नेपालीमा उखानै छ सखर पनि धेरै खायो भने तितो हुन्छ । सेक्सको मामिलामा पनि यस्तै हुने एक अध्ययनले देखाएको छ । हालै भएको अध्ययनका अनुसार ३ देखि १३ मिनेटसम्मको सेक्स आनन्ददायक हुन्छ । यदि कसैले लामो समयसम्म सेक्स गर्ने कोशिश गर्छ भने व्यर्थ हुनेछ भने आनन्द पनि नआउने बताइएको छ ।
पेन्न स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको एक समूहले गरेको अध्ययनका अनुसार ३ देखि १३ मिनेटसम्मको यौन क्रियामा आनन्द आउाछ । अध्ययनका अनुसार सेक्सका लागि सात मिनेट नै पर्याप्त छ भने १३ मिनेट आनन्ददायक हुन्छ । ३ मिनेटभन्दा कम र ३० मिनेटभन्दा लामो समयसम्मको यौन क्रियालाई बोरिङ मानिन्छ ।
