![]() |
| Dr-Baburam bhattarai in Maldives |
माल्दिभ्समा रहेका नेपालीहरुले नेपाल-माल्दिभ्सवीच सिधा हवाई उडान थाल्न र माल्दिभ्समा दूतावास खोल्न प्रधानमन्त्री डा बाबुराम भट्टर्राईसंग आग्रह गरेका छन् ।
र्सार्क शिखर सम्मेलन माल्दिभ्समा सहभागी हुनु भएका प्रधानमन्त्री डा. भट्टर्राईलाई आज बिहान त्यहा रहेका नेपालीहरुको संगठन नेपाल-माल्दिभ्स मैत्री समाजले आफ्ना समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउर्दै सिधा हवाई उडान र दुतावास खोल्न आग्रह गरेको हो ।
समाजले माल्दिभ्समा दूतावास नहु“दा नेपालीले अनेकौं कानुनी झण्झट व्यहोर्नु परेको गुनासो गर्दै तत्काल दूतावास खोल्न प्रधानमन्त्री भट्टराइएको ध्यानाकर्षा गराएको हो । समाजले नेपालमा पर्यटनको विकास र नेपाली दक्ष कामदारलाई माल्दिभ्समा रोजगारीका लागी सहज अवस्था बनाउन पनि प्रधानमन्त्री डा भट्टर्राईसंग भनेको छ । ज्वाफमा माल्दिभ्समा दूतावास खोल्ने र हिमाल र समुद्रबीच पर्यटकीय सम्बन्ध स्थापित हुन सक्ने भन्दै प्रधानमन्त्री डा भट्टर्राईले माल्दिभ्सबाट नेपाल पर्यटक लैजान सिधा हवाई उडानको व्यवस्था गरिने आश्वासन दिनुभयो । हाल माल्दिभ्समा होटल र घरेलु कामदारका रुपमा करिब ५ हजारको संख्यामा नेपालीहरु रहेको मैत्री समाजले दाबी गरेकेा छ ।
