए। र, भने- कसैको कसैसँग मायाप्रितिले पार्टी चल्दैन। क्रान्तिको झण्डा गिर्न लागेको छ भन्दै उनले आफूहरुले यो झण्डा कदापि गिर्न नदिने दाबी पनि गरे। अहिले विद्रोहीका रुपमा अघि बढे पनि समयको मागअनुसार आवश्यक परे क्रान्ति पनि गर्ने उनले चेतावनी दिए। ‘यो क्रान्तिकारी पार्टी हो’- उनको भनाई थियो।
पत्रकार सम्मेलन समाप्तिपछि त्यस क्रममा सभागृह परिसरमा उपस्थित वैद्यपक्षधर नेता-कार्यकर्ताले सम्झौताको विरोधमा जुलुस निकालेका छन्।