नेपालका चर्चित सिने स्टार अमेरिका पुगेपछी आम नेपाली सरह


Gauri Malla in New York
नेपालका चर्चित सिने सेलिब्रेटी अमेरिकामा के गर्छन् भन्ने कौतुहल्ता सवैलाई हुन सक्छ । नेपालका स्टार त्यहाँ पुगेपछी आम नेपाली सरह साधारण पेसामै अमेरिकी लाईफ विताईरहेका छन् । जसको पछिल्लो उदाहरणमा अभिनेत्री गौरी मल्ललाई लिन सकिन्छ । 
दर्जनौ सुपरहिट चलचित्र दिएकी गौरी एक बर्षयता अमेरिकामा छिन् । नेपालका रहेका सिनेसेलिब्रेटी विदेशमा पुगेपछी साधारण पेशा अपनाएर बसेका थुप्रै उदाहरण छन् ।  जस मध्येकी गौरी अरु भन्दा भिन्न भएर अमेरिकी लाईफ विताईरहेको  खबर प्राप्त भएको छ । उनी ज्याक्सन हाईट भन्ने स्थानमा एक्लै फल्याटमा बस्छिन् र एक चर्चित रेष्टुरामा गीत पनि गाउछिन् । राम्रो स्वरकी धनी गौरी बेलाबेलामा डान्स पनि गर्ने गरेको बताईएको छ । जसको नृत्य र स्वरले  त्यस रेष्टूराको आकर्षक मध्येकी एक गौरी भएको बुझिएको छ । 
Actress Gauri Malla performing her dance at Sunaulo Saanjh  in New York

'उनले नेपालमा एउटा सिनेमामा अभिनय गरे भन्दा राम्रो पारिश्रमिक त्यस रेष्टुराबाट पाउने गरेकी पनि छिन्', उनी निकट एक श्रोतले भन्यो । गौरीले त्यसका अलवा फेसन सम्बन्धी विभिन्न कार्यक्रममा पनि सहभागीता जनाउने गरेको बुझिएको छ । जस अनुरुप एक महिना अघि अमेरिकामा भएको मिस नेपाल अमेरिकाको संयोजकको रुपमा उनले सो कार्यक्रम समापन गरेकी थिईन् । गौरीले पछिल्लो समय एक दिन एक रातमा अभिनय गरेकी थिईन् । भने उनले अभिनय गरेको अर्को चलचित्र 'काठमाण्डू' प्रदर्शनको क्रममा छ ।